Friday 23 December 2016

कथा अनि ब्यथा भाग ३८ : " जापानमा स्थाई काम खोज्न भन्दा आगाडी । "

कथा अनि ब्यथा भाग ३८ : " जापानमा स्थाई काम खोज्न भन्दा आगाडी । "

डेटा टाइपिङ कम्पनीबाट निकालिएपछि नयाँ पार्ट टाईम काम खोज्छ । तर, नपाएपछि छुट्टीको समय सदुपयोग गरी जब हन्टिनको तयारीतिर लाग्छ । जापानमा विश्वविद्यालयको चौथो बर्षमा प्रबेश गरेपछि मास्टर गर्न चाहानेहरुले त्यसको तयारी र जापानको कम्पनीमा काम गर्न चाहानेहरुले जापानको कम्पनीको इन्टरभ्यु लगायतका परीक्षाहरुको तयारी गर्ने गर्दछन् ।


कालीदास पनि जापान आएको करिब ६ बर्ष भैसकेको र एक्लो छोरा भएकाले घर परिबार पनि हेर्नुपर्ने, मास्टर गर्ने मन हुँदाहुँदै पनि जापानी कम्पनीमा काम गर्ने निर्णय गर्छ र त्यसको तयारीका लागि सुस्सोकु सपोर्ट (स्थायी काम खोज्न सहयोग गर्ने) कम्पनीमा जान्छ । हुन त विश्वविद्यालयमा पनि रिय्युगाकुसेय सपोर्ट सेन्टर (विदेशी बिद्यार्थीहरुलाई सघाउने सेन्टर) थियो तर सुस्सोकु सपोर्ट (स्थायी काम खोज्न सहयोग)गर्ने कम्पनीहरुमा केही सेबा पनि बढी पाइने भएकाले आफ्नो नाम दर्ता गराएको रहेछ । त्यसमाथि निःशुल्कमा सहयोग पाउने भएपछि के को चिन्ता ।


यो देशको सेवा त कुनै देशसंग तुलना गर्न नै मिल्दैन । नेपालको कुरा त छेडिदिनु् आफ्ना जनतालाई यति सेवा गर्ने देश त जापान मात्र होला । हाम्रो नेपाल कहिले यस्तो हुने होला भनी मनमनै कुराहरु खेलाइरहन्छ । एक पटक जापान आएर केही समय जापानमा बिताएपछि जुनसुकै देश गए पनि यहाँको जस्तो सेवा पाइदैन होला ।स्थाई काम खोज्ने क्रममा सर्बप्रथम आफ्नो बायो डेटा कसरी लेख्नु पर्छ भन्ने विषयमा विश्वविद्यालय भित्रको रिय्युगाकुसेय सपोर्ट सेन्टर (विदेशी बिद्यार्थीहरुलाई सघाउने सेन्टर) र सुस्सोकु स्पोर्ट (स्थायी काम खोज्न सहयोग) का प्रतिनिधीहरुसंग सल्लाह लिन्छ ।


बायो डाँटा फर्ममा (रिरेकीस्सो)मा साधारणतया लेख्नुपर्ने नाम, ठेगाना, आफ्नो शौक्षिक बिबरण, काम गरेको भए काम सम्बन्धी बिबरण, केही सर्टिफिकेट भएमा त्यस सम्बन्धी जानकारी लगायतका बिबरणहरु शुध्द अक्षरमा कालो मसीले लेख्ने कुरा त साधारण कुरा भयो ।


अनि सिबो दोकी 志望動機 aspiration and motivation लेख्ने ठाउँमा आफूले निवेदन दिने कम्पनीसंग सन्बन्धित कुरा आफुले आजको दिनसम्म कस्तो विषय पढेको अर्थात् कस्तो काम गरेको ? ती विषयहरु कसरी नयाँ काममा लागु गर्न सकिन्छ र आफुले के गर्ने चाहने हो, भविष्यको उद्देश्य के छ जस्ता कुराहरु मिलाएर शुध्द भाषामा छोटकरीमा लेख्नु पर्दछ भन्ने सल्लाह लिन्छ ।

त्योभन्दाअघि सबभन्दा महत्वपूर्ण कुरा आफूलाई नै राम्ररी चिन्न जरुरी रहेछ । जसलाई आफ्नो क्षमता, शैक्षिक योग्यता, राम्रो पक्ष, नराम्रो पक्ष, भविष्यको योजना थाहा छ भने त्यसलाई बायो डेटा लेख्न सजिलो त हुने भैहाल्यो । कुनै पनि कम्पनीमा अन्तर्वार्ता पनि राम्ररी दिनसक्छ भन्ने पनि कालीदासलाई लागिरहेको थियो ।


अनि आजको लागि त्यतिकै घर फर्की पहिला आफूलाई कुन क्षेत्रमा काम गर्न मन लाग्छ ? त्यो कम्पनीको व्यवसाय लगायतका जानकारी लिने र आफूले त्यो कम्पनीमा कस्तो योगदान दिन सकिन्छ भन्ने कुराहरु सोचेर रिरेक्सो लेख्ने र त्यसपछि सुझाब र सल्लाह लिन फेरि कलेजको रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरमा जाने निर्णय गर्छ ।

नोटः आफूले केही पनि नगरी सिधै अग्रजहरुसंग सल्लाह लिन जानुभन्दा बायो डाँटा फर्ममा (रिरेकीस्सो) शुध्द भाषामा, आफ्नै भाषामा लेख्नु र अन्तिममा अग्रजहरुको सल्लाह लिनु राम्रो ।

क्रमसः

नया भाग :  कथा अनि ब्यथा भाग ३९  “ जापानमा स्थायी काम खोज्ने कर्म मा  ”
पछिल्लो भाग : कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "

No comments:

Post a Comment