Sunday 20 August 2017

सहमति ! मेरा लागि भए ठिक नत्र बेठिक

सहमती भन्ने शब्दको परिभाषा परिबर्तन गर्नु पर्ने बेला आएको जस्तो लाग्छ । म आउनु पर्छ , म नै हुनु पर्छ , मैले मात्र गर्न सक्छु भनेको सहमतीको नयाँ अर्थ हुन सक्छ। तपाईहरुलाई मेरो बिचार कस्तो लाग्छ  । 

------------------------------------------------------------------------------------------
सहमती भनेको के हो । बिगत केही बर्ष देखी सुन्दै आएको शब्द हो यो । मेरो बुझाई अनुसार सहमती भनेको एकमत हुनु , दुईबटा पक्क्ष एकतिर मिल्नु हो जस्तो लाग्छ ।

कुनै पनि शब्दको लेखाई अनेक  र बुझाई अनेक हुन्छ , त्यो कुरा पनि मलाई थाहा छ । अहिले त्यता तिर नजाऔ ।

फेरी यो सहमती भन्ने शब्द राम्रो तरिकाले प्रयोग गर्न सकेमा  यसले जिन्दगी नै बदलिदिन्छ तर राम्ररी प्रयोग गर्न नसकेमा ज़िन्दगीनै बिगारिदिन्छ , तहास महास पारिदिन्छ  । यो शब्द हाम्रो जिन्दगीको लागी पनि एउटा महत्बपुर्ण शब्द हो ।

सानो ठाउबाट यसको परिचय दिनु पर्दा , घर परिबारमा बाउ - आमा  - छोरा -  छोरी को बिचमा  , श्रीमान र  श्रीमतीको बिचमा , साथी - साथीको बिचमा धेरै कुराको सहमती गरिरहनु पर्छ ।

जस्तै आज बेलुका इटालियन खान मन लागेको छ , श्रीमतीको चाईनिज खाने भनेको खन्णमा श्रीमान र श्रीमती बिच सहमती गर्नु पर्यो । एउटै समयमा दुई बटै रेस्टुरेन्टमा जान सकिदैन हैन र ।

आफ्ना घरायसी क्षेत्रमा दिनहु जसो हामीहरुले एक अर्का संग सहमती गरेका हुन्छौ , घर परिबारमा , दिदि बहिनी र साथी भाँई हरु संग गरिने साना साना सहमतीका बारेमा हामीहरुले त्यती नियालेर पनि हेर्दैनौ , त्यही भएर पनि होला  आफुलाई थाहा नभईकन सहमती गरिसकेका हुन्छौ । यी त भए घर परिबार साथी भाई बिचका साना साना कुराहरु ।

जब सहमती भन्ने शब्द राजनितिक क्षेत्रमा , बिकास गर्ने क्षेत्रमा , केही नयाँ प्रबिधी अपनाउनु पर्ने क्षेत्र मा आउछ , सहमतीको अर्थ फरक हुदो रहेछ ।

आफुले भनेको नै हुनै पर्ने , अर्काले भनेको कुरा कत्ती पनि सुन्न नचाहने तर बाहिर पब्लिकमा बोल्नु पर्दा , केही लेख्दा चाही सहमती हुदैछ , सहमती नै गर्ने हो भनेर भन्दै हिडने  ।

कुनै बेला राणाहरुले राजा संग सहमतीको नाममा शासन गरेका थिए , त्यस पछि पन्चायत कालमा पनि सहमती धेरै गरियो । तर त्यो बेलामा नेपालमा धेरै काम चाही भएको पनि थियो । अहिले हामीहरुले नेपाल भनेर चिनाऊने मठ मन्दिर , दरबारहरु सबै त्यही पालामा बनेका हुन ।

तर ई.स.  २००७ को शान्ती सम्झौता र ई.स २००८ को सम्बिधान संभाको चुनाब पछि देश तिन दलको सहमती भन्ने जालमा परेको छ । जे काम गर्न पनि सहमती चाहिने । मलाई लाग्छ ई.स २००८ बाट देशको बिकास रोकिएको छ । सानो बाँटों बनाउन , इनार खन्न , भुकम्प पिडितलाई सहयोग गर्न , हाल सालैको कुरा गर्दा  बाढी पिडितलाई सहयोग गर्न पनि सहमती चाहिएला जस्तो छ ।

अहिले आएर ग़ैर आबासिय नेपाली संगका बिश्ब भरी छरिएर बसेका , नेपाली र नेपाललाई केही गरौ भनेर खोलिएको सस्थामा पनि तिन दलको सहमती चाहिने भएको छ । मेरो दलको ( टिमको ) मान्छे नै अध्यक्ष , उपाध्यक्ष , महा सचिब , सचिब कोषाध्यक्क्ष , सदस्य हुनु पर्छ भन्ने होडबाजीमा सबै छन ।

मलाई लाग्थ्यो सहमतीको अर्थ भनेको दुईमतलाई एक मत गर्ने हो  । हाम्रो भन्दा पनि राम्रो , क्षमता बान ब्यक्ती , जसले आजको मिति सम्म केही गरेको छ र आउने दिनमा पनि केही गर्न सक्छ भन्ने ब्यक्तीलाई राम्रो पदमा लानु पर्नेमा ,  मैले भनेको हुनै पर्छ , म नै जान पर्छ र म नै हुन पर्छ भन्ने ब्यक्तीहरु गैर आबासिय नेपाली संगमा पनि हाबी भएका छन जस्तो लाग्छ ।

सहमती भन्ने शब्दको परिभाषा परिबर्तन गर्नु पर्ने बेला आएको जस्तो लाग्छ । म आउनु पर्छ , म नै हुनु पर्छ , मैले मात्र गर्न सक्छु भनेको सहमतीको नयाँ अर्थ हुन सक्छ। तपाईहरुलाई मेरो बिचार कस्तो लाग्छ  ।
------------------------------------------------------------------------------------------

No comments:

Post a Comment