Saturday, 10 December 2016

कथा अनि ब्यथा भाग-३५ - “समग्रमा २००८ साल "

२००८ को अन्तिम तिरको कुरा थियो । नेपालमा हप्तामा ८२ घन्टा बत्ती नआउने अर्थात लोड सेडिङ्ग हुने भयो भन्ने अनलाईन समाचारहरुमा लेखिएको थियो ।
कालिदास पनि नेपालमा नै हुर्की बढेको ठिटो, बल्यकाल देखिनै लोड सेडिङ्ग त भोग्दै आएको थियो ( नेपालमा हुदा ) । तर हप्तामा ८२ घन्टा अन्धकारमा त बसेको अनुभव थिएन । यस्तो समाचार देख्दा सारै नरमाईलो लाग्याे ।
हामीहरु कति पछाड़ी छौ भन्ने महसुस यो समाचाले गरांयाे । विदेशमा जति नै ठूला कुरा, यस्ताे उस्ताे गफ गरेपनि जति सुकै ठुला ठुला कुरा गरेपनि हामीले हाम्रो देशलाई के गर्न सकेका छौ त जस्तो लाग्छ ।
हुन त कालीदास जलविधुत सम्बन्धी पढेको विधार्थी पनि परेन तर हामीहरु मध्य कतिपयले सम्बन्धित बिंषय पढेका त छौ हाेला, तपाईहरुले आफ्नो धारणा, विचार ब्यक्त गर्न सक्नु हुन्छ नि हैन र । आफुले गर्न सक्ने काम राजदूतावास मार्फत हुन्छ कि, अन्य कुनै तरिकाले नेपालमा रहेकाहरुलाई सिकाउन सकेमा हामीहरु नेपालीहरुलाई राम्रो हुने थियो ।
यो त भयो नेपाल सम्बन्धी कुराकानी ।
यता कालीदास पनि आफ्नो जापान वसाई, विश्वविद्यालयको ३ बर्षको पढाई अगाडी बढांईराखेको थियो ।
कालीदास प्रर्येक बर्षको अन्तिममा आफ्नो लागि यो बर्ष कस्तो रह्ये भनेर फर्केर हेर्ने गर्दथ्यो । २००८ साल पनि आफुलाई , आफुले गरेका कामहरुलाई एकपटक फर्खी हेरी, केही सुधार गर्नु परेमा गर्ने योजनामा पनि थियो । भनिन्छ निपिडिसिए प्लान – डु-चेक-याक्सन, प्लान गरेको गरेको कुरा लागु गर्ने त्यसपछि कस्तो भयो भनि चेक गर्ने अनि त्यसपछि एक्सन लिने ।
२००८ समग्रमा भन्नु पर्दा राम्रो नै रह्यो, केही यस्ता थिए
१: विश्वविद्यालयमा पनि तेस्रो बर्ष भएकाले त्यती गरो भएन , वानी पनि परेर होला ।
२ : जापानी साथीहरु धेरै बनाएकाले जापानी भाषापनि राम्रो हुदै आएको थियो ।
३ : विश्वविद्यालयमा सेन्सेईहरुसंग पनि राम्रो सम्बन्ध राख्न सफल भएको ।
४ : विश्वविद्यालयको सरकलमा पनि सक्रियरुपमा सहभागी भएको ।
५ : विश्वविद्यालयको बिषयहरु लगभग सबै लिएर सकिएको ।
६ : विश्वविद्यालय भित्र नेपाल सम्बन्धी कार्यक्र्म गरि नेपाललाई चिनाऊने कार्यक्रम गर्न सफल भएको ।
केही नराम्रो कुराहरु केही यस्ता थिए ।
१ : नेपाली समुदायसंग टाढै रहेको । नेपाली समुदाईका ब्यक्तीहरु जापानमा आएर पनि नेपाली पारा देखाउनेहरु धेरै थिए । जापानमा आएर नेपालको राजनिति गर्नेहरु धेरै थिए ,त्यो भएर पनि होला अलिकति टाढा बस्न मन लागेको ।
२ : घर तिर त्यति सहयोग गर्न नसकेको । विद्यार्थी जिबन बिताईरहेका कारणले नेपालमा आर्थिक सहयोग त्यति गर्न सकिराखेको थिएन । कालीदास पनि पहिला पढाई सकाउने , त्यसपछि मात्र भन्ने सोचना पनि थियो त्यसैले घरतिर त्यति सहयोग गर्न सकिराखेको थिएन ।
३ : बर्षमा एक पटक नेपाल फर्कने योजना बिफल । आर्थिक रुपमा सम्पन्न नभएकाले गर्दा होला, नेपाल जान सकेन ।
४ : नेपालमा रहेका साथीहरुलाई, नेपालमा हुदा खेरीको जस्तो सम्पर्क गर्न नसकेको । नेपालमा रहेका साथीहरुलाई पनि पटक पटक सम्पर्क गर्नु पर्छ भन्ने सोच राखे पनि समयको अभाबले गर्दा त्यति सम्पर्क गर्न सक्दैन ।

कथा अनि व्यथा भाग ३४ - “सिक्ने कुरा सिकाउने कुराहरु”

रुकिज टेलिचलचित्रको कुरा गर्नु पर्दा यो जापानको याक्यु मान्गामा (बेसबल कमिकमा) आधारित चलचित्र हो । जसको लेखन मोरिता मासानोरीले गरेका थिए । १९९८ बाट २००३ सम्म साप्ताहिक सोनेन जान्पु (युबाहरुको पत्रिका) भन्ने युबाहरुलाई लक्ष्य लिएर लेखिएको पत्रिकामा पनि आएको थियो ।
फुताको तामागाबा बिध्यालयमा याक्यु बु (बेसबल टीम) थियो । यस बिद्यालयको याक्युबु धेरै राम्रो थियो अनि खेलाडीहरु पनि राम्रा नै थिए । एकदिन खेल खेल्दा एकजना बुईनले (खेलाडी) याक्यु ब्याटले (बेसबल ब्याटले) अर्को खेलाडीलाई हान्छ । त्य पछि याक्यु बुबाट बिद्यार्थीहरु टाढिन्छन । त्यसपछि त्यो याक्यु बुलाई पुरानै अबस्थामा फर्काउन धेरै प्रयासहरु हुन्छन । त्यसबीच सेन्सेई (गुरु) र गाकुस्ईहरुका (बिद्यार्थीहरु)बीच धेरै घटनाहरु घट्छन पनि । यस्ता कथाहरु र जापानका युबाहरुको जोस र जागरलाई चिर्तर्ण गरिएको टेलिचलचित्र थियो यो ।
कालीदासले पनि यो टेलिचलचित्र अत्यन्तै मन पराउथ्यो । प्रत्येक हप्ता नछुटाइकन हेर्दथ्यो । जापानी भाषा स्कुलमा, जापानी विश्वविद्यालयमा नपढाइने बर्तमान जापानका कथाहरु यस्ता टेलिचलचित्रमा हेर्न,बुझ्न पाइन्छ जस्तो लाग्थ्यो । त्यति मात्र नभएर जापानी भाषामा पनि धेरै सुधार हुन्छ भन्दथ्यो ।
यस टेलिचलचित्रको एउटा मेईगेन (प्रख्यात भनाई) पनि मनछुने र उल्टो पाबर पाइने खालको थियो ।
夢にときめけ!! ( सपना देख्नु पर्छ )
明日にきらめけ!! ( भोलीको लागी प्रयास पनि गर्नु पर्छ )
待ってた夢は叶わない!! ( पर्खी राख्ने मात्र हो भने सपना कहिले पनि साकार हुदैन ,)
だからこっちから、つかみにいこう!!
( त्यसैले आफ्नो सपना सफल पार्नको लागी सक्दो प्रयास गरौ )
—कालीदासले जापानमा आफ्नो बिद्यार्थी जीबन बिताउँदै गर्दा यस्ता मेईगेन ( प्रख्यात भनाई) बाट शक्ति पनि पाईन्छ जस्तो पनि ठान्दथ्यो ।हामी नेपालीहरु केही न केही सपना बोकेर नै जापानसम्म आएका छौ । यो देशमा आएर पनि हामीहरुले कसैले केही गरिदिन्छ कि भनेर पर्खी बस्नु राम्रो होईन । साथसाथै आफ्नो सपनालाई पर्खी मात्र बसेर पनि हुँदैन । केही क़दम अघी बढ़न प्रयास पनि गर्नुपर्छ । अन्तिममा त्यो प्रयास सफलतामा अबश्य परिणत हुन्छ बिचमा रोकिन भएन जस्तो लाग्छ ।कालीदास आफू पनि यस्ता कुराहरु मनन गरिरहन्थ्यो र आफ्ना साथीहरुलाई पनि सेयर गरिरहन्थ्यो ।
हामी नेपालीहरुको बानी सकेसम्म प्रयास नै नगर्ने, अरुको मुखमात्र ताक्ने खालको छ कि जस्तो लाग्छ । केही समय अगाडी नेपालबाट आएको एकजना भाईले कालीदासलाई फोन गरी दाई काम खोजिदिनुस न भनेर भन्यो । कालीदासले पनि आफूले काम गर्ने ठाउँको मान्छे चिनाइदियो । त्यसपछि फेरी त्यो भाइले के भन्छ भन्दा रिरेक्सो (काम गर्न जाँदा लियर जानुपर्ने कागजात जाहाँ आफ्नो बायो डाटा हुन्छ) लेख्न सिकाईदिनुपर्यो भनेर भन्छ । ठिकै छ भनेर लेख्ने तरिका सिकायो । फेरि मिल्छ भने दाई लेखिदिनुस न भनेर भन्छ । गर्दा गर्दै सम्पूर्ण कुरा कालीदासलाई गरिदिन अनुरोध गर्छ ।
कालीदासले पनि अति भएर होला, भाई तिमीलाई काम नचाहिएको रहेछ आयन्दा फोन नगर भनेर जबाफ दिन्छ । त्यसपछि बल्ल माफ मागी सम्पूर्ण तयारी आफै गर्यो । भाग्यबस काम पनि मिल्यो उसलाई ।
यो त एउटा उदाहरण मात्र हो । हामी नेपालीहरु सकेसम्म आफस्ले काम गर्न नै खोज्दैनौ । अन्तिममा आएर अरुलाई दोष दिन्छौ । सपना देख्नुपर्ने कुरा, त्यो सुपना पूरा गर्नको लागी सक्दो प्रयास गर्नुपर्ने कुरा अनि क्रमिकरुपमा प्रयास गर्दै गएमा सफलताको खुडकिला पनि चढ़न पाइने कुरा कालीदास त्यस रुकिज भन्ने टेलिचलचित्रबाट पनि सिक्छ ।
हेर्दा हेर्दै यो साल (२००८ साल पनि) सकिन लागिसकेको थियो । कालीदास पनि आफ्नो तेस्रो बर्ष बिताइराखेको थियो । विश्वविद्यालयमा अनिवार्य लिनुपर्ने बिषयहरु पनि लगभग सक्किसकेको थियो । प्रायः जापानी बिद्यार्थीहरु विश्वविद्यालयको तेस्रो बर्षको अन्तिमतिरबाट चौथो बर्षसम्म काम खोज्ने (जब हन्टिङ् गर्ने) समयका रुपमा बिताउँछन । कालीदास पनि त्यसको तयारीमा जुटछ थाल्छ ।
क्रमस ……….

कथा अनि व्यथा भाग-३३ - “जापानमा यति धेरै नेपाली किन आएका?”

विश्वविद्यालयमा कलेज फेस्टिभल सफलताका साथ सम्पन्न भएपछि कालिदासको फेरी दिनहरु आरुबाईतो, कलेज, घर अनि फेरी आरुबाईतो……हुन्छ।
विश्वविद्यालयमा खाजा खाने समयमा कालिदासको मिल्ने जापानी साथी युकी आफना अन्य साथी लिएर क्यान्टिनमा आउछ । सबैजना गरेर ५-६ जना साथीहरु थिया । एकजना जापानी साथीले कालिदासलार्इ आजकल जापानमा नेपालीहरुको जनसख्या बढ़दो छ रे, घर वरिपरि पनि नेपाली पसल बढेको छ । किन हो? जापानमा आएर पैसा कमाउनु सबैको लक्ष्य हो रे नि ? भनेर प्रश्न सोध्छन ।
प्रत्येक बर्ष देशको अर्थत्रन्त्र गिर्दो छ, देश भित्र काम पाईदैन, असुरक्षा, अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाय धारापमा छन । काम पाए पनि विदेशको जस्तो तलव हुदैन । सबैलाई छिटाे पैसा कमाउनु छ, त्यसैले देशमा कोही पनि बस्न चाहीरहेको छैनन।
कालिदासलाई पनि त्यो वारेमा जापानीलार्इ नै यसरी भन्ने भनेर थाहा थिएनऽ भनाै जवाफै थिएन । नेपालीहरु किन दिन-प्रतिदिन जापान आइरहेका छन? यसवारेमा कालिदासलाई भन्दा अरुलार्इ नै थाहा होला । उ भने केहीवेर अलमल परेजस्ते गरेपनि उनीहरुकै कुरामा ध्यान दिन्छ ।
उनीहरुले शुरुमा नेपालीकाे वारेमा भनेकाे सुन्छ । नेपालीहरु सुरुमा जापानलाई एकदमै मन पराउछन रे अनि पछि कुरा काटछन अरे। अनि कालिदासले पनि जापान देश नेपालीहरुले मन पराउने हुनाले सबैजना आएको हुनुपर्छ भन्ने उत्तर दिन मन लाग्छ, अलिकति झुटो बोलेके भएपनि सही त्यही थियाे । जापानीहरुलार्इ झुटो बोलेर केही पनि फाईदा छैन भनेर जानेके कुरा बताउने निर्णय गर्छ । तर सवैकाे उदेश्य पैसा कमाउने नै हाे भनेर भन्न चाँही सक्दैन।
सत्य कुरा त भन्ने तर के भन्ने दाेधारमा पर्छ? नेपालीहरु जापानमा मात्र हैन, अमेरिका, अस्टेलिया, बेलायत लगायतका देशमा पनि बढी जान्छन। विदेशी शिक्षा हासिल गरेर दक्ष्य नागरिक बन्न, मेहनत गर्न जान थालेकाे कुरा सास नफेरी भन्छ । भन्न मिल्ने कुरा यति मात्र हाे । तर महत्वपूर्ण कुरा सबैजनाको उदेश्य अन्तिममा गएर पैसा कमाउनु मात्र नै हो भनेर भन्न सकेन। अाफनाे उदेश्य फरक भएपनि अरुकाे उदेश्यकाे वारेमा भन्न मिलेन ।
पछिल्लाे समयसम्म युवालार्इ नेपालमा बसेर काम गर्ने राम्राे अवसर अनि सक्षम नागरिक बन्न पाउने अवस्था पनि छैन भनिन्छ । हामी नेपालीहरु आफ्नो देशलाई केही गरेर सफल देश बनाउन भन्दा पनि आफु, आफ्नो परिवार, आफ्नो नातेदार सफल बनाउन खोज्नेहरुका कारण भनेकाे र देखेकाे जस्ताे सुधान नभएकाे हाेला । याे कुरा धेरैलार्इ थाहा पनि छ ।
जापानमा पनि अवस्था उस्तै छ । यति हाे यहाँका सरकारमा वस्ने मान्छे र हामी कहाँ अलिक फरक छन । नेपाली नेता, नेतृत्व उनीहरु कै कारणले गर्दा प्रत्येक बर्ष देशको अर्थत्रन्त्र गिर्दो छ, देश भित्र काम पाईदैन, असुरक्षा, अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाय धारापमा छन । काम पाए पनि विदेशको जस्तो तलव हुदैन । सबैलाई छिटाे पैसा कमाउनु छ, त्यसैले देशमा कोही पनि बस्न चाहीरहेको छैनन भनेर जवाफ दिन्छ ।
जापानीज साथीहरु पनि कालिदासकाे कुरामा सहमत हुन्छन । प्रत्येक वर्ष युवा जनशक्तिहरुले विदेश गएर सिकेकाे सिप नेपाल पुगे मात्र फाईदा नत्र घाटा भन्छ । कालिदासलाई यति भनिसक्दा लाज लागेर आउछ, अरु नेपालीको बारेमा मैले केही भन्न सक्दिन तर म चाही यहाका कुराहरु सिकेर नेपाल फर्कने योजनामा छु भनेर भन्छ ।
अनि बेलुका सधै हेर्दै आएको जापानीज टेलिफ़िल्म हेर्नको लागी करिब ७ बजे तिर घरमा पुंगी सक्छ । कालीदासले हेर्दै आएको जापानीज टेलिफ़िल्म ” रुकिज ” भन्ने थियो । कालीदासलाई याक्यु “बेसबल” पनि मन पर्ने भएर पनि होला यो टेलिफ़िल्म मन परेको । यो टेलिफ़िल्ममा जापानको हाई स्कुलको बिध्यार्थीहरुको कथा थियो ।
कालीदासले आफुलाई मन पर्ने बेसबलसंग सम्बन्धित टेलिफ़िल्म भएकाले र जापानी भाषामा सुधार ल्याउनको लागी पनि यो टेलिफ़िल्म हेर्दै आएको हुन्छ ।

कथा अनि ब्यथा भाग-३२ - “सगरमाथा भनेर मात्र पुग्छ र ?”

विश्वविद्यालयमा कलेज फेस्टिभल हुनेहुनाले सबै सरकलहरुले आआफ्नो तयारी सुरु गरिसकेका थिए । कालीदास पनि विश्वविद्यालयको पहिलो बर्षबाट सहभागी हुँदै आएको कोकुसाई कोर्यु सरकल (अन्तर्राष्ट्रिय सरकल)ले पनि आफ्नो कार्यकर्म गर्ने तयारी गरिरहेको थियो । विश्वविद्यालयमा भएका बिभिन्न देशका विद्यार्थीहरुलाई जम्मा गरी आफ्नो देश झल्कने खालको कार्यक्रम गर्न लागिरहेको हुन्छन । कालीदासले सम्पूर्ण बिदेशी विद्यार्थीहरुको प्रतिनिधि गर्दै बोल्ने कार्यक्रम पनि रहेको हुन्छ ।
विश्वविद्यालयमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, साउदी अरेबिया, टर्की, अमेरिका, बेलायत, चीन, कोरिया, ताईबान लगायतका देशका विद्यार्थीहरु भएको थाहा पाएपछि, उनीहरुसंग सम्पर्क गरी कलेज फेस्टिभलमा सहभागी हुन र आफ्नो देश झल्कने केही गर्नुपर्छ भनि अनुरोध गर्दछ ।
बिदेशी भएर हो कि कुरा पनि मिलिहाल्छ । सबैजना मिलेर यो कार्यक्रम सफल पार्न जुट्छन । हेर्दा हेर्दै फेस्टीभलको दिन पनि आइहाल्छ । त्यो दिन नेपाली खाना पकाउने योजना पनि थियो । कालीदास र केही नेपाली साथीहरु मिलेर नेपाली खाना बनाउँछन पनि । सबैजनाले आफ्नो देश झल्कने प्रस्तुति गर्दछन । सुन्ने जापानीहरु पनि कान थापी थापी सुनिरहेका थिए । रमाईलो लागेर पनि होला ।
नेपालको तर्फबाट नेपाली खाना र सगरमाथाको बारेमा पिर्जेन्टेसन थियो, कालीदास चाहिं सगरमाथाको बारेमा पिर्जेन्टेसन गर्छ । पिर्जेन्टेसनमा सगरमाथा यस्तो उस्तो भनेर भनिरहेको हुन्छ ।
पिर्जेन्टेसन गर्दागर्दै उसलाई, हामी नेपालीहरुले के गर्न सकेका छौ र प्रकृतिले दिएको सगरमाथा, बुध्दको नाम प्रयोग गरी नेपाललाई चिनाउन त खोजेका छौ । यी सबै हामी जन्मनुभन्दा धेरै भन्दा धेरै पहिलाको कुरा । प्रकृतिले बनाएको कुरा भए, हामीले के गर्न सकेका छौ त जस्तो लाग्छ । यस्ता कुराहरुको सम्झनाले गर्दा उसले आफ्नो पिर्जेन्टेसन राम्ररी दिन पनि सक्दैन ।
त्यो दिन सबैजनाको कार्यक्रम सकी अन्तिममा सुदर्शनसंग कुरा गर्छ । यार हामी नेपालीहरुले के गर्न सकेका छौ ? सगरमाथाको देश, बुध्दको देश, लुम्बिनीको देश, मन्दिरै मन्दिरको देश, हिमालयको देश भनेर नेपाललाई चिनाउन खोजिरहेका छौ तर सबै प्रकृतिले दिएको उपहार । हामीहरु अहिलेसम्म तिनै उपहारहरुको बखान मात्र गरिरहेका छौ ।
अरु त परै जाओस, प्रकृतिले दिएको उपहारको सदुपयोग पनि गर्न जानिराखेका छैनौ । जलस्रोतको घनी देश भएर पनि पानीको सदुपयोग गर्न सकिराखेका छैनौं, हिमालयका जडीबुटीहरुको सदुपयोग गरेर औषधी बनाउन सकेका छैनौ । बुद्धको देश, मन्दिरै मन्दिरको देश भनेर भन्छौ तर पर्यटकहरुलाई आकर्षित गर्न सकिराखेका छैनौं ।
केही पनि गर्न नसक्ने हामीहरु किन सगरमाथाको देश, बुध्दको देश, लुम्बिनीको देश, मन्दिरै मन्दिरको दे , हिमालयको देश भनेर भन्दै हिडने भन्दै प्रश्नै प्रश्नको भारी उठाउँछन् । त्यस्तै पहिला अग्रजहरुले छोड़ी गएको, प्रकृतिले दिएका कुराहरुलाई सदुपयोग गर्न सकौं, अनि मात्र तिनीहरु हाम्रा हुन् भन्दै हिडौं ।

कथा अनि ब्यथा भाग ३१ - "जापानमा नेपाल विकास गर्ने कालिदास याेजना"

कालिदास एक दिन विश्वविद्यालयको पुस्तकालयमा भारतको अर्थव्यवस्थाको बारेमा पढ्दै थियो । सुदर्शन पनि क्लास नभएकाले गर्दा पुस्तकालयमा नै थियो । २००८ को १० महिना तिरको कुरा हो, जापानका चार जना प्रोफेसरहरुले नोबेल पुरस्कार पाउने भएका थिए ।

तोशिफुमीले अमेरिका यात्रामा कन्बिनी देख्छन अनि जापानमा पनि कम्बिनी ब्यबसाय गर्दा कसो हुन्छ भनि, जापान फर्केर सेवेन ईलावेन सुरु गर्न आफ्ना कम्पनीमा प्रस्ताव राख्दछ । उसको प्रस्तावलार्इ कम्पनीले स्विकृति पनि दिन्छ ।  


अनि बाराक ओबामा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी अमेरिकी अफ्रिकन थिए, अमेरिकाको राष्ट्रपतिमा अमेरिकी अफ्रिकन निर्वाचित भएको पहिलो पटक थियो। जापान, अमेरिका लगाएतका देशहरुमा नयाँ नयाँ सकारात्मक समाचारहरु छाएका थिए ।
तर नेपालका समाचारका हेडलार्इनमा यस्ता कुरा विरलै देख्न पार्इन्थ्ये । नयाँ युबा नेता प्रधानमन्त्री हुने कहिले?  नेपालीहरुले नोबेल पुरस्कार कहिले कसरी? पाउने होला भनि कल्पना गर्छ ।
नेपालको अनलाइन समाचारहरु हेर्दा ,फेरी पनि लोडसेडिङ् बढ्ने , खानेपानीको समस्या, नेपालका युवा जनशक्ति विदेशीदै, नेपालको खेतबारी बाझै, विदेशीएका नेपाली युवाहरुको यति थान लाश एयरपोर्टमा, जस्ता शीर्षकका नकारात्मक समाचारहरु मात्र थियो । सकारात्मक समाचार त एउटा पनि थिएन ।

कालिदास पनि नेपालबाट जापानमा पढ्न, सके अलि अलि कमाउन आएको विद्यार्थी नै थियो । विदेश जानु भनेको नराम्रो कुरा त पटक्कै होइन । तर हामीहरु विदेशमा गएर त्यहाँको नागरिक हुने, कहिले पनि नेपाल नफर्कने त हुनु हुदैन, विदेशमा सिकेका कुराहरु नेपालमा लिएर जानु पर्छ यस्तो कुरामा तर्क गर्ने स्वभाव भएको मान्छे। तर जापानमा भएका नेपाली साथीहरूसंग जहिल्यै यस विषयमा फरकमत हुन्थ्ये ।

विदेश जानु भनेको नराम्रो कुरा त पटक्कै होइन । तर विदेशमा गएर त्यहाँको
नागरिक हुने, कहिले पनि नेपाल नफर्कने त हुनु हुदैन,
विदेशमा सिकेका कुराहरु नेपालमा लिएर जानु पर्छ ।

एउटा उदाहरण, अहिले जापानमा सेवेन ईलावेन भन्ने सुविधायुक्त पसल (कम्बिनी) धेरै छन् । सुजुकी तोशिफुमी भन्ने जापानी करिब ३०/३५ वर्ष पहिला अमेरिका गएका थिए । त्यति बेला जापानमा सुपर मार्केटहरु त थियो तर कम्बिनी  थिएन । तोशिफुमीले आफ्नो अमेरिकाको यात्रामा कन्बिनी देख्छन अनि जापानमा पनि कम्बिनी ब्यबसाय गर्दा कसो हुन्छ भनि, जापान फर्केर सेवेन ईलावेन सुरु गर्न आफ्ना कम्पनीमा प्रस्ताव राख्दछ । उसको प्रस्तावलार्इ कम्पनीले स्विकृति पनि दिन्छ ।  अहिले हेर्नुस यो कम्पनि जापानकै प्रमुखहरु मध्ये एउटामा पर्छन । हामी जति पनि नेपालीहरु विदेशमा छौ, हामीहरु पनि यस्तै केहि कामहरु गर्न सकेमा, हाम्रो नेपाल पनि अझै अगाढी बढ्थ्यो कि जस्तो लाग्छ । त्यहाँ सुदर्शनसंग पनि यही विषयमा कुरा गर्छ । विश्वविद्यालयमा बेलुका अबेरसम्म बसी बेलुका पनि आरुबाईतो (पार्ट टाइम जब) नभएकोले आज घरमा नै बसी पढ्ने अनि नेपाली परिकार बनाएर खाने येजना बनाउछ ।
विश्वविद्यालयको नजिक बस्ने हुनाले बेलुका अबेरसम्म पुस्तकालयमा करिब ७ बजेसम्म वसेर घर फर्कीन्छ । विश्वविद्यालयमा विदेशी विद्यार्थीहरुलाई एकै ठाउँमा जम्मा गरि हुन लागेको कलेज फेष्टिवलमा आ-आफ्नो देश झल्कने विषयलार्इ प्रस्तुत गर्ने वारेमा अन्य देशका साथीहरूसंग छलफल गर्छ ।

कथा अनि व्यथा भाग ३० ‘बिल तिर्न नसकिने जापानकाे आईफोन’

कालिदास, हिबिया पार्कमा आयोजना गरिएको नेपाल फ़ेस्टिवलमा गएर आफ्ना जापानी साथीहरुलाई नेपालको परिचय दिन्छ। उनीहरुपनि नेपालको बारेमा जान्न पाउदा, जापानमा नै सानो नेपाल हेर्न पाउदा मख्ख परे। कालीदास पनि जापानीहरुलाई नेपालको परिचय दिन पाएकोमा मख्ख भयाे ।
त्यो दिन जापानी साथीहरुसंग मख्ख पर्दै रमाउदै बितिहाल्छ । भोलिपल्टबाट फेरी दाईगाकु-आरुबाईतो-घर अनि फेरी दाईगाकुको साईकल सुरु भैहाल्छ। तेस्रो बर्षको पढाई चलिराखेको थियो, पढनु पर्ने बिषयहरु लगभग सक्किसकेको थियो ।
सन् २००८ मा जापानमा एउटा नयाँ विषयले चर्चा पाएकाे थियाे, त्याे थियाे अार्इफाेन । भर्खरै आविश्कार भन्दा पनि फरक नपर्ने नयाँ फोन (आई फोन) बजारमा आएको थियो । आमेरिकाको आप्पल कम्पनीले बजारमा ल्याएको ३ जी भन्ने आईफोन फोन थियो । त्यो फोन करिब ६ लाख बिक्री भइसकेको थियो । अनि गीत र संगीत आईप्याट पनि धेरै बिक्री भएको थियो । यस फ़ोनमा टच्च पानेल सुविधा पनि रहेछ । यस्तो फोन जापानको बजारमा आएको थियो ।
जापानमा पढदै आएका विद्यार्थीहरुले धमाधम आईफोन फोन किन्न थालेका थिए । तर कालिदासले चाही आईफोन किनेन। अाँट गरेन भन्दा फरक नपर्ला । विश्वविद्यालयको फि,घरको भाड़ा, बिजुली, पानी, ग्यास र फ़ोनको पैसा र कहिले काही नेपाल तिर पनि अलिअलि पठाउनु पर्यो । आई फोन किन्ने पैसा काँहा हुनु ।
आफ्नो घाटी हेरी हड्डी निल्नु पर्छ भनेर जस्तै कालीदास पनि पहिला आफ्नो घाटी हेरी त्यो फोन आफुलाई नचाहिने निर्णय गर्छ । मनमनै किन्न त मन भएपनि कताकता मन बाधेर पैसा जाेगाउने विचार गर्छ ।
एकदिन एकजना नेपाली दाजुसंग भेट हुन्छ, नयाँ कभर सहितकाे अार्इफाेन बाेकेर हिडेका थिए । केहिवेर कुरा गर्दै जाँदा घरमा अहिलेसम्म पठाउने पैसा कमाउन नसकेकाे कुरा गर्छ। सुरूमा त कुरा पत्याउदैन तर गफ गर्दै जाँदा पत्यार लाग्छ । के गर्ने भार्इ कमार्इ राम्राे छैन कमाएकाे अलिअलि पनि यसाेउसाे गर्दागर्दै फाेनकाे बिल तिर्नै परयाे भनेपछि कालिदास झसंग  हुन्छ । जापान आएदेखी नेपालमा पैसा नपठाएको, न त कलेजको फि नै समयमा तिर्न सकेको, साथीहरुसंग पैसा सापट लिएर काम चलाएकाे देखेर कालिदास दंगदास पर्छ।
हेर्दा राम्राे भएपनि महिनाकाे महंगाे बिल संम्झदाँ कहालि लाग्छ । अार्इफाेन बाेकेपछि हरेक महिना १० हजार हाराहारीमा बिल तिर्नु पर्छ जापानमा, मंहगाे पनि चाहिने भन्दा बढी भएपछि के गर्न सकिन्छ र ।
कालीदासले मनमनै यस्तालाई पनि आईफोन चाहिने भनेर भन्छ । तर आफु तिनिहरु भन्दा फरक भएको, त्यसैले अहिले आफुलाई आईफोन नचाहिएको निर्कष निकाल्छ ।
क्रमस …..

कथा अनि ब्यंथा भाग-२९ ‘ जापानी साथीसंग धरै संगत ’

कालिदास नेपाली समुदाय भन्दा जापानी साथीहरुसंगनै रमाईरहेको थियो। आरुबाईतो गर्ने ठाँउका, पढने ठाँउका जापानी साथीसंग आफ्नो समय धरै बिताउने गरेको थियो।
जिन्दगीमापनि कहाँबाट कहाँ पुग्दो रहेछ । कुन देशमा जन्मेको मान्छे, कुन देशमा हुर्केर, कुन देशमा काम गरेर, कुन देशमा मर्ने हो थाहा नै हुदो नरहेछ। हुनत ग्लोबलाइजेसन भनेको यही होला।
विश्वविद्यालयमा पनि विश्वभरिबाट विद्यार्थीहरु आएका थिए । यो जापान भन्ने देश बस्नको लागि “स्वर्गनै हो कि ” जस्तो लाग्थ्यो । रेल भित्र पनि महिलाहरुको लागि छुट्टै स्पेस छ । राती अबेरसम्म बाहिर घुमेर, अबेर घर फर्कदा पनि डर मान्नु पर्दैन । कुनैकुनै देशमा त राती अबेर हिड्न पनि हुदैन क्यारे, भएको पैसा पनि लुटीदिन्छन, महिलाहरुलाइ त राती अबेर हिड्दा डर मानी-मानी हिड्नु पर्दछ।
यो देश एकदमै सुरक्षित मानिन्छ । यहाँका मानिसहरु अनुशासित छन्, ईमान्दार छन्, सहयोगी छन् र मायालु पनि छन् । यस्तै कारणहरुले गर्दा होला कालिदासका साथीहरु नेपाली भन्दा जापानीहरु बढी थिए । उ पनि जापानीहरु संगै घुम्न, रम्न मनपरौथ्यो। २००८ को ५-६ महिना तिरको कुरा भनेपछि, कालिदास तेस्रो वर्षमा पढ्दै गर्दा केरी को कुरा हो । प्रमुख रुपमा अर्थशास्त्र र व्यवस्थापन बिषय पढेको थियो तर अरु बिषयहरुपनि लिनुपर्ने भएकाले गर्दा विदेशी भाषामा अंग्रेजी र जर्मन भाषा लिएको थियो। त्यहाँ एक जना यस्तो साथीसंग भेट हुन्छ जो पछिसम्मको मिल्ने… माबुदाची(बेस्ट फ्रेन्ड) रही रहन्छ।
दुबैजनाको भेट अंग्रेजी कक्षामा भएको थियो । उसको नाम युकी थियो ।

कालिदासलाई अलिअलि अंग्रेजी पनि आउने र अंग्रेजी सिकाउने सिलसिलामा दुबैजना नजिकको मित्र बन्न पुग्छन। एकजना मनबाटै मिल्ने साथी भयो भने धेरै सहयोग पनि हुदो रहेछ । जति सुकै लामो समय जापानमा बसोबास गरेपनि, जति सुकै जापानी भाषा राम्रो भए पनि, जति सुकै जापानी संस्कृति बुझे पनि विदेशीहरु जापानी जस्तो बन्न नसकिदो रहेछ । जसरी हामीले हाम्रो नेपाललाई, भाषालाई र संस्कृतिलाइ बुझेका छौ, त्यसरी नै जापान, जापानी भाषा र यहाँको संस्कृति बुझ्न गारो हुदो रहेछ ।
यस्त कुराहरु युकीसंगको भेट पछि थाहा पाउछ । र मनभित्र धेरै साथीहरु हुनु भन्दा एउटा मात्र भए पनि मिल्ने साथी भएको राम्रो हुदो रहेछ भन्ने कुरा खेलाई रहन्छ।
अनि करिब ७-८ महिनाको बेला थियो क्यारे, टोकियो हिबीया पार्कमा दोस्रो नेपाल फेस्टिवल हुने कुरा थाहा पाउछ । पहिला नेपाल डे फेस्टिवल चाही २००७ मा हिबिया पार्कमा नै भएको रहेछ। पहिलो नेपाल डे फेस्टिवल जान नपाएकोले पनि होला, दोस्रो नेपाल डे फेस्टिवल जाने निर्णय गर्छ। अनि युकीलाई पनि लिएर जान्छ।
नेपाल फेस्टिवलमा बिहान नै गएको थियो । आजसम्म जापानीहरुसंग नै घुल्मेल गर्ने, नेपाली समुदाय तिर त्यती नआउने गरेको थियो तर नेपाल डे फेस्टिवल भनेको ,आफ्नै देशको फेस्टिवल भएकाले गर्दा होला, आफ्नो जापानी साथीलाइ नेपाल चिनाउनको लागि पनि लिएर जान्छ।
स्टेजमा पूर्ब नेपालका लागि जापानी राजदूतहरु, जापानका लागि नेपाली राजदूत, गैरआवासीय नेपाली संघका प्रतिनिधीहरु, जापानका गन्यमान्यहरुको उपस्थिति थियो।
एकजना नेपाली दाजुले औपचारिक कार्यक्रमको उदघोषण गर्नु भएको थियो र उहाँको साथीले चाही मनोरन्जन कार्यक्रमको उदघोषण गर्ने शैली अत्यन्तै राम्रो थियो । नेपाली भाषालाई जापानी भाषामा र जापानी भाषालाई नेपाली भाषामा अनुबाद गर्ने शैली सुनेर- देखेर, कालिदासलाई पनि आफु पनि गफ दिन यहि बाटो तिर लाग्नु पर्छ कि जस्तो लाग्छ ।