Saturday 12 December 2015

कथा अनि व्यथा-११: आरुबाइतोको समय घटाऊ, भाषा राम्रो बनाउ

आजको दिनबाट कालीदासको जापानी दाईगाकुसेई लाईफ़ शुरुहुन गईराखेको हुन्छ। गरीब देशबाद आएको कालीदासलाई सम्पन्न देशका युबाहरुको जिबनसैली नजिकैबाट बुझ्ने देख्ने मौक़ा पनि आएको जस्तो महसूस गर्छ कालीदासले ।


४ महिना २ गतेबाट दाईगाकु सुरु हुन्छ । २ गते ,५ गते ,७ गते नयाँ विद्यार्थीहरुकोलागि गाईडान्स गरीदिने दिनहरु हुन्छन । कालिदाश २ गते एक्लै दाईगाकुतिर जान्छ ।साथी कोहि पनि हुदैनन । जापानी भएको भए त याहानै जन्मेको हुर्र्केको हुनेहुनाले साथीहरुपनि धेरै हुन्थेहोलान । कालीदास एउटा गरिब देशबाद आएको नागरिक पर्यो ।
२००६ तिर त दाईगाकु जाने नेपालीहरु धेरै कम थिए । नेपालीहरुकै सन्ख्या धेरै कम थियो ।


येसैकारणलेगर्दा सुरुको दिनबाट साथीहुने कुरा पनि भएन । एक्लै कलेजजान अली नरमाइलो त लाग्छ ,तर के गर्ने जानु त पर्यो भनेर दाईगाकुपनि अलि टाँडा भएकोले बिहान बिहानै क़रीब ७ बजे तिर उठेर दाईगाकुको (हाचिओजि कलेज परिसर) तिर लाग्छ । बिहान ९ बजेबाट लेक्चरसुरु हुने भएकाले गर्दा आली छिटो जान्छ । ४ महिनाको २ गते देखि ६ गते सम्म नयाँ विद्यार्थीहरुको लागि गाईडान्सदिने दिन र रिस्यु तोरोकु(履修登録/आफुले पढने बिषय दर्ता) गर्न पर्ने पनि मिति तोकिएको हुन्छ ।


कालिदाश पनि पहिला कुन सेन्सेईले कस्तो पढाऊने रहेछन भन्ने क़ुरा बुझ्न गाईडान्स कक्षतिर जान्छ ।


जापानको दाईगाकु पहिलो पटक गएको ,दायाँ-बायाँ केहि पनि थाहा हुदैन कालिदासलाई तर पनि सोध-पुछ गरि गाईडान्स कक्षसम्म पुग्छ । केहीपनि नजानेको भएरहोला कालीदासलाई मनमनै खुलदुल लागीराखेको हुन्छ । सम्योग भन्नेकी के भन्ने गाईडान्स कक्षमा कालिदाशले आफु जस्तै अरुविद्यार्थीहरुलाई पनि भेटने मौक़ा पाऊछ ।


कोरियाको ,चिनको ,साउदीअरेबिया ,टर्की ,ताईवानका विद्यार्थीहरुसंग परिचय पनि गर्दछ । दुबैजना बिदेशी भएको कारणले गर्दा पनि होला घुल-मूल हुन सजिलो हुन्छ कालिदाशलाई । जानेको कुरा सेयर गर्ने अनि नजानेको कुरा नयाँ साथीहरुसंग सोधपुछ गर्दछ । पहिलो दिन दाईगकुको गाईडान्स सुन्नेमात्र काममा सिमीत हुन्छ ।
पहिलो दिन दाईगाकुबाट फर्कने क्रममा रेलभित्र घेरैकुरा हरु सोच्दछ। नेपालको दाईगाकु र जापानको दाईगाकुमा पनि धेरै फरक पाएको महसूस गर्दछ । याहाको(जापानको) दाईगाकु धेरै सिसटम्याटीक (सबैकुरा कम्पुटराईज) गरिएको हुदा रहेछन , सम्पुर्ण कुराहरु स्टेप बाई स्टेप हुदारहेछन भन्नेकुराहरु पहिलो दिनमानै महसूस गर्दछ ।


तर के गर्ने पढाईमात्र गरेर भएन ।
धनिबाउको छोरापनि परेन कालीदास।


घर फर्की बेलुका इन्टरनेटक्याफेमा काम तिर लाग्छ । बेलुका ११ बजेबाट बिहानको ८ बजेसम्म इन्टरनेटक्याफेमा काम मिलाएकोहुन्छ । बेलुकाकाम दिऊसो पढ़ाई गरने तालिका बनाएको हुन्छ कालीदासले ।


कर्मिक रुपमा दोस्रो दिन पनि आउछ। दोस्रो दिनमा हिजो भेटेको टर्कीका साथीहरुसंग संगै समय बिताऊछ । रिस्यु तोरोकु(履修登録/आफुले पढने बिषय दर्ता) गर्दछ । अनिबार्य लिनु पर्ने बिषय र रोज्न पाउने बिषय दर्ता गर्ने प्लान बनाएर सम्बन्धित सेन्सेइको क्लास ट्रायल (बुझ्न) गर्न जान्छ । जाँचबुज गरी प्रमुख बिषय र अन्य सम्बंदित बिषयको पनि दर्ता प्रक्रियापुरा गर्दछ । प्रमुख रुपमा केईजाईगाकु (इकोनोमिक्स) र केइएइगाकु (म्यानेजमेन्ट) बिषय पढने निर्णय गर्दछ ।


कालीदासलाई पहिला जापान कसरि यहाँ सम्म आइपुग्यो त भन्ने कुरा सिक्नु छ , अनि म्यानेजमेन्ट गर्ने तरिका पढने विचार पनि हुन्छ । यसैले गर्दा इकोनोमिक्स र म्यानेजमेन्ट बिषय रोज्दछ ।


दोस्रो दिन पनि गाईडान्स सुन्ने र आफुले पढने बिषय दर्ता गर्दानै सकीन्छ । दोस्रो दिन पनि फर्किने रेलमा आफुले अब बिदेशी साथीहरु भन्दा जापानी साथी हरु धेरै बनाउदा राम्रो हुने हो की भन्ने कुराहरु मनमा खेलाई राख्दछ ।


जापानको दाईगाकुमा पढनको लागि जापानी भाषा राम्रो हुनु पर्छ अनि जापानी राम्रो हुनको लागि किताबी किरो मात्र भएर पुग्दैन । जापानीहरुसंग धेरै घुल-मेल गर्न पर्छ भन्ने ठान्दछ । बिदेसीसाथी बढ़ी भयोभने बिदेसी भाषामात्र बोलिने होकी भनेर भोलिदोखीनै जापानीसाथी धेरै बनाऊने अठोट गर्दछ ।
तेस्रो दिनबाट आफुले दर्ता गरेको बिषय पढन क्लासरुम तिर जान्छ। सबै भन्दा आगाडी गएर बस्दछ । क्लासमा धेरै थरिका विद्यार्थीहरु देख्छ । कुनै हाजिर मात्र गर्न आउने अनी फर्केर जाने ,कुनै क्लास मा नै नाआउने ,कुनै आएर पनि अरु साथी हरुसंग घुल-मेल गर्न नचाहने ,कुनै पछाडी बसेर सुत्ने ,कुनै चाही आफ्नो समुहका साथीहरुसंग कुराकानीमात्र गर्ने
गरेको देख्दछ । १०० जनाको क्लासमा सबैभन्दा अगाडी बसेर पढने विद्यार्थी कालीदास र ४-५ जना मात्र हुन्छन । कालीदासलाई अचम्म लाग्नसुरु हुन्छ ।


पछाडी बसेर सुत्ने साथी हरु त जापानी भाषा स्कूल मा पनि धेरै देखेकोले गर्दा खासै आचाम्म मान्दैन तर पनि कलेज आइसकेपछि पढन पर्छ भन्ने कुरा मन-मनै खेलाई राखेको हुन्छ ।बेलुका चाही आरुबाईतो गर्ने हुनाले ,कलेजमा जाने क्लास लिने मात्र ,जापानी साथी हरु संग घुम-घाम गर्न तेती समय मिल्दैन कालिदाश लाई ।


जापानी भाषा राम्राे बनाउनको लागी आरुबाइतोको समय धटाऊने अनी साथीहरुसंग घुम्ने समय बढाउनेहो की भनेर सोच्दछ ।




क्रमस

No comments:

Post a Comment