Tuesday 7 March 2017

कथा अनि ब्यथा भाग ३९ “ जापानमा स्थायी काम खोज्ने कर्म मा ”


कालीदासले कलेजको रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरबाट सिकेको कुराहरु बिर्सिएको थिएन । आफूले निवेदन दिन लागेको कम्पनीको होमपेजबाट जानकारीहरु लिने, आफूभन्दा अग्रजहरुसंग त्यो कम्पनीको बारेमा सोध्ने, बुझ्ने, जापानका पत्र पत्रिकाहरु पढ्ने लगायतका कुराहरुमा ध्यान दिइ बायोडाटा फर्मम (रिरेकीस्सो) लखेको थियो ।


कालीदासले कलेजको रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरबाट सिकेको कुराहरु बिर्सिएको थिएन । आफुले निबेदन दिन लागेको कम्पनीको होमपेजबाट जानकारीहरु  लिने , आफूभन्दा अग्रजहरुसंग त्यो कम्पनीको बारेमा सोध्ने - बुज्ने   , जापानका पत्र - पत्रिकाहरु पढ्ने लगायतका कुराहरुमा ध्यान दिई बायो डाँटा फर्मम ( रिरेकीस्सो ) लखेको थियो  ।

आफुले आफ्नै शब्दमा ( भाषामा ) रिरेकीस्सो लेखिसकेपछि , कलेजको रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरमा फेरी एक पटक रिचेककोलागि जान्छ र सहयोगी शिक्षकहरुसंग परामर्श लिन्छ । पछिल्लो पटक चाही आफुले केहि पनि नगरी सिधै रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरका सहयोगी शिक्षकहरु लाई प्रश्न गरेको थियो तर एस पटक भने लगभग सबै कुराहरु आफैले सङ्कलन गरि आएको भएर होला सहयोगी शिक्षकहरुले कालीदासको प्रशंसा गर्छन अनि भन्छन कति चाडो आफुलाई परिवर्तन गर्न सकेको गान्बात्ता ने ( धेरै राम्रो ) ।

अनि केहि छिनमा  नै  अन्तरबार्ता को तयारी तिर लाग्छन ।

अन्तरबार्ता दिदा ,अगाडी को मान्छे को आखा हेरेर बोल्ने , ढुक्क ( निर्धक्क ) भएर बोल्ने , सकारात्मक कुराहरु गर्ने ( नकारात्मक कुरा नगर्ने ) , लगाउने पोसाकमा ख्याल दिने जस्तै सुट र टाई पनि सिम्पल रोज्दा राम्रो ( तडक भडक पोसाक र रंगी - बिरंगी  रंग नरोज्ने ) लगायतका सल्लाह लिन्छ  ।

करिब एक घण्टा जति सुस्सोकु स्पोर्ट सेन्टरका सहयोगी शिक्षकहरुसंग कुराकानी गरि , बेलुकाको आरुबाइतो ( पार्ट टाईम जब ) तिर लाग्छ । बेलुका म्याकडोनल र साइबर क्याफेमा काम गर्त्यो  । आज चाही  म्याकडोनलमा मात्र काम भएकोले , करिब बेलुकाको ६ बजेको थियो होला , सधै झैँ म्याकडोनलमा पुगी कपडामा चेन्ज गरिरहदा , एउटा नेपाली मान्छेको आबाज सुन्छ , अनि हतार हतार कपडा फेरी बाहिर निस्कन्छ र हजुर के को लागि आउनु भयो होला भनेर सोध्छ ।

त्यो भाई चाही म्याकडोनलको आरुबाइतोको ( पार्ट टाईम जबको )  अन्तरबार्ता दिन आएको रहेछ  । कालीदास उसलाई अफिस देखाएर आफु चाही आफ्नो काम सुरु हुने बेला भई सकेको कारणले गर्दा रेस्ट रूम बाट पसल तिर जान्छ  । पसल तिर हिड्दै जाने क्रममा मन मनै  " यो केटा अन्तरबार्तामा आएको भन्छ , कपडाको लगाई पनि तेस्तै  , जुत्ता पनि तेस्तै , कपाल पनि जिन्ग्रिन्न्ग , यसले के काम पाउला भन्दै गुनगुनाउछ  ।

त्यसपछि माथिल्लो तलामा पसल थियो र कालीदास त्यही काम गरिराखेको थियो । म्यानेजर पनि केही बेर पछि पसलमा आएर कालीदास , तेरो देशको केटा कामको अन्तरबार्तामा आएको थियो ,लिउ कि नालिउ भई राखेको छ भनेर भन्छ । कालीदासले लामो समय देखि काम गर्दै आएको र विश्वासपनि कमाएको  भएर होला , के गरौ भनेर सोध्छ ।

कालीदासले त्यस्तो के भयो र भनि प्रश्न गर्छ । पहिला अन्तरबार्ताको समय भन्दा ढिलो आयो , लगाएको कपडा पनि त्यस्तै , भाषा पनि त्यति आउदो रहेनछ भनेर भन्छ । त्यस्तो कुरा सुनेपछि मैले त केहि पनि भन्न मिल्दैन भनेर उत्तर दिन्छ तर मन मनै अन्तरबार्ताको समयमा पनि ढिला आउने ले के काम पाउला र  आरुबाइतोको ( पार्ट टाईम जबको ) अन्तरबार्ता भएपनि सुरुमा आउदा खेरि भद्र पोसाकमा आउनु पर्ने भनि मन मनै कुरा खेलाउछ ।

तर आफु चाही अहिले गर्दै  गरेको स्थायी काम खोज्ने कर्ममा विभिन्न कम्पनीहरुमा जादा यस्ता साना साना कुराहरु को पनि ख्याल गर्ने अठोट गर्छ ।

क्रमसः

नया भाग :  कृपया केही दिन प्रतीक्षा गर्नुहोला !
पछिल्लो भाग : कथा अनि ब्यथा भाग ३८ : " जापानमा स्थाई काम खोज्न भन्दा आगाडी । "