Saturday 10 December 2016

कथा अनि ब्यथा भाग-३२ - “सगरमाथा भनेर मात्र पुग्छ र ?”

विश्वविद्यालयमा कलेज फेस्टिभल हुनेहुनाले सबै सरकलहरुले आआफ्नो तयारी सुरु गरिसकेका थिए । कालीदास पनि विश्वविद्यालयको पहिलो बर्षबाट सहभागी हुँदै आएको कोकुसाई कोर्यु सरकल (अन्तर्राष्ट्रिय सरकल)ले पनि आफ्नो कार्यकर्म गर्ने तयारी गरिरहेको थियो । विश्वविद्यालयमा भएका बिभिन्न देशका विद्यार्थीहरुलाई जम्मा गरी आफ्नो देश झल्कने खालको कार्यक्रम गर्न लागिरहेको हुन्छन । कालीदासले सम्पूर्ण बिदेशी विद्यार्थीहरुको प्रतिनिधि गर्दै बोल्ने कार्यक्रम पनि रहेको हुन्छ ।
विश्वविद्यालयमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, साउदी अरेबिया, टर्की, अमेरिका, बेलायत, चीन, कोरिया, ताईबान लगायतका देशका विद्यार्थीहरु भएको थाहा पाएपछि, उनीहरुसंग सम्पर्क गरी कलेज फेस्टिभलमा सहभागी हुन र आफ्नो देश झल्कने केही गर्नुपर्छ भनि अनुरोध गर्दछ ।
बिदेशी भएर हो कि कुरा पनि मिलिहाल्छ । सबैजना मिलेर यो कार्यक्रम सफल पार्न जुट्छन । हेर्दा हेर्दै फेस्टीभलको दिन पनि आइहाल्छ । त्यो दिन नेपाली खाना पकाउने योजना पनि थियो । कालीदास र केही नेपाली साथीहरु मिलेर नेपाली खाना बनाउँछन पनि । सबैजनाले आफ्नो देश झल्कने प्रस्तुति गर्दछन । सुन्ने जापानीहरु पनि कान थापी थापी सुनिरहेका थिए । रमाईलो लागेर पनि होला ।
नेपालको तर्फबाट नेपाली खाना र सगरमाथाको बारेमा पिर्जेन्टेसन थियो, कालीदास चाहिं सगरमाथाको बारेमा पिर्जेन्टेसन गर्छ । पिर्जेन्टेसनमा सगरमाथा यस्तो उस्तो भनेर भनिरहेको हुन्छ ।
पिर्जेन्टेसन गर्दागर्दै उसलाई, हामी नेपालीहरुले के गर्न सकेका छौ र प्रकृतिले दिएको सगरमाथा, बुध्दको नाम प्रयोग गरी नेपाललाई चिनाउन त खोजेका छौ । यी सबै हामी जन्मनुभन्दा धेरै भन्दा धेरै पहिलाको कुरा । प्रकृतिले बनाएको कुरा भए, हामीले के गर्न सकेका छौ त जस्तो लाग्छ । यस्ता कुराहरुको सम्झनाले गर्दा उसले आफ्नो पिर्जेन्टेसन राम्ररी दिन पनि सक्दैन ।
त्यो दिन सबैजनाको कार्यक्रम सकी अन्तिममा सुदर्शनसंग कुरा गर्छ । यार हामी नेपालीहरुले के गर्न सकेका छौ ? सगरमाथाको देश, बुध्दको देश, लुम्बिनीको देश, मन्दिरै मन्दिरको देश, हिमालयको देश भनेर नेपाललाई चिनाउन खोजिरहेका छौ तर सबै प्रकृतिले दिएको उपहार । हामीहरु अहिलेसम्म तिनै उपहारहरुको बखान मात्र गरिरहेका छौ ।
अरु त परै जाओस, प्रकृतिले दिएको उपहारको सदुपयोग पनि गर्न जानिराखेका छैनौ । जलस्रोतको घनी देश भएर पनि पानीको सदुपयोग गर्न सकिराखेका छैनौं, हिमालयका जडीबुटीहरुको सदुपयोग गरेर औषधी बनाउन सकेका छैनौ । बुद्धको देश, मन्दिरै मन्दिरको देश भनेर भन्छौ तर पर्यटकहरुलाई आकर्षित गर्न सकिराखेका छैनौं ।
केही पनि गर्न नसक्ने हामीहरु किन सगरमाथाको देश, बुध्दको देश, लुम्बिनीको देश, मन्दिरै मन्दिरको दे , हिमालयको देश भनेर भन्दै हिडने भन्दै प्रश्नै प्रश्नको भारी उठाउँछन् । त्यस्तै पहिला अग्रजहरुले छोड़ी गएको, प्रकृतिले दिएका कुराहरुलाई सदुपयोग गर्न सकौं, अनि मात्र तिनीहरु हाम्रा हुन् भन्दै हिडौं ।

No comments:

Post a Comment