Saturday 12 December 2015

कथा अनि व्यथा-५: ‘जापानमा सबैसंग सल्लाह लिनु’



कलिदासले खांजीको टेस्टहरुमा चीन, ताइवान, कोरिया जस्ता खांजीकेन (पहिला खांजी प्रयोग गरेका देश अथवा अहिले पनि प्रयोग गर्ने) भनिने ठाउँबाट आएका विद्यार्थीहरुलाई पछाडी पार्दै क्लासमा अघिल्लो स्तरमा हुन्छ । सधै बिहान र बेलुका आरुबाइतॊ गर्ने र दिउसोको समय भाषा स्कूल जाने हुनाले सधै व्यस्त नै हुन्छ । यस्ता दिनहरु (एकै प्रकारका दिनहरु) आउने जानेक्रम चलिरहन्छ ।

जापान आएको ११-१२ महिना जति भएपनि भाषा स्कूल अब मात्र बाँकी ६ महिना हुन्छ। जापानी भाषा स्कूल सकेपछि के गर्ने त भन्ने कुराहरु मनमा खेल्न सुरु हुन्छन।

जापानीहरुको बानी के हुन्छ भने , ‘जस्तो सुकै कुरालाइ पनि पूर्व-तयारी’ । सानै उमेरमा जापान आएकोले गर्दा होला नेपालमा छदा पनि यस्त कुराहरु सुनेको हुदैन, नेपालमा कहिले सुनेको न गरेको कुरा हुन्छ । यसै क्रर्ममा एकजना जापानी सेन्सेईले जापानी भाषामा “準備のための準備が必要だ (जुन्वी नो तामे नो जुन्वी गा हिचुयु दा)” भनेर सल्लाह दिनछन् । भन्नाको मतलब तयारीको लागि पनि राम्रो पूर्व तयारी गर्नु पर्दछ ।

जापान भन्ने देश कसरी संसार कै धनि देशको दर्जामा पुग्यो त?

जापानीहरुसंग वढी घुलमेलगरेमा जापानीहरुको बानी /व्यवहार, दिन बिताउने तरिका,

काम गर्ने तरिकाहरु पनि बुज्न सकिन्छ कि? भन्ने चाहनाका साथ जापानको दाईगाकु जाने निर्णय लिन्छ।

जापानी भाषा स्कूल सकेपछि त कि त नेपाल फर्कन पर्यो, कि त सेनमोनगक्को (व्यवसायिक स्कूल) जानु पर्यो, कि त दाईगाकु(विश्वविद्यालय) जानुपर्यो । कलिदाशले सेन्सेईहरुसंग, नेपाली समुदायका अग्रजहरुसंग सल्लाह, साथ साथै विदेशी साथी, अग्रजहरुसंग पनि सल्लाह लिन्छ ।

जापानी भाषा स्कूलका सेन्सेईहरुबाट तपाई जापानी भाषा पनि राम्रो बोल्नु हुन्छ, तपाईको लेबल हेर्दा दाईगाकु जाने बाटो राम्रो हुन्छ जस्तो लाग्छू भन्ने सल्लाह पाउछ। त्यसैगरी नेपाली समुदायका अग्रजहरु यो देशमा जति पढे पनि त्यस्तै हो भिसाको लागि सेनमोनगक्को जाऊ, अनि केहिले सेन्सेईहरुजस्तै तिम्रो त उमेर पनि छ दाईगाकु जाऊ, अहिले पैसाको कुरा (कमाउने कुरा)भन्दा पढनमा धेरैजोड देउ भन्ने सल्लाह पाउछ । त्यसैगरी विदेशी साथी, अग्रजहरु पनि (जापानी भाषा राम्रो भएकोले गर्दा अनि उमेरपनि सानै भएकोले गर्दा दाईगाकु गाएर पढदा राम्रो हुने) सल्लाह दिन्छन।

सबैजनासंग सल्लाह लिएपछि, आफुलेपनि सोच्छ, धेरै सोचेपछि दाईगाकु जाने निर्णयमा पुग्छ। भर्खर उमेर पनि २१, अहिले पैसाको भन्दापनि शिक्षा ज्ञान गर्दा राम्रो हुन्छ, अहिले सम्मत जापानी भाषा मात्र पढियो, अब आउने दिनहरुमा जापानको दाईगाकु गई, जापानी साथीहरु धेरै बनाई, जापानीहरुको जस्तो जापानी भाषा भनाउने कुरा त छदैछ, जापानी युवाहरु कस्ता हुदा रहेछ बुज्ने मन बनाउछ ।

अनि त्यसै गरि जापान भन्ने देश कसरी संसार कै धनि देशको दर्जामा पुग्यो त? जापानीहरुसंग वढी घुलमेलगरेमा जापानीहरुको बानी /व्यवहार, दिन बिताउने तरिका, काम गर्ने तरिकाहरु पनि बुज्न सकिन्छ कि? भन्ने चाहनाका साथ जापानको दाईगाकु जाने निर्णय लिन्छ।

भबिस्यकोलागि भनेर 日本語能力試験(Nihongo noryoku siken)जापानी भाषाको क्षमता परीक्षण गर्ने परीक्षा、日本留学試験(Nihon ryugaku siken)अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि जापानी विश्वविद्यालय प्रवेश लागि परीक्षा दुईबटा टेष्ट पनि दिन्छ ।

अनि आफु जना चाहेको दाईगाकुको लिस्ट बनाउछ अनि सेन्सेईहरुसंग सल्लाह गर्दै, दाईगाकुका प्रवेश परीक्षा दिनको लागि फर्म पनि भर्दै जान्छ।

क्रमस:……

जापानी शब्दहरु

खांजी → चिनियाँ अक्षरहरू

सेन्सेई → शिक्षक

सेनमोनगक्को →व्यवसायिक स्कूल

दाईगाकु → विश्वविद्यालय

準備のための準備が必要だ(Jyunbi no tame no jyunbi ga hituyou da) → तयारी लागि पनि तयारीको आवश्यकता छ।

日本語能力試験(Nihongo noryoku siken) →जापानी भाषाको क्षमता परीक्षण गर्ने परीक्षा ।

日本留学試験(Nihon ryugaku siken) →अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि जापानी विश्वविद्यालय प्रवेश लागि परीक्षा ।

यो पनि : ‘जापानमा पनि उद्देश्य स्पष्ट हुनुपर्छ’

‘जापानमा पनि परिश्रमको फल मिठो हुन्छ’

‘जापानमा तपाईको लक्ष्य के हो?’

‘जापान धेरै फरक पाए’

No comments:

Post a Comment