Saturday 10 December 2016

कथा अनि ब्यथा भाग ३६ - “सुझाब खोजेको मान्छेलाई मात्र दिदा राम्रो…”

कथा अनि ब्यथा भाग ३६ - “सुझाब खोजेको मान्छेलाई मात्र दिदा राम्रो…”

२००८ साल पनि रमाइलो गर्दागर्दै सकियो । २००९ को जनवरी ४ तारिकसम्म बिदा थियो । बिदा त कति चाँडो सकिदो रहेछ पत्तै पाइएन । फेरि ५ तारिकबाट त बिध्यार्थी जीवन शुरु भै नै हाल्यो । शरद ऋतुका कक्षाहरु पनि शुरु भै नै सकेको थियो । एक दिन पुस्तकालयको कम्प्युटर रुममा बसी ईन्टरनेट सफिङ् गरिरहेको थियो, एउटा जापानी भाषामा लेखिएको ब्लगमा नज़र जान्छ । जाहा नेपाल सग सम्बन्धीत समाचार लेखिएको थियो ।
ती ब्ल्गका सन्चालक नेपाललाई मनदेखि मन पराउने जापानी नागरिक रहेछन । त्यसैले बेलाबेलामा नेपाल जाने र आफ्ना साथीहरुलाई ब्लगको माध्यमबाट नेपाल सम्बन्धी जानकारी गराउने गर्दारहेछन ।
यो बेला नेपालबाट जापान आउनको लागि प्रतक्ष हबाई जाहाज थिएन । नेपाल एअरलाइन्सले २००८ को १० महिनादेखि बन्द भएको काठमाडौं ओसाका हबाई उड़ानको बदलामा काठमाडौंबाट साङ्घाइ हुँदै टोकियो उड़ान गर्नको लागि जापानको पर्यटन मन्त्रालयमा निबेदन दिएको थियो । त्यही समाचार त्यो ब्ल्गका लेखिएको रहेछ ।
कालिदास पनि त्यो बल्ग पढ़ेर मनमनै अब चाहिं आफ्नै देशको ध्बाजाबाहक चढी फर्कने दिन आउँलान जस्तो छ है भनी कुराहरु खेलाइरहेको थियो ।
जननवरीको १६ तारिकसम्म विश्बबिद्यालय तेस्रो बर्षको कक्षा शुरु भई अन्तिम अन्तिम तिर शरद ऋतुको परीक्षा हुन गैराखेको थियो । कालिदास पनि आउँदै गरेको परीक्षाको तयारी गर्दै पार्ट टाईम जबलाई पनि अगाडी बढाइरहेको थियो ।
तर, परीक्षाको केही हप्ता अगाडिबाट चाहिं पार्ट टाईम जबमा केही समयको लागि बिदा लिई परीक्षाको तयारी गर्नतिर लाग्छ । समय हुँदा मिल्ने साथी सुदर्शनसंग पुस्तकालयमा गई पढने गर्दथ्यो । लगभग बिश्वबिद्यालयमा स्नातक गर्न चाहिने प्वाइन्ट सबै प्राप्त पनि गरिसकेको थियो । अहिलेको परीक्षा चाही भबिष्यमा चाहिनसक्ने बिषयहरुको बारेमा थियो ।
संगै पढने सुदर्शनले चाहिं बिश्वबिद्यालयको परीक्षा आइरहदा पनि पार्ट टाईम जब छोड़ेको थिएन । त्यसमाथि उसको त प्वाइन्ट पनि पुगिराखेको थिएन । एक दिन कालिदासले सुदर्शनलाई तिम्रो प्वाइन्ट पनि पुगेको छैन, परीक्षाको बेलामा काम नगरी पढाई गर्दा राम्रो हुने हो कि भनेर सल्लाह दिन्छ । तर सुदर्शन यहाँ पढेर के काम छ र, बरु खुरुखुरु पैसा कमाउदा राम्रो भनेर उल्टो रिसाए जस्तो गरी जबाफ फर्काउँछ ।
कालिदास अनुहार नियाउरो बनाई र मनमनै आफूले भन्नुपर्ने कुरा भनेको, गर्ने नगर्ने उसको कुरा भनि त्यस कुरालाई त्यतिकै छोडि़ कुरा बदल्नतिर लाग्छ । त्यो दिन कालिदास र सुदर्शन सँगै घर फर्कन्छन । बसबाट झरेपछि कालिदास घरतिर र सुदर्शन पार्ट टाईम जबतिर लाग्छन ।
सुदर्शनसंग छुटनेबितिकै एक्लै घर हिड्दै जादा कालिदासले जापान आउने मान्छेहरुमध्ये सबै मान्छेहरुको एउटै आर्थिक स्तर, सोचाई, परिस्थितिका हुँदैनन् होला त्यसैले केही सल्लाह दिनुभन्दा पहिला त्यो मान्छेको बारेमा राम्ररी बुझ्न जरुरी हुँदोरहेछ । त्यसैले आफूले केही बेर अगाडि सुदर्शनलाई भनेको कुरा नभन्दा राम्रो हुन्थ्यो कि भनेर पश्चाताप महसुस गर्छ ।
जिन्दगीमा केही कुराहरुको सल्लाह दिदा ठीक हुँदोरहेछ र केही सल्लाह नदिंदा नै ठीक हुँदोरहेछ । बाल्यकाल भएको भए यसो गर, यसो नगर भन्दा राम्रो हुन्थ्यो क्यारे । ठूलो भएपछि चाहिं समय, परिस्थिति र ठाउँ हेरी सल्लाह दिनुपर्ने हुँदोरहेछ जस्तो लाग्छ । आजको सुदर्शनसंग को कुराकानीले कालिदास केही पाठ सिक्छ ।

क्रमस ...............

नया भाग : कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "
पछिल्लो भाग : कथा अनि ब्यथा भाग-३५ - “समग्रमा २००८ साल "

No comments:

Post a Comment