Monday 8 February 2016

कथा अनि ब्यथा भाग २०

कथा अनि ब्यथा भाग २०


२००८ को जाडो बिदा सकिई दाईगाकु पनि सुरु हुन्छ  । एक हप्ता जती कलेज गएपछि , आकी तेइकि सिकेन (秋期定期試験(授業期間外試験)) वसन्त आवधिको परीक्षा पनि सुरुहुन गैराखेको हुन्छ । कुनै परीक्षामा  नोटनै ( मेमों ) लिएर जना पाइन्छ , कुनैमा चाही रिपोर्ट मात्र बुझाए पुग्छ , तर कुनैमा चाही केहि पनि लिएर जना पाइदैन ।सबै दाईगाकु क्योजु ( विश्वविद्यालय प्राध्यापक ) ले फ़िक्स गर्दछन ,  प्राध्यापक अनुसार परीक्षा गर्ने तरिका फरक हुन्छ । नेपालको परीक्षामा भन्दा जापानको परीक्षा फरक हुन्छ कालीदासको बिचारमा । नेपालको घोकन्ते विध्याको तुलनामा जापानको प्राक्टिकल विध्या हुन्छ । कालिदासलाई नेपालको भन्दा जापानको तरिका मन पर्छ , नेपालमा पनि यहाँको जस्तो प्राक्टिकल तरिकाले पढाई गर्ने प्रक्रियामा परिणत गर्न सकेमा नेपालको शिक्षाक्षेत्र पनि अझै अगाडी जन्त्यो होला होइन भनेर मन मनै कुरा खेलाई राखेको हुन्छ ।


 
तर के गर्ने नेपालको कुरा गर्यो कुराकै ढुख भनेको जस्तो , कुरा गर्ननै मन लाग्दैन । नेपालमा सबैजना आफु ,आफ्नो परिवार , आफ्नो नातेदारको कुरा मात्र गर्छन , आफ्नो मान्छे हरुलाई मात्र राम्रो बनाउन पाए , अरु गरिब जनताको कुरामा कसैको ध्याननै छैन होइन र ? नेपाली भएर नेपाल को माया त लाग्छ के गर्ने ,नेपालका सरकारी कर्मचारीहरु सबैजना आफ्नो बारेमा बाहेक सोच्दैनन , नेपाल बनाउने कसले खै भन्ने कुरा साथी संग गर्छ ।


 
एक हप्ता पछि आकी तेइकि सिकेन (秋期定期試験(授業期間外試験)) वसन्त आवधिको परीक्षा पनि सुरु हुन्छ । कालिदासले दोस्रो वर्ष पनि एकदिन पनि बिदा नलिईकन प्रतेक दिन कलेज गएको हुनाले ,परीक्षा आएपनि केहि चिन्ता लिदैन । तर परीक्षा सुरुहुन लगेर होला नि जापानी साथीहरुले फोन गर्छन ।त्यति फोन नगर्ने ,मेल नगर्ने साथीहरुले किन फोन गरे भनेर कालिदास दङ्ग पर्दै , अचम्म मनिराखेको हुन्छ । कालिदासले हुन्छ भनेर सथिहरुसंग भेट्न जान्छ , त्यति बेला बल्ल थाहा  पाउछ , साथीहरुले फोन गरेको कारण , मेल गरेको कारण , नोट कपी गर्नको लागि रहेछ । कालिदाशले एकदिन पनि बिदा नबसी कलेज जाने , र सबै नोट राम्ररी टिप्ने कुरा थाहा भएर रहेछ । कालिदाशले बल्ल थाहा पाउछ । तर साथीहरुलाई सहयोग गर्न पाएकोमा कालिदाश पनि दङ्ग पर्छ ,खुसी प्रकट गर्दछ । 


 
परीक्षापनि सुरुभई , करिब एक हप्तामा सक्की हाल्छ ।  कालिदाश दोस्रो वर्ष पनि राम्रै पढेकोले होला परीक्षामा त्यती कठिनाई भोग्दैन  । 


अन्तिम दिनमा केईगाकु रोन ( म्यानेजमेन्ट ) बिषयको परीक्षा हुन्छ । परीक्षा सकाएर दाईगाकुको क्यानटिनमा खाना खान जान्छ । एकजनाको लागी घरमा खाना बनाउनु भन्दा दाईगाकुमा खाना खानु सस्ते पर्ने भएकाले सकेसम्म खाना दाईगाकुमा नै खाने गरेको हुन्छ । खाना अंडर गर्ने चिट ( कुपन ) किन्न हामबाईकी गई लाईन लाएर बसेको हुन्छ । आफ्नो पछाड़ी फोनमा कुरा गरेको मान्छे पनि लाईन लाएर बसेको हुन्छ , कालीदासले अनुहार त देखेको हुदैन आबाजमात्रै सुनेको हुन्छ । कताकता आफ्नो कोहाई शुदरसनको आबाज जस्तो लाग्छ अनि पछाड़ी फर्केर हेर्दछ । शुदरसननै रहेछ , उ पनि दन्ग पर्दछ । त्यसपछि दुबै जना सगै कुपन किनि , नजिकैको बेन्चमा बसी कुरा गर्दै खाना खान शुरु गर्दछन । 


 
कालीदासले आफु ३ महिनामा नेपाल जाने र त्यो भन्दा पहिला २ महिनामा खान्साई एरिया जाने कुरा गर्छ । शुदरसनले उरानायासीने भनेर भन्छ । कुरा गर्दै जादा शुदरसनले एउटा कुरा गर्दछ जुन कुराले कालीदासको मन रुहाउछ । उसले केहीसमय अगाडी टोकियोको तोगोसी गिन्जा र निसी कोयामा भन्ने ठाउमा भएको घटनाको बारेमा कुरा गर्दछ । त्यति बेला (२००४ - २०१०) निसीकोयामा र तोगोसी गिन्जा भनेको अहिलेको ( २०१४ - २०१६ ) सिन ओकुबो भनेको जस्तै नेपालीहरु धेरै बस्ने ठाउ थियो । त्यहा नेपाली सामान बेच्ने पसलहरु पनि धेरै थिए र नेपालीहरु पनि धेरै बस्दथे , कालीदास पनि एकपटक निसिकोयामा एकि नजिकैको तरकारी पसलमा काम गर्न इन्टरब्यु दिन गएको ठाउ थियो । त्यहा काम गर्ने करिब २० जना नेपालीहरुलाई , नेपाल फिर्ता पठाईदिएको रहेछ । त्यतीबेला लिगल मान्छेहरु भन्दा ईलिगल अर्थात ओबर स्टेहरु धेरै थिए । 


केही मान्छेहरु यस्ता रहेछन कि , जसले त्यतिबेलाको १० लाख जति तिरेर जापान टुरिस्ट भिषामा आएका रहेछन । बिचराहरु जापान आएको ४-५ महिनामा नै ईमिग्रेसनको प्रकाउमा परेका रहेछन । जापान आएको पैसा तिर्नु नपाऊदै बिचराहरु नेपाल फर्कन परेको रहेछ । अहिले ( २०१६ ) को जस्तो थिएन पहिला , बल्ल बल्ल नेपालीलाई भिशा दिन्थ्यो , त्यहीपनि टुरिस्ट भिषा ३ महिना पछि लुकेर काम गर्न पर्दथ्यो । कालीदासले चिनेको मान्छे पनि ईमिग्रेसनको कारबाहीमा परेकाले , त्यो ख़बर शुदरसनको मुखबाट सुन्ने बितिकै कालीदास दुखित हुन्छ । तर के गर्ने भाग्यलाई दोश दिनु पर्ने हुन्छ । 


त्यसपछि दुबै जना खाना सकाई आ-आफ्नो घरतिर लाग्छन । अब ४ महिनाबाट मात्र कलेज जानुपर्ने  र त्यो बेला सम्म बिदा भएकोले कालिदास नेपाल फर्कने योजना बनाएको हुन्छ । करिब ३ महिना तिर नेपाल जाने गरि टिकेट पनि लिन्छ तर फेरी नेपाल जानु भन्दा अहाडी एक महिना जति बिदा बाकी हुने भएकोले ,क्यानाडाको साथी र जापानी साथीहरुसंग ऒसाका ,कॊबे ,क्योटो जाने योजना पनि बनाएको हुन्छ  ।


 
सबैजना गरि ४ जना भएर पहिला ऒसाका जान्छन । ऒसाकाको दोतोंबुरी गई ताकोयाकी खाई , कुईदाउरे निन्न्ग्यो संग खेली , दोंकी होटेको खानरानश्या मा चडी ,पहिलो दिन बिताउछन । यो दिन को बेलुका चाही जापानी साथी को दिदि को घर मा बस्छन । त्यो दिन टोकियो बाट गएको अनि ओसाकामा धुमधाम पनि गरेकाले सारै थाकेका हुन्छन । बेलुका साथीको दिदिको धरमा गई , साथीको दिदि संग र दिदिको छोरी संग धुलमिल गर्छन । दिदिको छोरी चाही बिदेसी मान्छे आफ्नो धरमा आएकोले होला । खुसी हुन्छे र ईन्गलिस भाषा प्रयोग गर्छन । दिदिको छोरीलाई पनि ईन्गलिस पढाएको ले होला , कालीदास र क्यानाडाको साथीहरुसंग बोल्न भनेर भन्छिन , कालीदास र क्यानाडाको साथीले बेलुकाको खाना खाई , दिदिको छोरीसंग बेलुका अबेर सम्म खेल्छन । दिउसो पनि धेरै हिडेकोले होला , थाकेकोले केही समय छोरीसंग खेली सुतीहाल्छन । 


 
दोस्रो दिन चाही ऒसाका ज्यो जान्छन । ऒसाका ज्यो भनेको जापानको ऒसाकाको सिम्बोल पनि हो । ओसाका ज्यो (क्यासल ) १५८३ मा तोयोतोमी हिदेयोशीले बनाएका हुन् । १५८३ बाट १८६८ सम्मयो महल को रुप मा प्रयोग पनि गरिएको थियो रे  । ओसाका ज्यो (क्यासल) को माथि बाट सम्पूर्ण ऒसाका हेर्न सकिन्छ । प्राचिन काल मा यहाँ ठुला घर हरु नभएकाले ऒसाका को सम्पूर्ण घर हरु हेर्न सकिन्त्यो रे तर अहिले ठुला ठुला घर हरु बढेकोले गर्दा सम्पूर्ण घर हरु त हेर्न सकिदैन तर पनि ऒसाकाका घर हरु हेर्न सकिन्छ ।जापानी साथीको दिदिको घरमा गई दिउसो को खानाखाई ,साथीको  दिदि र छोरी संग बिदा मागी क्योटो तिर लाग्न थाल्छन । घर बाट बाहिर निस्किन खोज्दा  सानो छोरीले जान्ने दिदिन , कालिदास र क्यानाडा को साथी लाइ " म पनि जान्छु बनेर भन्छे र रुन्छे पनि  , त्यसपछि कालिदास र क्यानाडा को साथीले जापानी साथीको दिदिको छोरी र ओरिजिनल गिफ्ट दिने निर्णय गर्दछन । कालिदासले चाही नेपाल बाट आएको केटा , ओसाका ज्यो (क्यासल) को तस्बिर र क्यानाडाको साथी ,जापानी साथी २ जना अनि जापानी साथीको दिदि र छोरी को चित्र कोरेर छोरी लाई दिन्छ  ।
क्यानाडाको साथी ले पनि क्यानाडा र जापानको झन्डाको चित्र अनि सबैजना को चित्र कोरेर ,छोरी लाई दिन्छ ।त्यसपछि कालिदासको र क्यानाडा को साथी ले बल्ल बल्ल छोरी लाई फकाई ,सबैजना मिलेर क्योटो  तिर जन्छन ।


 
त्यसपछि चारैजना ऒसाका बाट क्योटो तिर जन्छन , क्योटो पनि जापानलाइ चिनाउने राम्रो सहर रहेछ । 


 
क्रमस .  


आकी तेइकि सिकेन (秋期定期試験(授業期間外試験)) 
: वसन्त आवधिको परीक्षा 
दाईगाकु : विश्वविद्यालय
नोटनै ( मेमों ) : मेमो 
दाईगाकु क्योजु : विश्वविद्यालय प्राध्यापक 
केईगाकु रोन : म्यानेजमेन्ट 
हामबाईकी: Vending machine
उरानायासीने: Enviable
तोगोसी गिन्जा र निसी कोयामा :टोकियोको ठाऊको नाम
सिन ओकुबो : टोकियोको ठाऊको नाम
ईलिगल अर्थात ओबर स्टेहरु : भिषाको भ्यालिड सकिएका 
ऒसाका ,कॊबे ,क्योटो : जापानको ठाऊको नाम
दोतोंबुरी : ओसाकाको ठाउको नाम
ताकोयाकी : ओसाकोको प्रख्यात ठाउको नाम
कुईदाउरे निन्न्ग्यो : ओसाको प्रख्यात क्यारेकटर
दोंकी होटेको खानरानश्या : दोंकी होटेको पिन्ग
ओसाका ज्यो : ओसाका क्यासल 
तोयोतोमी हिदेयोशी : जापानका प्रख्यात ब्यक्ती 

No comments:

Post a Comment