कथा अनि ब्यथा भाग ४० " स्थाईकामका लागी प्रयास "
आफु भन्दा अंग्रजहरुसग सल्लाह लिदै , बिश्बबिघ्यालय भित्र र बाहिरका सपोर्ट सेन्टरहरुमा धाएर , जापानमा स्थाई काम खोज्नको लागी चाहिने प्रक्रिया लगायतका बिषयहरु बुझ्दै गरेको अबस्था थियो । बिश्बबिघ्यालय भित्रको रिय्युगाकुसेय सपोर्ट सेन्टरमा धेरै पटक धाई , शिक्षकहरुको सहयोगमा रिरेकस्यो ( बायोडाटा ) भर्ने तरिका पनि सिकिसकेको अबस्था थियो । साथसाथै माई नाबी , रिकु नाबी , निक्रेई नाबी , दाईजब डट कम जस्ता साईटहरुमा आफ्नो बिबरण दर्ता गरीसकेको थियो । अब चाही बेला बेलामा बिश्बबिघ्यालय भित्र गरिने ईभेन्ट र बिभिन्न साईटबाट बिभिन्न कम्पनीहरुको जानकारी लिई , ति कम्पनीको खाईस्या सेचुमेईखाईमा ( बिध्यार्थीहरुको लागी भनेर कम्पनीले आफ्नो बारेमा बिबरण दिने कार्यकर्म ) गएर कस्तो कम्पनी , कस्ता मान्छेहरु काम गर्छन , कस्ता मान्छेहरु खोजीरहेको छ त ? , सेन्पाई स्याईनहरुले कस्तो कुरा गर्छन त ? जस्ता जिज्ञासाका उत्तर लिने गरिरहेको थियो ।
बिभिन्न साईटमा आफ्नो नाम दर्ता गरेको , बिश्बबिघ्यालय भित्रका ईभेन्ट र बिंभिन्न ठाउमा गरिएको कार्यकर्महरुमा सहभागी भई , सबै भन्दा पहिला बढी भन्दा बढी कम्पनीको बारेमा जानकारी लिन्छ । करिब १०० भन्दा बढी कम्पनीका खाईस्या सेचुमेईखाईमा ( बिध्यार्थीहरुको लागी भनेर कम्पनीले आफ्नो बारेमा बिबरण दिने कार्यकर्म ) गई पनि सकेको थियो ।
कुनै कम्पनी आफुलाई मन पर्दैन , कुनै कम्पनीले आफु जस्ता मान्छेहरु नचाहेको , कुनै कम्पनीमा नाम निकाल्नै नसकेको जस्ता केसहरु थिए ।
जिन्दगी पनि रमाईलो छ । कुनैले आफुलाई मन पराउछन , कुनैलाई आफुले मन पराउदा पनि पाईदैन भने जस्तो , यो स्थाई काम खोज्ने काम पनि केटी साथी खोजे जस्तै रहेछ भन्या ।
हप्ताको दुई दिन खाईस्या सेचुमेईखाई , बाक़ी दिन स्सुस्योकु खाचुदो ( स्थाई काम खोज्ने प्रक्रिया ) मा र बाक़ी समय आरुबाईतो ( पार्ट टाईम जब ) मा बिताउने भएकाले , एकदमै ब्यस्त समय बिताई रहेको थियो । कहिले काही त म के गरिरहेछु जस्तो पनि लाग्दो रहेछ भन्या ।
न आफ्नो देशमा नै छ , न आफ्नो मातृ भाषा प्रयोग गर्न पाईएको छ , न बरिपरिका जापानीजहरु नेपाली जस्ता सहयोगी नै छन , भनि मनमा कुराहरु खेलाई रहन्थ्यो । हुन त नेपालमा पनि खुट्टा तान्ने मान्छे , देखी नसहने , खेदो खन्ने मान्छेको कमी त छैन , त्यै पनि ।
बिश्बबिघ्यालयका एक प्रफेसरले पनि भन्नु भएको थियो , ज़िन्दगीमा ३ बटा ध्यान दिनु पर्ने कुराहरु हुन्छन , एक दम बिचार गरेर फैसला लिनु पर्छ । ( १ कुन बिश्बबिघ्यालय जाने , २ कुन कम्पनीमा छिर्ने , ३ कस्तो केटी संग बिबाह गर्ने । )
हुन पनि सही हो जस्तो लाग्छ । कालीदास पनि घेरै सोच बिचार गरेर आफुले काम गर्ने कम्पनी रोज्छु भनि मन मनै कुराहरु खेलाई रहेको हुन्छ ।
अनि अर्को कुरा २०१० को ३ महिनामा सोचुग्यो गर्ने बिध्यार्थीहरुको लागी काम पाउन गारो पनि थियो । २०१० को न्यु ग्रयाजुएट हुने हरुलाई काम पाउन गारो हुन सक्ने भनि पत्र पत्रिकामा पनि धेरै समाचारहरु छापिएका थिए ।
रिमान सोक्कु ( Bankruptcy of lehman brothers ) र साबु प्राईम ज्युताकु लोन किकि ( Subprime mortgage crisis )पछि घेरै कम्पनीले यो बर्ष बाट न्यु ग्रयाजुएट नलिने भनेर भनिसकेका पनि थिए । त्यसैले होला २००९ - २०१२ सम्मको समयलाई स्युस्योकु हय्योगाकु ( स्थाई काममा चिसो पन ) भनेर भन्ने गरेका थिए ।
बाहिर जस्तो सुकै खबर चलिराखे पनि कालीदास आफुले खोजेको जस्तै काम पाउने कुरामा कुनै दुबिदा नलिईकन निर्धक्क भएर अघि बढी रहेको थियो ।
क्रमस .....
No comments:
Post a Comment