Saturday 12 March 2016

कथा अनि व्यथा भाग २४ । " नेपाल फर्कदा ...."

नेपाल फर्कने बिमान आउने टर्मिनल नजिकैको बिष्राम स्थल तिर गई , त्यहा राखिएको सोफामा केही समय आराम गर्न के लागेको थियो । एक जना नेपाली साथी संग भेट हुन्छ । 
त्यो नेपाली नागरिक पोखरा स्थाई घर भई , हाल अस्टेलियाको सिडिनीमा पढदै , काम गर्दो रहेछ । दुबै जनाको उमेरमा पनि घेरै नजिक रहेछन । नेपालमा हजुरबुबा बिरामी भएकाले नेपाल फर्कन लागेको रहेछ । हजुरबुबाको कुरा गर्दै गर्दा , कालीदासले पनि मनमनै केही बर्ष अगाडी स्बर्गबास हुनु भएको आफ्नो हजुरबुबाको याद गर्छ । मनका भित्ताहरुमा हजुरबुबाका तस्बिरहरु भरिएका आएको थियो  । सायद यो विश्वमा कालीदासलाई सबैभन्दा बढी माया गर्ने , हजुरबुबा नै  हुनुहुन्थ्यो । कालीदास जापान आउनु आगाडी , नेपालमा छदा , कालीदासको आँखाको अगाडी नै हजुरबुबा स्बर्गबास भएको थियो । सिन्गापुर च्यान्गी  अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेको नयाँ साथीसंग कुरा गर्दा गर्दै , आफ्ना पुराना यादहरु सम्झन्छ पुग्छ । साथीलाई पनि हजुरबुबा , बिरामी हुनु हुन्छ भने , केही समय नेपाल बसी स्याहार सुसार गर्दा राम्रो हुन्छ होला , फेरी फेरी यो समय फर्केर आउदैन , मैले अब चाहेर  पनि आफ्नो हजुरबुबाको स्याहार- सुसार गर्न पाउदिन , भनि मनबाटै सल्लाह दिन्छ । यस्ता कुराहरु मनबाटै गर्दै जादा दुई जना अझ नजिक हुन्छन । 
त्यसपंछि अस्टेलियाको जिबनसैली र जापानको जिबनसैलीका कुराहरु गर्दै जान्छन । कालीदासले जापान भनेको काम गर्ने ठाउ रहेछ , पढने ठाउ नरहेछ , जति बसे पनि गाईकोकुजिन ( बिदेशी )को रुपमा मात्र चिनिन्छ , यो देशका नागरिकहरुले बिदेशी नागरिकहरुलाई फरक द्रष्टिकोठले हेर्ने गर्छन अर्थात नराम्रो नजरले हेर्ने गर्छन । आजकल जापानको भन्दा अरु कुनै देश ठिक हुन्छ जस्तो लाग्छ , अस्टेलिया कस्तो छ होला भनि प्रश्न गर्दछ । 
त्यो साथीले पनि अस्टेलिया चाही बिदेशीहरुले बनाएको देश भएकाले त्यती गार्हो त छैन , तैपनि बिदेश भनेको बिदेशनै हो , आफु राम्रो भएपछि , आफ्नो ख़याल राम्रो भएपछि सबै राम्रो हुदै जान्छ होला , त्यसैले आत्मसन्टुष्टी हुनु पर्छ , त्यही हो जिबन भनि आफ्नो उत्तर फर्काउछ ।  तर यदि तपाई अस्टेलियाको बारेमा बुझ्न चाहानु हुन्छ भने एउटा साथी छ भनि , हाल  अस्टेलियामा बस्ने साथीको सम्पर्क नम्बर दिन्छ । दुईजना कुरा गर्दै - गर्दा नेपाल जाने बिमान पनि आईपुग्छ र  दुबैजना बिमान तिर लाग्छन । 
कालीदासपनि अघि त्यति आराम गर्न नपाएकोले गर्दा होला ,सिटमा पुग्ने बितिक्कै भुसुक्कै निदाईहाल्छ । निध्रा खुल्दा त बिमान पनि नेपालको आकासमा पुगिसकेको हुन्छ । हवाईजहाज़को स्यानो झ्यालबाट नेपालका साना साना धरहरु देखिन थालिसकेका थिए  । कालीदास पनि दन्ङ् परिरहेको हुन्छ । कतिखेर नेपालको भुमीमा टेकम जस्तो भईरहेको थियो। 
केही समयमानै हवाईजहाज़ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दछ । त्यसपछि कालीदास पनि आफ्ना सामानहरु बोकी स्यानो बसमा चढ़छ । 
त्यति बेला कालीदासले आफुले सोचेको भन्दा फरक नेपाल पाउछ । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको बस थियो त्यो , खै के हो पेट्रोल हो ,  कि डिजल हो गनाईरहेको थियो , बसमा पनि किन हो कुन्नी हिन्दी गीत धन्काईएको थियो । विमानस्थल भित्रको शौचालय पनि त्यतिकै फोहोर थियो । यस्ता कुराहरुले एक छिन , म कतै भारतमा त आएको छैन जस्तो हुन्छ कालीदासलाई । 
अंग्रेज़ीमा भनिन्छ , फल्ट ईम्प्रेसन ईज लास्ट ईम्प्रेसन , नेपाल धुम्न आउने पर्यटकको फल्ट ईम्प्रेसननै यस्तो भएपछि ...भनेर मनमनै सोच्दछ । 
त्यसपछि ईमिग्रेसन तिर लाग्छ । ईमिग्रेसनको मान्छेहरुको ताला देखेर छक्क पर्छ । न त बोली मिठो छ , न त सेबा राम्रो छ , त्यस माथी फोहोर न फोहोर कपड़ा लगाएर काउन्टरमा बसेका छन , पासपोर्टमा एराईभलको स्टाम्प हान्नु पर्ने , उल्टो हान्छ फेरी अनि भन्छ , भाई जापानबाट हो ? , पैसा कमाईयो होला नी । 
नेपाल फर्कन पाएको छैन यति धेरै तिता अनुभब गरिसक्दछ  कालीदास । आफु त यो देशमा जन्मेको भएर यहाको बारेमा थाहा छ । ति बिचारा बिदेशीहरुले के सोचीराखेको होलान जस्तो लाग्दछ । 
त्यस पछि लगेज लिने भबन तिर जान्छ । लगेज आउने भबन पनि अस्त ब्यस्त अबस्थामा थियो । बल्ल बल्ल आफ्नो लगेज फेला पारी , अन्तिममा प्रहरीको चेकिन्ग तिर जान्छ  । जापानको बिकट गाउका रेल स्टेसनमा हुने सुबिधाहरु पनि , हाम्रो देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा थिएन । कालीदास अध्यारो मुख लगाएर आफ्नो पालो कुरीरहेको थियो । त्यसपछि , एउटा प्रहरीले सामान बढी भएकोले होला , के छ भित्र , भनि चाहिने नचाहिने प्रश्न गर्दछन । नबिराउनु नडराउनु भन्या जस्तो केही गल्ती नै गरेको छैन किन डराउनु पर्यो भनि कालीदास पनि निर्धक्क भएर सम्पुर्ण प्रश्नको उत्तर दिन्छ । 
बल्ल बल्ल २ धन्टा जतिमा विमानस्थलको बाहिर आईपुग्छ । बाहिर पनि मान्छे त्यतिकै , ट्याक्सी डाईभर पनि त्यतिकै , टार्भल एजेन्सीका मान्छेहरु पनि त्यतिकै । सबैलाई हतार भईरहेको छ , लाईल लाग्ने चलन नै छैन । 
कालीदास आफ्नो ३-४ बर्षको जापान बसाई पछि नेपाल फ़र्क़दा आफ्नो देशका नराम्रा पक्क्ष पहिलो दिनमा नै थाहा पाउछ । 
त्यस पछि नया बानेस्बरमा बस्ने फुपु दिदिकोमा जान्छ ।  
क्रमस.......

No comments:

Post a Comment