Friday 25 December 2015

कथा अनि व्यथा भाग १५ "आत्मसम्तुष्टी"

कथा अनि व्यथा भाग १५ "आत्मसम्तुष्टी"

करिब २००७ साल तिरको कुरा हो । कालीदास पनि दाईगाकु ( बिश्वबिध्यालय )को दोर्सो बर्षमा पढदै गरेको हुन्छ । एक दिन सधै झै बिहानसम्म आरुबाईतो (पार्ट टाईम जब ) सकाएर दाईगाकु ( बिश्वबिध्यालय ) तिर गईराखेको हुन्छ । बसमा एउटा नेपाली जस्तो अनुहार गरेको मान्छेलाई भेंटछ । सुरुमा त भारतीय नागरिक हो की ? बङ्गलादेशको हो की ? या अन्य कुनै दक्षिण एशियालीदेशको मान्छे जस्तो लाग्छ । फेर्स मुद्रामा भएको भए तर "तपाई नेपाली हुनुहुन्छ भनेर सोथ्यो पनि होला " ,कालीदास फेर्समुद्रामा थिएन। 
बेलुकाको कामबाट थाकेर आएकोले बोल्न पनि त्यति मन लागीराखेको हुदैन । बसको यात्रा पनि लामों भएकोले केही समय आखा चिमलिएर आराम गरीराखेको हुन्छ । 

केहीसमय पछि दाईगाकु ( बिश्वबिध्यालय ) को प्रर्ङ्गणमा 
पुगीहाल्छ। सधै जसो दाईगाकु गएपछि केही समय क्यानटिनमा बिताउने गरेको हुनाले , आजपनि बसबाट आेर्लिएर सधै जसो क्यानटिन तिर गईराखेको हुन्छ । अकस्माथ पछाड़ी बाट एक्कासी " हजुर नेपाली हुनुहुन्छ ??" भन्ने आबाज सुनिन्छ । कालीदास पनि एकछिन टवाल्ल पर्छ । अनि यसो अनुहार गहिरिएर हेर्दा अधि बसमा देखेको मान्छे रहेछ भन्ने थाहा हुन्छ , त्यसपछि कालीदासले उसलाई क्यानटिन तिरनै लिएर जान्छ  , अनि दुबैजना कफि खादै कुरा-कानी गर्दछन  । कालीदास चाही २००६ ब्याचको हुन्छ , उ चाही २००७ को ब्याचको रहेछ । कुराकानी आगाडी बढ़ने क्रम जारी हुन्छ । उसको नाम सुदर्शन  ,मुल धर  काठमाण्डू रहेछ , ऊमेर चाही कालीदास भन्दा जेठो रहेछ । 
साथसाथै सुदर्शनले कालीदासलाई "आफु नयाँ भएकोले केही पनि थाहा नभएकोले कसरी के गर्दा ठिक हुन्छ" भनेर प्रश्नहरु गर्दछ । कालीदासले पनि आफुले भोगी आएको कुराहरु सेयर गर्दछ  । सकेसम्म आरुबाईतो कम गरि पंढाईमा जोड़ दिदा राम्रो हुने , कुनकुन बिषय पढदा राम्रो हुने , आफुलाई पनि ज्ञान हुने बिषय ,भविष्यमा प्रयोग हुने बिषय आदी कुराहरुको बारेमा सल्लाह दिन्छ । 
त्यसपछि दुबैजनाले आ-आफ्नो सम्पर्क नम्बर साटा-साट
गर्दछन र आ-आफ्नो कक्षा तिर लाग्दछन। 

त्यों समयमा दाईगाकु ( बिश्वबिध्यालय ) माँ नेपाली भनेको कालीदास र सुदर्शन मात्र थिए । धेरै शिक्षकहरुले नेपाल प्रति रुचि राख्ने भएकाले, त्यती बेला कालीदास र सुदर्शन दुबैजना मिलेर नेपाल सम्बन्धी जानकारी गराउने गर्दथे । जापानका लागी नेपाली राजदुत नभए पनि दाईगाकु भित्र राजदुतले भन्दा बढि नेपाल र नेपालीहरुको बारेमा बुझाउने , नेपालमा हुदै आएको नयाँ राजनितिक परिस्थितिको बारेमा , नेपालका प्रर्यटकिय स्थलहरुको बारेमा आदी ईत्यादी बिषयहरुको बारेमा जानकारी गराउने  र नेपालको सत्य तथ्य प्रचार गर्ने गर्दथे ।

त्यती बेला नेपालमा पनि धेरै राजनितिक परिवर्तनहरु आएका हुन्छन । नेपालमा धेरै लामों समय देखी चलि आएको  राजशष्था पनि हटेको खबर सुन्छ । कालीदासलाई २३० बर्ष भन्दा बढि चलिआएको राजशष्था हटेकोमा रार्है नराम्रो लान्छ तर १० बर्ष भन्दा बढि जनयुध्द गर्दै आएका माओवादीहरु जनयुध्द छोडेर राजनितिक मूलधारमा आएको कुरामा चाही खुशी मान्दछ । भबिष्यमा नेपाल फर्कने बाताबरण बन्दै जाने र , त्यसपछि नेपालमा नै ग़एर केही गर्ने बिचार मनमा लिई अहिलेकोलागी आफ्नो आखा अगाडीको पढाईलाई मात्र ध्यान दिने सोचका साथ अहाडी बढदछ । 

कालीदासले सेमिनार (जेमी) क्लास पनि लिएको हुन्छ । 
एकदिन सेमिनार (जेमी)का सेन्सेई र साथीहरुको अनुरोधमा नेपाली खाना खान जाने कार्यक्रम बनाउछ । त्यो बेला अहिलेको (२०१५ तिर को) जस्तो छ्यापछ्याप्ती नेपाली खाना धरहरुपनि थिएनन । इन्टरनेटबाट खोज्दा , दाईगाकुको सबैभन्दा नजिकैको रेस्टुरेन्ट ताचिखाबामा भेंटछ र आफ्नो सेन्सेई र साथीहरुलाई त्यही रेस्टुरेन्टमा लाने योजना बनाउन। 
सबैजना नेपाली खाना खान जान्छन । नेपाली भएका कारणले होला रेस्टुरेन्टका साउजीले घेरै सरभिस पनि गर्छन । जापानीहरुपनि मिठो खाना त्यसमाथी साउजीबाट राम्रो सरभिस पाएपछि मख्खै पर्छन । अन्तिममा ओईसीखात्ता (धेरै मिठो थियो) भनि आ-आफ्नो धरतिर लाग्छन । कालीदास चाही केही समय त्यहा बस्दछ । रेस्टुरेन्टका साउजीले नजिकै आएर "पर्वते बिग्रिन्छ मोजले , नेवार बिग्रिन्छ भोजले भन्छन" , बिग्रिन हुदैन है भाई भनेर कालीदासलाई भन्दछन । कालीदासपनि आफ्नो ऊत्तर ब्यङ्ग्यातमक सैलीले दिन्छ । हाम्रो विद्यार्थीहरुको काहानी तपाईले बुझ्नु भएको छैन दाईं ,
"हामीहरु गर्छै  रातदिन काम ,कहिले देख्ने घाम ,अलिअलि कमाउने हो दाम ,त्यही पनि सबै कलेजमानै जाम , कैलेहो हामीले कमाउने दाम , मोजको त के कुरा , राम्ररी सुत्न पाए मात्र हुन्थयो हरे राम"

रेस्टुरेन्टका साउजीले मुसुमुसु हासी "मैले पनि बुझेको छु भाई " भनि कुरालाई त्यही टुङ्ग्याउछन । समय पनि राती अबेर भई सकेकाले कालीदास हतार हतार गरि घर तिर लाग्छ । 

फ्रकने रेलमा अघिको रेस्टुरेन्टको साउजीले भनेको कुराहरु याद गरि , "केही पनि थाहा नभए त नबोल्नु नी , विद्यार्थीहरुको आफ्नै सम्स्या हुन्छ । जापानीहरुसंग खाना खान गयो भन्दैमा , घुम्यो भन्दैमा माेज गरेको भनठान्छन यार " भनि मनमनै गुनगुनाई रहन्छ । 

केहीसमय अगाडी दाईगाकुको सेन्सेईले भनेको कुरा याद गर्दछ । सेन्सेईले "隣の芝生は青く見える"/"तेनारीनो सिबाफुगा आओकु मिएरुभनेर भन्नु भएको थियो। 
"तेनारीनो सिबाफुगा आओकु मिएरु" भनेको आफ्नो घरछेउको (छरछिमेकको) बगैचा (चौर) हरियों देखिन्छ , भन्ने अर्थ हो । हामीहरु जहिलेपनि आफ्नो भन्दा अर्काको जिबन सैलीमा , रमाईलो  अघिको साउजीको भाषामा भन्ने हो भने "मोज" देख्छौ । अर्काको हेर्नु भन्दा , हामीहरु आफुलाई अगाडी बढाऊनको लागी पहिला आफुमा नै 
आत्मसम्तुष्टी हुनुपर्दछ । त्यसपछि त सबै ठिक हुदै आईहाल्छ नि । 

कालीदासले रेस्टुरेन्टका साउजीलाई सल्लाह दिने मौक़ा त पाएन । आज समय पनि मिलेन त्यसमाथी अलिअलि कमाएपछि हामीजस्ता "विद्यार्थी"को कुरा के सुन्थ्यो होला भनि मनमनै गुनगुन गर्छ । तर आफुले आफुलाई चाही  सल्लाह दिन्छ , आफु चाही जुनसुकै हालतमा पनि त्यस्तो (अघिको साउजीको जस्तो तरिकाले ) नबन्ने अठोट गर्दछ । 

क्रमस । 

No comments:

Post a Comment