Wednesday 17 February 2016

कथा अनि ब्यथा भाग २१ " खान्साई क्षेत्रबाट सिकेका कुराहरु "

क्योटो पनि जापानलाई चिनाऊने शहर मध्येको एउटा हो । 
टोकियो शहरमा धेरै बसेको भएर होला , टोकियो बाहेकको शहर गएर धुम्न मन पहिला देखीनै भएकाले आफ्ना बिदेशी साथीहरुसंग खान्साई शहर धुम्न गएको हुन्छ । ओसाका शहर पछि क्योटो शहर जान्छ । 


क्योटो लाई मियाको , क्योनो मियाको भनेर पनि चिनिदो रहेछ । तो र क्यो भनेर पनि भनिन्छ , यस शहरको आफ्नै इतिहास छ  । ७९४ मा क्योटो जापानको राजधानी थियो , त्यती बेला राजनितिक र  संस्कृतिको केन्द्र पनि थियो । 


कालीदास जापान आएदेखीनै यो शहर एकपटक जान मन गरेको थियो , यो शहर र नेपालको काठमाडौं  , ललितपुर  र भक्तपुर शहर संग धेरै मिल्छ जस्तो लाग्छ । किन्काकुजी , क्योमिजु देरा , झेनरिन्जी मन्दिर , एइखान्दु मन्दिर ,  जस्ता प्रख्यात मन्दिर धुम्न जान्छ । निसिकी मार्केट पनि धुम्न जान्छ । त्यहा टोकियोको भन्दा फरक बाताबरण , टोकियो भन्दा फरक मान्छेहरु  र टोकियो भन्दा फरक दृश्यहरु ले कालीदासलाई मोहित बनाउछ । त्यहा विश्वभरीका बिभिन्न देशबाटबाट आएका प्रर्यटकहरु हुन्छन , कालीदास पनि धेरै प्रर्यटकहरु संग कुराकानी गर्दछ । तर त्यति बेला आफ्नो देश , आफ्नो जन्मस्थल सम्झन्छ । 


कालीदासलाई हामीले पनि हाम्रो नेपालका शहरहरु ( काठमाडौं  , ललितपुर  , भक्तपुर ) को पनि राम्रो मार्केटिङ गर्न सकेमा अझै प्रर्यटकहरुको सङख्या पनि बढय्यो कि भनि मनमनै कुरा खेलाउछ । हाम्रो नेपालमा पनि इतिहासिक स्थलहरुको धेरै छन । हाम्रा राजनितिक पार्टीका राजनेताहरुले पुराना स्थलहरुलाई त्यती मान्यता दिदैनन , देशबाट राजशस्था हट्यो भन्दैमा प्रचिनकालका मुर्तीहरु भत्काउने , जलाउने गर्छन । पुराना स्थल , भबन लाई राम्ररी जोगाउन सकेमा र त्यसको राम्रो मार्केटिङ गर्न , ब्यबस्थापन गर्न सकेमा जापानको क्योटोमा विश्वभरीबाट प्रर्यटकहरु आए जस्तै , नेपालमा पनि धेरै भन्दा धेरै प्रर्यटकहरु आउथे कि जस्तो लाग्छ । 


कालीदास र साथीहरु क्योटोमा एक रात बसी भोलिपल्ट कोबे तिर लाग्छन । कोबे जापानको छेटौ ठुलो शहर हो । ह्योगो क्षेत्रको राजघानी पनि हो । कोबे शहर चाही १८५३ मा बिदेश ( पश्चिम ) संग ब्यापार गर्ने शहरहरु मध्येको एउटा शहर हो । साथसाथै कोबे बन्दरगाह खान्साई क्षेत्रको ब्यस्त मध्येको एक बन्दरगाहमा पर्दछ । १९९५ मा हान्सीन क्षेत्रमा आएको ठुलो भुकम्पले कोबेका धेरै क्षेत्रहरु प्रभाबित भएका थिए । तर जापानीहरुको आत्मबिश्बास , धैर्यता र प्रयासले गर्दा भुकम्पले निम्याएका क्षेत्रीहरुलाई बिर्सेर , भुकम्प भन्दा पहिलाको जस्तै स्थितीमा फर्किन सफल भएका रहेछन ।  यसबाट पनि हामी नेपालीहरुले सिक्नु पर्ने कुराहरु धेरै छन । दुखमा नमात्तिनु र शुखमा नआत्तिनु भनेको जस्तै , प्रार्कितिक प्रर्कोप आएपनि हरेस नखाई , क्रमिकरुपमा प्रयास गर्दै गएमा अबस्यपनि शुखका दिन , हास्ने दिनहरु आउनेछन । हामीले यस्ता कुरा यस कोबेबाट सिक्नु पर्छ । 


कोबेका पनि प्रख्यात क्षेत्रहरु धेरै छन , कालीदासहरु पनि 
इकुता मन्दिर , कितानो , कोबे हार्बरल्यान्ड , कोबे चाइनाटाउन , मेरीकेन पार्क , आकासी खाईक्यो पुल ,जान्छ । कोबे हिमालसंग पनि , समुद्रसंग पनि जोडिएको  छ र हिमालको मिठो खानेकुराहरु , समुद्रको मिठो खानेकुराहरु दुबै पाईन्छ । साथसाथै जापानको अरु शहर जस्तै अति ब्यबस्थित भएको पाउछ । यस शहरबाट पनि नेपालले सिक्ने कुराहरु धेरै छन । 


कोबेको चाइना टाउनमा साथीहरुसंग धुम्दै गर्दा एकजना नेपालीलाई भेंटछ । काठमाडौं घर भई अहिले कोबेको जापानी भाषा स्कुलमा पढदै रहेछ । नेपालबाट आएको ६ महिना भएको रहेछ । आएको ६ महिनामा नै , यो जापानी भाषा पढेर काम छैन फ्युचर नै छैन जापानमा , बरु अमेरीका जान पाएको भए हुन्थ्योभन्ने कुरा गर्दछ । कालीदासले त्यो भाईलाई जापानको बारेमा जानकारी दिन आफ्ना दुखका दिनहरुको बारेमा बताउछ र भन्छ  विश्वभरीका जुन सुकै देशमा गए पनि एउटै हो , पढने मान्छे ले जाहा पनि पढन सक्छ । नाच्न नजान्ने आँगन टेडो भनेको जस्तो , पहिला आफुले प्रयास गर्नु पर्दछ ,अठोट राख्नु पर्दछ अनि लगनका साथ पढदै जानु पर्दछ , त्यसपछि सबै कुराहरु आफै मिल्दै आउछ । जापानलाई दोष दिने हैन , पहिला आफु भित्र को दोष खोज्ने त्यसपछि त्यो दोषलाई मेटाउदै जानु पर्छ भन्ने सल्लाह दिन्छ । 


केही समय त्यो भाई संग कुरा गरि , साथीहरु भएको होटलमा फर्कन्छ । त्यो दिन साथीहरुसंग होटलमा खान पिन गरि , बेलुका सुत्न भन्दा अगाडी बारमा गएर हल्का पिउछन ।  ओसाका , क्योटो र कोबेमा बिताएका कुराहरुको कुरा गर्दा गर्दै कति चाडो रातीको १ बजेको पत्तै पाउदैन ।  फेरी भोली पल्ट बिहानैको सिनखानसेनबाट टोकियो फर्कनु पर्ने हुनाले सुत्न गईहाल्छ । 


क्रमस.....................

Monday 8 February 2016

कथा अनि ब्यथा भाग २०

कथा अनि ब्यथा भाग २०


२००८ को जाडो बिदा सकिई दाईगाकु पनि सुरु हुन्छ  । एक हप्ता जती कलेज गएपछि , आकी तेइकि सिकेन (秋期定期試験(授業期間外試験)) वसन्त आवधिको परीक्षा पनि सुरुहुन गैराखेको हुन्छ । कुनै परीक्षामा  नोटनै ( मेमों ) लिएर जना पाइन्छ , कुनैमा चाही रिपोर्ट मात्र बुझाए पुग्छ , तर कुनैमा चाही केहि पनि लिएर जना पाइदैन ।सबै दाईगाकु क्योजु ( विश्वविद्यालय प्राध्यापक ) ले फ़िक्स गर्दछन ,  प्राध्यापक अनुसार परीक्षा गर्ने तरिका फरक हुन्छ । नेपालको परीक्षामा भन्दा जापानको परीक्षा फरक हुन्छ कालीदासको बिचारमा । नेपालको घोकन्ते विध्याको तुलनामा जापानको प्राक्टिकल विध्या हुन्छ । कालिदासलाई नेपालको भन्दा जापानको तरिका मन पर्छ , नेपालमा पनि यहाँको जस्तो प्राक्टिकल तरिकाले पढाई गर्ने प्रक्रियामा परिणत गर्न सकेमा नेपालको शिक्षाक्षेत्र पनि अझै अगाडी जन्त्यो होला होइन भनेर मन मनै कुरा खेलाई राखेको हुन्छ ।


 
तर के गर्ने नेपालको कुरा गर्यो कुराकै ढुख भनेको जस्तो , कुरा गर्ननै मन लाग्दैन । नेपालमा सबैजना आफु ,आफ्नो परिवार , आफ्नो नातेदारको कुरा मात्र गर्छन , आफ्नो मान्छे हरुलाई मात्र राम्रो बनाउन पाए , अरु गरिब जनताको कुरामा कसैको ध्याननै छैन होइन र ? नेपाली भएर नेपाल को माया त लाग्छ के गर्ने ,नेपालका सरकारी कर्मचारीहरु सबैजना आफ्नो बारेमा बाहेक सोच्दैनन , नेपाल बनाउने कसले खै भन्ने कुरा साथी संग गर्छ ।


 
एक हप्ता पछि आकी तेइकि सिकेन (秋期定期試験(授業期間外試験)) वसन्त आवधिको परीक्षा पनि सुरु हुन्छ । कालिदासले दोस्रो वर्ष पनि एकदिन पनि बिदा नलिईकन प्रतेक दिन कलेज गएको हुनाले ,परीक्षा आएपनि केहि चिन्ता लिदैन । तर परीक्षा सुरुहुन लगेर होला नि जापानी साथीहरुले फोन गर्छन ।त्यति फोन नगर्ने ,मेल नगर्ने साथीहरुले किन फोन गरे भनेर कालिदास दङ्ग पर्दै , अचम्म मनिराखेको हुन्छ । कालिदासले हुन्छ भनेर सथिहरुसंग भेट्न जान्छ , त्यति बेला बल्ल थाहा  पाउछ , साथीहरुले फोन गरेको कारण , मेल गरेको कारण , नोट कपी गर्नको लागि रहेछ । कालिदाशले एकदिन पनि बिदा नबसी कलेज जाने , र सबै नोट राम्ररी टिप्ने कुरा थाहा भएर रहेछ । कालिदाशले बल्ल थाहा पाउछ । तर साथीहरुलाई सहयोग गर्न पाएकोमा कालिदाश पनि दङ्ग पर्छ ,खुसी प्रकट गर्दछ । 


 
परीक्षापनि सुरुभई , करिब एक हप्तामा सक्की हाल्छ ।  कालिदाश दोस्रो वर्ष पनि राम्रै पढेकोले होला परीक्षामा त्यती कठिनाई भोग्दैन  । 


अन्तिम दिनमा केईगाकु रोन ( म्यानेजमेन्ट ) बिषयको परीक्षा हुन्छ । परीक्षा सकाएर दाईगाकुको क्यानटिनमा खाना खान जान्छ । एकजनाको लागी घरमा खाना बनाउनु भन्दा दाईगाकुमा खाना खानु सस्ते पर्ने भएकाले सकेसम्म खाना दाईगाकुमा नै खाने गरेको हुन्छ । खाना अंडर गर्ने चिट ( कुपन ) किन्न हामबाईकी गई लाईन लाएर बसेको हुन्छ । आफ्नो पछाड़ी फोनमा कुरा गरेको मान्छे पनि लाईन लाएर बसेको हुन्छ , कालीदासले अनुहार त देखेको हुदैन आबाजमात्रै सुनेको हुन्छ । कताकता आफ्नो कोहाई शुदरसनको आबाज जस्तो लाग्छ अनि पछाड़ी फर्केर हेर्दछ । शुदरसननै रहेछ , उ पनि दन्ग पर्दछ । त्यसपछि दुबै जना सगै कुपन किनि , नजिकैको बेन्चमा बसी कुरा गर्दै खाना खान शुरु गर्दछन । 


 
कालीदासले आफु ३ महिनामा नेपाल जाने र त्यो भन्दा पहिला २ महिनामा खान्साई एरिया जाने कुरा गर्छ । शुदरसनले उरानायासीने भनेर भन्छ । कुरा गर्दै जादा शुदरसनले एउटा कुरा गर्दछ जुन कुराले कालीदासको मन रुहाउछ । उसले केहीसमय अगाडी टोकियोको तोगोसी गिन्जा र निसी कोयामा भन्ने ठाउमा भएको घटनाको बारेमा कुरा गर्दछ । त्यति बेला (२००४ - २०१०) निसीकोयामा र तोगोसी गिन्जा भनेको अहिलेको ( २०१४ - २०१६ ) सिन ओकुबो भनेको जस्तै नेपालीहरु धेरै बस्ने ठाउ थियो । त्यहा नेपाली सामान बेच्ने पसलहरु पनि धेरै थिए र नेपालीहरु पनि धेरै बस्दथे , कालीदास पनि एकपटक निसिकोयामा एकि नजिकैको तरकारी पसलमा काम गर्न इन्टरब्यु दिन गएको ठाउ थियो । त्यहा काम गर्ने करिब २० जना नेपालीहरुलाई , नेपाल फिर्ता पठाईदिएको रहेछ । त्यतीबेला लिगल मान्छेहरु भन्दा ईलिगल अर्थात ओबर स्टेहरु धेरै थिए । 


केही मान्छेहरु यस्ता रहेछन कि , जसले त्यतिबेलाको १० लाख जति तिरेर जापान टुरिस्ट भिषामा आएका रहेछन । बिचराहरु जापान आएको ४-५ महिनामा नै ईमिग्रेसनको प्रकाउमा परेका रहेछन । जापान आएको पैसा तिर्नु नपाऊदै बिचराहरु नेपाल फर्कन परेको रहेछ । अहिले ( २०१६ ) को जस्तो थिएन पहिला , बल्ल बल्ल नेपालीलाई भिशा दिन्थ्यो , त्यहीपनि टुरिस्ट भिषा ३ महिना पछि लुकेर काम गर्न पर्दथ्यो । कालीदासले चिनेको मान्छे पनि ईमिग्रेसनको कारबाहीमा परेकाले , त्यो ख़बर शुदरसनको मुखबाट सुन्ने बितिकै कालीदास दुखित हुन्छ । तर के गर्ने भाग्यलाई दोश दिनु पर्ने हुन्छ । 


त्यसपछि दुबै जना खाना सकाई आ-आफ्नो घरतिर लाग्छन । अब ४ महिनाबाट मात्र कलेज जानुपर्ने  र त्यो बेला सम्म बिदा भएकोले कालिदास नेपाल फर्कने योजना बनाएको हुन्छ । करिब ३ महिना तिर नेपाल जाने गरि टिकेट पनि लिन्छ तर फेरी नेपाल जानु भन्दा अहाडी एक महिना जति बिदा बाकी हुने भएकोले ,क्यानाडाको साथी र जापानी साथीहरुसंग ऒसाका ,कॊबे ,क्योटो जाने योजना पनि बनाएको हुन्छ  ।


 
सबैजना गरि ४ जना भएर पहिला ऒसाका जान्छन । ऒसाकाको दोतोंबुरी गई ताकोयाकी खाई , कुईदाउरे निन्न्ग्यो संग खेली , दोंकी होटेको खानरानश्या मा चडी ,पहिलो दिन बिताउछन । यो दिन को बेलुका चाही जापानी साथी को दिदि को घर मा बस्छन । त्यो दिन टोकियो बाट गएको अनि ओसाकामा धुमधाम पनि गरेकाले सारै थाकेका हुन्छन । बेलुका साथीको दिदिको धरमा गई , साथीको दिदि संग र दिदिको छोरी संग धुलमिल गर्छन । दिदिको छोरी चाही बिदेसी मान्छे आफ्नो धरमा आएकोले होला । खुसी हुन्छे र ईन्गलिस भाषा प्रयोग गर्छन । दिदिको छोरीलाई पनि ईन्गलिस पढाएको ले होला , कालीदास र क्यानाडाको साथीहरुसंग बोल्न भनेर भन्छिन , कालीदास र क्यानाडाको साथीले बेलुकाको खाना खाई , दिदिको छोरीसंग बेलुका अबेर सम्म खेल्छन । दिउसो पनि धेरै हिडेकोले होला , थाकेकोले केही समय छोरीसंग खेली सुतीहाल्छन । 


 
दोस्रो दिन चाही ऒसाका ज्यो जान्छन । ऒसाका ज्यो भनेको जापानको ऒसाकाको सिम्बोल पनि हो । ओसाका ज्यो (क्यासल ) १५८३ मा तोयोतोमी हिदेयोशीले बनाएका हुन् । १५८३ बाट १८६८ सम्मयो महल को रुप मा प्रयोग पनि गरिएको थियो रे  । ओसाका ज्यो (क्यासल) को माथि बाट सम्पूर्ण ऒसाका हेर्न सकिन्छ । प्राचिन काल मा यहाँ ठुला घर हरु नभएकाले ऒसाका को सम्पूर्ण घर हरु हेर्न सकिन्त्यो रे तर अहिले ठुला ठुला घर हरु बढेकोले गर्दा सम्पूर्ण घर हरु त हेर्न सकिदैन तर पनि ऒसाकाका घर हरु हेर्न सकिन्छ ।जापानी साथीको दिदिको घरमा गई दिउसो को खानाखाई ,साथीको  दिदि र छोरी संग बिदा मागी क्योटो तिर लाग्न थाल्छन । घर बाट बाहिर निस्किन खोज्दा  सानो छोरीले जान्ने दिदिन , कालिदास र क्यानाडा को साथी लाइ " म पनि जान्छु बनेर भन्छे र रुन्छे पनि  , त्यसपछि कालिदास र क्यानाडा को साथीले जापानी साथीको दिदिको छोरी र ओरिजिनल गिफ्ट दिने निर्णय गर्दछन । कालिदासले चाही नेपाल बाट आएको केटा , ओसाका ज्यो (क्यासल) को तस्बिर र क्यानाडाको साथी ,जापानी साथी २ जना अनि जापानी साथीको दिदि र छोरी को चित्र कोरेर छोरी लाई दिन्छ  ।
क्यानाडाको साथी ले पनि क्यानाडा र जापानको झन्डाको चित्र अनि सबैजना को चित्र कोरेर ,छोरी लाई दिन्छ ।त्यसपछि कालिदासको र क्यानाडा को साथी ले बल्ल बल्ल छोरी लाई फकाई ,सबैजना मिलेर क्योटो  तिर जन्छन ।


 
त्यसपछि चारैजना ऒसाका बाट क्योटो तिर जन्छन , क्योटो पनि जापानलाइ चिनाउने राम्रो सहर रहेछ । 


 
क्रमस .  


आकी तेइकि सिकेन (秋期定期試験(授業期間外試験)) 
: वसन्त आवधिको परीक्षा 
दाईगाकु : विश्वविद्यालय
नोटनै ( मेमों ) : मेमो 
दाईगाकु क्योजु : विश्वविद्यालय प्राध्यापक 
केईगाकु रोन : म्यानेजमेन्ट 
हामबाईकी: Vending machine
उरानायासीने: Enviable
तोगोसी गिन्जा र निसी कोयामा :टोकियोको ठाऊको नाम
सिन ओकुबो : टोकियोको ठाऊको नाम
ईलिगल अर्थात ओबर स्टेहरु : भिषाको भ्यालिड सकिएका 
ऒसाका ,कॊबे ,क्योटो : जापानको ठाऊको नाम
दोतोंबुरी : ओसाकाको ठाउको नाम
ताकोयाकी : ओसाकोको प्रख्यात ठाउको नाम
कुईदाउरे निन्न्ग्यो : ओसाको प्रख्यात क्यारेकटर
दोंकी होटेको खानरानश्या : दोंकी होटेको पिन्ग
ओसाका ज्यो : ओसाका क्यासल 
तोयोतोमी हिदेयोशी : जापानका प्रख्यात ब्यक्ती 

Tuesday 2 February 2016

कथा अनि व्यथा भाग १९ । " धुम्न पाउदा मख्ख परियो …… "

२००७ सालको जाड़ों बिदामा टोकियोमा नै बस्ने नातेदारको घरमा गई, सबै जनाको जाड़ों बिदा भएकाले, आफ्नो साथीहरु बोलाएर योकोहामा मिनातो मिराई भन्ने ठाउमा जान्छन । कालीदास जापान आएको ३ बर्ष हुदा पनि योकोहामा शहर गएको थिएन। नया मान्छेहरुसंग नया शहर घुम्न जान पाएकोमा कालीदास पनि मख्ख परिरहेको हुन्छ। नातेदार, नातेदारका साथीहरुसंग योकोहामा शहरको मिनातो मिराई भन्ने ठाउमा जेत्टो कोसुटा, आकासे पिङ् (खानरानस्या) र अन्य खेलहरु खेल्दछन । 


नेपालमा पनि भृकुटी मण्डपमा पिङ् अनि अरु खेलहरु राखिएको छ तर यति व्यवस्थित छैन जस्तो लाग्छ । मनमनै हाम्रो देशमा पनि प्रत्येक शहरमा यस्तै खेल्ने ठाउ भए बच्चा अनि युवा-युवतीहरुलाई घुम्ने ठाउ मिल्थ्यो की भनेर सोचिरहन्छ । त्यसपछि सबैजना नजिकैको चाईनिज रेस्टुर्न्टमा खाना खाई, पानी जाहाजमा चढी समुन्द्रलाई नजिकबाट हेर्दछन । 





समुन्द्र नै नभएको ठाउबाट आएको कालीदास समुन्द्रलाई यति नजिकबाट हेर्न पाउदा अत्यन्तै खुशी हुन्छ । सवैजना रमाईरहेका हुन्छन । जापान आएदेखीनै खान्तो शहर (टोकियो, योकोहामारखानागाबा, यामानासी, चिबा) मा बस्दै गरेको ले गर्दा पनि होला, यो ठाउ अत्यन्तै मन पर्दछ । यो क्षेत्रमा रहेका योकोहामा जस्तो एतिहासिक शहर, चिबा टोकियो डिज़्नी ल्यान्ड पनि भएकोले, यामानासीमा जापानलाई सन्सारमा चिनाऊने फुजी हिमाल, कालीदासलाई मन पर्ने ठाउहरुमा पर्दैछन । 





हामीहरुले पनि हाम्रो देशको एतिहासिक स्थलहरुको मार्केटिंग गर्न सकेमा, डिज़्नी ल्यान्ड जस्तो घुम्ने ठाउ बनाउन पाएमा, फुजी हिमालमा जसरी जान धेरै सजिलो छ, त्यसरीनै हाम्रा हिमालहरुमा पनि जान सजिलो बनाउन सकेमा भन्नै कुराहरु मनमनै खेलाउछ । 




==============
टोकियो
योकोहामा मिनातो मिराई
जेत्टो कोसुटा
आकासे पिङ् (खानरानस्या)
खान्तो शहर (टोकियो, योकोहामारखानागाबा, यामानासी, चिबा)
डिज़्नी ल्यान्ड
फुजी हिमाल
==============