Tuesday 29 August 2017

आज बाट नै सुरु गरौ । परिवर्तन टाढा छैन

केही शब्द यस्ता छन । जसको ब्यख्या गरिराख्नु पर्दैन । गुन्डा , चोर , डाका , ज्यानमारा , गजडिया , ठग , एडिक , भ्रष्टाचारी , रास्टघाती आदी  । हाम्रो  समाजमा यस्ता नराम्रा परिभाषा बोकेका शब्दहरु धेरै छन । यो शब्दहरु कसैले तपाईलाई भन्छ भने तुरुन्तै त्यसको अर्थ बुझ्न खासै गारो पनि लाग्दैन  ।

यी शब्दहरुका अर्थ नराम्रा भएता पनि , अत्यन्तै सरल र बुझ्न सजिलो शब्द भन्दा फरक नपर्ला  । हामीहरु बाल्यकालमा जब हजुरबुबा , बुबा लगायत परिबारका सदस्यहरु संग कुरा कानी गर्छौ । यी शब्दहरु प्रयोग गरेर बाबु यस्तो चाही बन्नु हुदैन , उस्तो चाही बन्नु हुदैन भनेर सल्लाह पाईरहेका हुन्छौ । बाल्यकालको मन भनेको एकदम सफा , लप्पन छप्पन नजानेको हुन्छ पनि । अनि परिबारका सदस्य लगायत आफु भन्दा ठुला मान्छेहरुले भनेको कुराहरु मानिन्छ पनि ।

अनि टिबीमा , रेडियोमा , कम्पुयुटरका भिडियोहरुमा पनि यस्तो गर्नु हुदैन , उस्तो गर्नु हुदैन भन्ने मर्म बोकेका कथाहरु प्रसारण भईरहेको हुन्छन । बाल्यकालका रमणिय समय बिताई रहेको  त्यो लप्पन छप्पन नजान्ने बालक पनि त्यही कंथाहरुबाट , आफ्ना परिबारले दिएको सल्लाहहरुबाट धेरै कुरा सिक्दै आईरह्को हुन्छ  । एक पटक सोचेर हेरौ । आफ्नो छोरालाई , आफ्नो छोरीलाई , आफ्नो दाईलाई , आफ्नो भाईलाई , आफ्नो छिमेकीलाई राम्रा सल्लाह दिने ती ब्यक्तीहरुले जुन कुरा सिकाईराखेका छन , कि ती सबै आफुले पनि पालन गरेका छन त । तपाईहरुलाई कस्तो लाग्छ ?? मलाई लाग्छ पटक्कै छैन ।

आफुले चाही कुनै पनि सरकारी कार्यलय गयो , काम अलि कति छिटो गराउनको लागी धुष दिने अथबा लिने । चुनाब आयो बल लगायर हुन्छ की , पैसा खुलाएर हुन्छ की , कसैको फोर्स लगाएर हुन्छ की , कुटेर हुन्छ की पिटेर हुन्छ की , त्यो चुनाब जित्नै पर्ने । बिदेश जानु पर्यो , आफ्नो पहुचले पुगेन भने नक्कली कागजपत्र बनाउन लगाउने अथबा बनाउने । अनि सरकारी अफिसमा जानु पर्छ , सोझा - साझालाई त्यतिकै झुल्लयाई दिने ... आदी इत्यादी ।

अरुलाई भन्नु पर्दा चाही हाम्रो लाई भन्दा राम्रो लाई भनेर भन्ने । आफुलाई पर्दा आफुनै हुनु पर्छ , आफ्नो मान्छे नै हुनु पर्छ भनेर भन्ने ।

फेरि एक पटक लेख्छु , आफुले आफ्नो बच्चालाई दिनहु भन्दै गरेको कुरा र बिताउदै गरेको दैनिकी जिबनमा आकास र पातालको फरक हुन्छ । आफ्नो बच्चाले त्यो सबै कुरा बाहिरबाट देखेको पनि हुन्छ । आफ्नो अभिभावकहरुको ब्याबहार र दैनिक किर्याकलापबाट धेरै कुरा थाहा पाईसकेको हुन्छ । तिनै बालकहरु पछि गएर देशका बिभिन्न अङ्गहरुमा ( कार्यालयहरुमा ) काम गर्ने हुन्छन , चाहे त्यो प्राईभेट कार्यलय होस , चाहे त्यो सरकारी कार्यलय किन नहोस । तिनाहरुले बाल्यकालमा जे देखेका थिए , पछि गएर त्यही गर्छन । मान्छेले पढेको भन्दा , देखेको कुरा बढी सम्झेको हुन्छ रे भनेर अनेकों जस्तो  , तिनीहरुले पनि बाल्यकालमा देखेको कृर्याकलाप नै गर्ने भए  ।

तर सबै एकै प्रकारका हुन्छन भनेर त , म पनि भन्दिन । हाम्रो नेपाली समाजमा जन्मेका हुर्केका सबै एउटै जस्तै जस्तै भन्नु पर्यो । कुनै पनि मान्छेले बाल्यकालमा आफ्ना अभिभाबकबाट , छर छिमेकबाट प्रतक्क्षरुपमा नराम्रा कुरा नसिके पनि , अप्रतक्क्षरुपमा देखेर सिकिसकेको हुन्छ ।

तपाईहरुलाई थाहा छदै छ , नेपालका अधिकन्स नागरिकहरुले नियम पालन गर्दैनन , गरेको जस्तो नाटक , थाहा नभएको अभिनय गर्न चाही सारै सिपालु छन ।

अहिले जती पनि नेपालका मन्त्रिहरु छन , ब्यापारीहरु ( नेपालमा बस्ने , बिदेशमा बस्ने ) छन सबै ( केही बाहेक ) ठगी , चोरी , अपराध , भ्रष्टाचार , रास्टघात गरेकाहरु मात्र छन भन्दा फरक नपर्ला पनि ।
यो कुरा लाई कहिले सम्म सुचारुपता दिने त। मलाई लाग्छ , हामीहरुले नै आज देखी नराम्रो कुरालाई प्रार्थमिकता दिनु हुदैन । जस्तै कुनै पनि सरकारी काम काज गर्नु पर्यो भने , सिधै सरकारी कार्यलय जाने , नितान्त नियम बमोजिम काम गर्ने र गराउने । यदी बिचमा कसैले केही खाने प्रयास गर्छ भने । तुरुन्त सम्बन्धित ठाउमा रिपोर्ट गर्ने ।

यो त एउटा उदाहरण मात्र हो । हामी सबै नेपालीहरु परिवर्तन हुन सकेमा , अबस्यपनि ति पुराना सरकारी कर्मचारीहरु पनि , राजनित्ज्ञहरु पनि .. आदी परिवर्तन हुने छन ।

अनि हाम्रो देश पनि नियम भएको देश हुदै जाने छ । पहिला आफु बाट सुरु गरौ ।

Sunday 20 August 2017

सहमति ! मेरा लागि भए ठिक नत्र बेठिक

सहमती भन्ने शब्दको परिभाषा परिबर्तन गर्नु पर्ने बेला आएको जस्तो लाग्छ । म आउनु पर्छ , म नै हुनु पर्छ , मैले मात्र गर्न सक्छु भनेको सहमतीको नयाँ अर्थ हुन सक्छ। तपाईहरुलाई मेरो बिचार कस्तो लाग्छ  । 

------------------------------------------------------------------------------------------
सहमती भनेको के हो । बिगत केही बर्ष देखी सुन्दै आएको शब्द हो यो । मेरो बुझाई अनुसार सहमती भनेको एकमत हुनु , दुईबटा पक्क्ष एकतिर मिल्नु हो जस्तो लाग्छ ।

कुनै पनि शब्दको लेखाई अनेक  र बुझाई अनेक हुन्छ , त्यो कुरा पनि मलाई थाहा छ । अहिले त्यता तिर नजाऔ ।

फेरी यो सहमती भन्ने शब्द राम्रो तरिकाले प्रयोग गर्न सकेमा  यसले जिन्दगी नै बदलिदिन्छ तर राम्ररी प्रयोग गर्न नसकेमा ज़िन्दगीनै बिगारिदिन्छ , तहास महास पारिदिन्छ  । यो शब्द हाम्रो जिन्दगीको लागी पनि एउटा महत्बपुर्ण शब्द हो ।

सानो ठाउबाट यसको परिचय दिनु पर्दा , घर परिबारमा बाउ - आमा  - छोरा -  छोरी को बिचमा  , श्रीमान र  श्रीमतीको बिचमा , साथी - साथीको बिचमा धेरै कुराको सहमती गरिरहनु पर्छ ।

जस्तै आज बेलुका इटालियन खान मन लागेको छ , श्रीमतीको चाईनिज खाने भनेको खन्णमा श्रीमान र श्रीमती बिच सहमती गर्नु पर्यो । एउटै समयमा दुई बटै रेस्टुरेन्टमा जान सकिदैन हैन र ।

आफ्ना घरायसी क्षेत्रमा दिनहु जसो हामीहरुले एक अर्का संग सहमती गरेका हुन्छौ , घर परिबारमा , दिदि बहिनी र साथी भाँई हरु संग गरिने साना साना सहमतीका बारेमा हामीहरुले त्यती नियालेर पनि हेर्दैनौ , त्यही भएर पनि होला  आफुलाई थाहा नभईकन सहमती गरिसकेका हुन्छौ । यी त भए घर परिबार साथी भाई बिचका साना साना कुराहरु ।

जब सहमती भन्ने शब्द राजनितिक क्षेत्रमा , बिकास गर्ने क्षेत्रमा , केही नयाँ प्रबिधी अपनाउनु पर्ने क्षेत्र मा आउछ , सहमतीको अर्थ फरक हुदो रहेछ ।

आफुले भनेको नै हुनै पर्ने , अर्काले भनेको कुरा कत्ती पनि सुन्न नचाहने तर बाहिर पब्लिकमा बोल्नु पर्दा , केही लेख्दा चाही सहमती हुदैछ , सहमती नै गर्ने हो भनेर भन्दै हिडने  ।

कुनै बेला राणाहरुले राजा संग सहमतीको नाममा शासन गरेका थिए , त्यस पछि पन्चायत कालमा पनि सहमती धेरै गरियो । तर त्यो बेलामा नेपालमा धेरै काम चाही भएको पनि थियो । अहिले हामीहरुले नेपाल भनेर चिनाऊने मठ मन्दिर , दरबारहरु सबै त्यही पालामा बनेका हुन ।

तर ई.स.  २००७ को शान्ती सम्झौता र ई.स २००८ को सम्बिधान संभाको चुनाब पछि देश तिन दलको सहमती भन्ने जालमा परेको छ । जे काम गर्न पनि सहमती चाहिने । मलाई लाग्छ ई.स २००८ बाट देशको बिकास रोकिएको छ । सानो बाँटों बनाउन , इनार खन्न , भुकम्प पिडितलाई सहयोग गर्न , हाल सालैको कुरा गर्दा  बाढी पिडितलाई सहयोग गर्न पनि सहमती चाहिएला जस्तो छ ।

अहिले आएर ग़ैर आबासिय नेपाली संगका बिश्ब भरी छरिएर बसेका , नेपाली र नेपाललाई केही गरौ भनेर खोलिएको सस्थामा पनि तिन दलको सहमती चाहिने भएको छ । मेरो दलको ( टिमको ) मान्छे नै अध्यक्ष , उपाध्यक्ष , महा सचिब , सचिब कोषाध्यक्क्ष , सदस्य हुनु पर्छ भन्ने होडबाजीमा सबै छन ।

मलाई लाग्थ्यो सहमतीको अर्थ भनेको दुईमतलाई एक मत गर्ने हो  । हाम्रो भन्दा पनि राम्रो , क्षमता बान ब्यक्ती , जसले आजको मिति सम्म केही गरेको छ र आउने दिनमा पनि केही गर्न सक्छ भन्ने ब्यक्तीलाई राम्रो पदमा लानु पर्नेमा ,  मैले भनेको हुनै पर्छ , म नै जान पर्छ र म नै हुन पर्छ भन्ने ब्यक्तीहरु गैर आबासिय नेपाली संगमा पनि हाबी भएका छन जस्तो लाग्छ ।

सहमती भन्ने शब्दको परिभाषा परिबर्तन गर्नु पर्ने बेला आएको जस्तो लाग्छ । म आउनु पर्छ , म नै हुनु पर्छ , मैले मात्र गर्न सक्छु भनेको सहमतीको नयाँ अर्थ हुन सक्छ। तपाईहरुलाई मेरो बिचार कस्तो लाग्छ  ।
------------------------------------------------------------------------------------------

Monday 7 August 2017

कमलका दिनहरु " भाग १ "

कमलका दिनहरु " भाग १ "

करिब १९८० तिरको कुरा , पोखराको बगर भन्ने ठाउमा एक जना बालकको जन्म हुन्छ । हजुर बुबा , हजुर आमाको पहिलो नाती , बुबा र आमाले पनि धेरै प्रतिक्क्षा पछि बल्ल पाउँनु भएको छोरों थियो ।

बुबा आमाले आफ्नो छोरा कमल झै , तलाउको बिचमा चम्कीरहोस भनेर , कमल भन्ने नाम राख्छन ।

जन्म घर नजिकै पुलिस चौकी पनि रहेकोले , प्रहरी दाजु - भाईहरु पनि , कमललाई हेर्न मात्र दिनमा ५-१० पटक प्रहरी चौकीबाट कमलको घरतिर धाउथे । गोरों गोरों , मोटों मोटों भएर पनि होला ।

हजुरबुबा पनि आफ्ना गाउ- सहरका धेरै मान्छेहरुलाई  सहयोग गर्नु पर्छ है , भन्ने मान्छे भएकाले । गाउबाट सामान किन्न आउने जो - सुकै पनि कमलको घरमा नपसी पटक्कै जादैनथे ।  हजुर बुबालाइ भेटेर नै बजार जान्थे र भेटेर नै गाऊ फर्कन्थे  ।

हजुर बुबाको घेरै राम्रो बानी थियो तर केही नराम्रा बानी पनि थियो , आफ्नो मन मिल्ने मान्छेहरु , दाजु - भाईहरु जम्मा भए पछि तास खेल्ने पर्ने । कमल सानो छदा , घरमा ५ जना फुपु दिदिहरु , २ जना काकाहरु हुनुहुन्थ्यो । फुपु दिदिहरुसंग उमेरको त्यती ग्याप पनि थिएन , फुकु दिदीहरु स्कुल पढदै हुनु हुन्थ्यो , काकाहरु चाही बिश्बबिधालय तिर पढ़दै हुनुहुन्थ्यो ।

एउटा हजुरबुबाको भरमा घर चलेंको  थियो । हजुर आमा र आमाले चाही घरमा उन बनाउने काम गर्नु हुन्थ्यो , कहिले काही गलैचा बुन्ने कान गर्न जानु हुन्थ्यो । हजुरबुबा चाही त्यो जमनामा पनि काम कुनै ठुलो , कुनै सानो हुदैन भन्ने खालको हुनुहुन्थ्यो । त्यही भएर हजुरआमा र आमालाई पनि काम गर्न सजिलो भयो होला ।

कमल पनि दिनहु ठुलो हुदै जान्छ , कहिले कुनै फुपु दिदिले , कहिले कुनै काकाले , कहिले कुनै बुबा , आमा , हजुरबुबा - आमाको साथीहरुले त कहिले काका र फुपुका साथीहरुले केही न केही लिएर आउनु हुन्थ्यो । कमल सारै राम्रो भएर पनि होला ।

कमल नाम भए पनि हिलोमा नभईकन , स्वत्छ पोखरीमा हुर्कीरह्को थियो । १९८४-५ तिरको कुरा हो । बिस्तारै बिस्तारै घर - खर्च धान्न पनि धौ - धौ को समय पनि आउछ । हुन पनि घर परिबार हजुरबुबाको भरमा मात्र चलेंगे थियो । घर परिबारको स्थिती अली गारो भए पछि , हजुर आमा र आमाले पनि उन बनाउने काम र गलैचा बुन्ने काममा जोड़ दिनु हुन्छ । काकाहरु पनि बिश्बबिंधालय पढि पढि , नजिकैको स्कुलमा शिक्षकको रुपमा सम्पुर्ण बिषय पठाउने काम सुरु गर्नु हुन्छ ।

कमल करिब १ बर्ष हुदाको कुरा हो । हुन त कमलको बुबा र आमामा त्यती मिलन थिएन , दुबै जना त्यती नमिल्ने प्रबिर्तीका हुनु हुन्थ्यो । कमलको बुबाको मागी बिबाह भएको भएर पनि हुन सक्छ , बाहिर बाहिर बुबाको मन पर्ने प्रेमिका थियो भन्ने कुरा पनि चलेंगे थियो  । खै थियो की ।

त्यो बेलामा बुबा र आमाले भनेको कुरा ईन्कार गर्न सक्ने कोही पनि थिएन । त्यही भएर बिबाह गरेको जस्तो पनि देखिन्थ्यो ।

क्रमस ...