Tuesday, 27 December 2016

नेपाल भित्र नेपाली खोज्ने बेला आयो ! - बिसु (बिष्णु) भण्डारी

नेपाल भित्र नेपाली खोज्ने बेला आयो ! 


आजकल नेपालमाभन्दा बिदेशमा नेपालीहरु बढी भेटिन्छन । भन्नाको मतलब ज़वान, उर्जाशील युबा शक्ति, जो नेपाललाई केही गर्न सक्छ र त्योसंग शक्ति पनि छ, ती सबै बिदेशमा छन जस्तो लाग्छ मलाई । त्यसैले नेपालभित्र नेपाली खोज्ने बेला आएको छ जस्तो लाग्छ मलाई । म पनि करिब १३ बर्ष पहिला नेपालबाट पढाईको सिलसिलामा जापान आएको हुँ । नेपालमा छँदा बिहानको पढाई अनि दिउँसोको जागिर गर्ने गर्दथे । मलाई नेपालमा नै केही गर्न मन पनि थियो तर म जापान आए र अहिले पनि जापानमा नै छु, यहि काम गरिरहेको छु । त्यतिबेला नेपालबाट जापान आउँदा नेपालको राजनीतिक परिस्थिति पनि राम्रो थिएन, साथसाथै नेपालमा केही गर्न सकिने बाताबरण पनि थिएन र मलाई लाग्छ अहिले पनि छैन । 

       नेपालको राजनीतिमा जहिले पनि बुढापाकाहरुको हाबी छ । नयाँ पुस्तालाई केही सिक्ने मौका दिउ भन्ने नेताहरु त औलामा गन्नु पर्दछ । त्यसमाथि राजनीतिक अस्थिरता थियो । बिदेशमा ग़एर पढने भन्ने लक्ष्य पनि थियो र त्यो बेलाको राजनीतिक परिस्थितिले गर्दा पनि बिदेश आउन पर्यो मलाई । म जस्तै जबान युबाहरु एयरपोर्टको अध्यागमनमा लाम लागेको बसेका थिए । पक्कै पनि तिनीहरु बिदेश जानै हिडेका हुन । नेपाली युवाहरुको अहिलेको विडम्बना के हो भने प्रवेशिका वा १२ कक्षा पास गरेपछि १७-१८ बर्षकै उमेरमा कुन देश जाने होला भनेर ईन्टरनेटमा बुझ्न शुरु गर्दछन । सकेसम्म बिदेश जानुपर्छ भनेर बुबाआमाले नै त्यस्त तयारी गर्दछनु अनि त्यस्तै दृष्टिकोणको विकास गराउँछन । 

     यस्तो बाताबरण सिर्जना हुनुमा लामो समयदेखि नेपालको राजनीतिमा हालीमुहाली गरिरहेका ती बुढा नेताहरुको हात छ । देशको शक्तिलाई नेपालले किन रोक्न सकिराखेको छैन त ? काम गर्ने जाश, जाँगर र उमेर सकिएका विदेशीको इशारामा नाँच्ने कठपुतली नेताहरु बढी भएको, नेपालवादी, राष्टवादी नेता कम भएकोले आफ्नो देशभित्रको जनशक्ति बाहिर गैरह्को पत्तै पाएका छैनन् जस्तो गरी आँखा चिम्लिरहेका छन् । नेपालमा जनशक्तिको अभाव छ । 

       विकास निर्माणका काममा भारत, बंगलादेशबाट कामदार ल्याउनु परिरहेको छ एकातिर भने अर्कोतिर दैनिक दुई हजारका दरले युवाहरु विदेशिइका छन् । यी युबा जनशक्तिहरुले नेपालमा नै आफ्नो काम गर्न पाउने हो भने, नेपालले केही बर्षमा नै काँचुली फेर्नेछ । त्यसो त विदेश जानु हुँदैन भन्ने हैन तर, श्रम गर्नकै लागि मात्र जनसंख्याको ठूलो हिस्सा विदेश जान पक्कै पनि राम्रो हैन, अनि तिनीहरुले पठाएको रकमको सदुपयोग नगर्नु अर्को समस्या हो । यहाँ नीति निर्माण गर्ने, योजना बनाउने, कार्यान्वयन गर्ने सबै नालायकहरु मात्र छन् । योग्यता प्रदर्शन भनेको नेताका चाकडी गर्न मात्र जान्नेहरुको हालिमुहाली भएपछि कसको के लाग्छ ? हुन त बिदेशमा ग़एर सफल भएका नेपालीहरु पनि धेरै छन । 

      नाम गनेर साध्यै छैन । कसरी ती नेपालीहरुले बिदेशमा सफलता हासिल गरे होलान त । एक पटक सोचेर हेर्नुस त । न त भाषा आउँछ, न त त्यो देशको रहनसहन नै राम्ररी बुझेको छ, न त आफूसंग पूँजी नै बोकेर गएका छनु । तर उनीहरु मेहेनतले सफल भएका छन् । त्यो भनेको उचित वातावरण हो । कामगर्नेलाई प्रोत्सहन दिने नीति हो । विदेशमा लगनशील, केही गर्न चाहनेहरुलाई सहयोग गरेको छ । त्यसैले आफूले भाषा नबोले पनि, त्यहाँको बाताबरण नबुझे पनि, त्यो देशमा सफल हुन सकेका छन । त्यस्ता कुराहरुबाट नेपालले, नेपाली नेताहरुले पनि केही सिक्नुपर्ने अवश्था आएको छ । 

       बिदेशमा सफलता हाँसिल गरेका र गर्न सक्ने नेपालीहरुलाई स्थान दिएमा ती बिदेशिएका नेपालीहरु पक्कै पनि नेपाल फर्कनेछन र नेपालमाप नि सफलता हाँसिल गर्न सक्नेछन । केही गर हो नेता ज्युहरु ! हामीहरु स्वदेश फर्कन चाहिंरहेको छौ ।

नया भाग : कृपया केही दिन प्रतीक्षा गर्नुहोला !

Friday, 23 December 2016

कथा अनि ब्यथा भाग ३८ : " जापानमा स्थाई काम खोज्न भन्दा आगाडी । "

कथा अनि ब्यथा भाग ३८ : " जापानमा स्थाई काम खोज्न भन्दा आगाडी । "

डेटा टाइपिङ कम्पनीबाट निकालिएपछि नयाँ पार्ट टाईम काम खोज्छ । तर, नपाएपछि छुट्टीको समय सदुपयोग गरी जब हन्टिनको तयारीतिर लाग्छ । जापानमा विश्वविद्यालयको चौथो बर्षमा प्रबेश गरेपछि मास्टर गर्न चाहानेहरुले त्यसको तयारी र जापानको कम्पनीमा काम गर्न चाहानेहरुले जापानको कम्पनीको इन्टरभ्यु लगायतका परीक्षाहरुको तयारी गर्ने गर्दछन् ।


कालीदास पनि जापान आएको करिब ६ बर्ष भैसकेको र एक्लो छोरा भएकाले घर परिबार पनि हेर्नुपर्ने, मास्टर गर्ने मन हुँदाहुँदै पनि जापानी कम्पनीमा काम गर्ने निर्णय गर्छ र त्यसको तयारीका लागि सुस्सोकु सपोर्ट (स्थायी काम खोज्न सहयोग गर्ने) कम्पनीमा जान्छ । हुन त विश्वविद्यालयमा पनि रिय्युगाकुसेय सपोर्ट सेन्टर (विदेशी बिद्यार्थीहरुलाई सघाउने सेन्टर) थियो तर सुस्सोकु सपोर्ट (स्थायी काम खोज्न सहयोग)गर्ने कम्पनीहरुमा केही सेबा पनि बढी पाइने भएकाले आफ्नो नाम दर्ता गराएको रहेछ । त्यसमाथि निःशुल्कमा सहयोग पाउने भएपछि के को चिन्ता ।


यो देशको सेवा त कुनै देशसंग तुलना गर्न नै मिल्दैन । नेपालको कुरा त छेडिदिनु् आफ्ना जनतालाई यति सेवा गर्ने देश त जापान मात्र होला । हाम्रो नेपाल कहिले यस्तो हुने होला भनी मनमनै कुराहरु खेलाइरहन्छ । एक पटक जापान आएर केही समय जापानमा बिताएपछि जुनसुकै देश गए पनि यहाँको जस्तो सेवा पाइदैन होला ।स्थाई काम खोज्ने क्रममा सर्बप्रथम आफ्नो बायो डेटा कसरी लेख्नु पर्छ भन्ने विषयमा विश्वविद्यालय भित्रको रिय्युगाकुसेय सपोर्ट सेन्टर (विदेशी बिद्यार्थीहरुलाई सघाउने सेन्टर) र सुस्सोकु स्पोर्ट (स्थायी काम खोज्न सहयोग) का प्रतिनिधीहरुसंग सल्लाह लिन्छ ।


बायो डाँटा फर्ममा (रिरेकीस्सो)मा साधारणतया लेख्नुपर्ने नाम, ठेगाना, आफ्नो शौक्षिक बिबरण, काम गरेको भए काम सम्बन्धी बिबरण, केही सर्टिफिकेट भएमा त्यस सम्बन्धी जानकारी लगायतका बिबरणहरु शुध्द अक्षरमा कालो मसीले लेख्ने कुरा त साधारण कुरा भयो ।


अनि सिबो दोकी 志望動機 aspiration and motivation लेख्ने ठाउँमा आफूले निवेदन दिने कम्पनीसंग सन्बन्धित कुरा आफुले आजको दिनसम्म कस्तो विषय पढेको अर्थात् कस्तो काम गरेको ? ती विषयहरु कसरी नयाँ काममा लागु गर्न सकिन्छ र आफुले के गर्ने चाहने हो, भविष्यको उद्देश्य के छ जस्ता कुराहरु मिलाएर शुध्द भाषामा छोटकरीमा लेख्नु पर्दछ भन्ने सल्लाह लिन्छ ।

त्योभन्दाअघि सबभन्दा महत्वपूर्ण कुरा आफूलाई नै राम्ररी चिन्न जरुरी रहेछ । जसलाई आफ्नो क्षमता, शैक्षिक योग्यता, राम्रो पक्ष, नराम्रो पक्ष, भविष्यको योजना थाहा छ भने त्यसलाई बायो डेटा लेख्न सजिलो त हुने भैहाल्यो । कुनै पनि कम्पनीमा अन्तर्वार्ता पनि राम्ररी दिनसक्छ भन्ने पनि कालीदासलाई लागिरहेको थियो ।


अनि आजको लागि त्यतिकै घर फर्की पहिला आफूलाई कुन क्षेत्रमा काम गर्न मन लाग्छ ? त्यो कम्पनीको व्यवसाय लगायतका जानकारी लिने र आफूले त्यो कम्पनीमा कस्तो योगदान दिन सकिन्छ भन्ने कुराहरु सोचेर रिरेक्सो लेख्ने र त्यसपछि सुझाब र सल्लाह लिन फेरि कलेजको रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरमा जाने निर्णय गर्छ ।

नोटः आफूले केही पनि नगरी सिधै अग्रजहरुसंग सल्लाह लिन जानुभन्दा बायो डाँटा फर्ममा (रिरेकीस्सो) शुध्द भाषामा, आफ्नै भाषामा लेख्नु र अन्तिममा अग्रजहरुको सल्लाह लिनु राम्रो ।

क्रमसः

नया भाग :  कथा अनि ब्यथा भाग ३९  “ जापानमा स्थायी काम खोज्ने कर्म मा  ”
पछिल्लो भाग : कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "

Tuesday, 13 December 2016

कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "

कथा अनि ब्यथा भाग ३७  " नियम कड़ा छ जापानमा "

       शरद रितुका कक्षा सुरु भएर पनि  करिब एक हप्ता जती पढाई चलीसकेको थियो , केही दिन पछि फेरी पनि शरद रितुको परिक्षा शुरु हुन् गईराखेको थियो । करिब नौ दिन चल्ने त्यस परिक्षाको तयारी पनि राम्रै गरेकाले होला , कालीदास त्यती अत्तीएको थिएन । पछिल्ला दिनहरुमा काम पनि गरेको थियो तर परिक्षाको तयारी पनि संग सगै गर्दै गरेको भएर होला ढुक्क देखिएको थियो  । तर साथी सुदर्शन चाही आफु त्यती तयारी नगरेको , त्यसमाथी ताईन ( पोईन्ट )  पनि त्यती नपुगीराखेको अबस्था भएकाले , के गरौ कसो गरौ भनि छटपट गरिरहेको थियो ।

        हुन त केही महिना अगाडी कालीदासले , " अब परिक्षा पनि आउदैछ , काम मात्र नगर परिक्षाको तयारी गर भनेर भनेको थियो , त्यती बेला चाही पैसाको मात्र अनुहार हेरेर पढाई त्यती गरेन , अहिले फेरी छटपट गर्छ , जब भयो राती तब बुढी ताती भनेको जस्तो " भन्या भनी कालीदास मनमनै कुराहरु खेलाई राखेको पनि थियो ।
        यस्तो बानी हाम्रो नेपालमा बिध्न  छ । हाम्रो नेपाल यती पछाड़ी परेको कारण पनि त्यही होला जस्तो लाग्छ । जुन कुराको पनि अग्रिम तयारी नगर्ने अनि अन्तिममा आएर पछुताउने , अनि आफुले भनेको जस्तो भएन भने , जे पाए त्यही भन्ने , अरुलाई मात्र दोष लगाउने ।

        नेपालको राजनितिक नेताहरुको त कुरा नै गर्न मन लाग्दैन ।  राम्रो काम गर्नेलाई काम गर्न नदिने अनि आफुले काम गर्न नसके पछि अरुलाई दोष मात्र दिने , हैट ।

        सुदर्शनलाई पनि त्यही नेपाली नेताहरुको बानी सरेको हो की जस्तो महसुस गरिरहन्छ । तर साथी भएकाले सधै भलो नै चिताई रहेको थियो र यस पालीको परिक्षामा पनि राम्रो गरोस अलि अलि भए पनि पढोस भनेर , आफुसग मिल्ने बिषयहरुको नोटहरु कपी गर्न  दिन्छ ।

       यस परिक्षा करिब ८ -९ दिन जती चल्यो , परिक्षा पछि कालीदासले पनि  मजाले काम गर्ने , अलि अलि पैसा पनि कमाउने योजना बनाई , केही हप्ताको लागी नया काम खोजेको थियो ।

        एउटा आईटी कम्पनीको डेटा टाईपिन्ग गर्ने ठाउमा पार्ट टाईम गर्छ । त्यो ठाउमा दिनको करिब ४-५ धन्टा काम गर्दथ्यो , डेटा टाइप गर्दा गर्दा आँखाहरु त थाकी सकेको थियो । हुन पनि यो डेटा टाईपन्ग गर्ने काम अलिकति गार्हो हुदो रहेछ , मिसटेक गर्न पनि भएन , छिटो छिटो टाईप गर्नु पर्यो , नबुझ्ने खान्जीहरु पनि धेरै हुने भएकाले गार्हो हुदो रहेछ । एक दिन डेटा टाइप गर्नु पर्ने कर्ममा एकजना जापानका  चर्चित कलाकारको नाम , ठेगाना , फोन नम्बर लगायतका व्यक्तिगत जानकारी देख्छ , काम नै टाईप गर्ने भएकाले टाईप त गर्छ तर ब्रेकको समयमा आफु सन्गै काम गर्ने साथीहरु संग त्यो चर्चित ब्यक्तीको बारेमा कुराकानी गर्छ ।

       सम्योग बस सेन्टरका सुपर भाईजर पनि नजिकै रहेको अनि कालीदासको कुरा कानी पनि सुनीरह्को रहेछ । कुरा सकिए पनि सुपर भाईजरले कालीदासलाई बोलाउछ अनि भन्छ म तिमीलाई आजबाट यस कामबाट निकाल्छु । भोली देखी आउनु पर्दैन । हुन त कालीदास पनि केही हप्ताको लागी मात्र काम गर्न यस ठाउमा आएको थियो तर केही दिनमा नै कामबाट निकालिन्छ ।

       कालीदासले आफुलाई किन निकालेको थाहा पनि पाईरहेको थिएन । पछि गएर थाहा भयो कि , कालीदासले काम गर्नु भन्दा पहिला एग्रीमेन्ट पेपरमा साईन पनि गरेको थियो , र त्यस एग्रीमेन्ट पेपरमा कामका कुराहरु बाहिर गर्न नपाईने भनेर लेखेको रहेछ , कालीदासले नियम पालन नगरेको कारणले कामबाट निकालिएको रहेछ भन्ने कुरा बल्ल थाहा पाउछ ।

       त्यसपछि कालीदासले बल्ल थाहा पाउछ , कुनै पनि काम गर्नु भन्दा अगाडी एग्रीमेन्टमा लेखेको सम्पुर्ण बिषयहरु राम्ररी पढनु पर्ने रहेछ , काम भित्रका कुराहरु बाहिर गर्न नहुने , त्यसमाथी पनि गार्हकहरुको व्यक्तिगत जानकारीहरु
बाहिरका साथीहरु संग कुरा गर्न नहुने ।

        कामबाट त निकालियो तर यसरी कालीदासले फेरी पनि एउटा नयाँ कुरा सिक्ने मौका पाउछ । 


         तपाईहरु पनि आफ्ना काम भित्र हुने कुरा कानीहरु बाहिरका मानिसहरु संग नगर्नुहोला , त्यसमाथी पनि कुनै पनि मानिसको व्यक्तिगत जानकारी , बिना अनुमति प्रयोग नगर्नुहोला र नभन्नुहोला । 


Saturday, 10 December 2016

सफल, “नेपाल फेस्टिबल २०१६” र यसले सिकाएका पाठहरु

नेपाल फ़ेस्टिवल र सुधार गर्नु पर्ने कुराहरु । 

२००७ मा हिबिया पार्कबाट सुरु भएको नेपाल फेस्टिबल , योयोगी पार्क सम्म आईपुगेको छ । यसपालीको नऔ नेपाल फेस्टिबल सम्म आईपुग्दा पनि हाम्रो कार्यशैली परिवर्तन भएको छैन ।
२००७ बाट प्रत्तेक बर्ष नेपाल फेस्टिबल मनाउदै आईयो । २०१५ मा चाही नेपालमा आएको भुकम्प र त्यसको सोकले गर्दा नेपाल फेस्टिबलमनाईएन ।

२००७ , २००८ ,२००९ ,२०१० मा हिबिया पार्क ,२०११ , २०१२ मा योयोगी पार्क  , २०१३ , २०१४ मा उयनो पार्क
२०१५ मा चाही नेपालमा आएको भुकम्पले गर्दा हाम्रो देशलेनै भोगीरहेको सोकका कारण नेपाल फेस्टिबल मनाईएन । यस बर्ष ( २०१६) मा चाही फेरी एक पटक योयोगी पार्कमा नेपाल फेस्टिबल मनाइयो । यस पटक पनि केही कमज़ोरीहरु देखा परे तर समग्र रुपमा सफलताका रुपमा सफल भएको जस्तो लाग्छ । २००७ बाट २०१६ सम्म आईपुग्दा हामीहरुले के कस्ता बिषयमा सुधार ल्याउन सक्यौ , के कस्ता बिषय चाही शुधार गर्दै जानु पर्छ भन्ने बिषयमा म सानो लेख लेख्दै छु । यन आर यन जापान , नेपाल राजदुताबासको आयोजना र बिभिन्न संग संस्था र ब्यक्तीहरुको सहयोगमा यस पालीको फेस्टिबल पनि सम्पन्न भएको छ ।हामी नेपालीहरु परि आएमा एक अर्कालाई सहयोग गर्दा रहेछौ भन्ने कुरा , यस पालीको फ़ेस्टिवलको टिममा रहेर काम गर्दा थाहा पाए । जसो गर जे गर जता सुकै लौजाउ मलाई, यो मन त मेरो नेपाली हो भन्ने गितका शब्द झै , हाम्रो नेपाल गरिब देश भएपनि , हामी नेपालीहरु मनका धनी रहेछौ जस्तो लाग्यो । भोलेन्टियर गरेर सहयोग गरिदिनु हुने साथीहरु पनि , आफ्नो काममा बिदा लिई , टन्टलापुर घामका बाबजुत पनि खटनु भयो । कार्यकर्म ब्यबस्थापन , स्टेज कार्यकर्म सन्चालन , अर्थ सन्कलन , ईन्सटल ब्यबस्थापन , सजावट , मेडिया , फोहोर ब्यबस्थापन , सांस्कृतिक कार्यकर्मको ब्यबस्थापन , स्पोन्सर सन्कलन , भोलेन्टियर ( समग्र ) , यातायात , उदघोषण , सुरक्षा , कम्पृटर , म्युजिक सिस्टम लगायतका बिषयमा यहाहरुले गरेको सहयोग अमुल्य छ । हामी नेपालीहरु एकजुट भयौ भने , जस्तो सुकै काम पनि फत्ते गर्न सक्दा रहेछौ भन्ने कुरा यस फेस्टिबलले फेरी पनि हामी नेपालीहरुलाई सिकाएको छ । तर सुधार गर्नु पर्ने कुरा पनि केही छन । जल मध्य केही म यहाँ लेख्दै छु ।

१ : समय
पहिलो दिनको ओपनिन्ग कार्यकर्ममा पनि हाम्रा बिभिन्न क्षेत्रका ब्यक्तित्बहरुलाई केही शब्द राख्न समय दिईएको थियो । उहाँहरुले आफ्नो समय भन्दा बढी लिनु भएको थियो । आफु एक मिनेट लामो बोल्दा , कार्यकर्मलाई , आफुभन्दा पछाड़ी आउने साथीहरुलाई कति असर पर्छ भन्ने कुरा बुझीदिनु भएमा अझ राम्रो हुन्थ्यो होला । हामी जापान भन्ने समयलाई एकदम महत्ब दिने शहरमा रहेर पनि यस्ता कुराहरु सिक्न सकिरहेका नरहेछौ जस्तो लाग्यो । आउने दिनहरुमा उहाँहरुले समयको महत्ब बुझीदिनु हुनेछ भन्ने आशा लिएको छ ।

२ : तयारी 
 यस पाली पनि सांस्कृतिक कार्यकर्ममा गाउन , नाच्न आउनु भएका दाजु भाई र दिदि बहिनीहरु , आफुलाई दिईएको समय भन्दा लामो गीतमा नाचीदिने , गाईदिने  ।  आफु नाच्ने गितको सिडी ,क्यासेट को ब्यबस्था नगरी आउने । भनिन्छ तयारीको लागी पनि तयारी चाहिन्छ । उहाँहरु पनि अब आउने दिनहरुमा तयारी गरेर आउनु हुनेछ भन्ने आशा लिएको छु । त्यसै गरी म्युजिक सिस्टम कुन चिज काहा छ , पहिला नै बुझ्नु पर्न थियो । त्यो गर्न सकिएन । फेस्टिबलको दिनमा माईक धरी काटिने , घरी ठुलो हुने । ओपनिन्ग कार्यकर्ममा ठुला - ठुला पाहुनाहरु आउनु भएको थियो । म्युजिक सम्बन्धी जानकारी भएपनि जापानी भाषामा लेखेका कारणले गर्दा , उहाँहरुले त्यती बुझ्नु भएन की के हो मलाई थाहा भएन , तर आउने दिनहरुमा सुधार गर्नुहुन्छ भन्ने आशा राख्दछु । 

३ : सर सफ़ाई

यस पाली पनि धेरै भन्दा धेरै रेस्टुरेन्टका साथीहरुले आफ्नो पसल राख्नु भएको थियो । नेपालका परिकारहरु पनि मिठो बनाई जापानी र जापान बासी नेपालीहरुको मन जित्नु भएको थियो । ब्यापार पनि राम्रो नै भयो भन्दा सुनेको थिए । समग्र रुपमा उहाहरुलाई फाईदा भएको हुनु पर्छ तर अन्तिम दिन सम्पुर्ण कार्यकर्म सकिए पछि , जब सर सफ़ाई गर्नु पर्ने बेला आयो । उहाँहरुले अरु रेस्टुरेन्टको ठाउ त परै जाओस , आफ्नो रेस्टुरेन्टको ठाउ तलका फोहोर त्यतिकै थियो , तेल पनि पोख्याईएको थियो ।
यो पारा चाही राम्रो लागेन । परेमा आफ्नो रेस्टुरेन्ट छेउछाउ पनि सफ़ा गर्नु पर्ने बेलामा , आफ्नै ठाउ पनि सफ़ा नगर्ने ।अन्त्यमा दुईदिने नेपाल फ़ेस्टिवल सफलता पुर्बक सम्पन्न भएको उपलक्क्षमा संयोजक सुदन थापा ज्यु र सम्पुर्ण साथीहरुलाई बधाई दिन चाहान्छु र सम्पुर्ण सहयोगी हातहरुलाई धन्यबाद ब्यक्त गर्न चाहान्छु।

धन्यबाद
सांस्कृतिक कार्यकर्म ब्यबस्थापन टिम

कथा अनि ब्यथा भाग ३६ - “सुझाब खोजेको मान्छेलाई मात्र दिदा राम्रो…”

कथा अनि ब्यथा भाग ३६ - “सुझाब खोजेको मान्छेलाई मात्र दिदा राम्रो…”

२००८ साल पनि रमाइलो गर्दागर्दै सकियो । २००९ को जनवरी ४ तारिकसम्म बिदा थियो । बिदा त कति चाँडो सकिदो रहेछ पत्तै पाइएन । फेरि ५ तारिकबाट त बिध्यार्थी जीवन शुरु भै नै हाल्यो । शरद ऋतुका कक्षाहरु पनि शुरु भै नै सकेको थियो । एक दिन पुस्तकालयको कम्प्युटर रुममा बसी ईन्टरनेट सफिङ् गरिरहेको थियो, एउटा जापानी भाषामा लेखिएको ब्लगमा नज़र जान्छ । जाहा नेपाल सग सम्बन्धीत समाचार लेखिएको थियो ।
ती ब्ल्गका सन्चालक नेपाललाई मनदेखि मन पराउने जापानी नागरिक रहेछन । त्यसैले बेलाबेलामा नेपाल जाने र आफ्ना साथीहरुलाई ब्लगको माध्यमबाट नेपाल सम्बन्धी जानकारी गराउने गर्दारहेछन ।
यो बेला नेपालबाट जापान आउनको लागि प्रतक्ष हबाई जाहाज थिएन । नेपाल एअरलाइन्सले २००८ को १० महिनादेखि बन्द भएको काठमाडौं ओसाका हबाई उड़ानको बदलामा काठमाडौंबाट साङ्घाइ हुँदै टोकियो उड़ान गर्नको लागि जापानको पर्यटन मन्त्रालयमा निबेदन दिएको थियो । त्यही समाचार त्यो ब्ल्गका लेखिएको रहेछ ।
कालिदास पनि त्यो बल्ग पढ़ेर मनमनै अब चाहिं आफ्नै देशको ध्बाजाबाहक चढी फर्कने दिन आउँलान जस्तो छ है भनी कुराहरु खेलाइरहेको थियो ।
जननवरीको १६ तारिकसम्म विश्बबिद्यालय तेस्रो बर्षको कक्षा शुरु भई अन्तिम अन्तिम तिर शरद ऋतुको परीक्षा हुन गैराखेको थियो । कालिदास पनि आउँदै गरेको परीक्षाको तयारी गर्दै पार्ट टाईम जबलाई पनि अगाडी बढाइरहेको थियो ।
तर, परीक्षाको केही हप्ता अगाडिबाट चाहिं पार्ट टाईम जबमा केही समयको लागि बिदा लिई परीक्षाको तयारी गर्नतिर लाग्छ । समय हुँदा मिल्ने साथी सुदर्शनसंग पुस्तकालयमा गई पढने गर्दथ्यो । लगभग बिश्वबिद्यालयमा स्नातक गर्न चाहिने प्वाइन्ट सबै प्राप्त पनि गरिसकेको थियो । अहिलेको परीक्षा चाही भबिष्यमा चाहिनसक्ने बिषयहरुको बारेमा थियो ।
संगै पढने सुदर्शनले चाहिं बिश्वबिद्यालयको परीक्षा आइरहदा पनि पार्ट टाईम जब छोड़ेको थिएन । त्यसमाथि उसको त प्वाइन्ट पनि पुगिराखेको थिएन । एक दिन कालिदासले सुदर्शनलाई तिम्रो प्वाइन्ट पनि पुगेको छैन, परीक्षाको बेलामा काम नगरी पढाई गर्दा राम्रो हुने हो कि भनेर सल्लाह दिन्छ । तर सुदर्शन यहाँ पढेर के काम छ र, बरु खुरुखुरु पैसा कमाउदा राम्रो भनेर उल्टो रिसाए जस्तो गरी जबाफ फर्काउँछ ।
कालिदास अनुहार नियाउरो बनाई र मनमनै आफूले भन्नुपर्ने कुरा भनेको, गर्ने नगर्ने उसको कुरा भनि त्यस कुरालाई त्यतिकै छोडि़ कुरा बदल्नतिर लाग्छ । त्यो दिन कालिदास र सुदर्शन सँगै घर फर्कन्छन । बसबाट झरेपछि कालिदास घरतिर र सुदर्शन पार्ट टाईम जबतिर लाग्छन ।
सुदर्शनसंग छुटनेबितिकै एक्लै घर हिड्दै जादा कालिदासले जापान आउने मान्छेहरुमध्ये सबै मान्छेहरुको एउटै आर्थिक स्तर, सोचाई, परिस्थितिका हुँदैनन् होला त्यसैले केही सल्लाह दिनुभन्दा पहिला त्यो मान्छेको बारेमा राम्ररी बुझ्न जरुरी हुँदोरहेछ । त्यसैले आफूले केही बेर अगाडि सुदर्शनलाई भनेको कुरा नभन्दा राम्रो हुन्थ्यो कि भनेर पश्चाताप महसुस गर्छ ।
जिन्दगीमा केही कुराहरुको सल्लाह दिदा ठीक हुँदोरहेछ र केही सल्लाह नदिंदा नै ठीक हुँदोरहेछ । बाल्यकाल भएको भए यसो गर, यसो नगर भन्दा राम्रो हुन्थ्यो क्यारे । ठूलो भएपछि चाहिं समय, परिस्थिति र ठाउँ हेरी सल्लाह दिनुपर्ने हुँदोरहेछ जस्तो लाग्छ । आजको सुदर्शनसंग को कुराकानीले कालिदास केही पाठ सिक्छ ।

क्रमस ...............

नया भाग : कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "
पछिल्लो भाग : कथा अनि ब्यथा भाग-३५ - “समग्रमा २००८ साल "

यातायात क्षेत्रमा परिपक्क नियम कानुनको आवश्यकता

यातायात क्षेत्रमा परिपक्क नियम कानुनको आवश्यकता

सेरोफेरो नेपालको, नेपालमा हरेक हप्ता कही न कही, साना- ठुला दुर्घटनाहरु हुदै आएका छन । किन यस्ता घटनाहरु वढीरहेका छन त? के-कस्ता कारणहरुले गर्दा यस्ता घटना दोहोरी रहेका छन त? आज मैले केही विचार राख्ने प्रयास गर्दै छु । नेपालमा सड़क दुर्धटनाका कारण पछिल्लो आर्थिक बर्ष २०७२/७३ मा मात्रै दुई हज़ार भन्दा बढी मानिसहरुको ज्यान गुमाएको तथ्यांक छ ।
सधै झै समाचार हेर्न के लागेको, आँखा रसाएर आए । समाचारको बिषय थियो ” बस दुर्धटना, मृतकको संख्या ….पुग्यो ” ।
यात्रुले खचाखच एउटा बस काभ्रे जिल्लामा दुर्धटना, कारण चाही गाडी र बाटोको दुराबस्था तथा क्षमताभन्दा बढी यात्रु बोकेको भन्ने आयो ।
मलाई अझै पनि याद छ, सन१९९५-१९९६ तिरको कुरा थियो। जती बेला म बालकै थिए, आमासंग मामाघर जादा, पोखराबाट पृथ्बी राजमार्गको हेम्जा, फेदी हुदै नाउडाडा ( नागडाडा ) जान्थ्यौ, पुरानो जिपमा चढेर जान्थ्यौ, बाटो पनि खाल्डा खुल्डीको थियो । त्यती बेला अरु केही उपाय पनि थिंएन, मामाघर छिटो पुग्नु थियो, जिपमा चढेर जाने बाहेकको उपाय नै थिएन ।
भगबानको कृर्पाले त्यो बेला सकुसल मामाघर पुग्न सकियो तर अहिले सम्झदा डर लागेर आउछ । खाल्डा र खुल्डीको बाटोमा, पुरानो गाड़ी, खचाखच बस, त्यसमाथी चालकले स्पिडमा हाक्ने । मलाई लाग्छ अहिले भएको भए, म पनि त्यो गाड़ी चढ़न डराउथे होला ।
त्यो बेलाको सरकार देखी आजका सरकारसम्म आईपुग्दा, दर्जनौ क्रान्तिकारी, अग्रगामी, दुरदर्शी हौ भन्ने पुराना वेथितिलाई परिवर्तन गर्छौ भने पनि केही परिवर्तन भएको छैन। बाटा घाटाहरु जस्ताको त्यस्तै, यातायाता चालकहरुले क्षमता भन्दा बढी यात्रु र सामान राख्ने बानी पनि काहा जानी, त्यसमाथी हुईक्याउनु पर्ने ।
हतार गरे भन्न् सकिन्न ढिलो गए अवश्य पुगिन्छ भन्ने भनाई
फेरी नेपाल भरीका यातायात कर्मीहरुलाई भन्न पर्ने बेला आएको छ ।
हाम्रो सरकारले पनि, बाटो – घाटों अनुसार कति गति ( स्पिड ) सम्म चलाउन पाईने र नगरेमा कस्तो कारबाही गर्ने, क्षमता भन्दा बढी यात्रु राखेका कस्तो कारबाही गर्ने जस्ता नियमहरु बनाउने र पालन गर्न लगाउने, पालन नगर्नेलाई कड़ा कारबाही गर्ने ब्यवस्था नगरेसम्म नेपालमा यस प्रकारका दुर्धटना कम होला जस्तो लाग्दैन ।
नेपाललाई साचिकै ” यातायात कर्मीहरुको सोचाईमा परिवर्तन र नियम कानुनको आबस्यकता ” परिआएको छ ।

नया भाग : सफल, “नेपाल फेस्टिबल २०१६” र यसले सिकाएका पाठहरु
पछिल्लो भाग : ( 3 दिन बाकी ) जापानमा नेपालको नाम चिनाउनको लागी , नेपालमा केही गर्नको लागी नेपाली । - 2

कथा अनि ब्यथा भाग-३५ - “समग्रमा २००८ साल "

२००८ को अन्तिम तिरको कुरा थियो । नेपालमा हप्तामा ८२ घन्टा बत्ती नआउने अर्थात लोड सेडिङ्ग हुने भयो भन्ने अनलाईन समाचारहरुमा लेखिएको थियो ।
कालिदास पनि नेपालमा नै हुर्की बढेको ठिटो, बल्यकाल देखिनै लोड सेडिङ्ग त भोग्दै आएको थियो ( नेपालमा हुदा ) । तर हप्तामा ८२ घन्टा अन्धकारमा त बसेको अनुभव थिएन । यस्तो समाचार देख्दा सारै नरमाईलो लाग्याे ।
हामीहरु कति पछाड़ी छौ भन्ने महसुस यो समाचाले गरांयाे । विदेशमा जति नै ठूला कुरा, यस्ताे उस्ताे गफ गरेपनि जति सुकै ठुला ठुला कुरा गरेपनि हामीले हाम्रो देशलाई के गर्न सकेका छौ त जस्तो लाग्छ ।
हुन त कालीदास जलविधुत सम्बन्धी पढेको विधार्थी पनि परेन तर हामीहरु मध्य कतिपयले सम्बन्धित बिंषय पढेका त छौ हाेला, तपाईहरुले आफ्नो धारणा, विचार ब्यक्त गर्न सक्नु हुन्छ नि हैन र । आफुले गर्न सक्ने काम राजदूतावास मार्फत हुन्छ कि, अन्य कुनै तरिकाले नेपालमा रहेकाहरुलाई सिकाउन सकेमा हामीहरु नेपालीहरुलाई राम्रो हुने थियो ।
यो त भयो नेपाल सम्बन्धी कुराकानी ।
यता कालीदास पनि आफ्नो जापान वसाई, विश्वविद्यालयको ३ बर्षको पढाई अगाडी बढांईराखेको थियो ।
कालीदास प्रर्येक बर्षको अन्तिममा आफ्नो लागि यो बर्ष कस्तो रह्ये भनेर फर्केर हेर्ने गर्दथ्यो । २००८ साल पनि आफुलाई , आफुले गरेका कामहरुलाई एकपटक फर्खी हेरी, केही सुधार गर्नु परेमा गर्ने योजनामा पनि थियो । भनिन्छ निपिडिसिए प्लान – डु-चेक-याक्सन, प्लान गरेको गरेको कुरा लागु गर्ने त्यसपछि कस्तो भयो भनि चेक गर्ने अनि त्यसपछि एक्सन लिने ।
२००८ समग्रमा भन्नु पर्दा राम्रो नै रह्यो, केही यस्ता थिए
१: विश्वविद्यालयमा पनि तेस्रो बर्ष भएकाले त्यती गरो भएन , वानी पनि परेर होला ।
२ : जापानी साथीहरु धेरै बनाएकाले जापानी भाषापनि राम्रो हुदै आएको थियो ।
३ : विश्वविद्यालयमा सेन्सेईहरुसंग पनि राम्रो सम्बन्ध राख्न सफल भएको ।
४ : विश्वविद्यालयको सरकलमा पनि सक्रियरुपमा सहभागी भएको ।
५ : विश्वविद्यालयको बिषयहरु लगभग सबै लिएर सकिएको ।
६ : विश्वविद्यालय भित्र नेपाल सम्बन्धी कार्यक्र्म गरि नेपाललाई चिनाऊने कार्यक्रम गर्न सफल भएको ।
केही नराम्रो कुराहरु केही यस्ता थिए ।
१ : नेपाली समुदायसंग टाढै रहेको । नेपाली समुदाईका ब्यक्तीहरु जापानमा आएर पनि नेपाली पारा देखाउनेहरु धेरै थिए । जापानमा आएर नेपालको राजनिति गर्नेहरु धेरै थिए ,त्यो भएर पनि होला अलिकति टाढा बस्न मन लागेको ।
२ : घर तिर त्यति सहयोग गर्न नसकेको । विद्यार्थी जिबन बिताईरहेका कारणले नेपालमा आर्थिक सहयोग त्यति गर्न सकिराखेको थिएन । कालीदास पनि पहिला पढाई सकाउने , त्यसपछि मात्र भन्ने सोचना पनि थियो त्यसैले घरतिर त्यति सहयोग गर्न सकिराखेको थिएन ।
३ : बर्षमा एक पटक नेपाल फर्कने योजना बिफल । आर्थिक रुपमा सम्पन्न नभएकाले गर्दा होला, नेपाल जान सकेन ।
४ : नेपालमा रहेका साथीहरुलाई, नेपालमा हुदा खेरीको जस्तो सम्पर्क गर्न नसकेको । नेपालमा रहेका साथीहरुलाई पनि पटक पटक सम्पर्क गर्नु पर्छ भन्ने सोच राखे पनि समयको अभाबले गर्दा त्यति सम्पर्क गर्न सक्दैन ।