Sunday 3 April 2016

कथा अनि व्यथा भाग २७ “जापान बस्दा नि आँसु, नेपालमा नि आँसु”

नेपाल आउदा पनि आँसु आयो,जापान फर्कदा नि आँसु
तर यी दुई आसुको अर्थ चाही फरक थियो ।

हेर्दा हेर्दै जापान फर्कने दिन हरु पनि आउछ  । नेपालमा बस्ने दिनहरु पनि बाकी ३ दिन मात्र थियो  । बाकी समय आफ्ना घर परिवार संग खर्च गर्न निर्णय गर्छ । जापानको बसोबास पनि लामो भएकोले गर्दा होला बुवा आमा संग बस्दा खेरि को , खान खादा खेरि को आनन्द अर्कै थियो । आखिर आफ्नो देश , आफु जन्मेको ठाउँ , आफ्नो घर परिवार भनेको आफ्नै हुदो रहेछ । आउदा वर्षमा सकसम्मा वर्ष मा एक पटक आफ्नो देश फर्कनु पर्ने कुरा मन मनै खेलाई रहन्छ । 

जापान फर्कने दिन मा हजुरमा ले पनि ,बुवा आमा ले पनि अब कहिले आउछस भनि आखा भरि आसु गरि रुनु लग्नु हुन्छ । कलिदाश पनि रोहिरहेको थियो । नेपाल आउदा केरी पनि आसु आएको थियो ,जापान फर्कदा पनि आसु आइरहेको छ तर यी दुइ आसुको अर्थ चाही फरक थियो । नेपाल आउदा खेरी खुशीको आसु र जापान फर्कन लाग्दा बिछोडको पिडा को आसु आएको थियो । एउतै आसु पनि समाए र परिस्तिथि अनुसार फरक हुदो रहेछ ,कस्तो आचम्म लाग्दो । 


आफ्नो देश भित्र जागिर पाइदैन, पाएपनि राम्रो तलब हुदैन,
आफ्नो साथीहरु विदेश गएर काम गर्न र नेपालको भन्दा बढी कमाई गर्ने देखेपछि,
सबैजना नेपालको जागिर छोडेर विदेश गईहाल्छन।

जापान फर्कने कर्ममा फेरी पनि नेपाल मनपराउने जापानी नागरिक संग भेटघाट हुन्छ । ति जापानी नागरिक काठमाडौँ र पोखरा गुम्न गएका रहेछन । कुरा गदै जादा जापान मा नेपाली हरु किन जन्चन भन्ने कुरा हुन्छ ।  २००८ मा जापान मा करिब १२००० नेपाली हरु थिए ।  केहि मात्रमा विद्यार्थीहरु पनि थिए होलान तर प्राय नेपाली रेस्टुरेन्टमा काम गर्ने हरुनै थिए ।  नेपाल विकासोन्मुख देशहरु मध्येको एक पनि भएकोले आफ्नो देश भित्र जागिर पाइदैन , पाएपनि राम्रो तलब हुदैन , आफ्नो साथीहरु विदेश गएर काम गर्न र नेपाल को भन्दा बढी कमाई गर्ने देखेपछि , सबैजना नेपाल को जागिर छोडेर विदेश गइनै हल्चन  । येही हो नेपाल को समस्या भनेर जापानी नगरीलाई भन्छ । जापानी नागरिकलेपनि तिमीहरुको देश मा आफ्नो देश लै माया गर्ने ,आफ्नो देश लै केहि गर्न कोज्ने मान्छे छैन भनेर भन्छन । आफ्नो देशको बारेमा कुरा गर्न ,आफ्नो देश लै केहि गर्नको लागि  ,आफु राम्रो हुनु पर्यो ,राम्ररी खानु पर्यो , राम्रो लगाउनु पर्यो , तेस पछि मात्र आफ्नो देश को बारेमा सोच्न सकिन्छ भन्ने कुरा गर्छ ।

बंग्कोक सम्म दुबैजना संगै आउचन तर ति जापानी नागरिक ओसाका जानु पर्ने भएकोले गर्दा दुबैजना बंग्कोक मा छूटछन् ।अनि नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्चन । भोलि पल्ट बाट चाही पहिलाकै जिन्दगि सुरुभै हाल्छ ।

जापानमा धेरै थरिका छात्रवृत्तिहरु छन् ।
रुचि भएमा इन्टरनेटबाट खोजि गर्नु

भोलि पल्ट विश्वविद्यालय सुरु हुन्छ । ४ महिना बाट नया विद्यार्थीहरु पनि आएका थिए । विश्वविद्यालयको रंग अर्कै भएको थियो ।

भोलि पल्ट विश्वविद्यालय सुरु हुन्छ । ४ महिना बाट नया विद्यार्थीहरु पनि आएका थिए । विश्वविद्यालयको रंग अर्कै भएको थियो । बिदेशी विद्यार्थीहरु पनि बढेका थिए । चीन , कोरिया , भेतनाम , श्रीलंका ,बंगलादेश, साउदी अरेबियाका विद्यार्थीहरु बढेका थिए । बिदेशी विद्यार्थीहरुलै विश्वविद्यालयको तर्फ बाट छुट्टै लेसन दिने भएको थियो । सेनिएर को रुपमा कालिदाश चुनिएको थियो । नया विद्यार्थीहरुलाइ सहयोग होस् भनेर , सेनिओर को तर्फ बाट केहि भनिदिनुस भनेर विश्वविद्यालय भनेको थियो ।

कालिदाश नया विद्यार्थीलाइ पदने कर्ममा ४ बाट पोइन्ट छ भनेर कुरा गर्छ । 
१: विदेशहरुको समूहमा मात्र रमाएर नबस्नु , जापानी साथीहरु संग पनि घुम्नु पर्छ  । तेसो गरेमा जापानी भाषा पनि राम्रो हुन्छ र साथ साथै जापानी संस्कृति पनि बुज्न सकिन्छ । 
२ : आरुबाइतो पनि गर्दा राम्रो हुन्छ ,आरुबाइतो गर्दा पनि जापानको संस्कृति बुज्न पहिन्छ । 
३ : जापानमा धेरै थरिक छात्रवृत्तिहरु छन् । रुचि भएमा इन्टरनेटबाट खोजि निवेदन गर्नु होला । 
र अन्तिम मा हासी हासी विश्वविद्यालय भनेको पदने ठाउँ हो , आएर सुत्ने ठाउँ होइन ,तेसैले राम्ररी पद्नु होला भनेर  नया विद्यार्थीहरुलाइ सल्लाह दिन्छ 

No comments:

Post a Comment