Saturday 12 December 2015

कथा अनि व्यथा - १३ ‘अनि आरुबाइतो कमगरि पढाईमा लागियो’



कालीदासको एक्लो जिबन सुरु हुन्छ । एक्लै बस्दाको राम्रो पक्ष र नराम्रो पक्ष दुबै हुन्छन । बल्ल आएर कालीदासलाई यस्ताकुराहरु थाहा हुदै आऊछ। एक्लै बस्दा सम्पुर्ण कामकाज आफैले गर्नुपर्ने हुन्छ ।

शिक्षित हुनु, पढाईलाई जोड़ दिनु भनेको आफ्नो जिबनको दिशानिर्देश गर्नु मात्र नभएर

आफ्नो भबिस्यमा बन्ने परिबारको सफलता र आफु जन्मेको देशको सफलतासंग पनि जोडिन्छ होला जस्तो लाग्छ कालीदासलाई

र आफनो पढाईलाई प्राथमिकता दिने कुरामा जोड़ दिन्छ ।

बेलुका काम गर्ने भएकाले बिहानको ८ बजेसम्म त काम नै हुन्थ्यो। त्यसपछि घर फर्की केही समय आराम गरि फेरी दाईगाकु जानुपर्दथ्यो । करिब दिउसोको ३ बजे सम्म पढ़ाई गरि घर फर्की सुत्ने गर्दथ्यो । बेलुका ६ बजे तिर ऊठेर नुहाई धुबाई गरि फेरी काम गर्न जानेगर्दथ्यो ।



दिन बितेको त थाहा नै पाऊदैन थियो । पढ़ाई-घर-काम-पढ़ाईको साईकलमा प्रत्येक दिन दौडिरहेको हुन्थ्यो । दाईगाकुको फ़ी पनि तिर्नु पर्यो, गरिब बाऊको छोरा भएकाले गर्दा आफ्नो फ़ी आफै तिर्नु बाहेक कुनै ऊपाए थिएन । तर राती काम दिऊसो दाईगाकु जाने अनि फर्केर आएर सुत्ने भएकाले अरु मान्छेहरु भन्दा ठिक बिपरित दिन बिताईराखेको हुन्छ । रातीकाम गर्नु स्वास्थ्यको हिसाबले पनि राम्रो जिबनसैली हुदैन।



दाईगाकु छिर्नेबितिकै पनि सोचेको कुरा हो हुन त, कालीदासलाई आफु जापानी भाषा राम्रो बनाऊनु पर्छ भन्ने कुरा पनि मनमा लागीरहेको हुन्छ। त्यसको लागी किताबी किरो मात्र भएर नहुने । जापानी साथीहरुसंग बढ़ी धुलमुल गर्नु पर्ने पनि, मनमा खेलाईराखेको हुन्छ । एक-दुई हप्ता सोचेर आरुबाइतो(काम)को तालिका परिवर्तन गर्दछ । शुक्रवार , शनिवार र आईतवार मात्र नाईट सिफ्ट (रातीको काम) गर्ने गरी मिलाऊछ। अरु दिन जापानी साथीहरुसंग घुलमिल गर्नको लागी समय छुट्टयाउछ । त्यस पछि अलि समय निकाली जापानी साथीहरुसंग घु म्न जाने, आफुले जानेको सिकाउने र जापानी साथीहरुसंग जापानी भाषा सिक्ने।



दाईगाकुमा पनि सकेसम्म जापानी साथीहरुसंग नै बस्ने, नबुझेका कुरा सोध्ने गर्दछ । साथसाथै राकुरोस भन्ने सरकलमा पनि छिर्दछ । सुरुसुरुमा गारो लाग्ने गरेको पढ़ाई पनि प्रयास गरेमा बुझीदोरहेछ भनेजस्तो लाग्न थाल्छ । दाईगाकु लाईफ़मा बानी परेर हो की जस्तो लाग्छ कालीदासलाई । दिनहरु बित्दै जान्छन । कालीदास पनि आरुबाइतो-घर-दाईगाकुको पढ़ाई-साथीहरुसंग घुम्ने, यहीकुराहरु दिनप्रतीदिन दोहोरीरहन्छन ।



पहिलो बर्ष अलि गारो भएतापनि परीक्षामा रामों नम्बर लिएर आऊछ र भाग्यबस छात्रवृति पनि पाऊछ । आरुबाइतो मात्र धेरै गरेको भए, काम मात्र गरिन्थ्यो होला। पढाईमा समय दिन सकिदैनथ्यो होला। त्यसो भएपछि त छात्रवृति पनि पाईदैन थियो होला । त्यसैले आरुबाइतो घटाएको र जापानी भाषाको पढाईमा जोड दिएको कारणले यस्तो छात्रवृति पाएको हो जस्तो लाग्छ उसलाई । शिक्षित हुनु, पढाईलाई जोड़ दिनु भनेको आफ्नो जिबनको दिशानिर्देश गर्नु मात्र नभएर आफ्नो भबिस्यमा बन्ने परिबारको सफलता र आफु जन्मेको देशको सफलता संग पनि जोडिन्छ होला जस्तो लाग्छ कालीदासलाई र आफनो पढाईलाई प्राथमिकता दिने कुरामा जोड़ दिन्छ ।



अहिले पैसा कमाउने कुरामा मात्र जोड़ दिने, पढाईमा ध्यान नै नदिने हो भने त पैसा त कमाईएला त्यो पनि दाईगाकुको फ़ी तिर्दा नै ठिक्क हुन्छ । अनि यताको न उताको भईन्छ । आफनो बाक़ी ज़िन्दगी अध्यारो हुन्छ त्यसैले पढनुपर्छ । अहिले नै पैसा कमाउने मन छ भने पढ़ाई छोडीदिएर पैसा कमाउदा ठिक हुन्छ, भनेर सल्लाह दिनुभएको एउटा दाईको कुरा सम्झन्छ।

अनि कालीदासले आफु पनि पढाईमा नै जोड़ दिन्छ र आफ्ना मन मिल्ने साथीहरुलाई पनि त्यही सल्लाह दिन्छ ।

क्रमस….

No comments:

Post a Comment