Friday 4 December 2009

कथा अनि व्यथा-एक – ‘जापान धेरै फरक पाए’

कथाकार बिसु भण्डारीको लेख । यो कथा अनि बेथा को घटना अनि पात्रहरु सबै काल्पनिक हुन् कसै को जिबनसंग मेल खान आएमा संयोग मात्र हुनेछ ।

कथा अनि व्यथा-एक – ‘जापान धेरै फरक पाए’


( भाग १ )



कालिदास एक नेपाली जो हाल जापानको एक प्रसिद्ध कम्पनीमा काम गर्दै आफ्नो दिन बिताउछ । फुर्सदको समय साताको दुई दिन (शनिवार र आइतवार)मा मातृ भूमिका लागि के गर्न सकिन्छ? भनेर सोची रहन्छ। आज यस वारेमा केहि लेख्दैछु ।

करिब १० वर्ष पहिले कालिदासको नेपालबाट जापानमा प्रवेश हुन्छ । जापानमा जापानी भाषा पढने । केहि सिक्ने उदेश्यलिएर जापान आएको हुन्छ । आएको दिनमा नै उसको नातेदारले उसलाई वडा कार्यालय लागेर अलिएन ठेगाना दर्ता, बैंक खाता खोल्ने काम, विमा दर्ता गर्ने, स्कूल (जापानी भाषा स्कूल) को विद्यार्थी परिचय पत्र सहित अन्य सरकारी काम गराऊछन् ।

नेपालबाट जापान आएको पहिलो दिनबाट नै 
नेपाल-जापान बीच फरक छुटयाउन खोज्छ 
आएको पहिलो दिनमा नै उसले नेपाल र जापानको 
सरकारी काम गराईमा फरक पाउछ । 

सुरुमा त के गर्न त्यहाँ पुगेको थाहा नै नपाएपनि जव काम सकिन्छ यो जापान प्रवेश पछिको पहिलो र महत्वपूर्ण काम हो भन्ने थाहा पाउछ । नेपालमा वडा कार्यालयको काम मात्र ठाउँ हेरेर एक दिन चाहिन्थ्यो । यहाँ वडा कार्यालयको काम, बैंक खाता खोल्ने, ईन्स्योन्स विमा दर्ता गर्ने काम, स्कूल परिचय पत्र लगायतका सम्वन्धी कामहरु एकै दिनमा नै गर्न संभव भयो।
सोही वेला उसले समयको महत्त्व गर्ने देश, कति विकसित देश रहेछ यसवारे थाहा पाउछ अनि महसुुस गर्छ । काम गराई हेर्दा हरेक विषय सामान्य जस्तो लाग्यो उसलाई । आखिर चाहने हो भने त गर्न, गराउन सकिने रहेछ नी?

नेपालबाट जापान आएको पहिलो दिनबाट नै नेपाल-जापान बीच फरक छुटयाउन खोज्छ । जापान आए लगत्तैबाट पढ्ने काम सुरु हुन्छ । भाषा कक्षामा नेपाली दुई जना, चीनका ६ जना, कोरियाका दुई जना गरि जम्मा १० जना मात्र विद्यार्थी हुन्छन । नेपालमा केही महिना पढेको भाषा फेरी स्कूलबाट आएको दिनबाट नै धेरै मेहेनत र लगनका साथ जापानी भाषा पढछ । उसलाई जापानी भाषा कक्षामा सबै विद्यार्थीहरु भन्दा अगाडी जानु पनि छ। जापानी शिक्षकहरुले पनि मेहेनत गर्ने विद्यार्थीलाई माया गर्ने अनि छात्रवृत्ति पनि दिने सुनाएपछि मेहेनतका साथ जापानी भाषाको अध्ययन गर्छ ।

क्रमश:….


No comments:

Post a Comment