Friday 1 July 2022

कथा अनि ब्यथा भाग ४२ "एक दिन कामबाट फर्कदै गर्दा "

 रातीको पार्टटाईम जागिर सकाएर , आफ्नो डेरा तिर फर्कन्छ  , आफुसँग भएको आई-पड़का गितहरु सुन्दै रेल चढ़ी ,  कुनाको सिटमा बसेर आँखा बन्द गरि फर्कदै थियो । करिब १ धन्टा लगाएर फर्कनु पर्ने भएकाले केही छिन भए पनि सुत्छु । केही समय भए पनि आराम गर्न  मन लागेर होला । भेरी यो जापानमा पब्लिक क्षेत्रमा मजालें सुतेपनि कसैले तपाईसगँ नराम्रो ब्याबहार गर्दैन , सामानहरुको चोरी पनि हुदैन । नेपालमा भएको भए सबै लुटीदिन्थे होलान । 


ख़ैर , गित सुन्दै थियो , कालीदासको आईपडबाट , उसलाई अति नै मन पर्ने गित बज्न सुरु गर्छ  । कानहरु पनि त्यो गित सुन्दा , रमाईरहेका थिए जस्तो लाग्छ  । 
त्यो गित थियो , तारा देबीको कालीपारी दाईकति राम्रो .....। 

" कालीपारी दाई कति राम्रो ढाकाटोपी , काँधैमा गलबन्दी । हातभरी फुरा उठयो , जुरको डाली खन्दा । मेरो जुनी यसै बित्यो भेटहोलाकी भन्दा । बाढी आयो काली गंगा कुनाकानी खेल्दै । हजुरलाई भेटौ भनि आको म त खेल्दै ।

यो गित सारै गहिरो , धेरै अर्थ भएको , सुन्दा रमाईलो लाग्ने गित पनि हो । कालीदासले पनि यो गितलाई आफ्नो ज़िन्दगीमा मिलाएर सुनेको भएर होला , रेलमा चढीराखेको कालीदासको आखा बाट आँशु बगीसकेको थियो । लाज लागेर होला हतार - हतार आफ्नो आशु पुछीरहेको पनि थियो  । 

आज सम्म कुनै पनि कम्पनीको अन्तरबार्तामा जादा खेरी यस्ता गितहरु सुनेर , यस गितहरुबाट धेरै पाबर पाएको महसुस पनि गर्दथ्यो । त्यसमाथी पनि  यो गितको "हातभरी फुरा उठयो , जुरको डाली खन्दा " भन्ने भाग चाही सबैभन्दा मन पर्ने भाग थियो । 

दिनहु बिदेशको ठाउ , आफु बस्ने ताकाहाताफुदो ( टोकियो शहरको नाम ) बाट बाज़ार क्षेत्रमा आउथ्यो । कुनै दिन चाही एकै दिनमा एउटा - दुईबटा अन्तरबार्ता हुन्थ्यो । अन्तरबार्ता सकाएर बेलुका काम ( पार्ट टाईम काम ) पनि जानु पर्ने , अलि अलि कमाएको पैसा पनि  , बिश्बबिधालयलाई , घरबेटीलाई , बिजुली , पानी , ग्यास , बिहान बेलुकाको खानेकुरा , मेबाईललाई तिर्नु पर्यो , कहिले काही साथीहरु संग बाहिर जादा अलि अलि खर्च हुने पनि भयो , अन्त्यमा नेपालमा हुने बुबा आमालाई केही पठाउनु पर्यो । 

यो सबै कुरा गर्दा हातभरी देखिने फुरा नउठे ता पनि , नदेखिने फुराहरु उठीसकेको थियो । 

त्यो भएर पनि कालीदासलाई यो गितको " हातभरी फुरा उठयो , जुरको डाली खन्दा " भन्ने भाग मन परेको हुनु पर्छ । 

गित सुन्दा सुन्दै , केही समयमा घर नजिकैको स्टेसनमा पुग्छ । धरमा आराम गरि फेरी बिश्बबिधालय तिर लाग्छ । बिश्बबिधालयमा सधै झै धेरै साथीहरु संग भेटघाट गर्छ , कालीदासका साथीहरु पनि धेरै थियो । 

प्राय सबैजना स्थाई काम खोजीरहेका थिए । कुरा गर्दै जादा , कुनै साथीले आफ्नो स्थाई काम पक्का भएको खबर सुनाउथ्यो , कुनैले फलानो फलानो कम्पनीमा गएको कुरा अनि आफ्नो अनुभबहरु  सुनाउथ्यो । कालीदास पनि आफ्नो कुराहरु , अनुभबहरु बताउथ्यो । यस्ता कुराहरु  बाट पनि कालीदासले धेरै कुराहरु सिकिरहेको थियो  । साथीहरुको अनुभब सुनेर आफुले , एउटै गल्ती नगर्नको लागी पनि सहयोग मिल्छ भन्ने सोच गर्दथ्यो । 

यस्ता सोचले गर्दा पनि कालीदासलाई धेरै साथीहरुले माया गर्दथे । 

कथा अनि ब्यथा भाग ४१ " स्थायी कामका लागि प्रयास - २

 कथा अनि ब्यथा भाग ४१  " स्थायी कामका लागि प्रयास - २ "


-विसु भण्डारी 

म त लाली गुरास भएछु । बनै भरी फुली दिन्छु , मनै भरी फुली दिन्छु । फाँटहरुले कस्लाई पुग्छ , भिरमा पनि फुली दिन्छु । खुशी मात्र कहाँ हुन्छ । पिरमा पनि फुली दिन्छु । 

कस्तो मार्मिक गीत छ । स्थाई काम खोजीरहेके कालीदासले यस नारायण गोपालको गित बाट पनि आफुलाई सहयोग मिलेको महसुस गर्छ । म पनि लालीगुरास जसरी नै लचकिलो भएर तयारीका साथ  अन्तरबार्ता दिने गरेमा अबस्य पनि आफ्नो रुचीको , जान चाहेको कम्पनीमा स्थाई काम पाउन सकिन्छ भन्ने बिस्बास लिन्छ । 

हुन पनि हो । चाहेको कुरा जसरी पनि हात पर्छ , अन्तिम सम्म प्रयास गरिरहेमा , हरेस नखाएमा  । 

बिभिन्न साईटहरुबाट , बिज्नेस स्कुलबाट र बिश्ब बिधालयको ईभेन्टमा धेरै भन्दा धेरै कम्पनीको बारेमा जानकारी लिईसकेको थियो । बेलुकाको आरुबाईतो ( पार्ट टाईम जब ) त गर्न परी हाल्यो , दिउसोको समय बिश्ब बिधालय र काम खोज्नमा बिताएको थियो । 

काम खोज्न न जाने , जुन सुकै ठाउमा पनि जापानीजहरुको सन्ख्या नै बढी थिए । बिश्ब बिधालय पढने बिदेशीहरुको जनसन्ख्या धेरै थोरै थियो , त्यो भएर पनि स्थाई काम खोज्ने बिदेशी बिध्यार्थीको सन्ख्या कम भएको होला की । 

सधै झै कुनै पनि कम्पनीको अन्तरबार्तामा जादा , पहिला राम्रो अक्क्षरमा आफ्नो रिरेक्सो ( बायोडाटा ) लेख्ने , 
आफु अन्तरबार्तामा जाने कम्पनीको होमपेज सबै चेक गरी , त्यो कम्पनीको राम्रो पक्क्ष भन्न सक्ने हुने , आफुले त्यस कम्पनीमा गर्न चाहेको काम के हो त भन्न सक्ने हुने , आफ्नो राम्रो पक्क्ष र नराम्रो अर्थात सुधार गर्नु पर्ने कुराहरु पनि धेरै सोच्नु पर्ने ( बुझेको हुनु पर्ने )  , जुन सुकै कुरा पनि मन बाँट ,  जोस र जागरका साथ गर्नु पर्ने , हसिलो हुनु पर्ने जस्ता कुराहरु ध्यान दिएर , स्थाई कामको खोजी ( जब हन्टिन)  गरेमा काम अबस्य पनि पाईन्छ जस्तो लागीरहेको थियो । एक दिन एउटा कम्पनीको खाईस्या सेचुमेईखाईमा ( कम्पनीहरुले आफ्नो बारेमा जानकारी दिने ईभेन्ट ) जान त जान्छ , तर पछि बल्ल थाहा पाउछ की त्यस कम्पनीले जापानीहरु मात्र खोजेको रहेछ । 

यस्तो कुराले कालीदासको मन खल्लो बनाउछ पनि । 
१९ बर्षमा जापान आएर , आफ्नो जिबनको अमुल्य समय नै जापानमा बिताईसकेको , आफु जन्मेको चाही नेपाल भएतापनि , आफुलाई पाउने आमा नेपाल र ज्ञान दिने , सिप दिने आमा चाहि जापान हो भन्दै हिडने , नेपाललाई जती माया गर्छ त्यतिकै जापानलाई पनि माया गर्ने , जापानीजहरु सरहको काम गर्न सक्ने क्षमता भएतापनि गाईकोकुजिन ( बिदेशी नागरिक ) भनेर थन्क्याईदिन्छन भन्या । 

यही पढेको , यही हुर्केको भएतापनि , कुनै कुनै कम्पनीले बिदेशीहरुलाई  नलिने भनेर होमपेजमा लेख्ने गरेको र नलेखता पनि बिदेशीहरुलाई अर्कै नजरले हेर्ने प्रबिर्ती भएकाले आफुलाई मज्जा नलागेको महसुस गर्छ  । 

तर यसो सोचेर हेर्दा हामीहरुले पनि नेपालमा काम गर्ने , काम खोज्ने बिदेशी नागरिकलाई त्यस्तै ब्यबहार गर्छौ जस्तो पनि लाग्छ । सोचेर हेर्नुस त , नेपालमा काम गर्ने भारतीय दाजु भाईहरुलाई हामीहरुले कस्तो ब्याब्हार गर्छौ । जापान सुधार्नको लागी पनि , पहिला आफ्नो नेपाली सोचलाई परिवर्तन गर्नु पर्छ जस्तो पनि लागेर आउछ । 

एक दिन बेलुका आरुबाईतो गर्ने ठाउमा , जापानीज साथी संग कुरा गर्दा प्रसन्ग बस स्युसोकु खाचुदो ( स्थाई काम खोज्ने प्रकिया ) को बारेमा कुरा गर्न पुग्छ   । 

यो जापानमा भनेको जस्तो स्थाई काम पाउन कती गारो है । त्यस जापानीजले भन्छ , हामी जापानीजलाई पनि गारो छ , बिदेशीहरुलाई  त गारो हुने भै हाल्यो नी , तर कालीदासको जापानीज भाषा , प्रस्तुत हुने तरिका , आफुलाई बुझेको जस्ता पक्षहरु राम्रो छन , चिन्ता मान्नु नै पर्दैन । 

जापानीज साथीको फकाईमा कालीदास पनि मख्ख परि हाल्छ । यस्ता कुराहरुले कालीदासलाई अझै प्रेरणा मिल्छ र आउने दिनका अन्तरबार्ताका लागी पनि हिन्ट मिलेको महसुस गर्छ । 

क्रमस ..

कथा अनि ब्यथा भाग ४० " स्थाईकामका लागी प्रयास "

 कथा अनि ब्यथा भाग ४० " स्थाईकामका लागी प्रयास  "


बिश्बबिध्यालयको चौथों बर्ष चलिरहेको थियो । आफुलाई चाहिने ताईन ( क्रेडिट ) सबै हासिल गरीसकेको थियो तर कालीदास चाही आफुलाई भबिस्यमा चाहिन सक्ने , रुचिका केही बिषयहरु लिएको थियो । हप्ताका केही दिन बिश्बबिघ्यालयमानै बिताउने , बाक़ी समय आरुबाईतो र स्थाई काम खोज्ने प्रक्रियामा बिताउने योजना बनाएको  थियो । 
आफु भन्दा अंग्रजहरुसग सल्लाह लिदै , बिश्बबिघ्यालय भित्र र बाहिरका सपोर्ट सेन्टरहरुमा धाएर , जापानमा स्थाई काम खोज्नको लागी चाहिने प्रक्रिया लगायतका बिषयहरु बुझ्दै गरेको अबस्था थियो । बिश्बबिघ्यालय भित्रको रिय्युगाकुसेय सपोर्ट सेन्टरमा धेरै पटक धाई , शिक्षकहरुको सहयोगमा रिरेकस्यो ( बायोडाटा ) भर्ने तरिका पनि सिकिसकेको अबस्था थियो । साथसाथै माई नाबी , रिकु नाबी , निक्रेई नाबी , दाईजब डट कम जस्ता साईटहरुमा आफ्नो बिबरण दर्ता गरीसकेको थियो । अब चाही बेला बेलामा बिश्बबिघ्यालय भित्र गरिने ईभेन्ट र बिभिन्न साईटबाट बिभिन्न कम्पनीहरुको जानकारी लिई , ति कम्पनीको खाईस्या सेचुमेईखाईमा ( बिध्यार्थीहरुको लागी भनेर कम्पनीले आफ्नो बारेमा बिबरण दिने कार्यकर्म ) गएर कस्तो कम्पनी , कस्ता मान्छेहरु काम गर्छन , कस्ता मान्छेहरु खोजीरहेको छ त ? , सेन्पाई स्याईनहरुले कस्तो कुरा गर्छन त ? जस्ता जिज्ञासाका उत्तर लिने गरिरहेको थियो । 

बिभिन्न साईटमा आफ्नो नाम दर्ता गरेको , बिश्बबिघ्यालय भित्रका ईभेन्ट  र बिंभिन्न ठाउमा गरिएको कार्यकर्महरुमा सहभागी भई , सबै भन्दा पहिला बढी भन्दा बढी कम्पनीको बारेमा जानकारी लिन्छ । करिब १०० भन्दा बढी कम्पनीका खाईस्या सेचुमेईखाईमा ( बिध्यार्थीहरुको लागी भनेर कम्पनीले आफ्नो बारेमा बिबरण दिने कार्यकर्म )  गई पनि सकेको थियो । 

कुनै कम्पनी आफुलाई मन पर्दैन , कुनै कम्पनीले आफु जस्ता मान्छेहरु नचाहेको , कुनै कम्पनीमा नाम निकाल्नै नसकेको जस्ता केसहरु थिए । 

जिन्दगी पनि रमाईलो छ । कुनैले आफुलाई मन पराउछन , कुनैलाई आफुले मन पराउदा पनि पाईदैन भने जस्तो , यो स्थाई काम खोज्ने काम पनि केटी साथी खोजे जस्तै रहेछ भन्या । 

हप्ताको दुई दिन खाईस्या सेचुमेईखाई , बाक़ी दिन स्सुस्योकु खाचुदो ( स्थाई काम खोज्ने प्रक्रिया ) मा र बाक़ी समय आरुबाईतो ( पार्ट टाईम जब ) मा बिताउने भएकाले , एकदमै ब्यस्त समय बिताई रहेको थियो । कहिले काही त म के गरिरहेछु जस्तो पनि लाग्दो रहेछ भन्या । 

न आफ्नो देशमा नै छ , न आफ्नो मातृ भाषा प्रयोग गर्न पाईएको छ , न बरिपरिका जापानीजहरु नेपाली जस्ता सहयोगी नै छन , भनि मनमा कुराहरु खेलाई रहन्थ्यो । हुन त नेपालमा पनि खुट्टा तान्ने मान्छे , देखी नसहने , खेदो खन्ने मान्छेको कमी त छैन , त्यै पनि । 

बिश्बबिघ्यालयका एक प्रफेसरले पनि भन्नु भएको थियो , ज़िन्दगीमा ३ बटा ध्यान दिनु पर्ने कुराहरु हुन्छन ,  एक दम बिचार गरेर फैसला लिनु पर्छ । ( १ कुन बिश्बबिघ्यालय जाने , २ कुन कम्पनीमा छिर्ने , ३ कस्तो केटी संग बिबाह गर्ने । ) 

हुन पनि सही हो जस्तो लाग्छ । कालीदास पनि घेरै सोच बिचार गरेर आफुले काम गर्ने कम्पनी रोज्छु भनि मन मनै कुराहरु खेलाई रहेको हुन्छ । 

अनि अर्को कुरा २०१० को ३ महिनामा सोचुग्यो गर्ने बिध्यार्थीहरुको लागी काम पाउन गारो पनि थियो । २०१० को न्यु ग्रयाजुएट हुने हरुलाई काम पाउन गारो हुन सक्ने भनि पत्र पत्रिकामा पनि धेरै समाचारहरु छापिएका थिए । 

रिमान सोक्कु ( Bankruptcy of lehman brothers ) र साबु प्राईम ज्युताकु लोन किकि ( Subprime mortgage crisis )पछि घेरै कम्पनीले यो बर्ष बाट न्यु ग्रयाजुएट नलिने भनेर भनिसकेका पनि थिए । त्यसैले होला २००९ - २०१२ सम्मको समयलाई स्युस्योकु हय्योगाकु ( स्थाई काममा चिसो पन ) भनेर भन्ने गरेका थिए  । 

बाहिर जस्तो सुकै खबर चलिराखे पनि कालीदास आफुले खोजेको जस्तै काम पाउने कुरामा कुनै दुबिदा नलिईकन निर्धक्क भएर अघि बढी रहेको थियो । 

क्रमस .....