Saturday 10 December 2016

कथा अनि ब्यंथा भाग-२८ ‘अमेरिका राम्रो कि जापान ?’


अमेरिकन लाईफ़ ठिक हो कि जस्तो लाग्छ
तर मलाई जापानीज लाईफ़ ठिक लाग्छ ।
मन नपर्ने कुराहरु पनि छन
तर तुलनात्मक रुपमा जापान नै ठिक हो कि?

बाहिर घुम्न जाऊ जाऊ लाग्ने मौसम थियो । निलो आकाश, सेतो कतै गुलाबी रंगका साकुरा फुलेका थिए । हारु समय, नेपाली शब्दमा भन्नु पर्दा वसन्त ऋतु । जाडो सकियपछि,गर्मि भन्दा अगाडीको मौसम, घुमघाम गर्नको लागि पनि ठ्याक्कै थियो । टोकियोका धेरै सडक छेउ, बगैचा,पार्कहरुमा र डाडाकाडाहरुमा साकुरा फुल फुलेका थिए। विश्वविद्यालयको कम्पाउन्ड भित्र पनि साकुराका फूलहरु लटरम्मै फुलेका थिए ।
ति फूलहरु हेर्दा मननै कता कता हराए जस्तो लाग्थ्यो । कालीदास पनि विश्वविद्यालय वरिपरीका साकुरा हेर्दै,मनोरंजन लिइरहेको थियो । त्यहि बेला धेरै पछि सुदर्शनसंग भेट हुन्छ। सुदर्शन कालीदास भन्दा एक वर्ष जुनिएर थियो ।
कालीदास नेपालबाट आउदा,सुदर्शनको बुवा-आमाको कोसेली पनि ल्याईदिएको थियो, अनि आज बेलुका आरुबाइतो (पार्टटाईम जब) पनि नभएकोले गर्दा,दुबैजना घर तिर जन्छन । धेरै पछि नेपाली खाना बनाएर खाए। सुदर्शन चाही आरुबाइतो (पार्टटाईम जब)लाई जोड़ दिने खालको थियो, कलेज पनि त्यति आउदैन थियो । त्यसैले कालीदासले सधै झै ” यार आरुबाईतो मात्र नगर, मैले तिम्रो बुबा आमालाई पनि भनिदिएको छु । उहाहरुले पनि छोरालाई पढेर राम्रो गरोस भनेर भन्नु भएको थियो ”
“तर यो देशमा केही होला जस्तो लाग्दैन यार, म त दाईगाकु (विश्वविद्यालयको) सकिएपछि केही समयको लागि नेपाल जान्छु अनि त्यस पछि अमेरिकाको लागि प्रयास गर्छु, त्यति समयसम्मको लागि जापानमा सकेको कमाउने हो, पढाई त भन्ने मात्र त हो।  ” भनेर जबाफ दिन्छ ।
“ठिकै छ । तिम्रो बिचार त्यस्तो छ भने पनि ठिकै छ। अमेरिकन लाईफ़ भनेर पनि भनिन्छ तर मलाई जापानीज लाईफ़ ठिक हो कि जस्तो लाग्छ । यहाँ पनि मन नपर्ने कुराहरु पनि छन तर तुलनात्मक रुपमा जापान नै ठिक हो कि जस्तो लाग्छ ।
जापान र नेपाल धेरै कुराहरु मिल्छ पनि “संस्कृतिको हिसाबले पनि हामी धेरै नजिक छौ । हाम्रो नेपालको नेबारी समुदायको चाडबाड , कुनै कुनै नेबारी भाषाका शब्दहरु पनि मिल्छन। हामी नेपालीहरु पनि जापानीहरु जस्तै केही परेको बेलामा सहयोग गर्नु पर्छ भन्ने भाबना बोकेका छौ । अनि एसियामा पनि धेरै जापानीहरुले नेपाललाई मन पराउछन, बर्सेनी हजारौ जापानी पर्यटकहरु नेपाल जान्छन । हाम्रो देशलाई माया गर्छन ।
अमेरिकाको कुरा गर, हुन त अमेरिका पनि बिदेशबाट गएका ईमिगेर्न्टहरुले बनाएको देश हो । तर प्रर्येक दिन मान्छे मारेको खबर समाचारमा आईराखेको हुन्छ । बन्दुक लिन पाईने देश भएपंछि, आफुलाई केही पुगेन भन्ने बितिक्कै मान्छे मारीहाल्ने, नेपाल, भारत लगाएतका देशबाट आउनेलाई पाकी (पाकिस्तानी) भनेर हेप्छन रे । हुन त ठुलो देश सम्भाबनाहरु पनि धेरै छन होला । तर मलाई त जापाननै ठिक छ ” भनि जबाफ र सल्लाह दिन्छ ।
सकेसम्म त आफ्नै देश बस्न पाए केही गर्न पाए हुन्थ्यो तर के गर्ने? बिदेश आउन परेको छ। दुबै जना अलिअलि पिएर भ्याए । सुदर्शन भोली बिहानको काम भएकाले घरतिर फर्कन्छ  ।

No comments:

Post a Comment