कथा अनि ब्यथा भाग ४१ " स्थायी कामका लागि प्रयास - २ "
-विसु भण्डारी
म त लाली गुरास भएछु । बनै भरी फुली दिन्छु , मनै भरी फुली दिन्छु । फाँटहरुले कस्लाई पुग्छ , भिरमा पनि फुली दिन्छु । खुशी मात्र कहाँ हुन्छ । पिरमा पनि फुली दिन्छु ।
कस्तो मार्मिक गीत छ । स्थाई काम खोजीरहेके कालीदासले यस नारायण गोपालको गित बाट पनि आफुलाई सहयोग मिलेको महसुस गर्छ । म पनि लालीगुरास जसरी नै लचकिलो भएर तयारीका साथ अन्तरबार्ता दिने गरेमा अबस्य पनि आफ्नो रुचीको , जान चाहेको कम्पनीमा स्थाई काम पाउन सकिन्छ भन्ने बिस्बास लिन्छ ।
हुन पनि हो । चाहेको कुरा जसरी पनि हात पर्छ , अन्तिम सम्म प्रयास गरिरहेमा , हरेस नखाएमा ।
बिभिन्न साईटहरुबाट , बिज्नेस स्कुलबाट र बिश्ब बिधालयको ईभेन्टमा धेरै भन्दा धेरै कम्पनीको बारेमा जानकारी लिईसकेको थियो । बेलुकाको आरुबाईतो ( पार्ट टाईम जब ) त गर्न परी हाल्यो , दिउसोको समय बिश्ब बिधालय र काम खोज्नमा बिताएको थियो ।
काम खोज्न न जाने , जुन सुकै ठाउमा पनि जापानीजहरुको सन्ख्या नै बढी थिए । बिश्ब बिधालय पढने बिदेशीहरुको जनसन्ख्या धेरै थोरै थियो , त्यो भएर पनि स्थाई काम खोज्ने बिदेशी बिध्यार्थीको सन्ख्या कम भएको होला की ।
सधै झै कुनै पनि कम्पनीको अन्तरबार्तामा जादा , पहिला राम्रो अक्क्षरमा आफ्नो रिरेक्सो ( बायोडाटा ) लेख्ने ,
आफु अन्तरबार्तामा जाने कम्पनीको होमपेज सबै चेक गरी , त्यो कम्पनीको राम्रो पक्क्ष भन्न सक्ने हुने , आफुले त्यस कम्पनीमा गर्न चाहेको काम के हो त भन्न सक्ने हुने , आफ्नो राम्रो पक्क्ष र नराम्रो अर्थात सुधार गर्नु पर्ने कुराहरु पनि धेरै सोच्नु पर्ने ( बुझेको हुनु पर्ने ) , जुन सुकै कुरा पनि मन बाँट , जोस र जागरका साथ गर्नु पर्ने , हसिलो हुनु पर्ने जस्ता कुराहरु ध्यान दिएर , स्थाई कामको खोजी ( जब हन्टिन) गरेमा काम अबस्य पनि पाईन्छ जस्तो लागीरहेको थियो । एक दिन एउटा कम्पनीको खाईस्या सेचुमेईखाईमा ( कम्पनीहरुले आफ्नो बारेमा जानकारी दिने ईभेन्ट ) जान त जान्छ , तर पछि बल्ल थाहा पाउछ की त्यस कम्पनीले जापानीहरु मात्र खोजेको रहेछ ।
यस्तो कुराले कालीदासको मन खल्लो बनाउछ पनि ।
१९ बर्षमा जापान आएर , आफ्नो जिबनको अमुल्य समय नै जापानमा बिताईसकेको , आफु जन्मेको चाही नेपाल भएतापनि , आफुलाई पाउने आमा नेपाल र ज्ञान दिने , सिप दिने आमा चाहि जापान हो भन्दै हिडने , नेपाललाई जती माया गर्छ त्यतिकै जापानलाई पनि माया गर्ने , जापानीजहरु सरहको काम गर्न सक्ने क्षमता भएतापनि गाईकोकुजिन ( बिदेशी नागरिक ) भनेर थन्क्याईदिन्छन भन्या ।
यही पढेको , यही हुर्केको भएतापनि , कुनै कुनै कम्पनीले बिदेशीहरुलाई नलिने भनेर होमपेजमा लेख्ने गरेको र नलेखता पनि बिदेशीहरुलाई अर्कै नजरले हेर्ने प्रबिर्ती भएकाले आफुलाई मज्जा नलागेको महसुस गर्छ ।
तर यसो सोचेर हेर्दा हामीहरुले पनि नेपालमा काम गर्ने , काम खोज्ने बिदेशी नागरिकलाई त्यस्तै ब्यबहार गर्छौ जस्तो पनि लाग्छ । सोचेर हेर्नुस त , नेपालमा काम गर्ने भारतीय दाजु भाईहरुलाई हामीहरुले कस्तो ब्याब्हार गर्छौ । जापान सुधार्नको लागी पनि , पहिला आफ्नो नेपाली सोचलाई परिवर्तन गर्नु पर्छ जस्तो पनि लागेर आउछ ।
एक दिन बेलुका आरुबाईतो गर्ने ठाउमा , जापानीज साथी संग कुरा गर्दा प्रसन्ग बस स्युसोकु खाचुदो ( स्थाई काम खोज्ने प्रकिया ) को बारेमा कुरा गर्न पुग्छ ।
यो जापानमा भनेको जस्तो स्थाई काम पाउन कती गारो है । त्यस जापानीजले भन्छ , हामी जापानीजलाई पनि गारो छ , बिदेशीहरुलाई त गारो हुने भै हाल्यो नी , तर कालीदासको जापानीज भाषा , प्रस्तुत हुने तरिका , आफुलाई बुझेको जस्ता पक्षहरु राम्रो छन , चिन्ता मान्नु नै पर्दैन ।
जापानीज साथीको फकाईमा कालीदास पनि मख्ख परि हाल्छ । यस्ता कुराहरुले कालीदासलाई अझै प्रेरणा मिल्छ र आउने दिनका अन्तरबार्ताका लागी पनि हिन्ट मिलेको महसुस गर्छ ।
क्रमस ..
No comments:
Post a Comment