Saturday 5 December 2015

कथा अनि व्यथा- २ ‘जापानमा तपाईको लक्ष्य के हो?’

कथाकार बिसु भण्डारीको लेख ।
यो कथा अनि व्यथा को घटना अनि पात्रहरु सबै काल्पनिक हुन् कसै को जिबनसंग मेल खान आएमा संयोग मात्र हुनेछ ।

कथा अनि व्यथा- २ ‘जापानमा तपाईको लक्ष्य के हो?’ 


(भाग २ )


कालिदासले जापानी भाषा पढ्ने अभिलाषालाई आफ्नो पहिलो प्राथमिकता बनाऊछ । अनि सेन्सेइ(जापानी शिक्षक) हरुले भने अनुसारनै आफ्नो दिन बिताउदै जान्छ। बालकमा भारत गएको अलिअलि घटनाहरु याद आएपनि त्यहाँको वारेमा उत्ति जानकार भने छैन । तर भारत बाहेकको देश जापाननै पहिलो भएकोले यहाँको वसाई सुरुमा केही अफठ्यारो महसुस पनि गर्छ तर, आफुनो उदेश्य जापानी भाषामा राम्रो हुने कुरामा सोच मग्न हुन्छ । यसमा कुनै दुइमत नभएकोले गर्दा, सधै जसो दिउसोको एक बजेबाट जापानीभाषाको क्लास सुरु हुन्थ्यो । समय भन्दा ५-१० मिनेट अगाडी स्कूल पुग्नै पर्दथ्यो । सुरुका केही दिन सेन्सेर्इ (शिक्षक)हरुले पनि सारै माया गर्दथे अनि मन पराउथे। यसरीनै दिनहरु बित्दै जान्छ।

जापान आएदेखिनै नातेदारकोमा बस्दै आएको हुनाले, आएको एकमहिना पछि बिस्तारै काम पनि गर्ने हो कि पढ्ने मात्रै हो भन्ने कुरा निस्कन सुरुहुन्छ । त्यसपछि नातेदारको सहायतामा जापानमा अरुबाईतो (पार्ट टाइम जब) खोज्छ। पसल बाहिर मान्छे चाहियो, पार्टटाइम जब गर्ने मान्छे चाहियो भने पोस्टर धेरै भेट्छ पनि, त्यहाँलेखेको नम्बरमा फोन पनि गर्छ तर,फोन गर्ने बितिकै गाइकोकुजिन ओकोतोवारि (बिदेशीलाई काम दिदैनौ) भनेर प्रतिकृया आउछ, मनमा सारै नरमाइलो त मान्छ तर के गर्ने आफ़्नो देश परेन भनेर चित्त बुजाऊछ।


किन जापान आएको? केको लागि जापान आएको? 

धेरै सोचेपछि काम मात्र होइन पढाईपनि गर्नु पर्छ 
भन्ने विचारमा आफुलाई परिबर्तन गराउन सक्छ पनि ।


पहिला पहिला त अहिले जस्तो काम खोज्न सजिलो पनि थिएन । विदेशहरु पनि त्यति थिएनन, जापानीहरु बिदेशीसंग काम गर्नको लागि अलि डराउथेपनि ।

एकदिनसंगै बस्ने नातेदारसंगै घर नजिकको सुपरमार्केटमा किनमेल गई फर्कदा सुपरमार्केटको बाहिर अरुबाईतो बोस्स्यु (पार्टटाइम जब)को सूचना देख्छ। त्यसपछि आफुले जानेको जापानी भाषा प्रयोग गरि सुपरमार्केटमा फोन गर्छ। संयोग बस अन्तरबार्ताको अवसर पाउछ पनि । सधै गाइकोकुजिन ओकोतोवरि (बिदेशीलाई काम दिदैनौ) भन्ने प्रतिकृया मात्र सुन्दै आएकोले गर्दा होला अन्तर्वार्ताको अवसर पाउदा सारै खुसिको महसुस गर्छ । पहिलो पटक आफुले पढेको जापानी भाषाको गर्ब पनि गर्छ ।

भोलिपल्ट जापानी भाषाको स्कूल सकाएर अन्तर्वार्तामा जान्छ अनि आफुले जानेको जापानी भाषाको भरमा जानेको कुरा गर्छ । अन्तिममा जे पनि गर्न तयार छु पनि भन्छ। अनि घर फर्केको केहि घण्टामा नै सुपरमार्केटबाट फोन आउछ अनि, तपाई कहिलेबाट काम गर्न सक्नुहुन्छ भन्ने मेसेज सुन्न पनि पाउछ । उसले भोलिबाट नै काम गर्न सक्छु भन्छ ।

काम खोज्दा धेरै कठिनाई पाएकोले गर्दा होला, सुपरमार्केटको काम पाउदा सारै खुसि महसुस गर्छ । जापानी भाषा पढेकोले गर्दा होला मैले यहाँ काम पाएको भन्ने महसुस गर्छ अनि खुशीका साथ दोस्रो दिनबाट बिहान सुपरमार्केटको काम अनि दिउसो स्कूलको रुटिन सुरु हुन्छ ।

अहिले सम्म त पढाईमात्र भएको कारणले गर्दा होला टेस्टको रिज़ल्टपनि राम्रो ल्याउथ्यो, काम गर्न सुरु हुने बितिकै टेस्टको रिज़ल्ट नराम्रो हुन सुरु हुन्छ।

सदै राम्रो नम्वर लिएर आउने विद्यार्थीको नतिजा अचानक नराम्रो भएकोले शिक्षकले पनि तिमीलाई के भयो भनेर प्रश्न पनि गर्छन । काम गर्न सुरु गरेकोले भन्न त भएन, आजकल पढाईमा रुचिनै छैन किन होला सर भनेर शिक्षकको कुरालाइ टार्छ।

तर घर गएपछि धेरै सोच्छ । किन जापान आएको? केको लागि जापान आएको? धेरै सोचेपछि काम मात्र होइन पढाईपनि गर्नु पर्छ भन्ने विचारमा आफुलाई परिबर्तन गराउन सक्छ पनि । विदेशमा आएपछि काम त गर्नु पर्छ नै । हाम्रो जस्तो विकासोन्मुख देशबाट आउने विद्यार्थीहरु त सबैको कथा एउटै नै हुन्छ, कसैले पनि नेपालबाट पैसा लिएर आएर पढेको त थाहा पाएको पनि छैन। अनि यो जापान भन्ने देशनै पढाईको लागि आउने देश पनि होइन । भन्ने जस्ता कुराहरु मनमा खेलाई रहन्छ।

अनि जति काम गरेपनि टाइममा स्कूल जाने अनि ध्यान दिएर जापानी भाषा पढ्ने विचारमा औलाई ढाल्छ । आफ्नो भबिस्य उज्जल पार्नको लागि अहिलेबाट परिश्रम गर्नु पर्छ भन्ने मन बनाउछ अनि काम(अरुबाईतो) पनि गर्ने तर पढाईलाई बढी प्राथमिकता दिने सोच बनाउछ।

घरबाट ऋण खोजेर आएको भए त कामलाई नै प्राथमिकता दिनु पर्त्यो होला तर भाग्यबस जापानमा नातेदार भएको र नातेदारको सहयोगमा जापान आउन पाएको कारणले गर्दा पैसा कमाएर नेपाल पठाउनु पर्ने बाध्यता थिएन।

तर केहि पाउनु छ भने केहि गुमाउनु पनि पर्छ जस्तो लाग्छ । पढाईमा राम्रो गर्नु छ भने त पढ़नु नै पर्छ भन्ने सोच मनमा बनाउछ अनि जति सुकै थाकेर आएपनि स्कूलमा मेहेनतका साथ पढ्ने सोच बनाउछ।
जवान हुदा अलि अलि गारो भएपनि सहन (गाम्बारु गर्नु) सकिन्छ भन्ने सोचका साथ दिन बिताउदै जान्छ ।

क्रमस….

No comments:

Post a Comment