Thursday 24 March 2016

कथा अनि व्यथा भाग २५ । “ जापानी लाहुरेको नेपाल यात्रा ”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ट्याक्सी चढ़ी सामाखुशी ( कपुरधारा ) मा बस्ने फुपु दिदिको घरमा जान्छ । दिदिभिनाजु पनि धेरै पछि भाईलाई भेटन पाएर होला दन्ङ् परिरहुनु भएको थियो । साना - साना बहिनीहरु पनि बिदेशबाट आएको मामाको छोरालाई देखेर खुशी भएका थिए । जापानबाट लिएर गएको चकलेट खादै ,घर छेउछाउका साथीहरुलाई हाम्रो जापानको दाई आउनु भएको छ भन्दै सुनाईरहेका थिए । यता फेरी कालीदास पनि बहिनीहरुलाई हेरी आफ्नो बाल्यकालका सम्झना गरिरहेको थियो । मान्छेको जिन्दगीमा सबैभन्दा रमाईलो क्षणनै बाल्यकालहो जस्तो लाग्छ । केही चाहियो त रोईदिए भयो , कता जान पर्यो त चर्को सोरले कर गरे भयो ...।

त्यसपछि नयाँ सडकको ट्राभल एजेन्सी तिर जान्छ । नेपालमा छदाँ आफु पनि त्यही काम गरेकाले बरिपरिका मान्छेहरु सबै चिनेको थियो । नेपालमा छदाँ चिया खाने नुच्छे पासाको पसलको चिया पिउदा , आफ्नो काठमाण्डु बसाईको ३-४ बर्षका झलकहरु झलझली मनभरि छाएर आउछ  । पुराना यादहरुको साथ , पुरानै स्बादको चिया पिउदा  ,त्यती बेलाको समय अर्थात १५-१६ बर्षको उमेरमा फर्केन पाएको जस्तो लाग्छ । 

त्यही नयाँ सड़क , खिचापोखरी ,  भोटेबाहाल , बसन्तपुर , इन्द्रचोक घुम्दा , जापानमा बिताएका दुखहरु सबै मेटीएको जस्तो लाग्छ  । आख़िर आफ्नो जिबनको अमुल्य समय बिताएका ठाउँ भएर होला । 

अनि बेलुका ११-१२ क्लास सन्गै पढेको साथीहरु मनोहर र प्रर्लादलाई पनि भेंटन जान्छ । तिनजना एकदमै मिल्ने साथी थिए , एकबेला हिन्दी फिल्म " दिल चाहाता हे " भन्ने हेरी , तिनैजना आकास (अमिर खान), समिर (सेयफ अलि खान),सिध्दार्थ (अक्क्ष खन्ना) जस्तै साथी हुनुपर्छ , कमसे कम बर्षमा एकपटक त भेटन पर्छ है भनेर भनेका पनि थिए । 

समय कति परिवर्तनशिल रहेछ , सोचेको कुरा त पुरा भएन । बर्षमा एकपटक भेटन त परै जाओस , फोन सम्म पनि गर्न सकेका छैनन । मान्छेको ज़िन्दगी कहिले कहाँ पुग्छ थाहा हुदो नरहेछ । यस्ता अतितका कुराहरु गर्दै तिनजनाले बसन्तपुरको क्याफेमा समय बिताउछन । नेपाल आएको पहिलो दिन यसरी सक्कीहाल्छ । 

दोस्रोदिन ( भोलीपल्ट )  बिहानको फल्लाईटमा पोखरा तिर  जाने योजना बनाएको थियो  । करिब ३० मिनेटको फल्लाईट थियो । काठमाण्डुमा भन्दा पोखरामा धेरै समय बिताएकाले , जन्मथलों पनि भएकाले  होला , पोखरा जाने भन्ने बितिक्कै आखा रसाएर आउछन । 

कसैले बेलाएर , कहिले आईस ? ,कसैले दुब्लाएछस त ? , कसैले गोरों भएछस त ? , कसैले कति पैसा कमाईय तनि ? , कसैले बिबाह कहिले गर्ने हो भनि प्रश्न गरे  । बल्ल आफ्नो जन्मथलो आएजस्तो लाग्छ उसलाई ।

यति एयरलाईन्सको फल्लाईट थियो त्यो । सम्योग वस त्यस  फल्लाईटको एयर होस्टेजपनि कालीदासको साथीनै हुन्छे । ११-१२ क्लास सन्गै पढेको साथी थिई उ । दुबै जना यस्तो तरिकाले भेट भएकाले दन्ग परेका थिए । उसको काम भएकाले त्यती कुरा गर्न त पाउदैन तैपनि , आफ्नो साथीलाई यसरी भेटन पाउदा कालीदास छक्क परिराखेको हुन्छ । कहिले पटक पटक फोन गर्दा पनि मान्छेहरु संग भेटन पाईदैन , तर कहिले चाही आफ्नै सुरमा हिडिरहदा पनि भेट भईहाल्छ । यो संसार पनि अच्चम्मको छ । 

छोटों फल्लाईट भएकाले केही समयमा नै पोखरा पुगीहाल्छ । झर्ने बितिकै निलो आकासमा सेतो माछापुच्छ्रे , साना साना घरहरु  र स्वच्छ मिठो हाबाको महसुस गर्छ । 

बिमानस्थलमा बुबा लिन आउनु भएको थियो । बुबासगै ट्याक्सीमा चढी जन्मथलो तिर लाग्छ । घरमा हजुरआमा , आमा , दिदिहरु , बहिनी कालीदासलाई पर्खीरहेका थिए । घरमा पुगेपछि हजुरआमाले आखा भरि आँसु गरि नाती भनेर भन्नुभयो  । कालीदासको पनि धेरै पछि हजुरआमा , बुबा - आमा र घर-परिबार संग भेटन पाउदा हर्षका आँसुले आँखा भिझीसकेको थियो । 

केहीसमय कुराकानी गरि यसो टोल बरिपरि धुम्न जान्छ । आफुले बाल्यकाल बिताएका टोलमा  हिडदा कसैले बेलाएर , कहिले आईस ? ,कसैले दुब्लाएछस त ? , कसैले गोरों भएछस त ? , कसैले कति पैसा कमाईय तनि ? , कसैले बिबाह कहिले गर्ने हो भनि प्रश्न गरे  । बल्ल आफ्नो जन्मथलो आएजस्तो लाग्छ उसलाई । जापानमा यस्तो कहा हुन्छ र , छेउको मान्छे ले ख़ाओस , नखाओस , सुतोस , नसुतोस , कसैलाई मतलबनै हुदैन ।

अनि फेरी , एकजना दाजुले हिडदै गरेको कालीदासलाई बेलाएर , आफ्नो आमा - बुबालाई माया गर्नु पर्छ है । बिदेशमा गएर , त्यहाँको रहनसहनमा रमाई , नेपाललाई , आफ्नो घर परिबारलाई बिर्सनु हुदैन , फलानाको छोरा पनि जापान गएको , त्यहीको केटीसित बिबाह गरि , अहिले त घरतिर फोन पनि गर्दैन अरे , पैसा पनि पंठाउदैन अरे , त चाही त्यस्तो नभएस , राम्ररी पढेर , ठुलो मान्छे भएर , आमाबुबालाई पाल्नु , आफ्नो परिबारलाई , आफ्नो बिगतलाई र आफ्नो उधेश्यलाई ( भबिष्यलाई ) कहिल्यै  नबिर्सिनु भनेर सल्लाह दिनु हुन्छ । 

जापानमा आएर आफुले आफ्ना बुबा-आमा , हजुरआमा , दिदि बहिनी संग समय बिताउन नपाएको तर त्यसको बदलामा नेपालबाट बाहिर निस्कदा , अझ आफ्ना परिबारको महत्व , आफ्नो क्रर्तब्य , नेपालको राम्रो पक्क्ष - नराम्रो पक्क्ष दुबै थाहा पाएको । जिन्दगीमा केही पाउनको लागी केही गुमाउनु पर्ने रहेछ भनेर भन्छ

त्यो सल्लाहले मननै छुन्छ कालीदासको  र मैले कहिल्यै आफ्नो अतितलाई , आफ्नो परिबारलाई र आफ्नो उधेश्यलाई ( भबिष्यलाई ) बिर्सने छैन भनेर जबाफ दिन्छ । 

 त्यसपछि साथीलाई भेटन  पृथ्वीनारायण बहुमुखी क्याम्पस ट्याक्सीचोक तिर लाग्छ । दुबैजना क्याम्पस अगाडीको क्याफेमा बसी चिया र चना खादै कुराकानी लाई अगाडी बढाउछन ।

अहिले म नेपालमा नै बसि , आफुले सकेको काम गर्न पाउदा सारै खुशी छु । हामी जस्ता युबाहरु सबै बिदेश गए कसले देश बनाऊने यार भन्ने कुरा गर्दछ । 

त्यो साथी र कालीदास एउटै स्कुलमा पढेको थिए । बाल्यकाल सन्गै बिताएका थोरै साथीहरु मध्येको एक थियो । कालीदास एस एल सी सकाएर काठमाण्डु गई , केही समय पछि जापान गएको थियो , उ साथी चाही पृथ्वीनारायण बहुमुखी क्याम्पसको अगाडी पुस्तकालय चलाउदै , आफ्नो बुबा आमाले गर्ने खेतीपातीको सहयोग गर्दै आएको रहेछ । 

जापानमा आएर आफुले आफ्ना बुबा-आमा , हजुरआमा , दिदि बहिनी संग समय बिताउन नपाएको तर त्यसको बदलामा नेपालबाट बाहिर निस्कदा , अझ आफ्ना परिबारको महत्व , आफ्नो क्रर्तब्य , नेपालको राम्रो पक्क्ष - नराम्रो पक्क्ष दुबै थाहा पाएको । जिन्दगीमा केही पाउनको लागी केही गुमाउनु पर्ने रहेछ भनेर भन्छ  । साथीले पनि म चाही बिदेश गएर , नयाँ कुरा बुझ्ने र सिक्न त सकिन तर , आफ्नो देशमा , आफ्नो बुबा-आमा संग , साथीहरु संग कुरा गरि दिन बिताउन पाएको छु । बुबा-आमाको खेतीपातीमा आधुनिकिकरण गर्ने प्रयास गरेको छु । आफ्नै सानों तिनो पेसा पनि गरेको छु । मलाई पनि बिदेश गएर यो गरम , त्यो गरम भन्ने चाहाना त थियो तर , अहिले म नेपालमा नै बसि , आफुले सकेको काम गर्न पाउदा सारै खुशी छु । हामी जस्ता युबाहरु सबै बिदेश गए कसले देश बनाऊने यार भन्ने कुरा गर्दछ । 

त्यो कुरा सुनेर कालीदास एकछिन स्तब्द हुन्छ ,साथीले आफ्नै देशमा केही गरीरहदा , सकेको प्रयास गरीरहदा आफुले चाही के गरेको होला भनि आफुले आफुलाई मनमनै प्रश्न गरिरहेको हुन्छ । साथीले भनेको कुरा पनि ठिकै हो तर बिदेश जानु नराम्रो चाही होईन है , नयाँ कुरा सिक्ने र अन्तिममा नेपालमा नै फर्केर केही गर्नु अझै राम्रो भनेर आफ्नो भावना ब्यक्त गर्दछ । यस्ता कुरा गर्दा गर्दै साँझ  परि हाल्छ , बेलुका आठ बजेको थियो । साथीले अब रात परि सक्यो यहाँ बस्ने भए बस नभए छिटो घर फर्कदा राम्रो हुन्छ भनि सल्लाह दिन्छ । जापानको जस्तो थिएन , लेड सेडिन भएकाले बाटो पनि अध्यारो हुने र बिदेशबाट आएको भनेपछि नराम्रो मान्छेहरु पछि लाग्न सक्छन भन्ने उसको भनाई थियो । त्यो कुरा सुने पछि कालीदास पनि आफ्नो घर तिर फर्कने निर्णय गर्दछ । पहिलो दिन यसरी सक्कीहाल्छ । 

भोलीपल्ट चाही बिहानको करिब ६ बजेतिर बिउझीहाल्छ ।
हजुरआमा बिहानै उठेर , नुहाई- धुबाई गरि , पुजा पाठ गरि सक्नु भएको थियो । घरको कोठाबाट माछापुच्छ्रे पनि छर्लन्गै देखिन्थ्यो । बच्चा हुदा चाही सधै देखी राखेको भएर त्यो माछापुच्छ्रेको केही महत्व नै थिएन । तर अहिले धेरै पछि त्यति राम्रो माछापुच्छ्रे हेर्न पाएकोले गर्दा होला , बारतलीमा गएर फोटो खिच्न सुरु गरेको थियो । छिमेकीका दाईले " ए कालीदास के को फोटो खिंच्दै हो ? , बिदेशी जस्तै भएछस त भनेर भन्नु भयो । कालीदासले केही जबाफ नै दिन सक्दैन , मुसुक्क हास्छ र भान्छाकोठामा फर्कन्छ । 

त्यसपछि हजुरआमाको हातको चियाबाट आफ्नो दोस्रो दिन सुरु गर्छ । 
क्रमस...

No comments:

Post a Comment