Tuesday 2 February 2016

कथा अनि व्यथा भाग १९ । " धुम्न पाउदा मख्ख परियो …… "

२००७ सालको जाड़ों बिदामा टोकियोमा नै बस्ने नातेदारको घरमा गई, सबै जनाको जाड़ों बिदा भएकाले, आफ्नो साथीहरु बोलाएर योकोहामा मिनातो मिराई भन्ने ठाउमा जान्छन । कालीदास जापान आएको ३ बर्ष हुदा पनि योकोहामा शहर गएको थिएन। नया मान्छेहरुसंग नया शहर घुम्न जान पाएकोमा कालीदास पनि मख्ख परिरहेको हुन्छ। नातेदार, नातेदारका साथीहरुसंग योकोहामा शहरको मिनातो मिराई भन्ने ठाउमा जेत्टो कोसुटा, आकासे पिङ् (खानरानस्या) र अन्य खेलहरु खेल्दछन । 


नेपालमा पनि भृकुटी मण्डपमा पिङ् अनि अरु खेलहरु राखिएको छ तर यति व्यवस्थित छैन जस्तो लाग्छ । मनमनै हाम्रो देशमा पनि प्रत्येक शहरमा यस्तै खेल्ने ठाउ भए बच्चा अनि युवा-युवतीहरुलाई घुम्ने ठाउ मिल्थ्यो की भनेर सोचिरहन्छ । त्यसपछि सबैजना नजिकैको चाईनिज रेस्टुर्न्टमा खाना खाई, पानी जाहाजमा चढी समुन्द्रलाई नजिकबाट हेर्दछन । 





समुन्द्र नै नभएको ठाउबाट आएको कालीदास समुन्द्रलाई यति नजिकबाट हेर्न पाउदा अत्यन्तै खुशी हुन्छ । सवैजना रमाईरहेका हुन्छन । जापान आएदेखीनै खान्तो शहर (टोकियो, योकोहामारखानागाबा, यामानासी, चिबा) मा बस्दै गरेको ले गर्दा पनि होला, यो ठाउ अत्यन्तै मन पर्दछ । यो क्षेत्रमा रहेका योकोहामा जस्तो एतिहासिक शहर, चिबा टोकियो डिज़्नी ल्यान्ड पनि भएकोले, यामानासीमा जापानलाई सन्सारमा चिनाऊने फुजी हिमाल, कालीदासलाई मन पर्ने ठाउहरुमा पर्दैछन । 





हामीहरुले पनि हाम्रो देशको एतिहासिक स्थलहरुको मार्केटिंग गर्न सकेमा, डिज़्नी ल्यान्ड जस्तो घुम्ने ठाउ बनाउन पाएमा, फुजी हिमालमा जसरी जान धेरै सजिलो छ, त्यसरीनै हाम्रा हिमालहरुमा पनि जान सजिलो बनाउन सकेमा भन्नै कुराहरु मनमनै खेलाउछ । 




==============
टोकियो
योकोहामा मिनातो मिराई
जेत्टो कोसुटा
आकासे पिङ् (खानरानस्या)
खान्तो शहर (टोकियो, योकोहामारखानागाबा, यामानासी, चिबा)
डिज़्नी ल्यान्ड
फुजी हिमाल
==============




No comments:

Post a Comment