Saturday, 10 December 2016

कथा अनि ब्यंथा भाग-२८ ‘अमेरिका राम्रो कि जापान ?’


अमेरिकन लाईफ़ ठिक हो कि जस्तो लाग्छ
तर मलाई जापानीज लाईफ़ ठिक लाग्छ ।
मन नपर्ने कुराहरु पनि छन
तर तुलनात्मक रुपमा जापान नै ठिक हो कि?

बाहिर घुम्न जाऊ जाऊ लाग्ने मौसम थियो । निलो आकाश, सेतो कतै गुलाबी रंगका साकुरा फुलेका थिए । हारु समय, नेपाली शब्दमा भन्नु पर्दा वसन्त ऋतु । जाडो सकियपछि,गर्मि भन्दा अगाडीको मौसम, घुमघाम गर्नको लागि पनि ठ्याक्कै थियो । टोकियोका धेरै सडक छेउ, बगैचा,पार्कहरुमा र डाडाकाडाहरुमा साकुरा फुल फुलेका थिए। विश्वविद्यालयको कम्पाउन्ड भित्र पनि साकुराका फूलहरु लटरम्मै फुलेका थिए ।
ति फूलहरु हेर्दा मननै कता कता हराए जस्तो लाग्थ्यो । कालीदास पनि विश्वविद्यालय वरिपरीका साकुरा हेर्दै,मनोरंजन लिइरहेको थियो । त्यहि बेला धेरै पछि सुदर्शनसंग भेट हुन्छ। सुदर्शन कालीदास भन्दा एक वर्ष जुनिएर थियो ।
कालीदास नेपालबाट आउदा,सुदर्शनको बुवा-आमाको कोसेली पनि ल्याईदिएको थियो, अनि आज बेलुका आरुबाइतो (पार्टटाईम जब) पनि नभएकोले गर्दा,दुबैजना घर तिर जन्छन । धेरै पछि नेपाली खाना बनाएर खाए। सुदर्शन चाही आरुबाइतो (पार्टटाईम जब)लाई जोड़ दिने खालको थियो, कलेज पनि त्यति आउदैन थियो । त्यसैले कालीदासले सधै झै ” यार आरुबाईतो मात्र नगर, मैले तिम्रो बुबा आमालाई पनि भनिदिएको छु । उहाहरुले पनि छोरालाई पढेर राम्रो गरोस भनेर भन्नु भएको थियो ”
“तर यो देशमा केही होला जस्तो लाग्दैन यार, म त दाईगाकु (विश्वविद्यालयको) सकिएपछि केही समयको लागि नेपाल जान्छु अनि त्यस पछि अमेरिकाको लागि प्रयास गर्छु, त्यति समयसम्मको लागि जापानमा सकेको कमाउने हो, पढाई त भन्ने मात्र त हो।  ” भनेर जबाफ दिन्छ ।
“ठिकै छ । तिम्रो बिचार त्यस्तो छ भने पनि ठिकै छ। अमेरिकन लाईफ़ भनेर पनि भनिन्छ तर मलाई जापानीज लाईफ़ ठिक हो कि जस्तो लाग्छ । यहाँ पनि मन नपर्ने कुराहरु पनि छन तर तुलनात्मक रुपमा जापान नै ठिक हो कि जस्तो लाग्छ ।
जापान र नेपाल धेरै कुराहरु मिल्छ पनि “संस्कृतिको हिसाबले पनि हामी धेरै नजिक छौ । हाम्रो नेपालको नेबारी समुदायको चाडबाड , कुनै कुनै नेबारी भाषाका शब्दहरु पनि मिल्छन। हामी नेपालीहरु पनि जापानीहरु जस्तै केही परेको बेलामा सहयोग गर्नु पर्छ भन्ने भाबना बोकेका छौ । अनि एसियामा पनि धेरै जापानीहरुले नेपाललाई मन पराउछन, बर्सेनी हजारौ जापानी पर्यटकहरु नेपाल जान्छन । हाम्रो देशलाई माया गर्छन ।
अमेरिकाको कुरा गर, हुन त अमेरिका पनि बिदेशबाट गएका ईमिगेर्न्टहरुले बनाएको देश हो । तर प्रर्येक दिन मान्छे मारेको खबर समाचारमा आईराखेको हुन्छ । बन्दुक लिन पाईने देश भएपंछि, आफुलाई केही पुगेन भन्ने बितिक्कै मान्छे मारीहाल्ने, नेपाल, भारत लगाएतका देशबाट आउनेलाई पाकी (पाकिस्तानी) भनेर हेप्छन रे । हुन त ठुलो देश सम्भाबनाहरु पनि धेरै छन होला । तर मलाई त जापाननै ठिक छ ” भनि जबाफ र सल्लाह दिन्छ ।
सकेसम्म त आफ्नै देश बस्न पाए केही गर्न पाए हुन्थ्यो तर के गर्ने? बिदेश आउन परेको छ। दुबै जना अलिअलि पिएर भ्याए । सुदर्शन भोली बिहानको काम भएकाले घरतिर फर्कन्छ  ।

Saturday, 29 October 2016

( 3 दिन बाकी ) जापानमा नेपालको नाम चिनाउनको लागी , नेपालमा केही गर्नको लागी नेपाली । - 2

( 3 दिन बाकी )

नमस्कार। सन्चै हुनुहुन्छ !

सर्बप्रथम तपाई र तपाइको परिवार लै  दिपावली २०७१ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

ब्रसंग बदल्छु , धेरै भन्दा धेरै साथीहरुले मलाई भोट दिएर सहयोग गर्नु भएको छ ! सम्पूर्ण दाजु भाई तथा
 दिदि बहिनि ,साथी सुभचिन्तक हरुलाई येही फेसबुक मार्फत धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

यहाहरुको माया र ममताले म अहिले दोस्रो स्थानमा छु ।
यो महिनाको अन्तिम दिन सम्म यो प्रतिस्पर्धा जारी रहन्छ । अलि लामो यात्रा हुन्छ । यो महिनाको अन्तिम
दिन सम्म , सके सम्म दैनिकरुपमा मलाई भोट दिनु हुन्छ भन्ने आशा पनि गरेको छु ।

यस प्रतियोगिताको बारेमा , कस्तो कार्यकर्म हो ? , भोट कसरी दिने ? , नेपाललाई के फाईदा छ भन्ने प्रश्नहरुको
 लागी यस लिन्क हेर्नु होला ?
https://www.facebook.com/bissub/posts/10154582258138480

अन्त्यमा आज पनि यहाहरुले मलाई भोट दिएर अगाडी बढाउने हुनेछ भन्ने आशा लिएको छु । भोट गर्ने तरिका
यस प्रकार छ ।

भोट गर्ने तरिका:-
१. तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://mote1.jp/Mote1Contest/index/33/3378

२. जापानी अक्षर (投票する!) भएको ठाउँमा क्लिक गरी, भोट गर्नुहोस् ! विस्तृत जानकारीको लागि
फोटो हेर्नुहोला !
नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ !

Monday, 17 October 2016

जापानमा नेपालको नाम चिनाउनको लागी , नेपालमा केही गर्नको लागी नेपाली ।

नमस्कार साथी हरु !
धेरै साथीहरु बाट धेरै प्रस्न हरु आएकोले मा यो पोस्ट गर्दै छु
-------------
१ : यो मोतेकोन भनेको के हो ?
यो वर्षबाट जापानको टोकियो स्थित माकुहारी मेस्सेमा , रास्टिय स्थरको बकितित्बकला प्रतियोगिता , डान्स प्रतियोगिता , हास्य ब्यन्ग्य प्रतियोगिता , मोतेमेन सुन्दर प्रतियोगिता , मोतेज्यो सुन्दरी प्रतियोगिता हुन गई राखेको छ । त्यो इवेन्टको नाम मोतेकोन हो !
-------------
२: तपाई कुन प्रतियोगितामा भाग लिदै हुनुहुन्छ र किन ??
म बकितित्बकला प्रतियोगितामा भाग लिदै छु ! डिसेम्बर को ३ गते माकुहरी मेस्सेमा ठुलो इवेन्ट हुन्छ ,जहाँ कम्तिमा १०००० भन्दा बढी दर्शक हरुको उपस्तिती हुन्छ ! त्यो ठाउँमा गएर , नेपालको परिचय दिन मैले यो प्रतियोगितामा भाग लिएको हु !
-------------
३:यस प्रतियोगिताको फाईनल स्टेजसम्म तपाइलाई पुर्याउन
को लागि हामीले के गर्नु पर्छ त ?
यो महिना भरि (३१ गते को २४ बजे सम्मे ) इन्टरनेट भोटिंग हुदैछ ! इन्टरनेट भोटिंगबाट पहिलो ,दोस्रो र तेस्रो हुने प्रतियोगीहरु १२/३ को बकितित्बकला प्रतियोगितामा भाग लिन पाउछन् !तपाई हरुले मलाई इन्टरनेट भोटिंग बाट १२/३ को प्रतियोगितामा पठाउनु हुनेछ भन्ने आशा लिएको छु !
भोट गर्ने तरिका:-
◆ तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://mote1.jp/Mote1Contest/index/33/3378
◆ जापानी अक्षर (投票する!) भएको ठाउँमा क्लिक गरी, भोट गर्नुहोस् ! विस्तृत जानकारीको लागि फोटो हेर्नुहोला !
नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ !


-------------
४:यस प्रतियोगितामा भाग लिदा नेपाल लाई के फाइदा हुन्छ त ?
माथि पनि लेखेको छु ! १०००० भन्दा बढी दर्सकहरुको माझ एउटा नेपालीले नेपालको बारेमा बोल्न पाउनु पनि ठुलो
कुरा हो जस्तो लाग्छ ,अर्को कुरा नेपालको बारेमा जापानीहरुलाई प्रेज़ेन्टेसन गर्ने मौका मिल्छ ! यसले नेपालको पर्यटन प्रबदनलाइ पनि टेवा पुग्न सक्छ !
अनि अन्त्य म प्रथम हुन सकेको खण्डमा अलि अलि उपहार पनि पाइन्छ ! त्यो उपहार नेपाल को लागि खर्च गर्नेछु !
-------------
५ : इन्टरनेट भोटिंग दिन को एक पटक दिन मिल्छ ?
हजुर दिन को एक पटक मिल्छ , यो महिना को ३१ तारिक सम्म दिन को एक पटक मिल्छ ,( यदी तपाई संग एउटा भन्दा बढी डिभाईस( Mobile , PC , Tablet ) छ भने ,सबै डिभाईसबाट एक भोट गर्न मिल्छ )
-------------
६ : टुइटर बाट पनि भोट गर्न मिल्छ ?
मिल्छ ,टुइटरबाट भोट गर्दा ,एक क्लिच्कबाट १० पोइन्ट दिन सकिन्छ ! यदी तपाई टुइटर प्रयोग गर्नु हुन्छ भने
टुइटर जोडेर भोट गर्नु होला ! गर्ने तरिका को लागि तल को फोटो हेर्नु होला !
पहिला यस लिंक म क्लिच्क गर्नुस अनि फोटो अनुसार अगाडी जानुहोस !
https://mote1.jp/Mote1Contest/index/33

-------------



Saturday, 15 October 2016

बिष्णु भण्डारी दोस्रो स्थानमा , भोटिङ्ग गर्न अझै 17 दिन बाकी

बिष्णु भण्डारी दोस्रो स्थानमा , भोटिङ्ग गर्न अझै 17 दिन बाकी
नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ !

Twiitter Account हुने साथीहरु यसरी भोट गर्नु होला 

भोट गर्ने तरिका:-
१. तलको लिंकमा क्लिक गर्नुहोस् ।

२. जापानी अक्षर (投票する!) भएको ठाउँमा क्लिक गरी, भोट गर्नुहोस् ! विस्तृत जानकारीको लागि फोटो हेर्नुहोला !

मा दोस्रो स्थान मा छु  !

इन्ट्री नुम्बर ३०३ 
बिष्णु भण्डारी 

नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ !


日本が好きな外国人の挑戦モテコンスピーチコンテスト

===============================================================

नमस्कार ।

यो महिनाको अन्तिम दिन सम्म दिनको एक पटक भोट हाल्न पाईन्छ ।यहाहरुको मायाको आशा गरेको छु
म आउने डिसेन्बरमा जापान टोकियो स्थित माकुबारी मेस्सेमा हुन गईराखेको मोतेबान कन्टेस्टको स्पिच 
प्रतियोगितामा भाग लिनको लागी पहिलो परिक्षा स्बरुप ईन्टरनेटमा भोटिनमा आफ्नो भिंडियों राखेको छु ।

जापान आएको पहिलो दिनका कुराहरु त्यस भिडियोमा समावेश गरेको छु । 
यहाहरुले मलाई भोट दिएर जिताउनु हुन्छ भन्ने आशा लिएको छु । 
१० महिनाको अन्तिम सम्म प्रर्तेक दिन १ भोट हाल्न सक्नु हुनेछ ।

भोट गर्ने तरिका:-
१. तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://mote1.jp/Mote1Contest/index/33/3378
२. जापानी अक्षर (投票する!) भएको ठाउँमा क्लिक गरी, भोट गर्नुहोस् ! विस्तृत जानकारीको लागि फोटो हेर्नुहोला !
नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ

https://mote1.jp/Mote1Contest/index/33/3378




धन्यबाद ।

===============================================================

★★★PLEASE VOTE ME ★★★ 

You can vote me once a day til last of this month.
Dear ALL 
Please vote me . I am in a Motewan speech competition. The final stage is going to held in
Makuhari Messei Japan in December . To go to the final stage I have to WIN the first stage
which is "Internet Voting " . I hope all of you will vote me and send me to the second stage.
Here is the link. 

★★★PLEASE VOTE ME ★★★
https://mote1.jp/Mote1Contest/index/33/3378


Thank you .

===============================================================

モテコンエントリーしました!

1日1回投票お願いします❤️
https://mote1.jp/Mote1Contest/index/33/3378
エントリーNo:303です✨ 
バンダリビシュヌ 
日本が大好きな外国人の挑戦!毎朝起きたらポチっと投票!!笑
お願いします。

===============================================================




Monday, 4 April 2016

जापानी भाषा लेसन १

नमस्कार । सन्चै हुनुहुन्छ । 
तपाईहरुको लागि जापानको बसोबास कस्तो चलि रहेको छ । 
विद्यार्थीहरु पनि हुनुहुन्छ होला । डीपेंनडेन्टहरु पनि हुनुहुन्छ होला ।

यो लेसन विद्यार्थीहरुलाइ भन्दा पनि डीपेंनडेन्टहरुको लागि हो ।
तपाईहरुको जापानी भाषा राम्रो होस् भन्ने हिसाबले तपाईहरुको लागि नै यो लेख लेख्दै छु ।

किताब को नाम : मिन्ना नो निहोंन्गो प्राथमिक लेवेल (みんなの日本語 初級I本冊 )

आज जापानीभाषामा कसरी अभिवादन गर्नुपर्छ भन्ने बिसय मा लेख्दै छु । 
हामी नेपालीहरु बिहान बेलुका आफु भन्दा ठुलो मान्छे अथवा सम्मान गर्नु पर्ने मान्छेलाइ नमस्कार भनेर सम्बोधन गर्छौ । जापानी भाषामा बिहान कसै संग भेटघाट गर्दा ओहायो गोजाईमासु ,दिउसो कोन्निचिवा , बेलुका कोंन्बान्वा , राति चाही ओयासुमिनसाई भनेर भन्नु होला ।मानिसहरु संग फेरी भेटौला भन्नु पर्दा माता आइमास्यो भनेर भनिन्छ ।

आज को शब्द यसप्रकार छ ।

■ नमस्कार 
→ बिहान मानिसहरुसंग भेट गर्दा 「ओहायो गोजाईमासु」 भन्ने शब्द प्रयोग गर्नु होला।
→ दिउसो मानिसहरुसंग भेट गर्दा 「कोन्निचिवा」 भन्ने शब्द प्रयोग गर्नु होला । 
→ बेलुका मानिसहरुसंग भेट गर्दा 「कोन्बान्वा」 भन्ने शब्द प्रयोग गर्नु होला ।
→ राती मानिसहरुसंग भेट गरि बिदाई गर्दा 「ओयासुमिनसाई」 भन्ने शब्द प्रयोग गर्नु होला ।
→ मानिसहरुसंग भेटगरि बिदाई गर्दा अनि लामो समयसम्म भेट नहुने बेलामा 「माता आइमास्यो」 भन्ने शब्द प्रयोग गर्नु होला ।


आज लै यति नै फेरी भेटौला ।

Sunday, 3 April 2016

कथा अनि व्यथा भाग २७ “जापान बस्दा नि आँसु, नेपालमा नि आँसु”

नेपाल आउदा पनि आँसु आयो,जापान फर्कदा नि आँसु
तर यी दुई आसुको अर्थ चाही फरक थियो ।

हेर्दा हेर्दै जापान फर्कने दिन हरु पनि आउछ  । नेपालमा बस्ने दिनहरु पनि बाकी ३ दिन मात्र थियो  । बाकी समय आफ्ना घर परिवार संग खर्च गर्न निर्णय गर्छ । जापानको बसोबास पनि लामो भएकोले गर्दा होला बुवा आमा संग बस्दा खेरि को , खान खादा खेरि को आनन्द अर्कै थियो । आखिर आफ्नो देश , आफु जन्मेको ठाउँ , आफ्नो घर परिवार भनेको आफ्नै हुदो रहेछ । आउदा वर्षमा सकसम्मा वर्ष मा एक पटक आफ्नो देश फर्कनु पर्ने कुरा मन मनै खेलाई रहन्छ । 

जापान फर्कने दिन मा हजुरमा ले पनि ,बुवा आमा ले पनि अब कहिले आउछस भनि आखा भरि आसु गरि रुनु लग्नु हुन्छ । कलिदाश पनि रोहिरहेको थियो । नेपाल आउदा केरी पनि आसु आएको थियो ,जापान फर्कदा पनि आसु आइरहेको छ तर यी दुइ आसुको अर्थ चाही फरक थियो । नेपाल आउदा खेरी खुशीको आसु र जापान फर्कन लाग्दा बिछोडको पिडा को आसु आएको थियो । एउतै आसु पनि समाए र परिस्तिथि अनुसार फरक हुदो रहेछ ,कस्तो आचम्म लाग्दो । 


आफ्नो देश भित्र जागिर पाइदैन, पाएपनि राम्रो तलब हुदैन,
आफ्नो साथीहरु विदेश गएर काम गर्न र नेपालको भन्दा बढी कमाई गर्ने देखेपछि,
सबैजना नेपालको जागिर छोडेर विदेश गईहाल्छन।

जापान फर्कने कर्ममा फेरी पनि नेपाल मनपराउने जापानी नागरिक संग भेटघाट हुन्छ । ति जापानी नागरिक काठमाडौँ र पोखरा गुम्न गएका रहेछन । कुरा गदै जादा जापान मा नेपाली हरु किन जन्चन भन्ने कुरा हुन्छ ।  २००८ मा जापान मा करिब १२००० नेपाली हरु थिए ।  केहि मात्रमा विद्यार्थीहरु पनि थिए होलान तर प्राय नेपाली रेस्टुरेन्टमा काम गर्ने हरुनै थिए ।  नेपाल विकासोन्मुख देशहरु मध्येको एक पनि भएकोले आफ्नो देश भित्र जागिर पाइदैन , पाएपनि राम्रो तलब हुदैन , आफ्नो साथीहरु विदेश गएर काम गर्न र नेपाल को भन्दा बढी कमाई गर्ने देखेपछि , सबैजना नेपाल को जागिर छोडेर विदेश गइनै हल्चन  । येही हो नेपाल को समस्या भनेर जापानी नगरीलाई भन्छ । जापानी नागरिकलेपनि तिमीहरुको देश मा आफ्नो देश लै माया गर्ने ,आफ्नो देश लै केहि गर्न कोज्ने मान्छे छैन भनेर भन्छन । आफ्नो देशको बारेमा कुरा गर्न ,आफ्नो देश लै केहि गर्नको लागि  ,आफु राम्रो हुनु पर्यो ,राम्ररी खानु पर्यो , राम्रो लगाउनु पर्यो , तेस पछि मात्र आफ्नो देश को बारेमा सोच्न सकिन्छ भन्ने कुरा गर्छ ।

बंग्कोक सम्म दुबैजना संगै आउचन तर ति जापानी नागरिक ओसाका जानु पर्ने भएकोले गर्दा दुबैजना बंग्कोक मा छूटछन् ।अनि नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्चन । भोलि पल्ट बाट चाही पहिलाकै जिन्दगि सुरुभै हाल्छ ।

जापानमा धेरै थरिका छात्रवृत्तिहरु छन् ।
रुचि भएमा इन्टरनेटबाट खोजि गर्नु

भोलि पल्ट विश्वविद्यालय सुरु हुन्छ । ४ महिना बाट नया विद्यार्थीहरु पनि आएका थिए । विश्वविद्यालयको रंग अर्कै भएको थियो ।

भोलि पल्ट विश्वविद्यालय सुरु हुन्छ । ४ महिना बाट नया विद्यार्थीहरु पनि आएका थिए । विश्वविद्यालयको रंग अर्कै भएको थियो । बिदेशी विद्यार्थीहरु पनि बढेका थिए । चीन , कोरिया , भेतनाम , श्रीलंका ,बंगलादेश, साउदी अरेबियाका विद्यार्थीहरु बढेका थिए । बिदेशी विद्यार्थीहरुलै विश्वविद्यालयको तर्फ बाट छुट्टै लेसन दिने भएको थियो । सेनिएर को रुपमा कालिदाश चुनिएको थियो । नया विद्यार्थीहरुलाइ सहयोग होस् भनेर , सेनिओर को तर्फ बाट केहि भनिदिनुस भनेर विश्वविद्यालय भनेको थियो ।

कालिदाश नया विद्यार्थीलाइ पदने कर्ममा ४ बाट पोइन्ट छ भनेर कुरा गर्छ । 
१: विदेशहरुको समूहमा मात्र रमाएर नबस्नु , जापानी साथीहरु संग पनि घुम्नु पर्छ  । तेसो गरेमा जापानी भाषा पनि राम्रो हुन्छ र साथ साथै जापानी संस्कृति पनि बुज्न सकिन्छ । 
२ : आरुबाइतो पनि गर्दा राम्रो हुन्छ ,आरुबाइतो गर्दा पनि जापानको संस्कृति बुज्न पहिन्छ । 
३ : जापानमा धेरै थरिक छात्रवृत्तिहरु छन् । रुचि भएमा इन्टरनेटबाट खोजि निवेदन गर्नु होला । 
र अन्तिम मा हासी हासी विश्वविद्यालय भनेको पदने ठाउँ हो , आएर सुत्ने ठाउँ होइन ,तेसैले राम्ररी पद्नु होला भनेर  नया विद्यार्थीहरुलाइ सल्लाह दिन्छ