Saturday 16 January 2016

कथा अनि व्यथा भाग १७ "तिन बर्ष स्व-शिक्षा गर्नु (सिक्ने , पढने कुरा) भन्दा तिन बर्ष लगाएर राम्रो गुरु खोज्दा राम्रो हुन्छ"

करिब २००७ को ८ , ९ महिनातिरको कुरा हो । कालीदास नेपाली कार्यक्रममा सहभागी हुने कर्ममा एकदिन ओमोरी (टोकियोको शहरको नाम)मा जान्छ । पहिला नेपालमा संगै जापानी भाषा पढेको साथीले " ए कालीदास , नेपालबाट राम कुष्ण ढकाल आउदै छ रे , ओमोरीमा हो रे , जाने हैन ? भनेर बोलाउछ । कालीदासलाई पनि नेपालको चर्चित कलाकार आउने , भेटन पाईने सुबर्ण अवसर भएकोले "हुन्छ" भन्ने जबाफ दिन्छ । कार्यक्रम शनिबारको बेलुकाको रहेछ , दिउसोको आरुबाइतो ( पार्ट टाइम जब ) सकाएर कालीदास उक्त कार्यक्रम तिर लाग्दछ । 

मनमा धेरै कुराहरु खेलाऊदै खुलदुली अनि कौतुहलताका साथ आफ्ना पाइलाहरु अगाडी बढाउछ। मनमनै आफ्नो देशको , आफ्नो जन्मभुमीको गहना अर्थात कलाकारलाई भेंटने अवसर नेपालमा भएको भए त काहा पाइन्थ्यो होला , जापानमा भएका कारणले पाईयो भनि गुनगुनाईरहन्छ  । 

केही समयपछि कार्यकर्म स्थलमा पुग्दछ । कालीदासले ऊक्त कार्यक्रममा आफ्ना पुराना साथीहरुलाई पनि देख्दा अझ दन्ग पर्छ  । कार्यक्रम स्थल (रेस्टुरेन्ट)मा पुग्न नपाऊदै पुराना साथीहरु संग कुराकानी सुरु हुन्छ , धेरै पछि भेटेको साथी भएर होला , कुरामा कुराहरु थपिदै जान्छन । कालीदासले पनि "नेपालमा बिताएका क्षणहरु , जापानमा आएर जापानी भाषा स्कुलमा गरेको मेहेनत र दाईगाकुका तिता-मिठा कुराहरु "
सेयर गर्छ र  राम कुष्ण ढाकालका राम्रा गितहरु सुनेर मनोरन्जन लिईरहेका हुन्छ । 

धेरै पछि भेटेको साथीहरुसंग कुरामात्र नभएर , राम कुष्ण ढाकालका गितहरु प्रत्कक्ष सुन्न पाएकोमा आफुलाई शौभाग्यसाली सम्झी दन्ग परिरहेको हुन्छ  । केही समयपछि राम कुष्ण ढाकाल गितहरु गराउने पालो सकाएर "नमस्कार" भन्दै आउछन । कालिदास पनि " नमस्कार " भनि राम कुष्ण ढाकाल संग हात मिलाऊछ । नेपालको प्रतिष्ट कलाकार संग हात मिलाउन पाएकोले होला , मनबाटै सार्है खुशी हुन्छ । 

त्यसपछि नेपाली दोहोरी गितहरुपनि बज्दछन । अलिअलि पिएको बेलामा , नेपाली दोहोरी गित घन्केपछि के चाइयो र भन्या जस्तो । कालीदासपनि झमझम नाच्छ । 

२-३ बर्ष पहिले छोडेर आएको नेपाल , जापान टेकियोमानै पाएको महसुस गर्दछ , मजाले नाच्छ । मान्छे न हो धेरै नाचेपछि थकाईलागेर होला नजिकैको टेबलमा आराम गर्न जान्छ  । 

त्यो बेला कालीदासले एउटा मान्छेलाई देख्छ , जसलाई त्यहा भेटिन्छ भनेर कालीदासले कल्पना समेत गरेको थिएन । 

जापानको टेलिभिजनमा नेपाललाई चिनाऊदै हिडने , जापानमा हुने नेपाल फ़ेस्टीवलमा शिखाई ( उदघोषक ) गर्ने , नेपाल राजदुताबासको अनुवाद सम्बन्धी काम र राजदुतको भाषा अनुबाद गर्ने युबा दाजुलाई भेंटछ । 

कालीदासले धेरै पहिला देखी भेटन पाए हुन्थ्यो भन्ने दाजुलाई आफ्नै आखा आगाडी देख्न पाउदा , कालीदास एकछिन टवाल्ल पर्छ । अनि आफुले जानेको जापानी भाषा प्रयोग गरि आफ्नो परिचय दिन्छ र म पनि तपाई जस्तै टार्सलेटर ( दोभासे ) बन्न चाहन्छु भनेर भन्छ । 

ति व्यक्तिले पनि प्रयास गरेर अगाडी बढेको खण्डमा अबश्य सफल भईन्छ , मेरो तिमिलाई शुभकामना छ भनि सुझाब दिन्छन र समय कम भएकाले होला तुरुन्त फर्कीहाल्छन  । 

सायद जापानमा बसोबास गर्ने नेपालीमा उनिलाई नचिन्ने मान्छे धेरै कम नै होलान । अहिले (२०१५)मा त झन भन्नै परेन । 

कालीदासले उनिलाई भेटेने अवसर पाएर आफ्नो टार्सलेटर बन्ने, सिखाईस्या ( कार्यक्रम उदघोषक ) बन्ने चाहानाको घरले बलियों प्रेरणा युक्त जग पाएको महसुस गर्दछ । 

भन्छन रमाईलो क्षण , छोटों हुन्छ । कालीदासलाई कति चाडो घर जाने बेला आएको पत्तै पाउदैन । लास्ट टेर्न छुटलाकी भनेर हतार-हतार एकी ( स्टेसन ) तिर लाग्छ । 

फ्रकने रेलमा आज घटेको घटना-कर्म एकपटक फेरी सम्झन्छ , सोच्दै नसेचेको दाजु संग भेटन पाएकोमा खुशी मान्दै , आफुलाई भाग्यमानी सम्झी घरतिर लाग्दछ र ठान्छ " प्रेरणा मिल्ने मान्छे हामी सबै जनालाई चाहिन्छ र मैले आफुलाई प्रेरणा मिल्ने गुरु आज भेटे " । 

कुनै पनि क्षेत्रमा सफल हुनको लागी राम्रो गुरुको आबश्यकता पर्दछ । जापानी भाषामा पनि "साननेन मानाबान योरी , साननेन सी ओ एराबे /  3年学ばんより3年師を選べ " भन्ने शब्द छ । यसको अर्थ यसप्रकार छ "तिन बर्ष  स्व-शिक्षा गर्नु (सिक्ने , पढने कुरा)  भन्दा तिन बर्ष लगाएर राम्रो गुरु खोज्दा राम्रो हुन्छ "। कालीदाशले पनि आज राम्रो गुरु भन्दा पनि फरक नपर्ने प्रेरणा को सोत्र दाजु संग भेटन पाएकोले अत्यन्तै हर्सको महसुस गर्दछ  । 

क्रमस

No comments:

Post a Comment