Thursday 24 March 2016

कथा अनि ब्यंथा भाग २६ " जापानी नागरिक , बेलायती नागरिक संगको भेट "


पोखरा गएको दोस्रो दिन ,पुरानो साथीहरु संग पोखरा शहर घुम्न जान्छ  । ५-६ जना भएर पहिला बैदाम धुम्न जान्छन  ,बैदामलाई लेक साईड भनेर पनि भनिन्छ । फेवातालको छेउमा अबस्तित रमणिय स्थल हो यो । यहाँ नेपाल आउने सबै जसो पर्यटकहरु आउछन । अन्नपुर्ण हिमाल चड्ने बिदेशी पर्यटकहरु पोखरा हुदै ट्रेकिङ्ग जाने गर्दछन । यस्ता प्रर्यटकहरुको पहिलो गन्तव्य पनि हो  । 
कालिदास अनि साथीहरु बैदाम घुमेर ,फेवातालमा  डुन्गा चलाई , अन्तिममा फेवातालको बीचमा रहेको ताल बाराही मन्दिर घुम्न जाने योजना बनाउछन  । पुराना साथीहरु संग पुराना याँदहरुका साथ , पुरानै कुरा गरि ,पुरानै शहर घुम्दा कति रमाइलो  । 

सबै जना भएर बैदामको एउटा क्याफेमा लन्चगरि फेवाताल तिर जना लागेका के थिए । कालिदासले जापानी भाषा बोलेका जोड-जोडी लाई देख्छ । जापानी भाषा बुज्ने भएर होला ,तिनीहरुले बोलेको सबै बुज्छ पनि । तिनीहरु पोखरा धुम्न आएका रहेछन ,कहाँ कसरी जाँदा हुन्छ , कसरी समयको सदुपयोग हुन्छ भनि कुराकानी गरेका रहेछन  , जापानी भएर होला समय खेर फाल्नु हुदैन भनेर कुरा गरि राखेका थिए  । कालीदासले  मनमनै घुम्न आउदा पनि केको समयको कुरा गरेको होला ,सबै कुराहरु भुली घुमे हुनेनी भनेर सोचिराखेको हुन्छ र अन्तिममा ति जापानीहरुसंग बोल्ने प्रयास गर्छ । 

John Steinbeck ले भनेको जस्तो यात्रा गर्नु भनेको बिबाह गर्नु जस्तै हो , कन्टोर्ल गर्न खोज्नु नै गल्ती हो भनेको जस्तै समयलाई एकछिन बिर्सी हामी सन्गै घुम्न जाउँ , अन र अफलाई छुट्टाउन सक्नु पर्छ ...भनेर उनीहरुलाई हामीसगै पारी जाने त भनेर बोलाउछ । यसरी जापानबाट सिकेकाकुराहरु जापानीजहरुलाईनै सिकाउने अवसर पाउछ कालीदासले । 

जापानी भाषामा कुरा गर्ने नेपाली देखेर ति जापानीहरु पनि दङ्ग परिरहेका थिए । अनि साथीहरुका साथ ति जापानीहरु पनि फेवाताल घुम्न जाने निर्णय गर्दछन । डुन्गा चढी फेवाताल , त्यसमाथी मौसम पनि राम्रो भएकाले फेवातालमा माछापुच्छ्रेको छायाँ छर्लन्गै देखिएको थियो ।

साथीहरुले "फेवाताल को आगनमा लै लै माछापुच्छ्रेको छायाँ.......... भन्ने प्रकाश श्रेष्ठ दाजुको गीतको गीत गाउन सुरु गरेका थिए  । कालीदास चाही त्यो गीतको बारेमा जापानीहरुलाई जानकारी दिईरहेको थियो । जापानीहरु पनि गीतको अर्थ बुजॆ पछि ,कालीदासहरु संगै गीत गाई मनोरंजन लिन्छन  । केहि समय पछि ताल बाराही मन्दिरमा पुगीहालिन्छ ,सबैजनाले ताल बाराही माताको दर्शन गरि फोटो पनि खिचि , फेरी डुन्गा चढी बैदाम फर्कन्छन ।

त्यसपछि  जापानीहरु ड़ेविज फल तिर लाग्छन । कालीदास अनि साथीहरु चाही पोखरा शहर घुम्ने भनि महेन्द्रपुल तिर जान्छन । महेन्द्रपुलपनि धेरै परिबर्तनभै सकेको रहेछ । युबा युबतीहरुको फेशन , शहरमा गुड्ने गाढीहरुको संख्या पनि धेरै बढेको जस्तो थियो । शहर प्रदुसित हुदै गईरह्को जस्तो लाग्छ । सबै कुराहरु अब्यस्थित नै थिए । यही बेलामा टाउन पाल्निन्ग गर्न सके हुन्थ्यो , कसले गर्ने अनि फेरी रुलहरु बनाए पनि कसलेपो टेर्ने । हाम्रो नेपालमा काम गर्न गार्हो छ भन्ने कुराहरु गर्दा गर्दै साँझ पनि परिहाल्छ । त्यसपछि , भोलि सराङ्कोट जाने योजना बनाउछन र सबै जना आ-आफ्नो घर तिर लाग्छन । 

कालीदास आफ्नो घर करिब ७ बजेतिर घर पुग्छ  , खाना तयार भईसकेको रहेछ । धेरैपछि हजुरआमा , आमाको हातको खाना पाउदा मख्खै थियो । 

आफ्नो परिबार संग सन्गै बसी खाना नखाएको पनि ३-४ बर्ष भैसकेकोले पनि होला , कालीदास हसिलो अनुहार गरि खानाका गासहरु मुखमा लगीरहेको थियो । अाखिर आफुले बाच्चा हुदाँ खाएको स्बाद भएर पनि  होला , एकसिता पनि नछाडी खाना सकाउछ  । 

भोलीपल्ट बिहानै उठेर सराङ्कोट तिर हिडछ । टुडिखेलको छेउ हरिचोकमा सबै साथीहरु जम्मा भई सराङ्कोट तिर लाग्छन । 

सराङ्कोट भनेको ठाँउको नाम हो । कास्की जिल्लामा अबस्थित करिब १६०० मिटरको उचाईमा रहेको छ  । त्यहाबाट धौलागिरी , अन्नपूर्ण , मनासुल हिमाल र पोखरा शहर , फेबाताल हेर्न सकिन्छ । आजकल चाही प्याराग्लाईडिन गर्ने ठाँउको रुपमा पनि चिनिदो रहेछ । 

बिहान बिहानै उठेर , हिडेर जादा त सारै गार्हो भएको थियो तर , ति हिमालहरु हेर्दा , पोखरा शहर , फेबाताललाई माथीबाट हेर्दा अर्कै आनन्द आउदै रहेछ । केही समय त्यहा बसी हिमाल हेरी हेरी चिया पिईरहेका के थिए , एकजना नेपाली टोपी लगाएको खैरे आएर "आई लब पोखरा , आई लब नेपाल , आई लब गोर्खा " भनेर  नजिकैको कुर्सीमा आएर बस्दछ  । 

कालीदासलाई रमाईलो मान्छे रहेछ भनि बोल्न मन लाग्छ र सोध्दछ "तपाई कहाँबाट आउनु भयो " , उसले भन्छ "म बेलायतबाट आएको हु  " ।

अलिअलि नेपाली पनि बोल्दो रहेछ । कुरा गर्दै जादा उ बेलायतको आर्मीपो रहेछ । एक पटक अफ्गानिस्तान पनि गएको , त्यो बेला गोर्खा आर्मीहरुसग काम गर्ने मौका पाएको , त्यही भएर गोर्खालीहरुको देश आउन र , यो हिमालहरुमा ट्रेर्किन्ग गर्न पनि मन लागेको थियो , त्यसैले आएको भनेर भन्छ । 

कालीदास मन भित्रबाटै खुशी हुन्छ , आफ्नो देशलाई मन पराउने बिदेशी नागरिक देखेर । हामी नेपालीहरु प्रर्येक दिन देशबाहिर गईराखेका छौ तर त्यही हिमाल , पाहाड हेर्न बिदेशीहरु र गोर्खाहरुको सस्कृर्तीलाई बुझ्न हाम्रो देश आइरहेका छन । हामी युबाहरुले केही सोच्ने बेला आएको जस्तो पनि लाग्छ । तर आफुनै बिदेशमा बसिराखेका हुनाले साथीहरुलाई यस्तो कुरा भन्न चाही सक्दैन । तर एक न एक दिन आफ्नो देश फर्की , आफ्नो देशलाई सेबा गर्छु भनि मनमनै कुरा खेलाईरहन्छ । 
केहीसमय पछि सबै जना पोखरा फर्कन्छन । फर्कने क्रममा सराङ्कोटमै बस्नुहुने फुपु दिदिको घरमा यसो छिर्छ । 

दिदि पनि बिदेशबाट आएको भाईलाई देखेर खुशी हुन्छिन । चिया पान गरि कालीदास घर तिर फर्कन्छ । साथीहरु पनि आफ्नो बाटो लाग्छन । आफ्नो घर- परिबार र नातेदारहरुलाई सकेसम्म भेट गर्नु पर्छ भन्ने मान्यता थियो कालीदासको । 

पोखरा गएको तेस्रो  दिन चाही " पिस ट्यामपल " , " बिन्ध्याबासीनी मन्दिर " ," गुपतेश्बर गुफा " , " डेबिज फल " , " मनिपाल क्याम्पस नजिकबाट देखिने सेती गन्डकी " , " महेन्द्र गुफा " , र चौथों दिन मा " बेगनास ताल " ," रुपा ताल " पनि जान्छ । 

यसरी आन्तरिक पर्यटन प्रर्बधन गर्नु आफ्नो क्रर्तब्य ठानेर कालीदासले आफ्ना पुराना साथीहरुका साथ पोखराका ठाँउहरु धुम्न गएको रहेछ । 

आफ्नो देशको बारेमा अरुलाई केही भन्नको लागी , आफ्नो देशलाई नजिकबाट बुझ्न जरुरी र त्यसको लागी यात्रा गर्नु जरुरी छ भन्ने मान्यता थियो कालीदासको । 

साथसाथै यसले देशको आन्तरिक पर्यटन प्रर्बधन गर्नको लागी सहयोग पनि मिल्छ । बिदेश धुम्न जानु पनि राम्रो हो तर एकपटक आफै जन्मेको देश धुम्नु पनि त्यतिकै राम्रो हो जस्तो लाग्छ । .........

No comments:

Post a Comment