Wednesday 23 December 2015

कथा अनि व्यथा भाग १४ " जापानमा नेपाल चिनाउने अवसर। "

कालीदास जापान आऊदा नेपालमा माओवादीहरुको जनयुध्द चलिरहेको थियो । सरकार पक्क्ष र माओबादीहरुका बिच बार्ताको प्रक्रिया पनि अगाडी बढीरहेको थियो । २००६ माँ चाही राजा ज्ञानेन्द्रले प्रतक्क्ष शासन चलाईरहेको समय थियो । २००६ का अन्त्य तिर चाही लामोसमय देखी प्रयास गर्दै आएको माओबादी र सरकार पक्क्ष बिच शन्तीसम्झौता भई  दशबर्ष सम्म चलिआएको माओबादीको जनथुध्दको अन्त्य हुन्छ । 

नेपालमा नया लहर छाएर आउछ । लामों समयदेखी चलिआएको जनयुध्दको अन्त्यले नेपाल अब त बिकासको दिशातिर उन्मुख हुन्छ की? अब त नेपालीहरु कामगर्नको लागी बिदेश जानु त पर्दैन की ?? नेपालमा रहेका युबा जनशक्तीले नेपालमा नै काम पाउछनकी?? नेपालमा बिदेसी लगानीहरु धेरै भन्दा धेरै भित्रीन्छकी ?? भन्ने जस्ता आशाहरु प्रर्तेक नेपालीहरुको मनमा छाईरहेको हुन्छ । 

कालीदास आफु बिदेशमा भएतापनि आफ्नो देशलाई केही गर्नु पर्छ है भन्दै । जापानमा हुने नेपाली कार्यकर्महरुमा सहभागीता जनाउदै जान्छ । 

दैनिकी त सधै झै बिहान ऊठने - विश्वविद्यालय जाने - आरुबाईतो ( पार्ट टाईम जब ) जाने सरकलमा नै बितीरहेको हुन्छ । 

पहिलो बर्ष सकाएर विश्वविद्यालयको दोस्रो बर्षमा प्रबेश गर्न लागेको बेलामा फेरी नेपालमा राम्रो राजनीतिक परिवर्तन आऊछ । माओवादीहरु नेपालको अंतरिम सरकारमा प्रबेश गरी राजनीतिक मुख्यधारामा आउछन । 
कालीदासको मनमा पनि धेरै हर्सोल्लास छाउछ । अब त  नेपालीहरुले अकालमा ज्यान गुमाउन पर्दैन होला । अब त केही राम्रो हुन्छ होला भन्ने सोचहरु मनमा आउछन  । 

कालीदास पनि आफुले जापानबाट सिक्नेकुराहरु छिटो सिकीसकेसम्म नेपाल फर्कनु पर्छ भन्ने मन बनाऊछ ।राजनितिकरुपमा पनि आगाडीबडीरहेको नेपाल , आफ्नो देशलाई केहीगर्नु पर्छ भन्ने सोचका साथ दिनचर्या बित्दै जान्छन  ।

विश्वविद्यालयमा पनि दोस्रो बर्षमा प्रबेश गरीसकेको हुन्छ । पहिलो बर्षमा चाही जापानी भाषा राम्रो बनाऊने भन्ने लक्क्ष लिई अगाडी बढेको हुन्छ । दोस्रो बर्ष चाही पढ़ाई त भै हाल्यो । आफु जन्मेको देश नेपाललाई पनि चिनाऊने कार्यक्रमहरु शुरु गर्ने , कोकुसाई कोर्यु (बिदेश सम्बन्धी )का कार्यकर्महरु गर्ने , पढ़ाई पनि राम्ररी नै अगाडी बढाउने जस्ता बिषयहरुलाई बढि प्राथमिकता दिने ऊधेश्यका साथ अगाडी बडने अठोट गर्दछ ।  

 नेपालबाट जापान आएका राजदुत त एउटा मात्रै हुने हुनु भयों । हामी सबै नेपालीहरुले आफुलाई एकप्रकारले नेपालको राजदुत नै सम्झनु पर्दछ । नेपाललाई आँच आउने कुरा गर्नु हुदैन बरु एक जना मात्र किननहोस नेपाल मनपराऊने जापानी बनाउनु पर्छ - बडाउनु पर्छ । भन्ने कुरा आफुले पनि गर्दछ र आफ्ना मिल्ने साथीहरुलाई पनि त्यही सल्लाह दिन्दै अगाडी बडीरहेको हुन्छ । 

विश्वविद्यालयमा पनि नेपाल सम्बन्धी जानकारी दिने कार्यक्रम पनि गर्दछ । सुरुमा त त्यती धेरै आशपनि गरेको हुदैन तर घेरै भन्दा धेरै जापानीहरु कार्यकर्ममा आउछन ।

नेपाल भनेर चिन्नेहरुपनि थिए तर कार्यकर्ममा आएर पहिलो पटक नेपालको बारेमा थाहा पाए भन्ने ! एभरेस्ट नेपालमा पर्दों रहेछ है भन्ने ! भगवान गौतम बुद्ध जन्मेको देश नेपाल हो भनेर पहिलो पटक थाहा पाए भन्ने ! पोखरा भन्ने ठाऊ कति राम्रो रहेछ जाउ जाउ लाग्यो भन्ने ! नेपालमा केहीपनि छैनहोला (गरिबहरु बढी छनहोला )भनेको त उल्टो पाए भन्नेहरु धेरै भेटीन्छन । 

कालीदासलाई सारै खुसी लाग्दछ । आफ्नो नेपाललाई , आफु जन्मेको देशलाई केही त गर्न सके जस्तो लाग्छ ।

क्रमस 

No comments:

Post a Comment