Monday 26 June 2017

伝えると伝わるの難しいさ、

【तल नेपाली भाषामा पनि लेखेको छु ।】

伝えると伝わるの難しいさ、
数ヶ月前から在日ネパール人向けに日本語基礎講座を開催しています。初めての挑戦でもあり、教えることより教わることの方が非常に多いです。また、幅広い年代(10代〜30代)を教えることは本当に難しいと改めて実感しました。
でも継続して来たからでしょうか。皆さんは一所懸命に勉強してくれています。感謝、感謝でございます。
引き続き、お互い、頑張って行きましょう。



GEFN , Nepal & NRNA Japan's program.

भन्नु र बुझ्नु फरक हुदो रहेछ । केही महिना अगाडीबाट जापान बासी नेपाली ( बिध्यार्थी बाहेक ) लाई बेसिक जापानी भाषा पढाउदै छु । ज़िन्दगीमा पहिलो पटक भन्दा पनि फरक नपर्ला यसरी पढाउने भोलेन्टियर ( काम ) गरेको , आफुलाई पनि धेरै ज्ञान लिने अबसर मिलेको छ । त्यसको लागी म सबैसँग आभार ब्यक्त गर्दछु । कुनै पनि चिज भन्नु र बुझाउनु फरक हुदो रहेछ । बल्ल थाहा पाए ।
ख़्यार सबै जनाले ईमान्दार भएर पढनु भएको छ । म पनि अझै राम्ररी पढाउने प्रयास गर्नेछु ।
धन हुनेले धन दिएर , मन हुनेले मन दिएर एक - अर्कालाई सहयोग गर्दै जाऔ ।

।। गुड आई फ़र नेसन नेपाल र यन आर यन जापानको संयुक्त प्रयास ।।


#NRNA
#在日ネパール人
#日本語講座

Wednesday 7 June 2017

“कसैले सेफ़ भन्छन्- कसैले कुक” (भाग २)

“कसैले सेफ़ भन्छन्- कसैले कुक” (भाग २)

भगवान, जापानमा हुनुहुने दाइले भनेअनुसार आफ्नो पासपोर्टमा लेखिएको पेशालाई कृषिबाट कुकमा संशोधन गरी अन्य काग़ज़पत्रमा भएका गल्तीहरु सच्याएर काठमाडौ सुन्धारास्थित एउटा साइबर क्याफेमा गई काग़ज़पत्र सबै स्क्यान गरी ईमेल ठेगानामा पठाउँछ ।

केही समयपछि जापानमा हुने दाइलाई टेलिफ़ोन गरी मैले काग़ज़ पत्र पठाएको छु, आयो होला भनी प्रश्न गर्छ । नेपालमा बिहानको समय थियो होला । जापानमा चाहिं दिउँसो समय थियो । जापानमा हुने दाइले फोन त उठाउनु भयो अलि ब्यस्तताको समय भएकाले पछि फोन गर भनेर भन्छन् ।

त्यसपछि भगवानले दाइमाथि शंका र उपशंका गर्न सुरु गर्छ । अस्ती चाहिं मलाई जापान लगिदिन्छु भन्ने अहिले चाहिं ब्यस्त छु अरे ? मेरो यहाँ काग़ज़ पत्र बनाउँदा कति खर्च भै सक्यो । सहयोग नगर्ने भए त पहिला नै सक्दिन भनेको भए हुन्थ्यो म पनि अर्कै ब्यवस्था गर्थे नि ? जस्ता कुराहरु मनमा खेलाउन सुरु गर्छ ।

हामी नेपालीहरुमा धैर्यता, अर्काको समस्यालाई बुझ्ने क्षमता धेरै कम छ । त्यसै शंकामा लंका जलाइहाल्छौ ।
भगवानले आफ्ना शंका उपशंकालाई आफूभित्र मात्र नराखी भेटने साथी भाइहरुलाई यस्तो यार, उस्तो यार कसैसंग भरपर्न नहुने रहेछ भन्दै सुनाउँदै हिंडछ ।

बेलुका आफू बसेको गेस्ट हाउसमा फर्की अब काठमाडौं के बसाई भयो र ? भोलि फर्कन्छु भनि बाग्लु ङ्जाने बसको टिकट काट्न सुन्धाराको टिकट काउन्टरतिर जान के लागेको थियो । गेस्ट हाउसले ए भगवान भाई तिम्रो फोन आएको छ जापानबाट भनेर बोलाउँछ ।

भगवान किन फोन गर्न पर्छ फेरि ? नाटकी भन्दै फोन सेट भएको काउन्टरतिर लाग्छ । फोनमा जापानमा भएको दाजुसंग कुरा गरी धरधरी रुन्छ । दाईले…. भाइ मलाई माफ गर, दिउँसोको समय म रेस्टुरेन्टमा अलि ब्यस्त हुन्छु । त्यसैले तिम्रो फोन उठाउन पाइन, ग्राहकहरु पनि खाजा खाने ( लन्च) समयमा अलि बढी आउँछन । मैले तिमीले पठाएको काग़ज़ पत्र हेरिसके सबै ठीक छ । म यताबाट नेपालमा भिसाको लागि चाहिने काग़ज़पत्र बनाएर पठाउछु । नेपालमा केही समस्या पर्यो भने फोन गर्नु है भनेर भन्छन र कुराकानी पनि त्यही सकिन्छ ।

भगवानले आफ्नो लागि यती काम गरिदिनु भएको दाइलाई शंका गर्ने आफ्नो मनलाई धिक्कार छ भन्दै रुन्छ ।
यस कुराबाट ज़िन्दगीमा आफ्नो मात्र कुरा सोच्नु नहुने रहेछ केही काम गर्दा अरुहरुको अवस्थालाई पनि बिचार गरी कुराकानी गर्नुपर्ने, ज़िन्दगीमा धैर्यता चाहिने, केही ढिला हुँदैमा शंका गरिहाल्नु नहुने जस्ता कुराहरु सिक्ने मौका पाउँछ ।

त्यसपछि आफू केही समयका लागि आफ्नो जन्मस्थल बाग्लुङ फर्कने बिचार गर्छ अनि पुरानो बसपार्क तिर गई काठमाडौबाट पोखरा हुदै बाग्लुङ जाने बसको टिकट काटछ । यो आफ्नो जन्मस्थल भनेको सारै प्यारो हुँदो रहेछ । काठमाडौ बस्दा जहिले पनि न्यास्रो अनुहार गर्ने भगवानको अनुहार बाग्लुङ जाने भन्नेबित्तिकै भगवान बिष्णुको रुपझै झकमक्क टल्केर आउँछ ।

हुन पनि आफू जन्मेको ठाउँमा धेरै यादहरु लुकेर बसेका हुन्छन । बाल्यकालमा बिताएका एकएक पलहरुको झझल्को त्यही पाइन्छ । त्यही चौंतारीमा बसेको, त्यही बारीमा घास काटेको, साथीभाइसंग लुकीलुकी चुरोट खाएको, मनपर्ने संगिनीलाई पच्छ्याएको जस्ता पलहरुका यादहरु त्यही मात्र पाइन्छन ।

भगवान जापानबाट काग़ज़पत्र नआइपुगिन्जेल बाग्लुङ्ममा समय बिताउने निर्णय गर्छ ।
 (क्रमशः)

“कसैले सेफ़ भन्छन- कसैले कुक” (भाग १)

“कसैले सेफ़ भन्छन- कसैले कुक” (भाग १)

सन २००५ सालको कुरा हो । भगवान जापान जाने सपना बोकेर बाग्लुङ जिल्लाबाट राजधानी काठमाडौ आएको थियो । ज़िन्दगीमा अनेक हन्डर खाएर, घर परिवार, इष्टमित्र, साथीभाइलाई छोडेर जापान जाने सपना बोकेर काठमाडौ झरेको रहेछ ।

जापान गएर दुईचार पैसा कमाउला अनि केही बर्षपछि नेपाल फर्की घर परिवार, साथीभाइसंग सुखका साथ जिन्दगी बिताउला भन्ने रहर लिएको थियो ।

पहिला एकपटक दुबई पनि नगएको होईन, तर बिडम्बना कमाउन सकेन । आफूले भनेजस्तो काम र कमाई नभएपछि जापानमा हुने दाईलाई सम्पर्क गरी कुक भिसामा जापान जानका लागि तयारी सुरु गरेको रहेछ ।
हुन त दुबई जानुभन्दा अगाडी नेपालमा आफ्नै काम पनि गरेको थियो उसले । कुक मात्र होईन सानोतिनो होटल नै चलाएको रहेछ। समयले साथ नदिदा ब्यापारमा त्यति सफलता नपाएको उल्टो घाटा भएको, त्यसमाथि बुबाको पनि आफू सानो छँदा मृत्यु भईसकेकाले गर्दा घरपरिबारको लागि भए पनि विदेश जानु र्ने बाध्यता रहेछ ।

दुबई जाने बेलामा दलालले फसाएको थाहा पाउछ। दुबईमा एक दिन पनि बिदा नदिने, पासपोर्ट पनि आफ्नै साथमा राख्ने, समयमा तलब पनि नदिने बंगालीको फन्दामा परेको रहेछ । अति नै भएर नेपाली राजदूताबासमा सम्पर्क गरी ‘ट्राभल’डकुमेन्ट बनाई नेपाल फर्केको रहेछ ।

भाग्यले पनि यस्ता मान्छेहरुलाई नै अफ्ठ्यारोमा पार्ने भन्या बिचारा भगवान । नाम चाही भगवान ज़िन्दगीमा भगवानले साथ दिएको दिन नै छैन ।

जापानका लागि कुक भिसामा आवेदन गर्ने तयारी गर्दा धेरै कठिनाई पनि भोग्नु पर्छ उसैलाई । त्यो बेलामा सेफ़ एसोसियसनको टेस्ट दिएको पासमार्क पाउन धेरै गारो थियो। बल्लबल्ल दुई महिना लगाएर टेस्ट पास हुन्छ । त्यसपछि जापानमा हुने दाईलाई कागजपत्र पठाउछ। पासपोर्टको पेशामा कृषि लेखेका कारण फेरी कुकमा परिवर्तन गराउ अनि अरु ठाउँमा पनि यो मिलेन, त्यो मिलेन सच्चाउदाको दास्ति।

नेपालीहरुमा कुनै पनि कुरा दोहोर्याएर हेर्ने बानी कम भएका कारण भगवानले पनि दु:ख पाउछ । जे कुरा पनि हतार हतारमा गर्ने चलन छ । अलि ध्यान दिने भईसकेका छैनौ कि जस्तो लाग्छ ।

मनमनै दु:ख पाउन मात्र लेखेको रहेछ भनेर सोचिरहन्छ अनि केहीछिन भए पनि आफूलाई बिर्सनको लागि काठमाडौमा बस्दै आएको गेष्ट हाउसको रेस्टुरेन्टमा पिउन सुरु गर्छ । आफू जस्तै विदेश जानका लागि प्रयास गरिरहेको श्याम भन्नेसंग भेट हुन्छ । उ पनि भाग्यले साथ नदिएको, धेरै हन्डर खाएको पाल्पाको मान्छे रहेछ । नराम्रो दलालकोमा फसेर विदेश जान त परै जाओस काठमाडौ आउँदाजाँदा मात्र धेरै पैसा खर्च भैसकेको रहेछ । के गरौ, कसो गरौ भैराखेको मान्छे रहेछ ।

उसको पीडा सुनेर भगवानलाई आफ्नो पीडा धेरै सानो लाग्छ अनि मेरो त काग़ज़पत्रहरु नमिले पनि खासै पैसा पनि खर्च भएको छैन, आतिहाल्नु पर्ने बेला पनि भएको छैन भनेर मनमनै सोच्छ अनि फेरि एकपटक काग़ज़पत्र चेक गरी विदेशमा हुने दाईसग कुरा गर्ने निर्णय गर्छ ।

(सल्लाह अनि सुझावहरु भएमा सम्पर्क गर्नुहोला । यो कथाका पात्रहरु सबै काल्पनिक हुन् कसैको जीवनसंग मेल खान आएमा संयोग मात्र हुनेछ ।)

क्रमस: …