Tuesday 13 December 2016

कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "

कथा अनि ब्यथा भाग ३७  " नियम कड़ा छ जापानमा "

       शरद रितुका कक्षा सुरु भएर पनि  करिब एक हप्ता जती पढाई चलीसकेको थियो , केही दिन पछि फेरी पनि शरद रितुको परिक्षा शुरु हुन् गईराखेको थियो । करिब नौ दिन चल्ने त्यस परिक्षाको तयारी पनि राम्रै गरेकाले होला , कालीदास त्यती अत्तीएको थिएन । पछिल्ला दिनहरुमा काम पनि गरेको थियो तर परिक्षाको तयारी पनि संग सगै गर्दै गरेको भएर होला ढुक्क देखिएको थियो  । तर साथी सुदर्शन चाही आफु त्यती तयारी नगरेको , त्यसमाथी ताईन ( पोईन्ट )  पनि त्यती नपुगीराखेको अबस्था भएकाले , के गरौ कसो गरौ भनि छटपट गरिरहेको थियो ।

        हुन त केही महिना अगाडी कालीदासले , " अब परिक्षा पनि आउदैछ , काम मात्र नगर परिक्षाको तयारी गर भनेर भनेको थियो , त्यती बेला चाही पैसाको मात्र अनुहार हेरेर पढाई त्यती गरेन , अहिले फेरी छटपट गर्छ , जब भयो राती तब बुढी ताती भनेको जस्तो " भन्या भनी कालीदास मनमनै कुराहरु खेलाई राखेको पनि थियो ।
        यस्तो बानी हाम्रो नेपालमा बिध्न  छ । हाम्रो नेपाल यती पछाड़ी परेको कारण पनि त्यही होला जस्तो लाग्छ । जुन कुराको पनि अग्रिम तयारी नगर्ने अनि अन्तिममा आएर पछुताउने , अनि आफुले भनेको जस्तो भएन भने , जे पाए त्यही भन्ने , अरुलाई मात्र दोष लगाउने ।

        नेपालको राजनितिक नेताहरुको त कुरा नै गर्न मन लाग्दैन ।  राम्रो काम गर्नेलाई काम गर्न नदिने अनि आफुले काम गर्न नसके पछि अरुलाई दोष मात्र दिने , हैट ।

        सुदर्शनलाई पनि त्यही नेपाली नेताहरुको बानी सरेको हो की जस्तो महसुस गरिरहन्छ । तर साथी भएकाले सधै भलो नै चिताई रहेको थियो र यस पालीको परिक्षामा पनि राम्रो गरोस अलि अलि भए पनि पढोस भनेर , आफुसग मिल्ने बिषयहरुको नोटहरु कपी गर्न  दिन्छ ।

       यस परिक्षा करिब ८ -९ दिन जती चल्यो , परिक्षा पछि कालीदासले पनि  मजाले काम गर्ने , अलि अलि पैसा पनि कमाउने योजना बनाई , केही हप्ताको लागी नया काम खोजेको थियो ।

        एउटा आईटी कम्पनीको डेटा टाईपिन्ग गर्ने ठाउमा पार्ट टाईम गर्छ । त्यो ठाउमा दिनको करिब ४-५ धन्टा काम गर्दथ्यो , डेटा टाइप गर्दा गर्दा आँखाहरु त थाकी सकेको थियो । हुन पनि यो डेटा टाईपन्ग गर्ने काम अलिकति गार्हो हुदो रहेछ , मिसटेक गर्न पनि भएन , छिटो छिटो टाईप गर्नु पर्यो , नबुझ्ने खान्जीहरु पनि धेरै हुने भएकाले गार्हो हुदो रहेछ । एक दिन डेटा टाइप गर्नु पर्ने कर्ममा एकजना जापानका  चर्चित कलाकारको नाम , ठेगाना , फोन नम्बर लगायतका व्यक्तिगत जानकारी देख्छ , काम नै टाईप गर्ने भएकाले टाईप त गर्छ तर ब्रेकको समयमा आफु सन्गै काम गर्ने साथीहरु संग त्यो चर्चित ब्यक्तीको बारेमा कुराकानी गर्छ ।

       सम्योग बस सेन्टरका सुपर भाईजर पनि नजिकै रहेको अनि कालीदासको कुरा कानी पनि सुनीरह्को रहेछ । कुरा सकिए पनि सुपर भाईजरले कालीदासलाई बोलाउछ अनि भन्छ म तिमीलाई आजबाट यस कामबाट निकाल्छु । भोली देखी आउनु पर्दैन । हुन त कालीदास पनि केही हप्ताको लागी मात्र काम गर्न यस ठाउमा आएको थियो तर केही दिनमा नै कामबाट निकालिन्छ ।

       कालीदासले आफुलाई किन निकालेको थाहा पनि पाईरहेको थिएन । पछि गएर थाहा भयो कि , कालीदासले काम गर्नु भन्दा पहिला एग्रीमेन्ट पेपरमा साईन पनि गरेको थियो , र त्यस एग्रीमेन्ट पेपरमा कामका कुराहरु बाहिर गर्न नपाईने भनेर लेखेको रहेछ , कालीदासले नियम पालन नगरेको कारणले कामबाट निकालिएको रहेछ भन्ने कुरा बल्ल थाहा पाउछ ।

       त्यसपछि कालीदासले बल्ल थाहा पाउछ , कुनै पनि काम गर्नु भन्दा अगाडी एग्रीमेन्टमा लेखेको सम्पुर्ण बिषयहरु राम्ररी पढनु पर्ने रहेछ , काम भित्रका कुराहरु बाहिर गर्न नहुने , त्यसमाथी पनि गार्हकहरुको व्यक्तिगत जानकारीहरु
बाहिरका साथीहरु संग कुरा गर्न नहुने ।

        कामबाट त निकालियो तर यसरी कालीदासले फेरी पनि एउटा नयाँ कुरा सिक्ने मौका पाउछ । 


         तपाईहरु पनि आफ्ना काम भित्र हुने कुरा कानीहरु बाहिरका मानिसहरु संग नगर्नुहोला , त्यसमाथी पनि कुनै पनि मानिसको व्यक्तिगत जानकारी , बिना अनुमति प्रयोग नगर्नुहोला र नभन्नुहोला । 


No comments:

Post a Comment