Saturday 10 December 2016

सफल, “नेपाल फेस्टिबल २०१६” र यसले सिकाएका पाठहरु

नेपाल फ़ेस्टिवल र सुधार गर्नु पर्ने कुराहरु । 

२००७ मा हिबिया पार्कबाट सुरु भएको नेपाल फेस्टिबल , योयोगी पार्क सम्म आईपुगेको छ । यसपालीको नऔ नेपाल फेस्टिबल सम्म आईपुग्दा पनि हाम्रो कार्यशैली परिवर्तन भएको छैन ।
२००७ बाट प्रत्तेक बर्ष नेपाल फेस्टिबल मनाउदै आईयो । २०१५ मा चाही नेपालमा आएको भुकम्प र त्यसको सोकले गर्दा नेपाल फेस्टिबलमनाईएन ।

२००७ , २००८ ,२००९ ,२०१० मा हिबिया पार्क ,२०११ , २०१२ मा योयोगी पार्क  , २०१३ , २०१४ मा उयनो पार्क
२०१५ मा चाही नेपालमा आएको भुकम्पले गर्दा हाम्रो देशलेनै भोगीरहेको सोकका कारण नेपाल फेस्टिबल मनाईएन । यस बर्ष ( २०१६) मा चाही फेरी एक पटक योयोगी पार्कमा नेपाल फेस्टिबल मनाइयो । यस पटक पनि केही कमज़ोरीहरु देखा परे तर समग्र रुपमा सफलताका रुपमा सफल भएको जस्तो लाग्छ । २००७ बाट २०१६ सम्म आईपुग्दा हामीहरुले के कस्ता बिषयमा सुधार ल्याउन सक्यौ , के कस्ता बिषय चाही शुधार गर्दै जानु पर्छ भन्ने बिषयमा म सानो लेख लेख्दै छु । यन आर यन जापान , नेपाल राजदुताबासको आयोजना र बिभिन्न संग संस्था र ब्यक्तीहरुको सहयोगमा यस पालीको फेस्टिबल पनि सम्पन्न भएको छ ।हामी नेपालीहरु परि आएमा एक अर्कालाई सहयोग गर्दा रहेछौ भन्ने कुरा , यस पालीको फ़ेस्टिवलको टिममा रहेर काम गर्दा थाहा पाए । जसो गर जे गर जता सुकै लौजाउ मलाई, यो मन त मेरो नेपाली हो भन्ने गितका शब्द झै , हाम्रो नेपाल गरिब देश भएपनि , हामी नेपालीहरु मनका धनी रहेछौ जस्तो लाग्यो । भोलेन्टियर गरेर सहयोग गरिदिनु हुने साथीहरु पनि , आफ्नो काममा बिदा लिई , टन्टलापुर घामका बाबजुत पनि खटनु भयो । कार्यकर्म ब्यबस्थापन , स्टेज कार्यकर्म सन्चालन , अर्थ सन्कलन , ईन्सटल ब्यबस्थापन , सजावट , मेडिया , फोहोर ब्यबस्थापन , सांस्कृतिक कार्यकर्मको ब्यबस्थापन , स्पोन्सर सन्कलन , भोलेन्टियर ( समग्र ) , यातायात , उदघोषण , सुरक्षा , कम्पृटर , म्युजिक सिस्टम लगायतका बिषयमा यहाहरुले गरेको सहयोग अमुल्य छ । हामी नेपालीहरु एकजुट भयौ भने , जस्तो सुकै काम पनि फत्ते गर्न सक्दा रहेछौ भन्ने कुरा यस फेस्टिबलले फेरी पनि हामी नेपालीहरुलाई सिकाएको छ । तर सुधार गर्नु पर्ने कुरा पनि केही छन । जल मध्य केही म यहाँ लेख्दै छु ।

१ : समय
पहिलो दिनको ओपनिन्ग कार्यकर्ममा पनि हाम्रा बिभिन्न क्षेत्रका ब्यक्तित्बहरुलाई केही शब्द राख्न समय दिईएको थियो । उहाँहरुले आफ्नो समय भन्दा बढी लिनु भएको थियो । आफु एक मिनेट लामो बोल्दा , कार्यकर्मलाई , आफुभन्दा पछाड़ी आउने साथीहरुलाई कति असर पर्छ भन्ने कुरा बुझीदिनु भएमा अझ राम्रो हुन्थ्यो होला । हामी जापान भन्ने समयलाई एकदम महत्ब दिने शहरमा रहेर पनि यस्ता कुराहरु सिक्न सकिरहेका नरहेछौ जस्तो लाग्यो । आउने दिनहरुमा उहाँहरुले समयको महत्ब बुझीदिनु हुनेछ भन्ने आशा लिएको छ ।

२ : तयारी 
 यस पाली पनि सांस्कृतिक कार्यकर्ममा गाउन , नाच्न आउनु भएका दाजु भाई र दिदि बहिनीहरु , आफुलाई दिईएको समय भन्दा लामो गीतमा नाचीदिने , गाईदिने  ।  आफु नाच्ने गितको सिडी ,क्यासेट को ब्यबस्था नगरी आउने । भनिन्छ तयारीको लागी पनि तयारी चाहिन्छ । उहाँहरु पनि अब आउने दिनहरुमा तयारी गरेर आउनु हुनेछ भन्ने आशा लिएको छु । त्यसै गरी म्युजिक सिस्टम कुन चिज काहा छ , पहिला नै बुझ्नु पर्न थियो । त्यो गर्न सकिएन । फेस्टिबलको दिनमा माईक धरी काटिने , घरी ठुलो हुने । ओपनिन्ग कार्यकर्ममा ठुला - ठुला पाहुनाहरु आउनु भएको थियो । म्युजिक सम्बन्धी जानकारी भएपनि जापानी भाषामा लेखेका कारणले गर्दा , उहाँहरुले त्यती बुझ्नु भएन की के हो मलाई थाहा भएन , तर आउने दिनहरुमा सुधार गर्नुहुन्छ भन्ने आशा राख्दछु । 

३ : सर सफ़ाई

यस पाली पनि धेरै भन्दा धेरै रेस्टुरेन्टका साथीहरुले आफ्नो पसल राख्नु भएको थियो । नेपालका परिकारहरु पनि मिठो बनाई जापानी र जापान बासी नेपालीहरुको मन जित्नु भएको थियो । ब्यापार पनि राम्रो नै भयो भन्दा सुनेको थिए । समग्र रुपमा उहाहरुलाई फाईदा भएको हुनु पर्छ तर अन्तिम दिन सम्पुर्ण कार्यकर्म सकिए पछि , जब सर सफ़ाई गर्नु पर्ने बेला आयो । उहाँहरुले अरु रेस्टुरेन्टको ठाउ त परै जाओस , आफ्नो रेस्टुरेन्टको ठाउ तलका फोहोर त्यतिकै थियो , तेल पनि पोख्याईएको थियो ।
यो पारा चाही राम्रो लागेन । परेमा आफ्नो रेस्टुरेन्ट छेउछाउ पनि सफ़ा गर्नु पर्ने बेलामा , आफ्नै ठाउ पनि सफ़ा नगर्ने ।अन्त्यमा दुईदिने नेपाल फ़ेस्टिवल सफलता पुर्बक सम्पन्न भएको उपलक्क्षमा संयोजक सुदन थापा ज्यु र सम्पुर्ण साथीहरुलाई बधाई दिन चाहान्छु र सम्पुर्ण सहयोगी हातहरुलाई धन्यबाद ब्यक्त गर्न चाहान्छु।

धन्यबाद
सांस्कृतिक कार्यकर्म ब्यबस्थापन टिम

No comments:

Post a Comment