Saturday 12 December 2015

कथा अनि व्यथा - १२: “सहयोगी जापानी पनि भेटिए”



पहिला दिनहरुमा रिस्यु तोरोकु (आफुले पढने बिषय रोज्ने प्रक्रिया) गरिसकेको हुन्छ । कुन दिन कति बजेसम्म कुनकुन कक्षा (लेक्चर ) लिने भन्ने तालिका बनाईसकेको हुनाले आउने दिनहरुमा त्यही तालिका अनुसार पढने, बेलुका आरुबाइतो (पार्टटाईम जब) गर्ने, शनिवार र आईतवार बिदा हुने हुनाले जापानी साथीहरुसंग घुलमिल गर्ने तयारी गर्छ।

केईजाई गाकुबु केईजाई गाक्का(अर्यशास्त्र बिषय)आफ्नो प्रमुख बिषय बनाएको हुन्छ । दाईगाकुको पहिलो बर्ष त जापानी साथीहरु बनाऊने, जापानी भाषा (खान्जी- चाईनिज क्यारेकटर)अलि गहिरो रुपमा सिक्ने कुरालाई धेरै जोड़ दिन्छ ।

पहिलो बर्षको सुरुसुरुमा त सधैजसो दाईगाकु(विश्व विद्यालय) गएतापनि सरले पढाएको पाठ राम्ररी बुझ्न सकिराखेको हुदैन। भाषा स्कुलमा पढेतापनि दाईगाकुका शिक्षकले पढाएका कुराहरु बुझ्न घेरै गारो महसुस गर्छ । सधैजसो कक्षा अगाडीको मेचमा ग़एर नै, लगनशील भएर नै पढेको हुन्छ तर अर्काको भाषा त्यति सजिलै त काहा आऊथ्यो र । जापानी भाषा स्कुलमा पढदै नपढेका, सुन्दै नसुनेका शब्दहरु बढी प्रयोग हुनेहुनाले घेरै परिश्रमको आबस्यकता पर्दछ ।

देन्सी जिज्सो(बिधुतीय शब्दकोष)हेरीहेरी शिक्षकहरुले पढाऊनु भएका पाठहरु बुझ्ने प्रयास गर्दछ । सुरुसुरुमा त गारो हुन्छ तर प्राक्टीस मेक मेन प्रफेक्ट भन्या जस्तै गर्दै जादा बुझ्दै गईदो रहेछ भन्ने कुराको ज्ञान पनि हुन्छ कालिदासलाई । कालीदास दाईगाकु शुरु भएको केही महिनामा डेरा सर्नकोलागी तयारी गर्छ। त्यतिबेलासम्म त जेनतेन गरि नातेदारहरुसंग बस्दै आएको हुन्छ। नातेदारको घरबाट दाईगाकु धेरै टाँडा भएको र कालीदास आफुमा नै निर्भर हुनको लागी दाईगाकु नजिकै कोठा खोज्न शुरु गर्दछ।

त्यों समयमा बिदेशीहरु धेरैकम भएकाले जापानीहरु सितीमिती बिदेशीहरुलाई कोठा दिदैनथिए । त्यसमाथि दाईगाकुको नजिकै कोठा खोज्न गएको, कुनै फुदोसान (रिएलस्टेट कम्पनी)ले गाईकोकुजिन ओकोतोबारी (हामी बिदेशीहरुलाई कोठा दिदैनै)भनेर भन्छन, कुनैले छिर्ने बितिकै डेडा-आखाले हेर्छन, कुनैले कोठा खोज्न त खोजीदिने सारै पुरानो कोठा मात्र देखाऊने त्यों कोठा कालीदासलाई मन पर्नेकुरा पनि आएन।

कोठा खोज्दा सारै दुख पाऊछ । ताकाहाताफुदो (टोकियोको ठाऊको नाम) भन्ने ठाऊ अलिकति गाउ भएकाले फुदोसान र बिदेशीहरुसंग त्यति घुलमिल नहुने हुदो रहेछ । त्यही कारणले बिदेशीलाई बिश्वास नगरेको हो की जस्तो लाग्छ। टोकियोको सेन्टर्ल एरियामा बिदेशीहरु पनि बढि बसोबास गर्ने हुनाले, ताकाहाताफुदो भन्दा अलि सजिलो प्रकारले कोठा पाईन्छ की भनेर त्यता तिर लाग्छ ।

मेदाईमाए (टोकियोको ठाऊको नाम)मा ग़एर त्याहाको फुदोसानसंग कुराकानी गर्छ । कालीदाससंग कुरा गर्ने केटा मान्छे पनि अमेरीका पढेर आएको रहेछ । आफु पनि अमेरीकामा घेरै दुख पाएको त्यसैले जापानमा रहेका बिदेशीहरुको समस्या धेरै बुझेको छु भनेर भन्छ । कालीदासलाई जापानमा नराम्रा मात्र हैन राम्रा, बिदेशीहरुका दुख बुझेका जापानीहरुपनि धेरै रहेछन भन्ने लाग्छ । त्यही फुदोसान मार्फत ताकाहाताफुदो (दाईगाकु नजिकै कोठा) खोज्छ र पाऊछ पनि ।

२००६ को ९ महिनाबाट कालीदासको कोठामा एक्लो जिबन सुरु हुन्छ ।

क्रमस…

No comments:

Post a Comment