Saturday 12 December 2015

कथा अनि व्यथा ६- ‘आफ्नो अडानमा एकाग्रता जरुरी’



कालिदास जापानी भाषा स्कूल सकेपछि जापानको दाईगाकु (विश्वविद्यालय)जनाको लागि धेरै विश्वविद्यालयको न्यूसी सिकेन(प्रवेश परीक्षा) दिन्छ । भाषा सकाएर सिधै काम गर्ने, पैसा कमाउने मन गर्ने साथीहरु हुदाहुदै पनि आफु चाही यहाँको दाईगाकु नै जाने निर्णय गरेको हुन्छ । भाषा स्कूलमा पनि नेपाल लगाएत अन्य देशका साथीहरु काम मात्र बढी गर्ने, स्कूल आएर पढाईमा पनि ध्यान नदिनेू, हाजिर गर्न मात्र स्कूल आउनेू गर्दथे । तिनै साथीहरुको बीचमा भएर पनि आफुलाइ फरक तरिकाले आगाडी बढाएको हुन्छ ।

जापानी स्कूलका सेन्सेइले सिकेको एउटा कुरा याद गर्छ । करिब एक वर्ष पहिला जापानी भाषाका सेन्सेइ (शिक्षक)बाट सिकेको कुरा रहेछ यो।

心が変われば、態度が変わる。(कोकोरोगा खावारेबा, ताइदोगा खावारु)

→ आफ्नो मन परिबर्तन गर्न सकेमा, मनोवृत्तिमा परिबर्तन आउछ ।

態度が変われば、行動が変わる。(ताइदोगा खावारेबा ,कॊदोगा खावारु)

→ मनोवृत्तिमा परिबर्तन आएमा, आफ्नो काम(दैनिक कार्य)मा परिबर्तन आउछ ।

行動が変われば、習慣が変わる。(कॊदोगा खावारेबा, स्यूकनगा खावारु)

→ आफ्नो काम९दैनिक कार्य०मा परिबर्तन आएमा, आफ्नो बानीमा परिबर्तन आउछ।

習慣が変われば、人格が変わる。(स्यूकनगा खावारेबा, जिन्काकुगा खावारु)

→ आफ्नो बानीमा परिबर्तन आएमा, व्यक्तित्वमा परिबर्तन आउछ ।

人格が変われば、運命が変わる。(जिन्काकुगा खावारेबा, उन्मेइगा खावारु)

→ व्यक्तित्वमा परिबर्तन आएमा, आफ्नो भाग्यमा परिबर्तन आउछ ।

運命が変われば、人生が変わる。(उन्मेइगा खावारेबा, जिन्सेइगा खावारु)

→ आफ्नो भाग्यमा परिबर्तन आएमा, आफ्नो जीवनमा परिबर्तन आउछ।

त्यही कुरा आफुले मनन गर्दै आएको भएर होला, आफुले भने जस्तो गर्न पाएको भन्ने ठान्छ। साथीहरु राम्रो भएपनि, नराम्रो भएपनि, पढेपनि, नपढेपनि, जस्तो सुकै भएपनि, आफुलाई राम्रो लागेको कुरा लिने र आफुलाई नराम्रो लागेको कुरा नलिने गर्दै आएकोले गर्दा होला । आफ़ु आज सम्मको जीवन सफल (भनेको, गर्नचाहेको कुरा पुग्दै आएको) भएको महसुस गर्दछ।

समय बित्दै जान्छ । जापानी भाषा स्कूलमा बिताउने समय पनि केहि महिना मात्र बाकी हुन्छ। भाषा स्कूलको कोर्स पनि लगभग लगभग सकिसकेको कारणले गर्दा स्कूलका सेन्सेइहरुले पनि गाकुसेइ(विद्यार्थी)हरुलाई यामनासीकेन(यामनाशी प्रान्त)को भ्रमणमा लाने प्लान बनाउछन्।

दिनहरु बित्दै जादा यामनासी केन जाने दिन पनि आउछ । बिहान सबैजना स्कूल अगाडी हुन्छन । अनि सेन्सेइबाट आज एता जाने, उता जाने, यो खाने, यति बजे यो गर्ने भन्ने कुरा हुन्छ । सबैकुराहरु प्लानगरिएको कति राम्रो, कति बेबस्तित हुदा रहेछन जापानीहरु भन्ने लाग्छ। यो भ्रमणबाट पनि जापान अनि जापानीको राम्रो पक्षहरुको बारेमा सिक्ने मौका पाउछ।

आफुले जापानको दाईगाकु गएर जापानीहरुसंग संगत गरेर सिक्न खोजेका कुराहरु पनि यिनै हुन्छन पनि । यो भ्रमण गर्दा जापानको दाईगाकु जाने निर्णय बेठिक नभएको जस्तो महसुस गर्दछ ।

भ्रमणमा साथीहरुसंग सेन्सेइहरुसंग फोटो खिच्ने देखि लिएर, संगै खान खाने देखि लिएर, आफ्नोमनमा लागेको कुराहरु गर्ने, सुन्ने………आदि कुरा हरु हुन्छ ।

अन्तिममा एकजना सेन्सेइले तपाई त दाईगाकु नै जानु पर्छ भन्छ । किन भनेर प्रस्न गर्दा, तपाईलार्इ नया(नौलो कुरामा बढी मन गर्नु हुन्छ जस्तो लग्यो त्यसै कारणले गर्दा भन्ने जवाफ आउछ । हुनपनि नया(नौलो कुरा कलिदासले मन पर्छ पनि, मनको कुरा नै सेन्सेइले भनिदिएको जस्तो लाग्छ ।
क्रमस:

जापानी शब्दहरु:

दाईगाकु (विश्वविद्यालय)

न्यूसी सिकेन(प्रवेश परीक्षा)

सेन्सेइ (शिक्षक)

गाकुसेइ (विद्यार्थी)

यामनासीकेन(यामनाशी प्रान्त) ※जापान को ठाउँ को नाम

No comments:

Post a Comment