Saturday 10 December 2016

यातायात क्षेत्रमा परिपक्क नियम कानुनको आवश्यकता

यातायात क्षेत्रमा परिपक्क नियम कानुनको आवश्यकता

सेरोफेरो नेपालको, नेपालमा हरेक हप्ता कही न कही, साना- ठुला दुर्घटनाहरु हुदै आएका छन । किन यस्ता घटनाहरु वढीरहेका छन त? के-कस्ता कारणहरुले गर्दा यस्ता घटना दोहोरी रहेका छन त? आज मैले केही विचार राख्ने प्रयास गर्दै छु । नेपालमा सड़क दुर्धटनाका कारण पछिल्लो आर्थिक बर्ष २०७२/७३ मा मात्रै दुई हज़ार भन्दा बढी मानिसहरुको ज्यान गुमाएको तथ्यांक छ ।
सधै झै समाचार हेर्न के लागेको, आँखा रसाएर आए । समाचारको बिषय थियो ” बस दुर्धटना, मृतकको संख्या ….पुग्यो ” ।
यात्रुले खचाखच एउटा बस काभ्रे जिल्लामा दुर्धटना, कारण चाही गाडी र बाटोको दुराबस्था तथा क्षमताभन्दा बढी यात्रु बोकेको भन्ने आयो ।
मलाई अझै पनि याद छ, सन१९९५-१९९६ तिरको कुरा थियो। जती बेला म बालकै थिए, आमासंग मामाघर जादा, पोखराबाट पृथ्बी राजमार्गको हेम्जा, फेदी हुदै नाउडाडा ( नागडाडा ) जान्थ्यौ, पुरानो जिपमा चढेर जान्थ्यौ, बाटो पनि खाल्डा खुल्डीको थियो । त्यती बेला अरु केही उपाय पनि थिंएन, मामाघर छिटो पुग्नु थियो, जिपमा चढेर जाने बाहेकको उपाय नै थिएन ।
भगबानको कृर्पाले त्यो बेला सकुसल मामाघर पुग्न सकियो तर अहिले सम्झदा डर लागेर आउछ । खाल्डा र खुल्डीको बाटोमा, पुरानो गाड़ी, खचाखच बस, त्यसमाथी चालकले स्पिडमा हाक्ने । मलाई लाग्छ अहिले भएको भए, म पनि त्यो गाड़ी चढ़न डराउथे होला ।
त्यो बेलाको सरकार देखी आजका सरकारसम्म आईपुग्दा, दर्जनौ क्रान्तिकारी, अग्रगामी, दुरदर्शी हौ भन्ने पुराना वेथितिलाई परिवर्तन गर्छौ भने पनि केही परिवर्तन भएको छैन। बाटा घाटाहरु जस्ताको त्यस्तै, यातायाता चालकहरुले क्षमता भन्दा बढी यात्रु र सामान राख्ने बानी पनि काहा जानी, त्यसमाथी हुईक्याउनु पर्ने ।
हतार गरे भन्न् सकिन्न ढिलो गए अवश्य पुगिन्छ भन्ने भनाई
फेरी नेपाल भरीका यातायात कर्मीहरुलाई भन्न पर्ने बेला आएको छ ।
हाम्रो सरकारले पनि, बाटो – घाटों अनुसार कति गति ( स्पिड ) सम्म चलाउन पाईने र नगरेमा कस्तो कारबाही गर्ने, क्षमता भन्दा बढी यात्रु राखेका कस्तो कारबाही गर्ने जस्ता नियमहरु बनाउने र पालन गर्न लगाउने, पालन नगर्नेलाई कड़ा कारबाही गर्ने ब्यवस्था नगरेसम्म नेपालमा यस प्रकारका दुर्धटना कम होला जस्तो लाग्दैन ।
नेपाललाई साचिकै ” यातायात कर्मीहरुको सोचाईमा परिवर्तन र नियम कानुनको आबस्यकता ” परिआएको छ ।

नया भाग : सफल, “नेपाल फेस्टिबल २०१६” र यसले सिकाएका पाठहरु
पछिल्लो भाग : ( 3 दिन बाकी ) जापानमा नेपालको नाम चिनाउनको लागी , नेपालमा केही गर्नको लागी नेपाली । - 2

No comments:

Post a Comment