Saturday 10 December 2016

कथा अनि ब्यंथा भाग-२९ ‘ जापानी साथीसंग धरै संगत ’

कालिदास नेपाली समुदाय भन्दा जापानी साथीहरुसंगनै रमाईरहेको थियो। आरुबाईतो गर्ने ठाँउका, पढने ठाँउका जापानी साथीसंग आफ्नो समय धरै बिताउने गरेको थियो।
जिन्दगीमापनि कहाँबाट कहाँ पुग्दो रहेछ । कुन देशमा जन्मेको मान्छे, कुन देशमा हुर्केर, कुन देशमा काम गरेर, कुन देशमा मर्ने हो थाहा नै हुदो नरहेछ। हुनत ग्लोबलाइजेसन भनेको यही होला।
विश्वविद्यालयमा पनि विश्वभरिबाट विद्यार्थीहरु आएका थिए । यो जापान भन्ने देश बस्नको लागि “स्वर्गनै हो कि ” जस्तो लाग्थ्यो । रेल भित्र पनि महिलाहरुको लागि छुट्टै स्पेस छ । राती अबेरसम्म बाहिर घुमेर, अबेर घर फर्कदा पनि डर मान्नु पर्दैन । कुनैकुनै देशमा त राती अबेर हिड्न पनि हुदैन क्यारे, भएको पैसा पनि लुटीदिन्छन, महिलाहरुलाइ त राती अबेर हिड्दा डर मानी-मानी हिड्नु पर्दछ।
यो देश एकदमै सुरक्षित मानिन्छ । यहाँका मानिसहरु अनुशासित छन्, ईमान्दार छन्, सहयोगी छन् र मायालु पनि छन् । यस्तै कारणहरुले गर्दा होला कालिदासका साथीहरु नेपाली भन्दा जापानीहरु बढी थिए । उ पनि जापानीहरु संगै घुम्न, रम्न मनपरौथ्यो। २००८ को ५-६ महिना तिरको कुरा भनेपछि, कालिदास तेस्रो वर्षमा पढ्दै गर्दा केरी को कुरा हो । प्रमुख रुपमा अर्थशास्त्र र व्यवस्थापन बिषय पढेको थियो तर अरु बिषयहरुपनि लिनुपर्ने भएकाले गर्दा विदेशी भाषामा अंग्रेजी र जर्मन भाषा लिएको थियो। त्यहाँ एक जना यस्तो साथीसंग भेट हुन्छ जो पछिसम्मको मिल्ने… माबुदाची(बेस्ट फ्रेन्ड) रही रहन्छ।
दुबैजनाको भेट अंग्रेजी कक्षामा भएको थियो । उसको नाम युकी थियो ।

कालिदासलाई अलिअलि अंग्रेजी पनि आउने र अंग्रेजी सिकाउने सिलसिलामा दुबैजना नजिकको मित्र बन्न पुग्छन। एकजना मनबाटै मिल्ने साथी भयो भने धेरै सहयोग पनि हुदो रहेछ । जति सुकै लामो समय जापानमा बसोबास गरेपनि, जति सुकै जापानी भाषा राम्रो भए पनि, जति सुकै जापानी संस्कृति बुझे पनि विदेशीहरु जापानी जस्तो बन्न नसकिदो रहेछ । जसरी हामीले हाम्रो नेपाललाई, भाषालाई र संस्कृतिलाइ बुझेका छौ, त्यसरी नै जापान, जापानी भाषा र यहाँको संस्कृति बुझ्न गारो हुदो रहेछ ।
यस्त कुराहरु युकीसंगको भेट पछि थाहा पाउछ । र मनभित्र धेरै साथीहरु हुनु भन्दा एउटा मात्र भए पनि मिल्ने साथी भएको राम्रो हुदो रहेछ भन्ने कुरा खेलाई रहन्छ।
अनि करिब ७-८ महिनाको बेला थियो क्यारे, टोकियो हिबीया पार्कमा दोस्रो नेपाल फेस्टिवल हुने कुरा थाहा पाउछ । पहिला नेपाल डे फेस्टिवल चाही २००७ मा हिबिया पार्कमा नै भएको रहेछ। पहिलो नेपाल डे फेस्टिवल जान नपाएकोले पनि होला, दोस्रो नेपाल डे फेस्टिवल जाने निर्णय गर्छ। अनि युकीलाई पनि लिएर जान्छ।
नेपाल फेस्टिवलमा बिहान नै गएको थियो । आजसम्म जापानीहरुसंग नै घुल्मेल गर्ने, नेपाली समुदाय तिर त्यती नआउने गरेको थियो तर नेपाल डे फेस्टिवल भनेको ,आफ्नै देशको फेस्टिवल भएकाले गर्दा होला, आफ्नो जापानी साथीलाइ नेपाल चिनाउनको लागि पनि लिएर जान्छ।
स्टेजमा पूर्ब नेपालका लागि जापानी राजदूतहरु, जापानका लागि नेपाली राजदूत, गैरआवासीय नेपाली संघका प्रतिनिधीहरु, जापानका गन्यमान्यहरुको उपस्थिति थियो।
एकजना नेपाली दाजुले औपचारिक कार्यक्रमको उदघोषण गर्नु भएको थियो र उहाँको साथीले चाही मनोरन्जन कार्यक्रमको उदघोषण गर्ने शैली अत्यन्तै राम्रो थियो । नेपाली भाषालाई जापानी भाषामा र जापानी भाषालाई नेपाली भाषामा अनुबाद गर्ने शैली सुनेर- देखेर, कालिदासलाई पनि आफु पनि गफ दिन यहि बाटो तिर लाग्नु पर्छ कि जस्तो लाग्छ ।

No comments:

Post a Comment