Saturday 12 December 2015

कथा अनि व्यथा भाग- ९, “मेहनतको फल”



दाईगाकुको न्युसी सिकेंनको दिन पनि आउछ । बिहान १० बजे सिकेंन सुरु हुने भएकोले बिहान-बिहानै उठेर दाईगाकुको हाचीओजि क्याम्पस तिर लाग्दछ । गर्नुपर्ने तयारी सबै गरेको भएतापनि कालिदासको मन डराईरहेको हुन्छ । नहिडेको बाटो हिड्दा जति कौतुहालत हुन्छ। त्यस्तै जापानको दाईगाकुको परीक्षा कहिले न-देखेको, न-हेरेको हुदा एकातिर डर एकातिर आशा लिएर क्याम्पस कक्ष्य तिर जान्छ। एक्लै गएको हुदा कसरि-कहाँ जाने भने कुरा पनि थाहा हुदैन । त्यसमाथि हाचीओजि भन्ने ठाउँ पनि पहिलो पटक गएकोले गर्दा, टोक्यो नभई, अरुनै कुनै ठाउँमा गए जस्तो लाग्दछ । तर नजानेको कुरा वरिपरिका जापानी साथीहरुलाई सोधी-गरि क्याम्पस कक्ष्य सम्म पुग्दछ ।

हाचीओजि भन्ने ठाउँ टोक्योमा भएर पनि टोक्यो जस्तो लाग्दैन कालिदासलाई । जापानी भाषा स्कूल पनि टोक्योको केन्द्रमा भएको, आरुबाइतो पनि टोक्योको केन्द्रीय क्षेत्रमानै भएकोले गर्दा हाचीओजि जादा कता-कता अरुकै प्रान्त गरेजस्तो लाग्छ।

न्युसी सिकेंन १० बजेबाट भएकोले गर्दा, केहि समय दाईगाकुको क्याम्पस कक्ष्यमा रहेको जिदोहानबाइकीबाट चिया किनेर, आउने आफूजस्तै अरु विद्यार्थीहरुलाई हेरिराखेको हुन्छ। कसैको अनुहारमा खुशी देख्छ, कसैको अनुहार चिन्ताले भरिएको देख्छ र कसैको अनुहारमा आशाले भरिएको देख्छ । सबैजना आफ्नो नयाँ जिबनको सुरुवाद गर्न क्याम्पस कक्ष्यमा आइरहेको जस्तो देखिन्छ । परीक्षाको समय पनि नजिकिदै जान्छ । कालिदास पनि परीक्षा कक्ष्य तिर लाग्छ । सुरुमा हिक्किसिकेंन अनि स्योरोन्बुन त्यसपछि मेनसेचु दिनु पर्ने हुन्छ।

१० बज्छ, परीक्षा पनि सुरु हुन्छ, सुरुमा हिक्किसिकेंन दिन्छ त्यसपछि स्योरोन्बुन पनि लेख्छ। जापानी भाषामा लेक्नु पर्ने हुनाले आली गारो त हुन्छ, देन्सीजिस्यो हेर्न पाउने नियम भएकाले नजानेको खान्जी शब्द देन्सीजिस्यो हेरी-हेरी लेख्छ।

त्यसपछि मेनसेचु पनि सुरु हुन्छ। मेनसेचुदिनु भन्दा अगाडी “सेन्सेइहरुले आफूमाथि गरेको सहयोग र लिएको आशा”, “नेपालमा हुने आमा-बुवाको आशा र चाहना” अनि आफ्नो लक्ष्यलाई एकपटक सम्झना गर्छ । त्यसपछि मेनसेचुमा भिडछ। ५-१० मिनेटको मेनसेचु हुन्छ । आफु कहाँबाट आएको, किन आएको र भबिस्यमा के गर्न चाहने र किन यो दाइगाकुमा पढन चाहेको सबै कुरा छोटकरीमा बताउछ । करिब १० मिनटसम्म प्रष्न-उत्तर चल्दछ।

त्यसपछि सबै परीक्षा सकिन्छ, कालिदास पनि मन हसिलो पार्दै घर तिर फर्कने तयारी गर्दछ। सबै भन्दा पहिला जापानी भाषा स्कूलको सेन्सेईलाई फोन गर्दछ । कालिदासले हसिलो मुद्रामा फोन गरेर होला सेन्सेई पनि खुशी हुन्छन र आग्रिम बधाई दिन्छन ।

आफु एक्लै गएको हुनाले साथीहरु पनि नभएकोले गर्दा कालिदास केहि समय क्याम्पस कक्ष्य वारी-परि घुमी, क्याम्पस गेटबाट लाग्ने बसबाट ताकाहाताफुदो एकि सम्म जान्छ । अनि घर फर्की, सदैझैँ आरुबाइतो तिर लाग्छ ।

भोलिबाट फेरी जापानी भाषा स्कूल अनि आरुबाइतोको रुटिंग सुरु हुन्छ।

जापानी भाषा स्कूलका साथीहरुसंग बिताउने समय पनि कम हुदै आएकोले, समय मिलाएर सबै जनासंग कुराकानी गर्दछ।

श्री-लंकाको एउटा साथी ले भन्छ “अब जापानी भाषा स्कूल पनि सकिन लग्यो, दाईगाकु तिर पनि सेन्मोङ्गाक्को पनि जना सकिन, जापानी केटिसाथी (गर्ल फ्रेन्ड) संग बिहा गर्छु होला यार “। कालिदासले पनि “तिम्रो ज़िन्दगी हो यार तिम्ले जे राम्रो ठान्छौ तेही गर भनेर भन्छ”।

अनि अर्को चीनको साथी भन्छ ” म त दाईगाकु जान्छु, चिबामा भएको दाईगाकुमा जाच दिएर आएको छु , कस्तो रिज़ल्ट आउछ खै ?”, कालिदासले भन्छ ” राम्रो यार, म पनि हातिऒजिमा भएको दाईगाकु जाने विचार गरेको छु , आस्ति भर्खर जाच पनि दिएर आए, कस्तो रिज़ल्ट आउछ थाहा छैन”।

बंगलादेशको साथीले फेरी एस्तो भन्छ “कालिदास म त आकिहाबारा सेन्मोङ्गाक्कोको प्रबेश परीक्षा पास भए नि, अब म आइटी पढछु अनि भबिस्यमा बंगलादेश फर्केर देशमा केहि गर्छु”। यो साथीको कुराबाट कालिदास पनि आफ्नो देशको लागि केहि त गर्नु पर्छ भन्ने सोच बनाउछ।

अनि फेरी एउटा कोरियाको साथी यस्तो भन्छ ” म त यार, जापानी भाषा पढन मात्र जापान आएको, अब १-२ महिनामा नै कोरिया फर्कन्छु, बुवाको कम्पनीमा काम गर्छु “। कालिदास पनि यो कोरियाको साथीको कुरा सुनेर आफुपनि आफ्नै देशमा बस्न पाए, बुवा-आमा, पहिला देखिको साथीहरुसंग हासी-खेली समय बिताउन पाए भन्ने सोच्दछ अनि यो साथी लै ” अहिले सम्म संगै पढन पाएकोमा रमाइलो भएको र अबका सगै बिताउने समय पनि कम भएको आइने दिनहरुमापनि नकायोकु सियो ने भनेर भन्छ ।

समय बित्दै जान्छ । दाईगाकुको रिज़ल्ट आउने दिनहरु पनि नजिकिदै जान्छ । यता जापानी भाषा स्कूलमा बिताउने बाकि समय पनि कम हुदै गैरकेको हुन्छ । दिनहरु बित्दै जादा, दाईगाकुको रिज़ल्ट पनि आउछ, मनमा ढुक-ढुकी बडदै जान्छ । फेल भए भने के गर्ने होला भन्ने कुरा पनि सोच्दछ । अनि चिठी खोल्छ, चिठी भित्र “तपाई पास हुनु भएको छ” भनेर लेखेको हुन्छ । सबभन्दा पहिले जापानी भाषा स्कूलको सेन्सेईलाइ नै फोन गर्दछ । सेन्सेईले पनि ” मैले भनेको थिए, तपाई पास हुनुहुन्छ भनेर, योक्कात्ताने, ओमेदेतो गोजाईमासु “भनेर भन्छ । त्यसपछि कालिदास खुसिका साथ साथीहरुलाई, जापानमा हुने नातेदारलाई, नेपालमा बुवा-आमालाई फोन गर्दछ।

तेसैगरी जापानी भाषा स्कूल म बिताउने समय पनि १ हप्ता मात्र बाकी हुन्छ, १ हप्तासम्म आरुबाइतो, अनि फुर्सदको समय जापानी भाषाका सेन्सेईहरु, साथीहरुसंग बिताउछ । पहिलाका दिनहरु याद गर्दै सेन्सेइहरुसंग खान पिउने, साथीहरुसंग पिउने गर्दछ।

सेन्सेईले पनि “終わりのない出会いがない/ओवरि नो नाइँ देआइ ग नाई / मिलन र बिछोड भनेको नै जिन्दगि हो” भनेर भन्नु हुन्छ । हेर्दा हेर्दै जापानी भाषा स्कूलको सोचुग्योसिकी पनि आइहाल्छ । त्यो दिनमा सबै जना साथीहरु, सेन्सेईहरु उपस्तित हुन्छन । जापानी भाषा स्कूलमा बिताउने आन्तिम दिन भएको ले गर्दा होला, सबैको आखामा आसु आएको जस्तो देखिन्त्यो, कालिदास पनि आखामा आसु लिएर कुडचीमा बसी राखेको हुन्छ । सबैजनाको नाम बोलाई प्रिन्सिपलले सोचुग्यो स्योस्यो हस्तान्तरण गर्नु हुन्छ । कालिदासका पनि पालो आउछ।

प्रिन्सिपलले बोलाउनु हुन्छ, कालिदास आखा भरि आसु गरि, स्टेज तिर जान्छ, प्रिन्सिपलले “नरोई नरोई भनेर भन्नु हुन्छ”। साढे एक बर्ष संगै बिताएको साथीहरुसंग छुटिनु पर्दा कालिदास मन नरमाईलो गर्छ, तेही समय मf एक जना सेन्सेईले “ओवारी नो नै देआइ ग नै/मिलन र बिछोड भनेको नै जिन्दगि हो” भनेर भन्नुहुन्छ ।

कालिदासले पनि मन मनै “जिन्दगि भनेको नै मिलन र बिछोड हो रहेछ ” भनेर सोच्दछ । नेपालमा हुदा पनि स्कूलबाट कलेज गइ, कलेजबाट जापान आइ गर्दा आफुले पनि धेरै मिलन र बिछोड गरेको महसुस गर्दछ।

सोचुग्योसिकीको सबै कार्य सकिएपछि सबैजना, सेन्सेइहरु, साथीहरु (सेंपाईहरु)मिलेर खाना खाना जfन्छन । जापानी भाषा स्कूलको अन्तिम दिन सारै रमाइलो तबर र बित्छ।

४ महिना १ बाट त दाईगाकु जानुपर्ने हुन्छ । त्यति समयसम्मको लागि जापानी भाषा स्कूल बिदा हुन्छ । कालिदास पनि दाईगाकु जनाको तयारी गर्दै गर्छ।

क्रमस:

(भाग १, , ३, ४, ५, ६, का लिंकहरु पनि तलको पेजमा राखीएको छ)

जापानी शब्दहरु : ・दाईगाकु:विश्वविद्यालय

・न्युसी सिकेन:प्रवेश परीक्षा

・हाचीओजि : टोक्योको ठाउँ को नाम

・खान्जी:चिनियाँ अक्षरहरू

・आरुबाइतो:पार्ट टाईम जब

・जिदोहानबाइकी: स्वचालित मिसिन

・स्योरोंबुन:निबंध

・मेनसेचु: अन्तरबार्ता

・देन्सीजिस्यो:इलेक्ट्रनिक शब्दकोश

・सेन्सेइ:शिक्षक

・तकाहाताफुदो:टोक्योको ठाउँ को नाम

・एकि:स्टेशन

・चिबा:जापानको कन्तो एरियाको ठाउँको नाम

・आकिहाबारा:टोक्योको ठाउँको नाम

・सेन्मोङ्गाक्को:व्यावसायिक स्कूल

・नकायोकु सियो: साथ दिनु (सहयोग गर्नु)

・योक्कात्ता ने ,ओमेदेतो गोजाईमासु: राम्रो भयो, बधाई छ

・सोचुग्योसिकी:स्नातक समारोह

・ओवरि नो नाइँ देआइ ग नाई:जिबन भनेको मिलन र बिछोड को खेल हो

・सोचुग्यो स्योस्यो:डिप्लोमा (प्रमाणपत्र)

・सेंपाईहरु:वरिष्ठ

No comments:

Post a Comment