Wednesday 7 June 2017

“कसैले सेफ़ भन्छन्- कसैले कुक” (भाग २)

“कसैले सेफ़ भन्छन्- कसैले कुक” (भाग २)

भगवान, जापानमा हुनुहुने दाइले भनेअनुसार आफ्नो पासपोर्टमा लेखिएको पेशालाई कृषिबाट कुकमा संशोधन गरी अन्य काग़ज़पत्रमा भएका गल्तीहरु सच्याएर काठमाडौ सुन्धारास्थित एउटा साइबर क्याफेमा गई काग़ज़पत्र सबै स्क्यान गरी ईमेल ठेगानामा पठाउँछ ।

केही समयपछि जापानमा हुने दाइलाई टेलिफ़ोन गरी मैले काग़ज़ पत्र पठाएको छु, आयो होला भनी प्रश्न गर्छ । नेपालमा बिहानको समय थियो होला । जापानमा चाहिं दिउँसो समय थियो । जापानमा हुने दाइले फोन त उठाउनु भयो अलि ब्यस्तताको समय भएकाले पछि फोन गर भनेर भन्छन् ।

त्यसपछि भगवानले दाइमाथि शंका र उपशंका गर्न सुरु गर्छ । अस्ती चाहिं मलाई जापान लगिदिन्छु भन्ने अहिले चाहिं ब्यस्त छु अरे ? मेरो यहाँ काग़ज़ पत्र बनाउँदा कति खर्च भै सक्यो । सहयोग नगर्ने भए त पहिला नै सक्दिन भनेको भए हुन्थ्यो म पनि अर्कै ब्यवस्था गर्थे नि ? जस्ता कुराहरु मनमा खेलाउन सुरु गर्छ ।

हामी नेपालीहरुमा धैर्यता, अर्काको समस्यालाई बुझ्ने क्षमता धेरै कम छ । त्यसै शंकामा लंका जलाइहाल्छौ ।
भगवानले आफ्ना शंका उपशंकालाई आफूभित्र मात्र नराखी भेटने साथी भाइहरुलाई यस्तो यार, उस्तो यार कसैसंग भरपर्न नहुने रहेछ भन्दै सुनाउँदै हिंडछ ।

बेलुका आफू बसेको गेस्ट हाउसमा फर्की अब काठमाडौं के बसाई भयो र ? भोलि फर्कन्छु भनि बाग्लु ङ्जाने बसको टिकट काट्न सुन्धाराको टिकट काउन्टरतिर जान के लागेको थियो । गेस्ट हाउसले ए भगवान भाई तिम्रो फोन आएको छ जापानबाट भनेर बोलाउँछ ।

भगवान किन फोन गर्न पर्छ फेरि ? नाटकी भन्दै फोन सेट भएको काउन्टरतिर लाग्छ । फोनमा जापानमा भएको दाजुसंग कुरा गरी धरधरी रुन्छ । दाईले…. भाइ मलाई माफ गर, दिउँसोको समय म रेस्टुरेन्टमा अलि ब्यस्त हुन्छु । त्यसैले तिम्रो फोन उठाउन पाइन, ग्राहकहरु पनि खाजा खाने ( लन्च) समयमा अलि बढी आउँछन । मैले तिमीले पठाएको काग़ज़ पत्र हेरिसके सबै ठीक छ । म यताबाट नेपालमा भिसाको लागि चाहिने काग़ज़पत्र बनाएर पठाउछु । नेपालमा केही समस्या पर्यो भने फोन गर्नु है भनेर भन्छन र कुराकानी पनि त्यही सकिन्छ ।

भगवानले आफ्नो लागि यती काम गरिदिनु भएको दाइलाई शंका गर्ने आफ्नो मनलाई धिक्कार छ भन्दै रुन्छ ।
यस कुराबाट ज़िन्दगीमा आफ्नो मात्र कुरा सोच्नु नहुने रहेछ केही काम गर्दा अरुहरुको अवस्थालाई पनि बिचार गरी कुराकानी गर्नुपर्ने, ज़िन्दगीमा धैर्यता चाहिने, केही ढिला हुँदैमा शंका गरिहाल्नु नहुने जस्ता कुराहरु सिक्ने मौका पाउँछ ।

त्यसपछि आफू केही समयका लागि आफ्नो जन्मस्थल बाग्लुङ फर्कने बिचार गर्छ अनि पुरानो बसपार्क तिर गई काठमाडौबाट पोखरा हुदै बाग्लुङ जाने बसको टिकट काटछ । यो आफ्नो जन्मस्थल भनेको सारै प्यारो हुँदो रहेछ । काठमाडौ बस्दा जहिले पनि न्यास्रो अनुहार गर्ने भगवानको अनुहार बाग्लुङ जाने भन्नेबित्तिकै भगवान बिष्णुको रुपझै झकमक्क टल्केर आउँछ ।

हुन पनि आफू जन्मेको ठाउँमा धेरै यादहरु लुकेर बसेका हुन्छन । बाल्यकालमा बिताएका एकएक पलहरुको झझल्को त्यही पाइन्छ । त्यही चौंतारीमा बसेको, त्यही बारीमा घास काटेको, साथीभाइसंग लुकीलुकी चुरोट खाएको, मनपर्ने संगिनीलाई पच्छ्याएको जस्ता पलहरुका यादहरु त्यही मात्र पाइन्छन ।

भगवान जापानबाट काग़ज़पत्र नआइपुगिन्जेल बाग्लुङ्ममा समय बिताउने निर्णय गर्छ ।
 (क्रमशः)

No comments:

Post a Comment