Saturday 16 January 2016

कथा अनि व्यथा भाग १८ " १२ महिना भनेको त्यो बर्ष बिताएका समय , गरेका कामहरुको पुनराबलोकन गर्ने महिना "

हेर्दा हेर्दै २००७ साल पनि सकिने बेला आऊछ । खै किन रहेछ , नेपालमा छँदा त यति छिटो समय बित्दैन थियो , जापान आएपछि त समय बितेको पत्तै पाऊदैन कालीदासले । हेर्दा हेर्दै १२ महिना आई हाल्छ । 



जापानमा फेरी १२ महिना लागेपछि बजारनै रङ्गी-बिरङ्गी हुन्छ , बजारहरु ईलुमेसन र लाईटिनिङ्गमा सजिन्छन । किष्समस ईभका दिनको प्रखाईमा सबैजना रमाईरहेका हुन्छन । 




त्यसैगरि १२ महिना भएकाले जापानमा बोनेङ्खाई पार्टी मनाऊने  प्रर्चलनपनि हुदो रहेछ । बोनेङ्खाई पार्टी भनेको "यस बर्ष सहयोग गरेका साथी ,भाई ,ईष्ट ,मित्रहरु संग समय बिताई यस बर्षमा धटेका राम्रा - नराम्रा दुबै प्रकारका धटनाहरुका कुरा गरि , यस बर्षको दुख बिर्सने " पार्टीको कुरा हो । कालीदासले पनि यस बर्ष धेरै सहयोग पाएको दाईगाकु ( विश्वविद्यालय )का सेन्सेई ( शिक्षक )हरुसंग , दाईगाकुका सरकलका साथीहरु , जेमी ( सेमिनार )का साथीहरुसंग , आरुबाईतो ( पार्ट टाईम जब)का सेन्पाई ( सिनियर) , कोहीई ( जुनियर ) , जोसी ( साउजी ) हरुसंग बोनेङ्खाई पार्टीमा मनाऊछ । बोनेङ्खाई पार्टीमा पछिल्लो महिनाको कमाई सबै सक्किन्छ । तर फेरी पैसा मात्र हेरेर पनि भएन , यस देशका मान्छेहरु संग नजिकहुनको लागी अलिकति जापानी पनि हुनुपर्यो हैन र , केही पाउनको लागी केही त गुमाउनु पर्यो हैन र ? 




"when in rome , do as the Roman do भन्या जस्तो जापानमा आएपछि अलिअलि त जापानी हुनुपर्यो नि " भन्छ ।




बोनेङ्खाई पार्टी बाट पनि कालीदासले धेरै कुराहरु सिक्ने अवसर पाऊछ । ति जापानी साथीहरुसंग, दाईगाकुका सेन्सेईहरुसंग  , आरुबाईतोका साथीहरुसंग नजिकहुने मौका पाऊछ । जापानीहरु फेरी मन खोल्न सम्मलाई धेरै समय लाग्छ , एकपटक मन खोलेपछि राम्रो साथी बन्छन ,यस पालीको बोनेङ्खाईले कालीदासलाई आफ्ना जापानी साथीहरुसंग नजिक पुर्याउन सहयोग पुर्याउछ । 




त्यसै गरि क्रिसमस ईभ र क्रिसमसको दिन पनि नजिकिदै आउछ । जापानीहरु बौद्धधर्म मान्ने भएतापनि क्रिसमस पनि मनाऊदा रहेछन भन्ने कुरा थाहा पाई कालीदासलाई अचम्म लाग्छ । आखिर जापानीहरु बौद्धधर्माबलम्बीहुन की ? , ईसाही धर्माबली हुन  ? मेसो नै पाऊदैन । एकदिन एऊटा जापानी साथीलाई " तपाईहरु  बौद्धधर्माबलम्बी हो  की ? , ईसाही बलम्बीहुन हो ? भनेर प्रश्न गर्दछ । त्यो जापानी साथीले आफुले आफुलाई मुसुक्यो ( कुनै पनि धर्म नमान्ने ) हो भनेर जबाफ दिन्छ । त्यसपछि कालीदास झन दङ्ग पर्छ  "जापानीहरु बिबाह चर्चमा गर्दछन , धरपरिबारको कुनै सदस्य बितेको खण्डमा बौद् धर्म अनुसार कूर्या बस्दछन , भ्यालेनटाईन पनि मनाएकै छ , हलोईन पनि मनाएकै छ , क्रिसमस पनि मनाएकै छ " । के हो के हो भने जस्तो लाग्छ कालीदासलाई । 




नराम्रो नजरले हेर्दा " कुनै पनि धर्म नमान्ने , आस्ताको सोत्र केही पनि नरहेछ बिचराहरु " , राम्रो नजरले हेर्दा " आफ्नो आफ्नो जिबन आफ्नै तरिका जिउनेहरु धेरै आधुनिक रहेछन  " जस्तो लाग्छ । जापान आएको करिब ३ बर्ष भयो अझै अझै जापान बुझ्न सकेको छैन जस्तो लाग्छ । अनि आउने बर्षमा अझ जापान र जापानीहरु संग नजिक भई ,अझै नजिकबाट चिन्ने प्रयास गर्ने उधेश्य बनाउछ । 




बिदेशमा चाही क्रिसमसमा धर परिबारका सदस्यहरु सबै एकैठाऊमा जम्मा भई , मिठो खाने , परिबारका सदस्यहरसंग समय बिताउने , अनि नयाँ बर्षमा आफ्नो जिबन साथीसंग समय बिताउने गर्दछन क्यारे ? यता जापानमा चाही क्रिसमसमा कोईबितो ( जिबन साथी) संग समय बिताउने र नयाँ बर्षमा आ-आफ्नो धर परिबारका सदस्यहरसंग  समय बिताउने गर्दा रहेछन , जापान आएको ३ बर्ष पछि बल्ल थाहा पाऊछ कालीदासले । 




साथीहरुसंग धुमधाम गर्दागर्दै समय बितिहाल्छ , अनि नयाँ बर्षको छुट्टीपनि शुरु भईहाल्छ  । 




छुट्टीको समयमा कालीदासले ,यो बर्ष धटेका धटनाहरु कस्ता थिए भनि फेरी एकपटक पुनराबलोकन गर्दछ । 

ति मध्य केही यसप्रकार छ । 
१: टोकियो मारासोन शुरु भएको बर्ष ।
२:रोप्पङ्गीको टोकियो मिड टाऊन शुरु भएको बर्ष ।
३:जापानको निगातामा ठुलो भुकम्पले गर्दा , धेरै मनिसहरुको जनधनको छ्यती भएको बर्ष ।
४:साबुपुराईम लोनका कारण अमेरिका लगाएत अन्य देशहरुको अर्ततन्त्र डामाडोल । 
५:नेपालको सिलसिलामा लामो समय देखी जनयुध्द गर्दै आएका माओवादीहरु अन्तरिम सरकारमा प्रबेश गरि राजनिति गर्ने पार्टीमा परिणत। 
६:राजतन्त्रको अन्त । 



केही राम्रा घटनाहरुपनि छन , केही नराम्रा घटनाहरु छन । समग्रमा भन्नुपर्दा यो बर्ष कालीदासका लागीपनि राम्रो भएको , साथसाथै जन्मभुमी नेपालका लागी पनि राम्रो भएको र कर्मभूमि जापानका लागी अलिकति माईनस पोईन्टका घटनाहरु बढ़ी घटेकाले नराम्रा रहेको महसुस गर्दछ । 

No comments:

Post a Comment