Saturday 10 December 2016

कथा अनि व्यथा भाग ३४ - “सिक्ने कुरा सिकाउने कुराहरु”

रुकिज टेलिचलचित्रको कुरा गर्नु पर्दा यो जापानको याक्यु मान्गामा (बेसबल कमिकमा) आधारित चलचित्र हो । जसको लेखन मोरिता मासानोरीले गरेका थिए । १९९८ बाट २००३ सम्म साप्ताहिक सोनेन जान्पु (युबाहरुको पत्रिका) भन्ने युबाहरुलाई लक्ष्य लिएर लेखिएको पत्रिकामा पनि आएको थियो ।
फुताको तामागाबा बिध्यालयमा याक्यु बु (बेसबल टीम) थियो । यस बिद्यालयको याक्युबु धेरै राम्रो थियो अनि खेलाडीहरु पनि राम्रा नै थिए । एकदिन खेल खेल्दा एकजना बुईनले (खेलाडी) याक्यु ब्याटले (बेसबल ब्याटले) अर्को खेलाडीलाई हान्छ । त्य पछि याक्यु बुबाट बिद्यार्थीहरु टाढिन्छन । त्यसपछि त्यो याक्यु बुलाई पुरानै अबस्थामा फर्काउन धेरै प्रयासहरु हुन्छन । त्यसबीच सेन्सेई (गुरु) र गाकुस्ईहरुका (बिद्यार्थीहरु)बीच धेरै घटनाहरु घट्छन पनि । यस्ता कथाहरु र जापानका युबाहरुको जोस र जागरलाई चिर्तर्ण गरिएको टेलिचलचित्र थियो यो ।
कालीदासले पनि यो टेलिचलचित्र अत्यन्तै मन पराउथ्यो । प्रत्येक हप्ता नछुटाइकन हेर्दथ्यो । जापानी भाषा स्कुलमा, जापानी विश्वविद्यालयमा नपढाइने बर्तमान जापानका कथाहरु यस्ता टेलिचलचित्रमा हेर्न,बुझ्न पाइन्छ जस्तो लाग्थ्यो । त्यति मात्र नभएर जापानी भाषामा पनि धेरै सुधार हुन्छ भन्दथ्यो ।
यस टेलिचलचित्रको एउटा मेईगेन (प्रख्यात भनाई) पनि मनछुने र उल्टो पाबर पाइने खालको थियो ।
夢にときめけ!! ( सपना देख्नु पर्छ )
明日にきらめけ!! ( भोलीको लागी प्रयास पनि गर्नु पर्छ )
待ってた夢は叶わない!! ( पर्खी राख्ने मात्र हो भने सपना कहिले पनि साकार हुदैन ,)
だからこっちから、つかみにいこう!!
( त्यसैले आफ्नो सपना सफल पार्नको लागी सक्दो प्रयास गरौ )
—कालीदासले जापानमा आफ्नो बिद्यार्थी जीबन बिताउँदै गर्दा यस्ता मेईगेन ( प्रख्यात भनाई) बाट शक्ति पनि पाईन्छ जस्तो पनि ठान्दथ्यो ।हामी नेपालीहरु केही न केही सपना बोकेर नै जापानसम्म आएका छौ । यो देशमा आएर पनि हामीहरुले कसैले केही गरिदिन्छ कि भनेर पर्खी बस्नु राम्रो होईन । साथसाथै आफ्नो सपनालाई पर्खी मात्र बसेर पनि हुँदैन । केही क़दम अघी बढ़न प्रयास पनि गर्नुपर्छ । अन्तिममा त्यो प्रयास सफलतामा अबश्य परिणत हुन्छ बिचमा रोकिन भएन जस्तो लाग्छ ।कालीदास आफू पनि यस्ता कुराहरु मनन गरिरहन्थ्यो र आफ्ना साथीहरुलाई पनि सेयर गरिरहन्थ्यो ।
हामी नेपालीहरुको बानी सकेसम्म प्रयास नै नगर्ने, अरुको मुखमात्र ताक्ने खालको छ कि जस्तो लाग्छ । केही समय अगाडी नेपालबाट आएको एकजना भाईले कालीदासलाई फोन गरी दाई काम खोजिदिनुस न भनेर भन्यो । कालीदासले पनि आफूले काम गर्ने ठाउँको मान्छे चिनाइदियो । त्यसपछि फेरी त्यो भाइले के भन्छ भन्दा रिरेक्सो (काम गर्न जाँदा लियर जानुपर्ने कागजात जाहाँ आफ्नो बायो डाटा हुन्छ) लेख्न सिकाईदिनुपर्यो भनेर भन्छ । ठिकै छ भनेर लेख्ने तरिका सिकायो । फेरि मिल्छ भने दाई लेखिदिनुस न भनेर भन्छ । गर्दा गर्दै सम्पूर्ण कुरा कालीदासलाई गरिदिन अनुरोध गर्छ ।
कालीदासले पनि अति भएर होला, भाई तिमीलाई काम नचाहिएको रहेछ आयन्दा फोन नगर भनेर जबाफ दिन्छ । त्यसपछि बल्ल माफ मागी सम्पूर्ण तयारी आफै गर्यो । भाग्यबस काम पनि मिल्यो उसलाई ।
यो त एउटा उदाहरण मात्र हो । हामी नेपालीहरु सकेसम्म आफस्ले काम गर्न नै खोज्दैनौ । अन्तिममा आएर अरुलाई दोष दिन्छौ । सपना देख्नुपर्ने कुरा, त्यो सुपना पूरा गर्नको लागी सक्दो प्रयास गर्नुपर्ने कुरा अनि क्रमिकरुपमा प्रयास गर्दै गएमा सफलताको खुडकिला पनि चढ़न पाइने कुरा कालीदास त्यस रुकिज भन्ने टेलिचलचित्रबाट पनि सिक्छ ।
हेर्दा हेर्दै यो साल (२००८ साल पनि) सकिन लागिसकेको थियो । कालीदास पनि आफ्नो तेस्रो बर्ष बिताइराखेको थियो । विश्वविद्यालयमा अनिवार्य लिनुपर्ने बिषयहरु पनि लगभग सक्किसकेको थियो । प्रायः जापानी बिद्यार्थीहरु विश्वविद्यालयको तेस्रो बर्षको अन्तिमतिरबाट चौथो बर्षसम्म काम खोज्ने (जब हन्टिङ् गर्ने) समयका रुपमा बिताउँछन । कालीदास पनि त्यसको तयारीमा जुटछ थाल्छ ।
क्रमस ……….

No comments:

Post a Comment