Saturday, 10 December 2016

कथा अनि ब्यथा भाग ३६ - “सुझाब खोजेको मान्छेलाई मात्र दिदा राम्रो…”

कथा अनि ब्यथा भाग ३६ - “सुझाब खोजेको मान्छेलाई मात्र दिदा राम्रो…”

२००८ साल पनि रमाइलो गर्दागर्दै सकियो । २००९ को जनवरी ४ तारिकसम्म बिदा थियो । बिदा त कति चाँडो सकिदो रहेछ पत्तै पाइएन । फेरि ५ तारिकबाट त बिध्यार्थी जीवन शुरु भै नै हाल्यो । शरद ऋतुका कक्षाहरु पनि शुरु भै नै सकेको थियो । एक दिन पुस्तकालयको कम्प्युटर रुममा बसी ईन्टरनेट सफिङ् गरिरहेको थियो, एउटा जापानी भाषामा लेखिएको ब्लगमा नज़र जान्छ । जाहा नेपाल सग सम्बन्धीत समाचार लेखिएको थियो ।
ती ब्ल्गका सन्चालक नेपाललाई मनदेखि मन पराउने जापानी नागरिक रहेछन । त्यसैले बेलाबेलामा नेपाल जाने र आफ्ना साथीहरुलाई ब्लगको माध्यमबाट नेपाल सम्बन्धी जानकारी गराउने गर्दारहेछन ।
यो बेला नेपालबाट जापान आउनको लागि प्रतक्ष हबाई जाहाज थिएन । नेपाल एअरलाइन्सले २००८ को १० महिनादेखि बन्द भएको काठमाडौं ओसाका हबाई उड़ानको बदलामा काठमाडौंबाट साङ्घाइ हुँदै टोकियो उड़ान गर्नको लागि जापानको पर्यटन मन्त्रालयमा निबेदन दिएको थियो । त्यही समाचार त्यो ब्ल्गका लेखिएको रहेछ ।
कालिदास पनि त्यो बल्ग पढ़ेर मनमनै अब चाहिं आफ्नै देशको ध्बाजाबाहक चढी फर्कने दिन आउँलान जस्तो छ है भनी कुराहरु खेलाइरहेको थियो ।
जननवरीको १६ तारिकसम्म विश्बबिद्यालय तेस्रो बर्षको कक्षा शुरु भई अन्तिम अन्तिम तिर शरद ऋतुको परीक्षा हुन गैराखेको थियो । कालिदास पनि आउँदै गरेको परीक्षाको तयारी गर्दै पार्ट टाईम जबलाई पनि अगाडी बढाइरहेको थियो ।
तर, परीक्षाको केही हप्ता अगाडिबाट चाहिं पार्ट टाईम जबमा केही समयको लागि बिदा लिई परीक्षाको तयारी गर्नतिर लाग्छ । समय हुँदा मिल्ने साथी सुदर्शनसंग पुस्तकालयमा गई पढने गर्दथ्यो । लगभग बिश्वबिद्यालयमा स्नातक गर्न चाहिने प्वाइन्ट सबै प्राप्त पनि गरिसकेको थियो । अहिलेको परीक्षा चाही भबिष्यमा चाहिनसक्ने बिषयहरुको बारेमा थियो ।
संगै पढने सुदर्शनले चाहिं बिश्वबिद्यालयको परीक्षा आइरहदा पनि पार्ट टाईम जब छोड़ेको थिएन । त्यसमाथि उसको त प्वाइन्ट पनि पुगिराखेको थिएन । एक दिन कालिदासले सुदर्शनलाई तिम्रो प्वाइन्ट पनि पुगेको छैन, परीक्षाको बेलामा काम नगरी पढाई गर्दा राम्रो हुने हो कि भनेर सल्लाह दिन्छ । तर सुदर्शन यहाँ पढेर के काम छ र, बरु खुरुखुरु पैसा कमाउदा राम्रो भनेर उल्टो रिसाए जस्तो गरी जबाफ फर्काउँछ ।
कालिदास अनुहार नियाउरो बनाई र मनमनै आफूले भन्नुपर्ने कुरा भनेको, गर्ने नगर्ने उसको कुरा भनि त्यस कुरालाई त्यतिकै छोडि़ कुरा बदल्नतिर लाग्छ । त्यो दिन कालिदास र सुदर्शन सँगै घर फर्कन्छन । बसबाट झरेपछि कालिदास घरतिर र सुदर्शन पार्ट टाईम जबतिर लाग्छन ।
सुदर्शनसंग छुटनेबितिकै एक्लै घर हिड्दै जादा कालिदासले जापान आउने मान्छेहरुमध्ये सबै मान्छेहरुको एउटै आर्थिक स्तर, सोचाई, परिस्थितिका हुँदैनन् होला त्यसैले केही सल्लाह दिनुभन्दा पहिला त्यो मान्छेको बारेमा राम्ररी बुझ्न जरुरी हुँदोरहेछ । त्यसैले आफूले केही बेर अगाडि सुदर्शनलाई भनेको कुरा नभन्दा राम्रो हुन्थ्यो कि भनेर पश्चाताप महसुस गर्छ ।
जिन्दगीमा केही कुराहरुको सल्लाह दिदा ठीक हुँदोरहेछ र केही सल्लाह नदिंदा नै ठीक हुँदोरहेछ । बाल्यकाल भएको भए यसो गर, यसो नगर भन्दा राम्रो हुन्थ्यो क्यारे । ठूलो भएपछि चाहिं समय, परिस्थिति र ठाउँ हेरी सल्लाह दिनुपर्ने हुँदोरहेछ जस्तो लाग्छ । आजको सुदर्शनसंग को कुराकानीले कालिदास केही पाठ सिक्छ ।

क्रमस ...............

नया भाग : कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "
पछिल्लो भाग : कथा अनि ब्यथा भाग-३५ - “समग्रमा २००८ साल "

यातायात क्षेत्रमा परिपक्क नियम कानुनको आवश्यकता

यातायात क्षेत्रमा परिपक्क नियम कानुनको आवश्यकता

सेरोफेरो नेपालको, नेपालमा हरेक हप्ता कही न कही, साना- ठुला दुर्घटनाहरु हुदै आएका छन । किन यस्ता घटनाहरु वढीरहेका छन त? के-कस्ता कारणहरुले गर्दा यस्ता घटना दोहोरी रहेका छन त? आज मैले केही विचार राख्ने प्रयास गर्दै छु । नेपालमा सड़क दुर्धटनाका कारण पछिल्लो आर्थिक बर्ष २०७२/७३ मा मात्रै दुई हज़ार भन्दा बढी मानिसहरुको ज्यान गुमाएको तथ्यांक छ ।
सधै झै समाचार हेर्न के लागेको, आँखा रसाएर आए । समाचारको बिषय थियो ” बस दुर्धटना, मृतकको संख्या ….पुग्यो ” ।
यात्रुले खचाखच एउटा बस काभ्रे जिल्लामा दुर्धटना, कारण चाही गाडी र बाटोको दुराबस्था तथा क्षमताभन्दा बढी यात्रु बोकेको भन्ने आयो ।
मलाई अझै पनि याद छ, सन१९९५-१९९६ तिरको कुरा थियो। जती बेला म बालकै थिए, आमासंग मामाघर जादा, पोखराबाट पृथ्बी राजमार्गको हेम्जा, फेदी हुदै नाउडाडा ( नागडाडा ) जान्थ्यौ, पुरानो जिपमा चढेर जान्थ्यौ, बाटो पनि खाल्डा खुल्डीको थियो । त्यती बेला अरु केही उपाय पनि थिंएन, मामाघर छिटो पुग्नु थियो, जिपमा चढेर जाने बाहेकको उपाय नै थिएन ।
भगबानको कृर्पाले त्यो बेला सकुसल मामाघर पुग्न सकियो तर अहिले सम्झदा डर लागेर आउछ । खाल्डा र खुल्डीको बाटोमा, पुरानो गाड़ी, खचाखच बस, त्यसमाथी चालकले स्पिडमा हाक्ने । मलाई लाग्छ अहिले भएको भए, म पनि त्यो गाड़ी चढ़न डराउथे होला ।
त्यो बेलाको सरकार देखी आजका सरकारसम्म आईपुग्दा, दर्जनौ क्रान्तिकारी, अग्रगामी, दुरदर्शी हौ भन्ने पुराना वेथितिलाई परिवर्तन गर्छौ भने पनि केही परिवर्तन भएको छैन। बाटा घाटाहरु जस्ताको त्यस्तै, यातायाता चालकहरुले क्षमता भन्दा बढी यात्रु र सामान राख्ने बानी पनि काहा जानी, त्यसमाथी हुईक्याउनु पर्ने ।
हतार गरे भन्न् सकिन्न ढिलो गए अवश्य पुगिन्छ भन्ने भनाई
फेरी नेपाल भरीका यातायात कर्मीहरुलाई भन्न पर्ने बेला आएको छ ।
हाम्रो सरकारले पनि, बाटो – घाटों अनुसार कति गति ( स्पिड ) सम्म चलाउन पाईने र नगरेमा कस्तो कारबाही गर्ने, क्षमता भन्दा बढी यात्रु राखेका कस्तो कारबाही गर्ने जस्ता नियमहरु बनाउने र पालन गर्न लगाउने, पालन नगर्नेलाई कड़ा कारबाही गर्ने ब्यवस्था नगरेसम्म नेपालमा यस प्रकारका दुर्धटना कम होला जस्तो लाग्दैन ।
नेपाललाई साचिकै ” यातायात कर्मीहरुको सोचाईमा परिवर्तन र नियम कानुनको आबस्यकता ” परिआएको छ ।

नया भाग : सफल, “नेपाल फेस्टिबल २०१६” र यसले सिकाएका पाठहरु
पछिल्लो भाग : ( 3 दिन बाकी ) जापानमा नेपालको नाम चिनाउनको लागी , नेपालमा केही गर्नको लागी नेपाली । - 2

कथा अनि ब्यथा भाग-३५ - “समग्रमा २००८ साल "

२००८ को अन्तिम तिरको कुरा थियो । नेपालमा हप्तामा ८२ घन्टा बत्ती नआउने अर्थात लोड सेडिङ्ग हुने भयो भन्ने अनलाईन समाचारहरुमा लेखिएको थियो ।
कालिदास पनि नेपालमा नै हुर्की बढेको ठिटो, बल्यकाल देखिनै लोड सेडिङ्ग त भोग्दै आएको थियो ( नेपालमा हुदा ) । तर हप्तामा ८२ घन्टा अन्धकारमा त बसेको अनुभव थिएन । यस्तो समाचार देख्दा सारै नरमाईलो लाग्याे ।
हामीहरु कति पछाड़ी छौ भन्ने महसुस यो समाचाले गरांयाे । विदेशमा जति नै ठूला कुरा, यस्ताे उस्ताे गफ गरेपनि जति सुकै ठुला ठुला कुरा गरेपनि हामीले हाम्रो देशलाई के गर्न सकेका छौ त जस्तो लाग्छ ।
हुन त कालीदास जलविधुत सम्बन्धी पढेको विधार्थी पनि परेन तर हामीहरु मध्य कतिपयले सम्बन्धित बिंषय पढेका त छौ हाेला, तपाईहरुले आफ्नो धारणा, विचार ब्यक्त गर्न सक्नु हुन्छ नि हैन र । आफुले गर्न सक्ने काम राजदूतावास मार्फत हुन्छ कि, अन्य कुनै तरिकाले नेपालमा रहेकाहरुलाई सिकाउन सकेमा हामीहरु नेपालीहरुलाई राम्रो हुने थियो ।
यो त भयो नेपाल सम्बन्धी कुराकानी ।
यता कालीदास पनि आफ्नो जापान वसाई, विश्वविद्यालयको ३ बर्षको पढाई अगाडी बढांईराखेको थियो ।
कालीदास प्रर्येक बर्षको अन्तिममा आफ्नो लागि यो बर्ष कस्तो रह्ये भनेर फर्केर हेर्ने गर्दथ्यो । २००८ साल पनि आफुलाई , आफुले गरेका कामहरुलाई एकपटक फर्खी हेरी, केही सुधार गर्नु परेमा गर्ने योजनामा पनि थियो । भनिन्छ निपिडिसिए प्लान – डु-चेक-याक्सन, प्लान गरेको गरेको कुरा लागु गर्ने त्यसपछि कस्तो भयो भनि चेक गर्ने अनि त्यसपछि एक्सन लिने ।
२००८ समग्रमा भन्नु पर्दा राम्रो नै रह्यो, केही यस्ता थिए
१: विश्वविद्यालयमा पनि तेस्रो बर्ष भएकाले त्यती गरो भएन , वानी पनि परेर होला ।
२ : जापानी साथीहरु धेरै बनाएकाले जापानी भाषापनि राम्रो हुदै आएको थियो ।
३ : विश्वविद्यालयमा सेन्सेईहरुसंग पनि राम्रो सम्बन्ध राख्न सफल भएको ।
४ : विश्वविद्यालयको सरकलमा पनि सक्रियरुपमा सहभागी भएको ।
५ : विश्वविद्यालयको बिषयहरु लगभग सबै लिएर सकिएको ।
६ : विश्वविद्यालय भित्र नेपाल सम्बन्धी कार्यक्र्म गरि नेपाललाई चिनाऊने कार्यक्रम गर्न सफल भएको ।
केही नराम्रो कुराहरु केही यस्ता थिए ।
१ : नेपाली समुदायसंग टाढै रहेको । नेपाली समुदाईका ब्यक्तीहरु जापानमा आएर पनि नेपाली पारा देखाउनेहरु धेरै थिए । जापानमा आएर नेपालको राजनिति गर्नेहरु धेरै थिए ,त्यो भएर पनि होला अलिकति टाढा बस्न मन लागेको ।
२ : घर तिर त्यति सहयोग गर्न नसकेको । विद्यार्थी जिबन बिताईरहेका कारणले नेपालमा आर्थिक सहयोग त्यति गर्न सकिराखेको थिएन । कालीदास पनि पहिला पढाई सकाउने , त्यसपछि मात्र भन्ने सोचना पनि थियो त्यसैले घरतिर त्यति सहयोग गर्न सकिराखेको थिएन ।
३ : बर्षमा एक पटक नेपाल फर्कने योजना बिफल । आर्थिक रुपमा सम्पन्न नभएकाले गर्दा होला, नेपाल जान सकेन ।
४ : नेपालमा रहेका साथीहरुलाई, नेपालमा हुदा खेरीको जस्तो सम्पर्क गर्न नसकेको । नेपालमा रहेका साथीहरुलाई पनि पटक पटक सम्पर्क गर्नु पर्छ भन्ने सोच राखे पनि समयको अभाबले गर्दा त्यति सम्पर्क गर्न सक्दैन ।

कथा अनि व्यथा भाग ३४ - “सिक्ने कुरा सिकाउने कुराहरु”

रुकिज टेलिचलचित्रको कुरा गर्नु पर्दा यो जापानको याक्यु मान्गामा (बेसबल कमिकमा) आधारित चलचित्र हो । जसको लेखन मोरिता मासानोरीले गरेका थिए । १९९८ बाट २००३ सम्म साप्ताहिक सोनेन जान्पु (युबाहरुको पत्रिका) भन्ने युबाहरुलाई लक्ष्य लिएर लेखिएको पत्रिकामा पनि आएको थियो ।
फुताको तामागाबा बिध्यालयमा याक्यु बु (बेसबल टीम) थियो । यस बिद्यालयको याक्युबु धेरै राम्रो थियो अनि खेलाडीहरु पनि राम्रा नै थिए । एकदिन खेल खेल्दा एकजना बुईनले (खेलाडी) याक्यु ब्याटले (बेसबल ब्याटले) अर्को खेलाडीलाई हान्छ । त्य पछि याक्यु बुबाट बिद्यार्थीहरु टाढिन्छन । त्यसपछि त्यो याक्यु बुलाई पुरानै अबस्थामा फर्काउन धेरै प्रयासहरु हुन्छन । त्यसबीच सेन्सेई (गुरु) र गाकुस्ईहरुका (बिद्यार्थीहरु)बीच धेरै घटनाहरु घट्छन पनि । यस्ता कथाहरु र जापानका युबाहरुको जोस र जागरलाई चिर्तर्ण गरिएको टेलिचलचित्र थियो यो ।
कालीदासले पनि यो टेलिचलचित्र अत्यन्तै मन पराउथ्यो । प्रत्येक हप्ता नछुटाइकन हेर्दथ्यो । जापानी भाषा स्कुलमा, जापानी विश्वविद्यालयमा नपढाइने बर्तमान जापानका कथाहरु यस्ता टेलिचलचित्रमा हेर्न,बुझ्न पाइन्छ जस्तो लाग्थ्यो । त्यति मात्र नभएर जापानी भाषामा पनि धेरै सुधार हुन्छ भन्दथ्यो ।
यस टेलिचलचित्रको एउटा मेईगेन (प्रख्यात भनाई) पनि मनछुने र उल्टो पाबर पाइने खालको थियो ।
夢にときめけ!! ( सपना देख्नु पर्छ )
明日にきらめけ!! ( भोलीको लागी प्रयास पनि गर्नु पर्छ )
待ってた夢は叶わない!! ( पर्खी राख्ने मात्र हो भने सपना कहिले पनि साकार हुदैन ,)
だからこっちから、つかみにいこう!!
( त्यसैले आफ्नो सपना सफल पार्नको लागी सक्दो प्रयास गरौ )
—कालीदासले जापानमा आफ्नो बिद्यार्थी जीबन बिताउँदै गर्दा यस्ता मेईगेन ( प्रख्यात भनाई) बाट शक्ति पनि पाईन्छ जस्तो पनि ठान्दथ्यो ।हामी नेपालीहरु केही न केही सपना बोकेर नै जापानसम्म आएका छौ । यो देशमा आएर पनि हामीहरुले कसैले केही गरिदिन्छ कि भनेर पर्खी बस्नु राम्रो होईन । साथसाथै आफ्नो सपनालाई पर्खी मात्र बसेर पनि हुँदैन । केही क़दम अघी बढ़न प्रयास पनि गर्नुपर्छ । अन्तिममा त्यो प्रयास सफलतामा अबश्य परिणत हुन्छ बिचमा रोकिन भएन जस्तो लाग्छ ।कालीदास आफू पनि यस्ता कुराहरु मनन गरिरहन्थ्यो र आफ्ना साथीहरुलाई पनि सेयर गरिरहन्थ्यो ।
हामी नेपालीहरुको बानी सकेसम्म प्रयास नै नगर्ने, अरुको मुखमात्र ताक्ने खालको छ कि जस्तो लाग्छ । केही समय अगाडी नेपालबाट आएको एकजना भाईले कालीदासलाई फोन गरी दाई काम खोजिदिनुस न भनेर भन्यो । कालीदासले पनि आफूले काम गर्ने ठाउँको मान्छे चिनाइदियो । त्यसपछि फेरी त्यो भाइले के भन्छ भन्दा रिरेक्सो (काम गर्न जाँदा लियर जानुपर्ने कागजात जाहाँ आफ्नो बायो डाटा हुन्छ) लेख्न सिकाईदिनुपर्यो भनेर भन्छ । ठिकै छ भनेर लेख्ने तरिका सिकायो । फेरि मिल्छ भने दाई लेखिदिनुस न भनेर भन्छ । गर्दा गर्दै सम्पूर्ण कुरा कालीदासलाई गरिदिन अनुरोध गर्छ ।
कालीदासले पनि अति भएर होला, भाई तिमीलाई काम नचाहिएको रहेछ आयन्दा फोन नगर भनेर जबाफ दिन्छ । त्यसपछि बल्ल माफ मागी सम्पूर्ण तयारी आफै गर्यो । भाग्यबस काम पनि मिल्यो उसलाई ।
यो त एउटा उदाहरण मात्र हो । हामी नेपालीहरु सकेसम्म आफस्ले काम गर्न नै खोज्दैनौ । अन्तिममा आएर अरुलाई दोष दिन्छौ । सपना देख्नुपर्ने कुरा, त्यो सुपना पूरा गर्नको लागी सक्दो प्रयास गर्नुपर्ने कुरा अनि क्रमिकरुपमा प्रयास गर्दै गएमा सफलताको खुडकिला पनि चढ़न पाइने कुरा कालीदास त्यस रुकिज भन्ने टेलिचलचित्रबाट पनि सिक्छ ।
हेर्दा हेर्दै यो साल (२००८ साल पनि) सकिन लागिसकेको थियो । कालीदास पनि आफ्नो तेस्रो बर्ष बिताइराखेको थियो । विश्वविद्यालयमा अनिवार्य लिनुपर्ने बिषयहरु पनि लगभग सक्किसकेको थियो । प्रायः जापानी बिद्यार्थीहरु विश्वविद्यालयको तेस्रो बर्षको अन्तिमतिरबाट चौथो बर्षसम्म काम खोज्ने (जब हन्टिङ् गर्ने) समयका रुपमा बिताउँछन । कालीदास पनि त्यसको तयारीमा जुटछ थाल्छ ।
क्रमस ……….

कथा अनि व्यथा भाग-३३ - “जापानमा यति धेरै नेपाली किन आएका?”

विश्वविद्यालयमा कलेज फेस्टिभल सफलताका साथ सम्पन्न भएपछि कालिदासको फेरी दिनहरु आरुबाईतो, कलेज, घर अनि फेरी आरुबाईतो……हुन्छ।
विश्वविद्यालयमा खाजा खाने समयमा कालिदासको मिल्ने जापानी साथी युकी आफना अन्य साथी लिएर क्यान्टिनमा आउछ । सबैजना गरेर ५-६ जना साथीहरु थिया । एकजना जापानी साथीले कालिदासलार्इ आजकल जापानमा नेपालीहरुको जनसख्या बढ़दो छ रे, घर वरिपरि पनि नेपाली पसल बढेको छ । किन हो? जापानमा आएर पैसा कमाउनु सबैको लक्ष्य हो रे नि ? भनेर प्रश्न सोध्छन ।
प्रत्येक बर्ष देशको अर्थत्रन्त्र गिर्दो छ, देश भित्र काम पाईदैन, असुरक्षा, अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाय धारापमा छन । काम पाए पनि विदेशको जस्तो तलव हुदैन । सबैलाई छिटाे पैसा कमाउनु छ, त्यसैले देशमा कोही पनि बस्न चाहीरहेको छैनन।
कालिदासलाई पनि त्यो वारेमा जापानीलार्इ नै यसरी भन्ने भनेर थाहा थिएनऽ भनाै जवाफै थिएन । नेपालीहरु किन दिन-प्रतिदिन जापान आइरहेका छन? यसवारेमा कालिदासलाई भन्दा अरुलार्इ नै थाहा होला । उ भने केहीवेर अलमल परेजस्ते गरेपनि उनीहरुकै कुरामा ध्यान दिन्छ ।
उनीहरुले शुरुमा नेपालीकाे वारेमा भनेकाे सुन्छ । नेपालीहरु सुरुमा जापानलाई एकदमै मन पराउछन रे अनि पछि कुरा काटछन अरे। अनि कालिदासले पनि जापान देश नेपालीहरुले मन पराउने हुनाले सबैजना आएको हुनुपर्छ भन्ने उत्तर दिन मन लाग्छ, अलिकति झुटो बोलेके भएपनि सही त्यही थियाे । जापानीहरुलार्इ झुटो बोलेर केही पनि फाईदा छैन भनेर जानेके कुरा बताउने निर्णय गर्छ । तर सवैकाे उदेश्य पैसा कमाउने नै हाे भनेर भन्न चाँही सक्दैन।
सत्य कुरा त भन्ने तर के भन्ने दाेधारमा पर्छ? नेपालीहरु जापानमा मात्र हैन, अमेरिका, अस्टेलिया, बेलायत लगायतका देशमा पनि बढी जान्छन। विदेशी शिक्षा हासिल गरेर दक्ष्य नागरिक बन्न, मेहनत गर्न जान थालेकाे कुरा सास नफेरी भन्छ । भन्न मिल्ने कुरा यति मात्र हाे । तर महत्वपूर्ण कुरा सबैजनाको उदेश्य अन्तिममा गएर पैसा कमाउनु मात्र नै हो भनेर भन्न सकेन। अाफनाे उदेश्य फरक भएपनि अरुकाे उदेश्यकाे वारेमा भन्न मिलेन ।
पछिल्लाे समयसम्म युवालार्इ नेपालमा बसेर काम गर्ने राम्राे अवसर अनि सक्षम नागरिक बन्न पाउने अवस्था पनि छैन भनिन्छ । हामी नेपालीहरु आफ्नो देशलाई केही गरेर सफल देश बनाउन भन्दा पनि आफु, आफ्नो परिवार, आफ्नो नातेदार सफल बनाउन खोज्नेहरुका कारण भनेकाे र देखेकाे जस्ताे सुधान नभएकाे हाेला । याे कुरा धेरैलार्इ थाहा पनि छ ।
जापानमा पनि अवस्था उस्तै छ । यति हाे यहाँका सरकारमा वस्ने मान्छे र हामी कहाँ अलिक फरक छन । नेपाली नेता, नेतृत्व उनीहरु कै कारणले गर्दा प्रत्येक बर्ष देशको अर्थत्रन्त्र गिर्दो छ, देश भित्र काम पाईदैन, असुरक्षा, अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाय धारापमा छन । काम पाए पनि विदेशको जस्तो तलव हुदैन । सबैलाई छिटाे पैसा कमाउनु छ, त्यसैले देशमा कोही पनि बस्न चाहीरहेको छैनन भनेर जवाफ दिन्छ ।
जापानीज साथीहरु पनि कालिदासकाे कुरामा सहमत हुन्छन । प्रत्येक वर्ष युवा जनशक्तिहरुले विदेश गएर सिकेकाे सिप नेपाल पुगे मात्र फाईदा नत्र घाटा भन्छ । कालिदासलाई यति भनिसक्दा लाज लागेर आउछ, अरु नेपालीको बारेमा मैले केही भन्न सक्दिन तर म चाही यहाका कुराहरु सिकेर नेपाल फर्कने योजनामा छु भनेर भन्छ ।
अनि बेलुका सधै हेर्दै आएको जापानीज टेलिफ़िल्म हेर्नको लागी करिब ७ बजे तिर घरमा पुंगी सक्छ । कालीदासले हेर्दै आएको जापानीज टेलिफ़िल्म ” रुकिज ” भन्ने थियो । कालीदासलाई याक्यु “बेसबल” पनि मन पर्ने भएर पनि होला यो टेलिफ़िल्म मन परेको । यो टेलिफ़िल्ममा जापानको हाई स्कुलको बिध्यार्थीहरुको कथा थियो ।
कालीदासले आफुलाई मन पर्ने बेसबलसंग सम्बन्धित टेलिफ़िल्म भएकाले र जापानी भाषामा सुधार ल्याउनको लागी पनि यो टेलिफ़िल्म हेर्दै आएको हुन्छ ।

कथा अनि ब्यथा भाग-३२ - “सगरमाथा भनेर मात्र पुग्छ र ?”

विश्वविद्यालयमा कलेज फेस्टिभल हुनेहुनाले सबै सरकलहरुले आआफ्नो तयारी सुरु गरिसकेका थिए । कालीदास पनि विश्वविद्यालयको पहिलो बर्षबाट सहभागी हुँदै आएको कोकुसाई कोर्यु सरकल (अन्तर्राष्ट्रिय सरकल)ले पनि आफ्नो कार्यकर्म गर्ने तयारी गरिरहेको थियो । विश्वविद्यालयमा भएका बिभिन्न देशका विद्यार्थीहरुलाई जम्मा गरी आफ्नो देश झल्कने खालको कार्यक्रम गर्न लागिरहेको हुन्छन । कालीदासले सम्पूर्ण बिदेशी विद्यार्थीहरुको प्रतिनिधि गर्दै बोल्ने कार्यक्रम पनि रहेको हुन्छ ।
विश्वविद्यालयमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, साउदी अरेबिया, टर्की, अमेरिका, बेलायत, चीन, कोरिया, ताईबान लगायतका देशका विद्यार्थीहरु भएको थाहा पाएपछि, उनीहरुसंग सम्पर्क गरी कलेज फेस्टिभलमा सहभागी हुन र आफ्नो देश झल्कने केही गर्नुपर्छ भनि अनुरोध गर्दछ ।
बिदेशी भएर हो कि कुरा पनि मिलिहाल्छ । सबैजना मिलेर यो कार्यक्रम सफल पार्न जुट्छन । हेर्दा हेर्दै फेस्टीभलको दिन पनि आइहाल्छ । त्यो दिन नेपाली खाना पकाउने योजना पनि थियो । कालीदास र केही नेपाली साथीहरु मिलेर नेपाली खाना बनाउँछन पनि । सबैजनाले आफ्नो देश झल्कने प्रस्तुति गर्दछन । सुन्ने जापानीहरु पनि कान थापी थापी सुनिरहेका थिए । रमाईलो लागेर पनि होला ।
नेपालको तर्फबाट नेपाली खाना र सगरमाथाको बारेमा पिर्जेन्टेसन थियो, कालीदास चाहिं सगरमाथाको बारेमा पिर्जेन्टेसन गर्छ । पिर्जेन्टेसनमा सगरमाथा यस्तो उस्तो भनेर भनिरहेको हुन्छ ।
पिर्जेन्टेसन गर्दागर्दै उसलाई, हामी नेपालीहरुले के गर्न सकेका छौ र प्रकृतिले दिएको सगरमाथा, बुध्दको नाम प्रयोग गरी नेपाललाई चिनाउन त खोजेका छौ । यी सबै हामी जन्मनुभन्दा धेरै भन्दा धेरै पहिलाको कुरा । प्रकृतिले बनाएको कुरा भए, हामीले के गर्न सकेका छौ त जस्तो लाग्छ । यस्ता कुराहरुको सम्झनाले गर्दा उसले आफ्नो पिर्जेन्टेसन राम्ररी दिन पनि सक्दैन ।
त्यो दिन सबैजनाको कार्यक्रम सकी अन्तिममा सुदर्शनसंग कुरा गर्छ । यार हामी नेपालीहरुले के गर्न सकेका छौ ? सगरमाथाको देश, बुध्दको देश, लुम्बिनीको देश, मन्दिरै मन्दिरको देश, हिमालयको देश भनेर नेपाललाई चिनाउन खोजिरहेका छौ तर सबै प्रकृतिले दिएको उपहार । हामीहरु अहिलेसम्म तिनै उपहारहरुको बखान मात्र गरिरहेका छौ ।
अरु त परै जाओस, प्रकृतिले दिएको उपहारको सदुपयोग पनि गर्न जानिराखेका छैनौ । जलस्रोतको घनी देश भएर पनि पानीको सदुपयोग गर्न सकिराखेका छैनौं, हिमालयका जडीबुटीहरुको सदुपयोग गरेर औषधी बनाउन सकेका छैनौ । बुद्धको देश, मन्दिरै मन्दिरको देश भनेर भन्छौ तर पर्यटकहरुलाई आकर्षित गर्न सकिराखेका छैनौं ।
केही पनि गर्न नसक्ने हामीहरु किन सगरमाथाको देश, बुध्दको देश, लुम्बिनीको देश, मन्दिरै मन्दिरको दे , हिमालयको देश भनेर भन्दै हिडने भन्दै प्रश्नै प्रश्नको भारी उठाउँछन् । त्यस्तै पहिला अग्रजहरुले छोड़ी गएको, प्रकृतिले दिएका कुराहरुलाई सदुपयोग गर्न सकौं, अनि मात्र तिनीहरु हाम्रा हुन् भन्दै हिडौं ।

कथा अनि ब्यथा भाग ३१ - "जापानमा नेपाल विकास गर्ने कालिदास याेजना"

कालिदास एक दिन विश्वविद्यालयको पुस्तकालयमा भारतको अर्थव्यवस्थाको बारेमा पढ्दै थियो । सुदर्शन पनि क्लास नभएकाले गर्दा पुस्तकालयमा नै थियो । २००८ को १० महिना तिरको कुरा हो, जापानका चार जना प्रोफेसरहरुले नोबेल पुरस्कार पाउने भएका थिए ।

तोशिफुमीले अमेरिका यात्रामा कन्बिनी देख्छन अनि जापानमा पनि कम्बिनी ब्यबसाय गर्दा कसो हुन्छ भनि, जापान फर्केर सेवेन ईलावेन सुरु गर्न आफ्ना कम्पनीमा प्रस्ताव राख्दछ । उसको प्रस्तावलार्इ कम्पनीले स्विकृति पनि दिन्छ ।  


अनि बाराक ओबामा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी अमेरिकी अफ्रिकन थिए, अमेरिकाको राष्ट्रपतिमा अमेरिकी अफ्रिकन निर्वाचित भएको पहिलो पटक थियो। जापान, अमेरिका लगाएतका देशहरुमा नयाँ नयाँ सकारात्मक समाचारहरु छाएका थिए ।
तर नेपालका समाचारका हेडलार्इनमा यस्ता कुरा विरलै देख्न पार्इन्थ्ये । नयाँ युबा नेता प्रधानमन्त्री हुने कहिले?  नेपालीहरुले नोबेल पुरस्कार कहिले कसरी? पाउने होला भनि कल्पना गर्छ ।
नेपालको अनलाइन समाचारहरु हेर्दा ,फेरी पनि लोडसेडिङ् बढ्ने , खानेपानीको समस्या, नेपालका युवा जनशक्ति विदेशीदै, नेपालको खेतबारी बाझै, विदेशीएका नेपाली युवाहरुको यति थान लाश एयरपोर्टमा, जस्ता शीर्षकका नकारात्मक समाचारहरु मात्र थियो । सकारात्मक समाचार त एउटा पनि थिएन ।

कालिदास पनि नेपालबाट जापानमा पढ्न, सके अलि अलि कमाउन आएको विद्यार्थी नै थियो । विदेश जानु भनेको नराम्रो कुरा त पटक्कै होइन । तर हामीहरु विदेशमा गएर त्यहाँको नागरिक हुने, कहिले पनि नेपाल नफर्कने त हुनु हुदैन, विदेशमा सिकेका कुराहरु नेपालमा लिएर जानु पर्छ यस्तो कुरामा तर्क गर्ने स्वभाव भएको मान्छे। तर जापानमा भएका नेपाली साथीहरूसंग जहिल्यै यस विषयमा फरकमत हुन्थ्ये ।

विदेश जानु भनेको नराम्रो कुरा त पटक्कै होइन । तर विदेशमा गएर त्यहाँको
नागरिक हुने, कहिले पनि नेपाल नफर्कने त हुनु हुदैन,
विदेशमा सिकेका कुराहरु नेपालमा लिएर जानु पर्छ ।

एउटा उदाहरण, अहिले जापानमा सेवेन ईलावेन भन्ने सुविधायुक्त पसल (कम्बिनी) धेरै छन् । सुजुकी तोशिफुमी भन्ने जापानी करिब ३०/३५ वर्ष पहिला अमेरिका गएका थिए । त्यति बेला जापानमा सुपर मार्केटहरु त थियो तर कम्बिनी  थिएन । तोशिफुमीले आफ्नो अमेरिकाको यात्रामा कन्बिनी देख्छन अनि जापानमा पनि कम्बिनी ब्यबसाय गर्दा कसो हुन्छ भनि, जापान फर्केर सेवेन ईलावेन सुरु गर्न आफ्ना कम्पनीमा प्रस्ताव राख्दछ । उसको प्रस्तावलार्इ कम्पनीले स्विकृति पनि दिन्छ ।  अहिले हेर्नुस यो कम्पनि जापानकै प्रमुखहरु मध्ये एउटामा पर्छन । हामी जति पनि नेपालीहरु विदेशमा छौ, हामीहरु पनि यस्तै केहि कामहरु गर्न सकेमा, हाम्रो नेपाल पनि अझै अगाढी बढ्थ्यो कि जस्तो लाग्छ । त्यहाँ सुदर्शनसंग पनि यही विषयमा कुरा गर्छ । विश्वविद्यालयमा बेलुका अबेरसम्म बसी बेलुका पनि आरुबाईतो (पार्ट टाइम जब) नभएकोले आज घरमा नै बसी पढ्ने अनि नेपाली परिकार बनाएर खाने येजना बनाउछ ।
विश्वविद्यालयको नजिक बस्ने हुनाले बेलुका अबेरसम्म पुस्तकालयमा करिब ७ बजेसम्म वसेर घर फर्कीन्छ । विश्वविद्यालयमा विदेशी विद्यार्थीहरुलाई एकै ठाउँमा जम्मा गरि हुन लागेको कलेज फेष्टिवलमा आ-आफ्नो देश झल्कने विषयलार्इ प्रस्तुत गर्ने वारेमा अन्य देशका साथीहरूसंग छलफल गर्छ ।