Tuesday 8 March 2016

कथा अनि व्यथा भाग २३ " कहिले बन्ला सिन्गापुर "

यो महिनाका दिनहरु पनि सकिन लागीरहेको थियो । अर्को महिना नेपाल जाने योजना भएकोले कालीदास अत्यन्तै खुशी भईरहेको हुन्छ । नेपाल फर्कने भन्ने बितिक्कै कालीदासको आखामा हर्सका आशुहरु भरिएर आउछन , जति सुकै बिदेश बसेपनि आफ्नो देशनै प्यारों हुदो रहेछ । सायद बिदेशमा हुनुहुने  सबै नेपालीहरु पनि कालीदासको जस्तै सोच राख्नु हुन्छ होला । हामी नेपालीहरु पढाईको लागी , आर्थिक रुपमा सम्पन्न हुनको लागी अथबा अरु कुनै कारणले प्रर्तेक दिन बिदेशी भुमीमा पाईला टेकीरहेका छौ ।

बिदेश नजादा सम्म चाही ,कतिखेर बिदेश जाउ भनेको जस्तो हुन्छ तर जब बिदेशमा गएर दुई चार बर्ष बसोबास गरिन्छ , आफ्नै देश फर्कन मन लाग्छ , जति सुकै गरिब देश भएपनि आफ्नो देशनै प्यारों लाग्छ । जसो गर जे गर जता सुकै लैजाउ मलाई , यो मन त मेरो नेपाली हो भन्ने १९७४ ए डीको गीत जस्तो छ हामी नेपालीहरुको मन ।

नेपाल गएर सांथी भाईहरु संग अलिअलि ख़र्च पनि गर्नु पर्यो , आफ्ना नातेदारहरुलाई अलिअलि उपहार पनि लिएर जानु पर्यो । त्यसैको लागी आरुबाईतो ( पार्ट टाईम जब ) लाई प्रार्थमिकता दिईरहेको थियो । बेलुका बाट बिहान सम्म काम गर्ने , त्यसपछि दिउसो सुत्ने , अरु मान्छेहरु भन्दा बिपरित जिबन बिताईरहेको थियो । बेलुकाको समयमा काम गर्दा तलब अलि बढी हुने भएकाले , गार्हो भएपनि , अरु मनिसहरु भन्दा बिपरित जिबन रोजेको हुन्छ । हेर्दा हेर्दै नेपाल जाने समय पनि आईहाल्छ ।

२००८ को ४ महिना २ गते कालिदास नेपाल जाने टिकट काटेको थियो । नेपाल जाने दिनको एक दिन आगाडी नेपालमा बस्नु हुने हजुरआमा , बुबा , आमा , बहिनी फुपु दिदि भिनाजु र साथीहरुको लागी सानों तिनो उपहार लिएर जानको लागी  किनमेल गर्दछ । नेपालमा अलिकति समान लगीदिनु पर्ने भएकाले त्यही बेलुका टोकियोमा बस्नु हुने नातेदारकोमा जान्छ । हामी नेपालीहरु बिदेशबाट आफ्नो देश फर्कदा नातेदारहरुको सामान पनि लगिदिने चलन भएकाले कालीदास त्यहा गएको थियो । यो हामीहरुको एक अर्कालाई सहयोग गर्ने प्रचलन , हामीहरुको राम्रो पक्क्ष हरुमध्येको एक पनि हो । यस्तो पर्था अरु देशमा सायद पाईदैन । जापानमा पनि मलाई लाग्छ , यस्तो प्रथा छैन , सके सम्म जापानिजहरु अरुहरु संग सम्लग्न हुनु चाहदैनन , सामान लगिदिने कुरा त परै जाओस ।

भोलिपल्ट नेपाल जाने फल्लाईट भएकाले , तयारी पनि गर्नु पर्यो भनि नातेदारकोमा त्यती नबसी फर्कीहाल्छ ।

भोलि टोकियोको नारीता बिमानस्थलबाट रातीको फल्लाईट थियो । जापान आएपछि पहिले पटक नेपाल फर्कन लागेकोले गर्दा होला , कति खेर नेपाल पुगौला र साथीहरु संग भेटैला जस्तो भएको थियो  । शरीर जापानमा भएपनि मन चाही नेपाल पुंगी सकेको थियो । जन्मेको ठाउ , बाल्यकालमा धुमेको ठाउहरु , आफुले पढेको स्कुल , साथीहरु संग बिताएका एक एक पलहरु झलझली मनमा आईरहन्छ ।

नारीता अन्तर्राष्ट्रिय विमानस्थल पुंगी नेपाल जाने मध्यरातको फल्लाईटको पर्खाईमा बसीरहेका थियो । केही समय पछि हवाईजहाज़ पनि आईहाल्छ र नेपाल जानको लागी पहिलो गन्तव्य सिन्गापुर तिर लाग्छ । बेलुका भएकाले तुरुन्त निदाउन , सायद थाकेको भएर पनि होला  ।

नेपाल जाने फल्लाईट सम्म केही समय भएकाले  सिन्गापुर च्यान्गी  अन्तर्राष्ट्रिय विमानस्थलभित्र घुमघाम गर्दछ । विमानस्थल पनि सारै फराकिलो र ट्रार्नजिट एरियामा विश्बका प्रख्यात ब्रान्डका पसलहरु , रक्सीका पसलहरु , कस्मेटिक सामानहरु , रेस्टुरेन्टहरु , खेल्नेठाउहरु र सिन्गापुरका ओमियागे ( उपहारहरु )  कर छुट गरिएको रकममा किन्न पाईने भएकाले होला ,  प्रायजसो पसलहरुमा किनमेल गर्ने मान्छेहरुको भिड थियो । सिन्गापुरमा धुम्न नआएका मान्छेहरु जसले यो विमानस्थल ट्रार्नजिट गरि अरु देशमा जान्छन , तिनीहरुलाई पनि आफ्नो देशमा किनमेल गराउनको लागी
यस्तो प्रणाली ( बिमानस्थल ट्रार्नजिट एरिया भित्रै , कर छुट्मा किनमेल गर्न पाईने प्रणाली ) सोचेको हुनु पर्छ । यसले सिन्गापुरका नागरिकहरुलाई पनि रोज़गार दिएको र देशको अर्थतन्त्रलाई पनि सहयोग मिलेको हुनु पर्छ जस्तो लाग्छ कालीदासलाई ।

यसबाट नेपालले पनि सिक्ने कुराहरु घेरै छ  । हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लाई पनि फराकिलो बनाई यस सिन्गापुर च्यान्गी विमानस्थलको सिको गर्न सकेमा , हाम्रो देशलाई फाईदा हुन्थ्यो कि , नेपालीहरुले रोजगार पाउथे कि , नेपाली सामानहरु अझ बढी बिक्री हुन्थ्यो कि र नेपालमा अझै धेरै प्रर्यटकहरु आउथे कि जस्तो लाग्छ कालीदासलाई ।

त्यसपछि सिन्गापुर च्यान्गी अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी जानकारीहरुको पुस्तक र तस्बिर सन्ग्राहालय भेंटछ र  फल्लाईट सम्म समय भएकाले त्यहाको पुस्तकहरु पढन तिर लाग्छ  ।

यो अन्तर्राष्ट्रिय विमानस्थल एशियाकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरु मध्येको एक रहेछ  । सिन्गापुरको प्रमुख ब्यबसायिक क्षेत्रबाट करिब १७.२ किलोमिटरको दुरामा रहि एशिकाको हबको रुपमा पनि परिचित रहेछ । यस विमानस्थलको पनि आफ्नै इतिहास छ , १९३०-३७ सम्म सेलेता विमानस्थल भनेर , १९३७-५५ सम्म काराना  विमानस्थल भनेर , १९५५-१९८१ सम्म पायालेबा  
विमानस्थल भनेर भनिन्य्थो , त्यसपछि च्यान्गी विमानस्थल भनेर भनिदै आईएको रहेछ । पहिला यो  विमानस्थल पनि हाम्रो नेपालको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तै एउटा मात्र रनवे र सानों यात्री टर्मिनल मात्र रहेछ । समयको परिवर्तन सन्गै बिदेशी बिमानहरु धेरै अबतरण गर्न लागेपछि
यो विमानस्थललाई ठुलो बनाईएको रहेछ । अहिले को कुरा गर्नु पर्दा यो विमानस्थल विश्बकै सुबिधा सम्पन्न मध्येको एकमा पर्दछ । कालीदासले पनि आफ्नो देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवश्था सम्झन्छ । रनवे एउटा मात्र , बिमानमा चढदा हिडेर जानु पर्दछ , व्यबस्थापनमा सम्स्या छ , कर्मचारीहरुमा अनुशासन छैन ( पैसाको लागी जे पनि गर्दछन ) , कर्मचारीहरुको पोशाक छैन , चेकिन्ग सिस्टम छ भन्ने मात्र हो राम्ररी चेक गर्दैनन , जस्ता अनगिन्ती समस्या छन ।

यस्ता कुराहरु त गरेर साध्य नै छैन । अलि कति सकारात्मक कुरा गर्नु पर्दा , हाम्रो देश पनि नयाँ नेपाल बनाउनको लागी परिवर्तन तिर लम्किरहेको छ , एक न एक दिन हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  पनि सिन्गापुर च्यान्गी अन्तर्राष्ट्रिय विमानस्थल जस्तै बन्नेछ भन्ने कामना र आशा गर्दै आफ्नो टर्मिनल तिर जान्छ ।

अनि टर्मिनल नजिकैको बिष्राम स्थलको सोफामा केही समय आराम गर्न के लागेको थियो । एक जना नेपाली दाजु संग भेट हुन्छ ।

क्रमस .....

No comments:

Post a Comment