Saturday 12 December 2015

कथा अनि व्यथा-चार: ‘जापानमा पनि उद्देश्य स्पष्ट हुनुपर्छ’



कालिदास दुर्इवटा काम गरेता पनि राम्रो पढाईले गर्दा छात्रवृत्ति पाएकोले आफुले गरिआएको प्रयास खेरा नगएको महसुस गर्छ । बिहानै उठ्यो घर नजिकको सुपर मार्केटको काम गयो, दिउसोबाट भाषा स्कूल गयो, फेरी बेलुकाबाट सिबुयाको रेस्टुरेन्टको काममा व्यस्त हुन्छ।


पहिला त फुर्सदको समय पनि हुने गरेकोले गर्दा होला मनमा धेरै कुराहरु खेलाई रहन्थ्यो तर व्यस्तताले गर्दा होला केहि सोच्ने मौका नै पाउदैन। फेरी बिहान बेलुका गर्न काममा सबैजना जापानीहरु थिए । त्यहाँ काम गर्ने पहिलो विदेशी भएको हुनाले भाषाको कारणले गर्दा, जापानीहरुले भनेको कुरा नबुझदाँ द्देरै गार्हो भएको महसुस पनि गर्छ । तर फाइदाको कुरा पनि धेरै थियो, आफुले काम गर्ने ठाउँमा सबै जना जापानीहरु भएको कारणले गर्दा, दैनिक प्रयोग गरिने भाषामा धेरै सुधार आएको थियो, त्यसैगरि जापानी भाषाको उच्चारणमा पनि धेरै सुधार आएको थियो । यसैले गर्दा होला जापानी भाषा स्कूलको सेन्सेई(शिक्षक)हरुले तपार्इले यति चाडो कसरी भाषा सिक्नुभयो? भनेर प्रश्न गर्दथे ।


उनीहरु त खांजी प्रयोग गर्ने देशका हुन्,


जसरी नेपालीहरुलाई हिन्दी भाषा पढ्न सजिलो हुन्छ त्यसरी नै


चीन,कोरिया र ताइवानका विद्यार्थीहरुलै जापानी भाषा पद्न सजिलो हुन्छ।


भाषा स्कूलको क्लासमा आफूबाहेक एक जना नेपाली, अरु सबैजना विदेशी भएको, अनि आफ्नो जापानी भाषाको उच्चारण अरु भन्दा फरक भएको, जापानीहरुसंग धेरै मेल खाने उच्चारण गर्ने हुनाले, सेन्सेईहरुले पनि सधै जसो तपाई अरु भन्दा फरक हुनुहुन्छ भनेर भन्ने गर्नुहुन्थ्यो। सेन्सेईहरुले आफुलाई गर्ने व्यवहारले गर्दा झन् पढाईमा अझै अगाडी जानु पर्छ भन्ने प्रेरणा मिल्छ।


स्कूलमा छदा पढी नै हल्थ्यो, काम गर्दा पनि आफ्नो वरिपरीका जापानीहरुलाई यो भनेको के हो ? अनि यसलाई के भन्छ ? प्रश्न गरि नै रहन्थ्यो।

जापान आएको ६/७ महिनामा नै भाषामा धेरै प्रगति गर्छ कालिदासले। तर जब खांजीको पाठहरु सुरु हुदै जान्छ। खांजीमा त चीन र कोरियाका विद्यार्थीहरु धेरै अगाडी हुन्छन । उनीहरु त खांजी प्रयोग गर्ने देशका हुन्, जसरी नेपालीहरुलाई हिन्दी भाषा पढ्न सजिलो हुन्छ त्यसरी नै, चीन,कोरिया र ताइवानका विद्यार्थीहरुलै जापानी भाषा पद्न सजिलो हुन्छ। हामीले हिन्दी पढे झै ।


अहिलेसम्म त क्लास टेष्टमा पनि अगाडी भएको मान्छे, खांजीको पाठ सुरु हुने बितिकै पछाडी पढाई जान्छ । खांजी पढन प्रयास नगरेको पनि होइन । नेपालमा न कहिले पढेको, न कहिले देखेको खांजी शव्दहरु बढी भएको कारणले गर्दा सम्झीन नसक्दो रहेछ।


धेरै सोच्छ तर कुनै निष्कर्ष नपाएपछि स्कूलको सेन्सेर्इसंग परामर्श गर्छ, के गर्दा खांजी शव्दहरु सकिएला कसरी अरुलाई जितिएला त रु भन्ने प्रशनहरु गर्छ। सेन्सेर्इले पनि सिन्बुन९पत्रिका० पढने बानी गर भनेर सल्लाह दिन्छ ।


भन्ने बितिकै पत्रिका त पढन सक्दैन तर पनि प्रयास नगरेको भन्दा गरेको राम्रो भन्ने विचारले, खांजीहरुको माथि पट्टि हिरागना, काताकाना लेखेको प्रतिकबाट सुरुगर्छ । दिनमा बिहान र बेलुका गरि दुइवटा काम गर्ने भएकोले गर्दा पढाईको समय त त्यति हुदैन, तर काममा जादा, स्कूल जादा रेल चड्ने र रेल चढदाको समय त खेर गईरहेको कुरा महसुस गर्छ, रेलमा छाडेर बिताउने समयलार्इ जापानी भाषाको खांजी शव्दहरु पढने समय भनेर तोक्छ ।


कालिदासले मसंग समय छैन भनेर पढाईको बारेमा नसोच्न पनि सक्थ्यो तर जापानी भाषा राम्रो हुनलाई त खांजी शव्दहरु पनि जान्ने हुनुपर्यो, खांजी नजानिकन त जापानी भाषामा राम्रो हुनु पनि सकिदैन भन्ने कुराहरु मनमा खेलाईरहन्छ । आफ्नो जापानी भाषामा दक्ष हुनु भन्ने उद्देश्य पुरा गर्नको लागि खांजीहरुमा पनि दक्ष हुनुपर्ने कुरा अपरिहार्य भएकोले गर्दा प्रतेक दिन बिहान र बेलुका रेलमा बिताउने समयको सदुपयोग गरि खांजीहरु हेर्ने रपढने गर्छ ।


यही प्रयासले गर्दा होला त्यसपछिका टेस्टहरुमा चीन,कोरिया,ताइवानका साथीहरुको भन्दा आगाडी आउन सफल हुन्छ ।

सेन्सेइले पनि नेपाल लगायत भारत, श्रीलंका, बंगलादेश खांजीसब्दहरु प्रयोग नगर्ने देशको विद्यार्थीहरुको समस्या नै यही भएको, तर तपाईले गजब गर्नु भयो त, क्रमिक रुपमा प्रयास गर्दै जाउ भनेर सल्लाह दिन्छन ।


कलिदास पनि सेन्सेइलाई चीन, कोरिया, ताइवानका साथीहरुलाई मात्र नभएर क्लासको नै टप हुन्छु भनेर भन्छ।


क्रमस:……

No comments:

Post a Comment