Sunday, 30 August 2026

地球温暖化の「被害者」ネパール 排出量の少ない国に、なぜこれほど大きな負担が集中するのか

 地球温暖化の「被害者」ネパール


排出量の少ない国に、なぜこれほど大きな負担が集中するのか


ヒマラヤの国ネパールで、気候変動の影響がますます深刻になっている。


洪水、土砂災害、異常降雨、干ばつ、山岳地帯での地滑り。そして、地球温暖化による氷河の融解や氷河湖の拡大。こうした変化は、ネパールの人々の生命や生活だけでなく、道路、橋、住宅、農地、発電施設など、国の社会基盤そのものを脅かしている。


2026年8月26日に発生した大規模な洪水も、その現実を改めて世界に突きつけた。


災害が発生するたびに、多くの人々が家を失い、道路や橋が破壊され、地域社会の復旧には莫大な費用が必要になる。経済規模の大きくないネパールにとって、その負担は決して小さくない。


しかし、ここで世界が考えるべき大きな疑問がある。


ネパールは、そもそも地球温暖化の原因となる温室効果ガスをどれほど排出してきたのだろうか。


世界銀行によれば、ネパールの世界全体の温室効果ガス排出量に占める割合は約0.1%にすぎない。


つまり、世界全体の温暖化に対するネパールの責任は極めて小さい。


それにもかかわらず、ネパールは気候変動に対して非常に脆弱な国の一つとされている。


ここに、現在の気候変動問題が抱える大きな矛盾がある。


原因をほとんど作っていない国が、大きな被害を受けているのである。


────────


ヒマラヤで起きている変化


ネパールを語るうえで、ヒマラヤの存在を無視することはできない。


世界最高峰エベレストをはじめとするヒマラヤ山脈には、多くの氷河が存在している。


これらの氷河は、単に美しい自然景観というだけではない。融雪水や氷河から流れ出る水は、農業、飲料水、水力発電など、地域の生活を支える重要な水資源でもある。


しかし、気温の上昇によって氷河が後退し、氷河湖の拡大などが進んでいる。


氷河湖が決壊すれば、下流地域に突然大量の水が押し寄せる可能性がある。


さらに、気温上昇は高山地域の雪や氷、岩盤の安定性にも影響を与える。


その結果、洪水、雪崩、土砂災害、地滑りなどのリスクが複合的に高まる。


2026年8月26日に発生した洪水についても、氷河や岩石の崩落との関連が指摘されている。


もちろん、すべての洪水や災害を「地球温暖化だけ」が原因だと断定することはできない。


降雨量、地形、地震、土地利用、インフラの状況など、さまざまな要因が関係する。


しかし、気候変動によってヒマラヤの環境そのものが変化しているという事実は、無視することができない。


────────


「気候正義」という考え方


ここで重要になるのが、Climate Justice、気候正義という考え方である。


気候変動は、すべての国に同じように影響するわけではない。


また、すべての国が同じだけ温室効果ガスを排出してきたわけでもない。


アメリカ、中国、日本、インドそしてヨーロッパなどの先進工業国・大規模排出国は、長年にわたる経済発展の過程で大量の温室効果ガスを排出してきた。


その経済発展によって、豊かな生活や巨大な産業、交通網、エネルギーインフラなどを築いてきた。


一方、ネパールのような国は、世界の温室効果ガス排出に占める割合が極めて小さい。


それでも、温暖化によって氷河が変化し、洪水や土砂災害のリスクが高まり、国民の生活が脅かされている。


この状況を考えると、


「すべての国が同じように負担すればいい」


という考え方だけでは、十分に公平とは言えない。


────────


大量排出国には、より大きな責任を


だからこそ、国際社会では「汚染者負担原則(Polluter Pays Principle)」という考え方を、気候変動の分野でもさらに具体化していく必要がある。


もちろん、ここでいう「penalty」は、特定の国を単純に罰するという意味ではない。


重要なのは、


「より多く排出してきた国が、より大きな責任を負う」


という考え方である。


例えば、大規模排出国がより多くの資金を拠出し、その資金をネパールのような気候脆弱国のために使う。


災害に強い道路や橋の整備。


洪水警報システムの構築。


氷河や氷河湖の監視。


気象観測設備の整備。


被災地域の住宅再建。


そして、災害によって失われた農業や地域経済の復旧。


こうした分野に、より大きな資金と技術を提供する仕組みが必要だ。


さらに重要なのは、その支援を単なる「援助」として考えないことである。


これは、気候変動によって生じた**Loss and Damage(損失と被害)**に対する国際社会の責任という視点から考えるべき問題である。


────────


被害を受けた国を、さらに借金漬けにしてはいけない


もう一つの問題は、災害後の復興資金である。


大規模災害が起きれば、道路、橋、住宅、学校、病院、発電所などを再建しなければならない。


しかし、経済力の限られた国が、その費用をすべて自国で負担することは難しい。


そこで海外から融資を受ければ、復興できるかもしれない。


しかし、それは同時に新たな借金となる。


つまり、


「温暖化の原因をほとんど作っていない国が、温暖化による災害から復旧するために借金をする」


という矛盾が生まれる。


これは本当に公平なのだろうか。


気候変動によって被害を受けた国に対しては、単なる融資だけではなく、無償資金や技術支援など、返済負担を増やさない仕組みをより強化する必要がある。


────────


ネパールを「援助される国」だけにしてはいけない


ネパールは、単に「貧しい国」「援助を必要とする国」として見るべきではない。


ネパールには、世界の水資源や生態系にとって非常に重要なヒマラヤが存在する。


ヒマラヤの氷河から流れ出す水は、ネパールだけでなく、インド、中国など南アジアの広い地域に暮らす人々にも関係している。


つまり、ヒマラヤの環境を守ることは、ネパールのためだけではない。


世界全体の未来のためでもある。


その意味でも、ネパールが気候変動への対応に必要な資金や技術を得ることは、単なる「国際援助」ではなく、地球規模の環境を守るための国際投資と考えることができる。


────────


アメリカ、中国、日本にも問われる責任


もちろん、アメリカ、中国、日本を含む大規模排出国だけにすべての責任を押し付ければよいという単純な話ではない。


中国は現在、世界最大の年間CO₂排出国であり、アメリカは歴史的な累積排出量が非常に大きい国である。日本も先進工業国として長い期間にわたり大量の温室効果ガスを排出してきた。


したがって、国際的な負担を考える際には、


現在の排出量だけではなく、歴史的な累積排出量、人口、一人当たり排出量、経済力などを総合的に考える必要がある。


そして、その基準に基づいて、大規模排出国がより大きな財政的・技術的責任を担う制度を作っていくべきだ。


これは特定の国への「罰」ではない。


むしろ、これまでの経済発展によって得られた利益と、気候変動によって生じた損失との間の不均衡を是正するための仕組みである。


────────


ネパールから世界への問い


地球温暖化は、すでに始まっている。


そして、その影響は未来の世代だけが受けるものではない。


ネパールでは、すでに人々の生活が影響を受けている。


家を失う人がいる。


農地を失う人がいる。


道路や橋を失う地域がある。


そして、自然災害によって命を失う人もいる。


その一方で、温室効果ガス排出量に占めるネパールの割合はわずか0.1%にすぎない。


この現実を前に、世界は問い直さなければならない。


「地球温暖化による被害の費用を、誰が負担するのか。」


「ほとんど排出していない国に、その復興費用まで背負わせていいのか。」


「大量に排出してきた国は、それに見合った責任を果たしているのか。」


これらは、ネパールだけの問題ではない。


気候変動の時代における国際社会の公平性そのものに関わる問題である。


ネパールが求めるべきなのは、単なる「かわいそうな国」としての支援ではない。


必要なのは、気候変動によって生じている損失と被害に対する、公平な国際負担である。


そして、その負担は、すべての国が一律に背負うのではなく、


「より多く排出してきた国が、より大きな責任を担う」


という原則に基づくべきではないだろうか。


ヒマラヤはネパールだけのものではない。


だからこそ、ヒマラヤで起きている変化も、ネパールだけの問題ではない。


ネパールを守ることは、ヒマラヤを守ること。

そして、ヒマラヤを守ることは、世界の未来を守ることでもある。


主な情報源


• World Bank

Integrating Climate Change into Nepal’s Development Strategy

ネパールの温室効果ガス排出量、気候変動への脆弱性について。

• UNFCCC(国連気候変動枠組条約)

Third National Communication of Nepal

ネパールの気候変動リスク、排出量、適応策について。

• IPCC(気候変動に関する政府間パネル)

Sixth Assessment Report

ヒマラヤを含む山岳地域における気候変動の影響について。

• Reuters, August 26–29, 2026

2026年8月26日のネパール洪水、氷河・岩石崩落、気候変動との関連、および復旧費用について。

• UNFCCC

Loss and Damage

気候変動による損失と被害に対する国際的な支援・資金メカニズムについて。

Friday, 1 July 2022

कथा अनि ब्यथा भाग ४२ "एक दिन कामबाट फर्कदै गर्दा "

 रातीको पार्टटाईम जागिर सकाएर , आफ्नो डेरा तिर फर्कन्छ  , आफुसँग भएको आई-पड़का गितहरु सुन्दै रेल चढ़ी ,  कुनाको सिटमा बसेर आँखा बन्द गरि फर्कदै थियो । करिब १ धन्टा लगाएर फर्कनु पर्ने भएकाले केही छिन भए पनि सुत्छु । केही समय भए पनि आराम गर्न  मन लागेर होला । भेरी यो जापानमा पब्लिक क्षेत्रमा मजालें सुतेपनि कसैले तपाईसगँ नराम्रो ब्याबहार गर्दैन , सामानहरुको चोरी पनि हुदैन । नेपालमा भएको भए सबै लुटीदिन्थे होलान । 


ख़ैर , गित सुन्दै थियो , कालीदासको आईपडबाट , उसलाई अति नै मन पर्ने गित बज्न सुरु गर्छ  । कानहरु पनि त्यो गित सुन्दा , रमाईरहेका थिए जस्तो लाग्छ  । 
त्यो गित थियो , तारा देबीको कालीपारी दाईकति राम्रो .....। 

" कालीपारी दाई कति राम्रो ढाकाटोपी , काँधैमा गलबन्दी । हातभरी फुरा उठयो , जुरको डाली खन्दा । मेरो जुनी यसै बित्यो भेटहोलाकी भन्दा । बाढी आयो काली गंगा कुनाकानी खेल्दै । हजुरलाई भेटौ भनि आको म त खेल्दै ।

यो गित सारै गहिरो , धेरै अर्थ भएको , सुन्दा रमाईलो लाग्ने गित पनि हो । कालीदासले पनि यो गितलाई आफ्नो ज़िन्दगीमा मिलाएर सुनेको भएर होला , रेलमा चढीराखेको कालीदासको आखा बाट आँशु बगीसकेको थियो । लाज लागेर होला हतार - हतार आफ्नो आशु पुछीरहेको पनि थियो  । 

आज सम्म कुनै पनि कम्पनीको अन्तरबार्तामा जादा खेरी यस्ता गितहरु सुनेर , यस गितहरुबाट धेरै पाबर पाएको महसुस पनि गर्दथ्यो । त्यसमाथी पनि  यो गितको "हातभरी फुरा उठयो , जुरको डाली खन्दा " भन्ने भाग चाही सबैभन्दा मन पर्ने भाग थियो । 

दिनहु बिदेशको ठाउ , आफु बस्ने ताकाहाताफुदो ( टोकियो शहरको नाम ) बाट बाज़ार क्षेत्रमा आउथ्यो । कुनै दिन चाही एकै दिनमा एउटा - दुईबटा अन्तरबार्ता हुन्थ्यो । अन्तरबार्ता सकाएर बेलुका काम ( पार्ट टाईम काम ) पनि जानु पर्ने , अलि अलि कमाएको पैसा पनि  , बिश्बबिधालयलाई , घरबेटीलाई , बिजुली , पानी , ग्यास , बिहान बेलुकाको खानेकुरा , मेबाईललाई तिर्नु पर्यो , कहिले काही साथीहरु संग बाहिर जादा अलि अलि खर्च हुने पनि भयो , अन्त्यमा नेपालमा हुने बुबा आमालाई केही पठाउनु पर्यो । 

यो सबै कुरा गर्दा हातभरी देखिने फुरा नउठे ता पनि , नदेखिने फुराहरु उठीसकेको थियो । 

त्यो भएर पनि कालीदासलाई यो गितको " हातभरी फुरा उठयो , जुरको डाली खन्दा " भन्ने भाग मन परेको हुनु पर्छ । 

गित सुन्दा सुन्दै , केही समयमा घर नजिकैको स्टेसनमा पुग्छ । धरमा आराम गरि फेरी बिश्बबिधालय तिर लाग्छ । बिश्बबिधालयमा सधै झै धेरै साथीहरु संग भेटघाट गर्छ , कालीदासका साथीहरु पनि धेरै थियो । 

प्राय सबैजना स्थाई काम खोजीरहेका थिए । कुरा गर्दै जादा , कुनै साथीले आफ्नो स्थाई काम पक्का भएको खबर सुनाउथ्यो , कुनैले फलानो फलानो कम्पनीमा गएको कुरा अनि आफ्नो अनुभबहरु  सुनाउथ्यो । कालीदास पनि आफ्नो कुराहरु , अनुभबहरु बताउथ्यो । यस्ता कुराहरु  बाट पनि कालीदासले धेरै कुराहरु सिकिरहेको थियो  । साथीहरुको अनुभब सुनेर आफुले , एउटै गल्ती नगर्नको लागी पनि सहयोग मिल्छ भन्ने सोच गर्दथ्यो । 

यस्ता सोचले गर्दा पनि कालीदासलाई धेरै साथीहरुले माया गर्दथे । 

कथा अनि ब्यथा भाग ४१ " स्थायी कामका लागि प्रयास - २

 कथा अनि ब्यथा भाग ४१  " स्थायी कामका लागि प्रयास - २ "


-विसु भण्डारी 

म त लाली गुरास भएछु । बनै भरी फुली दिन्छु , मनै भरी फुली दिन्छु । फाँटहरुले कस्लाई पुग्छ , भिरमा पनि फुली दिन्छु । खुशी मात्र कहाँ हुन्छ । पिरमा पनि फुली दिन्छु । 

कस्तो मार्मिक गीत छ । स्थाई काम खोजीरहेके कालीदासले यस नारायण गोपालको गित बाट पनि आफुलाई सहयोग मिलेको महसुस गर्छ । म पनि लालीगुरास जसरी नै लचकिलो भएर तयारीका साथ  अन्तरबार्ता दिने गरेमा अबस्य पनि आफ्नो रुचीको , जान चाहेको कम्पनीमा स्थाई काम पाउन सकिन्छ भन्ने बिस्बास लिन्छ । 

हुन पनि हो । चाहेको कुरा जसरी पनि हात पर्छ , अन्तिम सम्म प्रयास गरिरहेमा , हरेस नखाएमा  । 

बिभिन्न साईटहरुबाट , बिज्नेस स्कुलबाट र बिश्ब बिधालयको ईभेन्टमा धेरै भन्दा धेरै कम्पनीको बारेमा जानकारी लिईसकेको थियो । बेलुकाको आरुबाईतो ( पार्ट टाईम जब ) त गर्न परी हाल्यो , दिउसोको समय बिश्ब बिधालय र काम खोज्नमा बिताएको थियो । 

काम खोज्न न जाने , जुन सुकै ठाउमा पनि जापानीजहरुको सन्ख्या नै बढी थिए । बिश्ब बिधालय पढने बिदेशीहरुको जनसन्ख्या धेरै थोरै थियो , त्यो भएर पनि स्थाई काम खोज्ने बिदेशी बिध्यार्थीको सन्ख्या कम भएको होला की । 

सधै झै कुनै पनि कम्पनीको अन्तरबार्तामा जादा , पहिला राम्रो अक्क्षरमा आफ्नो रिरेक्सो ( बायोडाटा ) लेख्ने , 
आफु अन्तरबार्तामा जाने कम्पनीको होमपेज सबै चेक गरी , त्यो कम्पनीको राम्रो पक्क्ष भन्न सक्ने हुने , आफुले त्यस कम्पनीमा गर्न चाहेको काम के हो त भन्न सक्ने हुने , आफ्नो राम्रो पक्क्ष र नराम्रो अर्थात सुधार गर्नु पर्ने कुराहरु पनि धेरै सोच्नु पर्ने ( बुझेको हुनु पर्ने )  , जुन सुकै कुरा पनि मन बाँट ,  जोस र जागरका साथ गर्नु पर्ने , हसिलो हुनु पर्ने जस्ता कुराहरु ध्यान दिएर , स्थाई कामको खोजी ( जब हन्टिन)  गरेमा काम अबस्य पनि पाईन्छ जस्तो लागीरहेको थियो । एक दिन एउटा कम्पनीको खाईस्या सेचुमेईखाईमा ( कम्पनीहरुले आफ्नो बारेमा जानकारी दिने ईभेन्ट ) जान त जान्छ , तर पछि बल्ल थाहा पाउछ की त्यस कम्पनीले जापानीहरु मात्र खोजेको रहेछ । 

यस्तो कुराले कालीदासको मन खल्लो बनाउछ पनि । 
१९ बर्षमा जापान आएर , आफ्नो जिबनको अमुल्य समय नै जापानमा बिताईसकेको , आफु जन्मेको चाही नेपाल भएतापनि , आफुलाई पाउने आमा नेपाल र ज्ञान दिने , सिप दिने आमा चाहि जापान हो भन्दै हिडने , नेपाललाई जती माया गर्छ त्यतिकै जापानलाई पनि माया गर्ने , जापानीजहरु सरहको काम गर्न सक्ने क्षमता भएतापनि गाईकोकुजिन ( बिदेशी नागरिक ) भनेर थन्क्याईदिन्छन भन्या । 

यही पढेको , यही हुर्केको भएतापनि , कुनै कुनै कम्पनीले बिदेशीहरुलाई  नलिने भनेर होमपेजमा लेख्ने गरेको र नलेखता पनि बिदेशीहरुलाई अर्कै नजरले हेर्ने प्रबिर्ती भएकाले आफुलाई मज्जा नलागेको महसुस गर्छ  । 

तर यसो सोचेर हेर्दा हामीहरुले पनि नेपालमा काम गर्ने , काम खोज्ने बिदेशी नागरिकलाई त्यस्तै ब्यबहार गर्छौ जस्तो पनि लाग्छ । सोचेर हेर्नुस त , नेपालमा काम गर्ने भारतीय दाजु भाईहरुलाई हामीहरुले कस्तो ब्याब्हार गर्छौ । जापान सुधार्नको लागी पनि , पहिला आफ्नो नेपाली सोचलाई परिवर्तन गर्नु पर्छ जस्तो पनि लागेर आउछ । 

एक दिन बेलुका आरुबाईतो गर्ने ठाउमा , जापानीज साथी संग कुरा गर्दा प्रसन्ग बस स्युसोकु खाचुदो ( स्थाई काम खोज्ने प्रकिया ) को बारेमा कुरा गर्न पुग्छ   । 

यो जापानमा भनेको जस्तो स्थाई काम पाउन कती गारो है । त्यस जापानीजले भन्छ , हामी जापानीजलाई पनि गारो छ , बिदेशीहरुलाई  त गारो हुने भै हाल्यो नी , तर कालीदासको जापानीज भाषा , प्रस्तुत हुने तरिका , आफुलाई बुझेको जस्ता पक्षहरु राम्रो छन , चिन्ता मान्नु नै पर्दैन । 

जापानीज साथीको फकाईमा कालीदास पनि मख्ख परि हाल्छ । यस्ता कुराहरुले कालीदासलाई अझै प्रेरणा मिल्छ र आउने दिनका अन्तरबार्ताका लागी पनि हिन्ट मिलेको महसुस गर्छ । 

क्रमस ..

कथा अनि ब्यथा भाग ४० " स्थाईकामका लागी प्रयास "

 कथा अनि ब्यथा भाग ४० " स्थाईकामका लागी प्रयास  "


बिश्बबिध्यालयको चौथों बर्ष चलिरहेको थियो । आफुलाई चाहिने ताईन ( क्रेडिट ) सबै हासिल गरीसकेको थियो तर कालीदास चाही आफुलाई भबिस्यमा चाहिन सक्ने , रुचिका केही बिषयहरु लिएको थियो । हप्ताका केही दिन बिश्बबिघ्यालयमानै बिताउने , बाक़ी समय आरुबाईतो र स्थाई काम खोज्ने प्रक्रियामा बिताउने योजना बनाएको  थियो । 
आफु भन्दा अंग्रजहरुसग सल्लाह लिदै , बिश्बबिघ्यालय भित्र र बाहिरका सपोर्ट सेन्टरहरुमा धाएर , जापानमा स्थाई काम खोज्नको लागी चाहिने प्रक्रिया लगायतका बिषयहरु बुझ्दै गरेको अबस्था थियो । बिश्बबिघ्यालय भित्रको रिय्युगाकुसेय सपोर्ट सेन्टरमा धेरै पटक धाई , शिक्षकहरुको सहयोगमा रिरेकस्यो ( बायोडाटा ) भर्ने तरिका पनि सिकिसकेको अबस्था थियो । साथसाथै माई नाबी , रिकु नाबी , निक्रेई नाबी , दाईजब डट कम जस्ता साईटहरुमा आफ्नो बिबरण दर्ता गरीसकेको थियो । अब चाही बेला बेलामा बिश्बबिघ्यालय भित्र गरिने ईभेन्ट र बिभिन्न साईटबाट बिभिन्न कम्पनीहरुको जानकारी लिई , ति कम्पनीको खाईस्या सेचुमेईखाईमा ( बिध्यार्थीहरुको लागी भनेर कम्पनीले आफ्नो बारेमा बिबरण दिने कार्यकर्म ) गएर कस्तो कम्पनी , कस्ता मान्छेहरु काम गर्छन , कस्ता मान्छेहरु खोजीरहेको छ त ? , सेन्पाई स्याईनहरुले कस्तो कुरा गर्छन त ? जस्ता जिज्ञासाका उत्तर लिने गरिरहेको थियो । 

बिभिन्न साईटमा आफ्नो नाम दर्ता गरेको , बिश्बबिघ्यालय भित्रका ईभेन्ट  र बिंभिन्न ठाउमा गरिएको कार्यकर्महरुमा सहभागी भई , सबै भन्दा पहिला बढी भन्दा बढी कम्पनीको बारेमा जानकारी लिन्छ । करिब १०० भन्दा बढी कम्पनीका खाईस्या सेचुमेईखाईमा ( बिध्यार्थीहरुको लागी भनेर कम्पनीले आफ्नो बारेमा बिबरण दिने कार्यकर्म )  गई पनि सकेको थियो । 

कुनै कम्पनी आफुलाई मन पर्दैन , कुनै कम्पनीले आफु जस्ता मान्छेहरु नचाहेको , कुनै कम्पनीमा नाम निकाल्नै नसकेको जस्ता केसहरु थिए । 

जिन्दगी पनि रमाईलो छ । कुनैले आफुलाई मन पराउछन , कुनैलाई आफुले मन पराउदा पनि पाईदैन भने जस्तो , यो स्थाई काम खोज्ने काम पनि केटी साथी खोजे जस्तै रहेछ भन्या । 

हप्ताको दुई दिन खाईस्या सेचुमेईखाई , बाक़ी दिन स्सुस्योकु खाचुदो ( स्थाई काम खोज्ने प्रक्रिया ) मा र बाक़ी समय आरुबाईतो ( पार्ट टाईम जब ) मा बिताउने भएकाले , एकदमै ब्यस्त समय बिताई रहेको थियो । कहिले काही त म के गरिरहेछु जस्तो पनि लाग्दो रहेछ भन्या । 

न आफ्नो देशमा नै छ , न आफ्नो मातृ भाषा प्रयोग गर्न पाईएको छ , न बरिपरिका जापानीजहरु नेपाली जस्ता सहयोगी नै छन , भनि मनमा कुराहरु खेलाई रहन्थ्यो । हुन त नेपालमा पनि खुट्टा तान्ने मान्छे , देखी नसहने , खेदो खन्ने मान्छेको कमी त छैन , त्यै पनि । 

बिश्बबिघ्यालयका एक प्रफेसरले पनि भन्नु भएको थियो , ज़िन्दगीमा ३ बटा ध्यान दिनु पर्ने कुराहरु हुन्छन ,  एक दम बिचार गरेर फैसला लिनु पर्छ । ( १ कुन बिश्बबिघ्यालय जाने , २ कुन कम्पनीमा छिर्ने , ३ कस्तो केटी संग बिबाह गर्ने । ) 

हुन पनि सही हो जस्तो लाग्छ । कालीदास पनि घेरै सोच बिचार गरेर आफुले काम गर्ने कम्पनी रोज्छु भनि मन मनै कुराहरु खेलाई रहेको हुन्छ । 

अनि अर्को कुरा २०१० को ३ महिनामा सोचुग्यो गर्ने बिध्यार्थीहरुको लागी काम पाउन गारो पनि थियो । २०१० को न्यु ग्रयाजुएट हुने हरुलाई काम पाउन गारो हुन सक्ने भनि पत्र पत्रिकामा पनि धेरै समाचारहरु छापिएका थिए । 

रिमान सोक्कु ( Bankruptcy of lehman brothers ) र साबु प्राईम ज्युताकु लोन किकि ( Subprime mortgage crisis )पछि घेरै कम्पनीले यो बर्ष बाट न्यु ग्रयाजुएट नलिने भनेर भनिसकेका पनि थिए । त्यसैले होला २००९ - २०१२ सम्मको समयलाई स्युस्योकु हय्योगाकु ( स्थाई काममा चिसो पन ) भनेर भन्ने गरेका थिए  । 

बाहिर जस्तो सुकै खबर चलिराखे पनि कालीदास आफुले खोजेको जस्तै काम पाउने कुरामा कुनै दुबिदा नलिईकन निर्धक्क भएर अघि बढी रहेको थियो । 

क्रमस .....

Friday, 28 August 2020

GEFN主催日本語基礎講座(学生の声①&②)

GEFN日本語基礎講座(学生の声①)

GEFNが主催する日本語基礎講座を継続的に受講されている学生、マヘンドラさんです


GEFN日本語基礎講座(学生の声②)
グッド・アイ・フォ・ネイション、ネパールが開催している日本語基礎講座(オンライン)を受講されている学生の声になります、山形在住のクリスナさんです。






Monday, 3 August 2020

早くも1ヵ月が経過しました(जापानी भाषा अनलाईन कक्षा सन्चालन गरेको पनि १ महिना पुरा )

日本語は下にあります。

नमस्कार ।
हामीहरुले जापानी भाषा अनलाईन कक्षा सन्चालन गरेको पनि १ महिना पुरा भई दोस्रो महिनामा प्रबेश गरिसकेछ , पत्तै पाईंएन। हप्तामा एक दिन आईतबार बेलुका ७ बजेबाट ९ बजेसम्म करिब २ घन्टा अनलाईन कक्षा सन्चालन गर्दै आएका छौ । 

करिब २५ जना बिध्यार्थीहरु क्रमिक रुपमा उपस्थित हुदै आउनु भएको छ । हामीहरुले पनि दत्त चित्तका साथ पढ़ाई राखेका छौ । हाम्रा बिध्यार्थीहरुले आफ्नो परिचय दिन सक्ने , जापानको नियम कानुन पनि बुझ्ने , अनुशासन पनि बुझ्ने पालन गर्ने जस्ता भाषा र भाषा बाहेकका कुराहरु पनि सिकाउने योजना छ । 

हेर्दै जाउ कहा सम्म पुगिन्छ ।

ナマステ、早くも1ヵ月が経過しました。以前も書かせて頂いた通り、週一、日曜日の夕方7時から9時まで約2時間オンライン日本語講座を実施するようにしています。

継続的に出席されている学生数は25人であり、我々3人も学生の言語能力向上を目的とした講座にすべく、教えることに専念しています。

少なても日本の法律や礼儀を正しく理解する、一人で買い物できる、一人で病院へいける、簡単な郵便物を読める、アルバイトができるまでにさせたい。

どこまで行けるかわからないが、とりあえず行けるところまで行きたい

Tuesday, 7 July 2020

働くパパママ川柳

テレワーク
タスクかかえて
子もかかえて


Source :
働くパパママ川柳

Sunday, 5 July 2020




日本語基礎講座(オンライン)を無事スタートしました。オンライン会議アプリのzoomを使った形でした。東京のみならず全国及びカトマンズからの参加者もいました。デジタル技術のおかげでこのような形でオンライン講座を実施することが出来ました。原則毎週日曜日7時から9時まで開催予定です。

आजबाट औपचारिक रुपमा जापानी भाषा अनलाईन कक्षा सुरु गरिएको छ । हाम्रो भाषा कक्षाका लागी ३५० भन्दा बढी निबेदन आएको थियो । तपाईहरुले नै पठाउनु भएको ईमेल ठैगानामा ईमेल पठाउदा कति फर्केर आए । 

त्यसैले हामीहरुले नयाँ जानकारीहरु यही फ़ेसबुक मार्फ़त लेख्दै जान्छौ । हाम्रो यही फ़ेसबुक पेजलाई लाईक र फलों गरि नयाँ जानकारीहरु समयमा नै लिनु होला । 

आज हाम्रो पहिलो अनलाईन कक्षाको पहिलो क्लास ७ बजेबाट ९ बजेसम्म गरियो । क़रीब १८ जना सहभागी हुनु भएको थियो । सागा , फुकुओका , गिफु, क्योटो , यामागाता , टोकियो , साईतामा , खामागाबा , नेपाल (काठमांडौ) लगायतका क्षेत्रमा रहनु हुने नेपालीहरुको सहभागिता थियो । 

सयोजबस आज गुरु पूर्णिमाको दिन पनि रहेछ । यस्तो दिनबाट आफुले जाने को केही कुरा सेयर गर्ने कामको सुरुबाद गर्न पाऊदा ख़ुशी लागेको छ । 

डिजिटल प्रबिधिले भौतिक रुपमा दुरी भए पनि घर बसी बसी पढन ? पढ़ाउन पाईयो । हामीहरुलाई पनि नया अनुभव भयो । रमाईलो भयो । आउने दिनहरुमा पनि रमाईलो गरि , पठन - पाठन गर्दै जाऔ । 

गुड आई फ़र नेसन नेपाल परिबार ।
हाम्रो अपडेटहरु हाम्रो फेसबुकमा हेर्नुहोला !
https://www.facebook.com/goodeyefornation  

Friday, 29 May 2020

『忙しい人』と『仕事ができる人』の20の違い

『忙しい人』と『仕事ができる人』の20の違い


私の周りには、『忙しい人』と『仕事ができる人』がいます。忙しい人は、いつも「忙しい、忙しい」を口癖のようにしています。
他人が見ると、何でそんなに忙しいのかが分からなかったりするのですが(仕事の成果から見ると)、本人は忙しいのでしょう。
忙しいと言うことが、その人のモチベーション理由のように感じるくらいです。

それと比べると、仕事ができる人は、他人から見ると何かゆったり、自分のペースで仕事をしているように見えるが、
結果として大量の仕事を行ったりしている。みなさんの周りにもそんな『忙しい人』と『仕事ができる人』はいないでしょうか?


『忙しい人』と『仕事ができる人』は何が違うのかという事を、仕事の仕方の違いを通してまとめてみました。
(今回は、忙しい人にならない為の時間管理術は省いた内容です。それは、このエントリが好評でしたら、また別のエントリでご紹介させて頂きます。)

----------------------------------------------------------------------------------------------------------------

『忙しい人』は、「忙しい」と周りに言えば、「カッコイイ、頑張っている」と他人が評価してくれると思っている。
『仕事ができる人』は、「忙しい」と周りにに言うことは、「無能の証明」だと思っている。


『忙しい人』は、終了時間への認識が甘い。(なんとなく終わったらいいな~的な)
『仕事ができる人』は、絶対にここまでに終わらせるというスケジュール意識が強い。


『忙しい人』は、納期意識がギリギリ。(納期寸前で作業にとりかかるので、その仕事のみに集中してしまう為に効率が悪い。)
『仕事ができる人』は、前倒し。(納期より随分前から作業に取りかかるので、2つ以上の仕事を同時並行処理したりする効率の良い仕事の仕方ができる。)


『忙しい人』は、せっかくスケジュールを作っても、緊急事態・トラブルで乱れっぱなし。
『仕事ができる人』は、緊急事態・トラブルでスケジュールが乱される事がほとんどない。


『忙しい人』は、いきなり仕事にとりかかり、仕事完了に近くなった時点で「仕事の目的と最終完成物」を考える。
『仕事ができる人』は、仕事の始めに「仕事の目的と最終完成物」を明確にして仕事にとりかかる。


『忙しい人』は、「プライベートの時間を、とれたらいいな」的にしか考えていない。
『仕事ができる人』は、「プライベートの時間は絶対にとる」と最優先的に考え、その時間をホントに大切にする。


『忙しい人』は、相手の期待よりちょっと低い仕事を行い、手直しで時間をとられる。その為に誉められる事も少なく、モチベーションも上がらない。
『仕事ができる人』は、相手の期待を少し上回る形の仕事を行うので、手直しがほとんどない。そのためお客様や上司から誉められる事も多く、モチベーションもアップしていく。


『忙しい人』は、ホントはやらなくてよい仕事をたくさん抱えている。断るという事が苦手
『仕事ができる人』は、自分しかできない仕事が中心。頼まれた仕事を断る事ができる


『忙しい人』は、仕事にとりかかって、段取りを考える
『仕事ができる人』は、段取りを考えて、仕事にとりかかる


『忙しい人』は、段取りを考える時間を短時間で済まそうとする。
『仕事ができる人』は、段取りを考える時間を十二分にとる


『忙しい人』は、根回しがヘタ。仕事が完成した後に、関係者から異議がでて、トラブルシューティングに奔走する
『仕事ができる人』は、根回し上手。仕事を始める前に、重要な関係者をリストアップし、根回しを完了させる。仕事完了後に関係者からの異論はほとんど出ない。


『忙しい人』の優先順位は、納期期限が中心。納期が迫っているモノが優先順位が高い仕事になっている
『仕事ができる人』の優先順位は、仕事の効率とその仕事の目標への寄与・貢献度。


『忙しい人』は、集中できる環境を作る事ができない。電話や誰かが話しかけてきて作業の邪魔をする為に、同じ事を何度も考えないといけない。
『仕事ができる人』は集中できる環境を作る事ができる。誰も思考や作業を邪魔しない環境を作る事ができる。


『忙しい人』は、携帯電話にかける数より、かかってくる本数が多い。
『仕事ができる人』は、携帯電話にかける数の方が多い。携帯電話にかかってきて仕事を中断させられる事態を、先手を打つ事で防いでいる。


『忙しい人』は、自分が他人に頼んだ事を忘れている。頼んだ相手も、頼まれた仕事を忘れており、それがトラブルを生み出す。
『仕事ができる人』は、自分が他人に頼んだ仕事は決して忘れない。時折、チェックも入れるので、相手も忘れることができない。


『忙しい人』は、他人に事を頼むのがヘタ。依頼する際の打合せがヘタな為に、完成物を自分で手直しするのに時間がとられる。(人に頼まずに、自分でやった方が速いといった事になる)
『仕事ができる人』は、他人に事を頼むのが上手。依頼する際の打合せで詳細にイメージ合わせをする為に、完成物の手直しなどがほとんど発生しない。


『忙しい人』は、学習する時間をとれていない。いつまでも同じやり方で仕事をしている。
『仕事ができる人』は、どんなに忙しい時でも学習時間の確保を行っている。学んだ知識をもとに、もっと効率的な仕事のやり方を求めて、いつもチャレンジをしている


『忙しい人』は、同じような仕事でも、イチイチ考えながら仕事をしている。
『仕事ができる人』は、同じような仕事が発生したら、考える事なく、仕事ができる仕組みを作り上げている。

『忙しい人』は、運動などにも時間がとれなかったり、睡眠不足で仕事をしてしまう。時には徹夜も。そのため体調不良をおこしたり、身体に無理して仕事をしてしまう。それが原因のミスも生まれたりしてしまう。体調によりモチベーションも不安定になる。
『仕事ができる人』は、適切な運動を定期的に行い、十分な睡眠をとり仕事を行う。体調不良によるミス、集中力欠如によるミスは少なく、常に安定したモチベーションを維持している。


『忙しい人』は、「忙しい状態」を甘んじて受け入れてしまっている。
『仕事ができる人』は、「忙しい状態」事は絶対にイヤ。受け入れる事ができないと思っている。 

----------------------------------------------------------------------------------------------------------------

皆さんも、このリストに、自分なりのものも「忙しい人」と「できる人」の違いを加えて頂ければ幸いです。

Sunday, 14 October 2018

Good Eye For Nation 、Nepalはお芝居デリバリーまりまり!を支援しています。

Good Eye For Nation 、Nepalは
お芝居デリバリーまりまり!を
支援しています。

今クラウドファンデング実行中です。
応援よろしくお願い致します。


お芝居デリバリーまりまりとは

萩原ほたかさん
日本全国、世界各国にお芝居を出前で届けています。 あなたのリビングから、世界の演劇祭まで。 高齢者施設、障碍者施設、多文化共生の現場など。 お芝居が役に立てる場所ならどこにでも出前にうかがいます! ご注文はhttp://white.ap.teacup.com/marimari/

Sunday, 12 August 2018

大久保駅や新大久保駅周辺の清掃活動について(2018年08月05日)

大久保駅や新大久保駅周辺の清掃活動について(2018年08月05日)

8月は、新大久保駅と大久保駅間の歩道の清掃活動を実施。

新宿区では、ネパール人の人口が毎年のように増え続けています。国別人口ランキングに関しても中国、韓国、ベトナムに次ぐ国になっている。23区の中でも東京都心に近いことからアルバイトが探しやすい、外国人に慣れている大家さんが多く部屋を借りやすい、そしてネパール本場の料理屋が並んでいる。そのような理由から多くのネパール人が新大久保や大久保周辺へ引っ越すことが増えている。

近年、町はかなりにぎやかになり、様々な文化や習慣が混じりあって共存している。その中でルールやマナーが守られていない状況も多く見られ、特に タバコの吸殻、ガム、プラステック(レジ袋等)が歩道に落ちている状況だ。

そこで、当団体のメンバー、新宿区在住ネパール人を集め、清掃活動を実施。
(*今後も引き続きこのような活動を実施して行く予定)

清掃活動の様子





Tuesday, 10 April 2018

Schedule of Japanese Langauge

Namaskar !

Let me share you following information once again.

Followings are our class schedule.
1. Saturday 7:00 AM - 9:00 AM  ( Please be in seat in around 06:50 AM)
2. Sunday 7:00 AM - 9:00 AM ( Please be in seat in around 06:50 AM)
3. Wednesday 7:00 PM - 9:00 PM ( Please be in seat in around 06:50 PM )

Please brought followings books.This is the text book

 
Way to NRN Office
 


Lastly , Please do not forget to bring above book , pen & paper.
If there`s anything you are unclear on , Please contact us .

Regards,

NRNA,Japan , Dept of Education.
Good Eye For Nation,Japan

Tuesday, 29 August 2017

आज बाट नै सुरु गरौ । परिवर्तन टाढा छैन

केही शब्द यस्ता छन । जसको ब्यख्या गरिराख्नु पर्दैन । गुन्डा , चोर , डाका , ज्यानमारा , गजडिया , ठग , एडिक , भ्रष्टाचारी , रास्टघाती आदी  । हाम्रो  समाजमा यस्ता नराम्रा परिभाषा बोकेका शब्दहरु धेरै छन । यो शब्दहरु कसैले तपाईलाई भन्छ भने तुरुन्तै त्यसको अर्थ बुझ्न खासै गारो पनि लाग्दैन  ।

यी शब्दहरुका अर्थ नराम्रा भएता पनि , अत्यन्तै सरल र बुझ्न सजिलो शब्द भन्दा फरक नपर्ला  । हामीहरु बाल्यकालमा जब हजुरबुबा , बुबा लगायत परिबारका सदस्यहरु संग कुरा कानी गर्छौ । यी शब्दहरु प्रयोग गरेर बाबु यस्तो चाही बन्नु हुदैन , उस्तो चाही बन्नु हुदैन भनेर सल्लाह पाईरहेका हुन्छौ । बाल्यकालको मन भनेको एकदम सफा , लप्पन छप्पन नजानेको हुन्छ पनि । अनि परिबारका सदस्य लगायत आफु भन्दा ठुला मान्छेहरुले भनेको कुराहरु मानिन्छ पनि ।

अनि टिबीमा , रेडियोमा , कम्पुयुटरका भिडियोहरुमा पनि यस्तो गर्नु हुदैन , उस्तो गर्नु हुदैन भन्ने मर्म बोकेका कथाहरु प्रसारण भईरहेको हुन्छन । बाल्यकालका रमणिय समय बिताई रहेको  त्यो लप्पन छप्पन नजान्ने बालक पनि त्यही कंथाहरुबाट , आफ्ना परिबारले दिएको सल्लाहहरुबाट धेरै कुरा सिक्दै आईरह्को हुन्छ  । एक पटक सोचेर हेरौ । आफ्नो छोरालाई , आफ्नो छोरीलाई , आफ्नो दाईलाई , आफ्नो भाईलाई , आफ्नो छिमेकीलाई राम्रा सल्लाह दिने ती ब्यक्तीहरुले जुन कुरा सिकाईराखेका छन , कि ती सबै आफुले पनि पालन गरेका छन त । तपाईहरुलाई कस्तो लाग्छ ?? मलाई लाग्छ पटक्कै छैन ।

आफुले चाही कुनै पनि सरकारी कार्यलय गयो , काम अलि कति छिटो गराउनको लागी धुष दिने अथबा लिने । चुनाब आयो बल लगायर हुन्छ की , पैसा खुलाएर हुन्छ की , कसैको फोर्स लगाएर हुन्छ की , कुटेर हुन्छ की पिटेर हुन्छ की , त्यो चुनाब जित्नै पर्ने । बिदेश जानु पर्यो , आफ्नो पहुचले पुगेन भने नक्कली कागजपत्र बनाउन लगाउने अथबा बनाउने । अनि सरकारी अफिसमा जानु पर्छ , सोझा - साझालाई त्यतिकै झुल्लयाई दिने ... आदी इत्यादी ।

अरुलाई भन्नु पर्दा चाही हाम्रो लाई भन्दा राम्रो लाई भनेर भन्ने । आफुलाई पर्दा आफुनै हुनु पर्छ , आफ्नो मान्छे नै हुनु पर्छ भनेर भन्ने ।

फेरि एक पटक लेख्छु , आफुले आफ्नो बच्चालाई दिनहु भन्दै गरेको कुरा र बिताउदै गरेको दैनिकी जिबनमा आकास र पातालको फरक हुन्छ । आफ्नो बच्चाले त्यो सबै कुरा बाहिरबाट देखेको पनि हुन्छ । आफ्नो अभिभावकहरुको ब्याबहार र दैनिक किर्याकलापबाट धेरै कुरा थाहा पाईसकेको हुन्छ । तिनै बालकहरु पछि गएर देशका बिभिन्न अङ्गहरुमा ( कार्यालयहरुमा ) काम गर्ने हुन्छन , चाहे त्यो प्राईभेट कार्यलय होस , चाहे त्यो सरकारी कार्यलय किन नहोस । तिनाहरुले बाल्यकालमा जे देखेका थिए , पछि गएर त्यही गर्छन । मान्छेले पढेको भन्दा , देखेको कुरा बढी सम्झेको हुन्छ रे भनेर अनेकों जस्तो  , तिनीहरुले पनि बाल्यकालमा देखेको कृर्याकलाप नै गर्ने भए  ।

तर सबै एकै प्रकारका हुन्छन भनेर त , म पनि भन्दिन । हाम्रो नेपाली समाजमा जन्मेका हुर्केका सबै एउटै जस्तै जस्तै भन्नु पर्यो । कुनै पनि मान्छेले बाल्यकालमा आफ्ना अभिभाबकबाट , छर छिमेकबाट प्रतक्क्षरुपमा नराम्रा कुरा नसिके पनि , अप्रतक्क्षरुपमा देखेर सिकिसकेको हुन्छ ।

तपाईहरुलाई थाहा छदै छ , नेपालका अधिकन्स नागरिकहरुले नियम पालन गर्दैनन , गरेको जस्तो नाटक , थाहा नभएको अभिनय गर्न चाही सारै सिपालु छन ।

अहिले जती पनि नेपालका मन्त्रिहरु छन , ब्यापारीहरु ( नेपालमा बस्ने , बिदेशमा बस्ने ) छन सबै ( केही बाहेक ) ठगी , चोरी , अपराध , भ्रष्टाचार , रास्टघात गरेकाहरु मात्र छन भन्दा फरक नपर्ला पनि ।
यो कुरा लाई कहिले सम्म सुचारुपता दिने त। मलाई लाग्छ , हामीहरुले नै आज देखी नराम्रो कुरालाई प्रार्थमिकता दिनु हुदैन । जस्तै कुनै पनि सरकारी काम काज गर्नु पर्यो भने , सिधै सरकारी कार्यलय जाने , नितान्त नियम बमोजिम काम गर्ने र गराउने । यदी बिचमा कसैले केही खाने प्रयास गर्छ भने । तुरुन्त सम्बन्धित ठाउमा रिपोर्ट गर्ने ।

यो त एउटा उदाहरण मात्र हो । हामी सबै नेपालीहरु परिवर्तन हुन सकेमा , अबस्यपनि ति पुराना सरकारी कर्मचारीहरु पनि , राजनित्ज्ञहरु पनि .. आदी परिवर्तन हुने छन ।

अनि हाम्रो देश पनि नियम भएको देश हुदै जाने छ । पहिला आफु बाट सुरु गरौ ।

Sunday, 20 August 2017

सहमति ! मेरा लागि भए ठिक नत्र बेठिक

सहमती भन्ने शब्दको परिभाषा परिबर्तन गर्नु पर्ने बेला आएको जस्तो लाग्छ । म आउनु पर्छ , म नै हुनु पर्छ , मैले मात्र गर्न सक्छु भनेको सहमतीको नयाँ अर्थ हुन सक्छ। तपाईहरुलाई मेरो बिचार कस्तो लाग्छ  । 

------------------------------------------------------------------------------------------
सहमती भनेको के हो । बिगत केही बर्ष देखी सुन्दै आएको शब्द हो यो । मेरो बुझाई अनुसार सहमती भनेको एकमत हुनु , दुईबटा पक्क्ष एकतिर मिल्नु हो जस्तो लाग्छ ।

कुनै पनि शब्दको लेखाई अनेक  र बुझाई अनेक हुन्छ , त्यो कुरा पनि मलाई थाहा छ । अहिले त्यता तिर नजाऔ ।

फेरी यो सहमती भन्ने शब्द राम्रो तरिकाले प्रयोग गर्न सकेमा  यसले जिन्दगी नै बदलिदिन्छ तर राम्ररी प्रयोग गर्न नसकेमा ज़िन्दगीनै बिगारिदिन्छ , तहास महास पारिदिन्छ  । यो शब्द हाम्रो जिन्दगीको लागी पनि एउटा महत्बपुर्ण शब्द हो ।

सानो ठाउबाट यसको परिचय दिनु पर्दा , घर परिबारमा बाउ - आमा  - छोरा -  छोरी को बिचमा  , श्रीमान र  श्रीमतीको बिचमा , साथी - साथीको बिचमा धेरै कुराको सहमती गरिरहनु पर्छ ।

जस्तै आज बेलुका इटालियन खान मन लागेको छ , श्रीमतीको चाईनिज खाने भनेको खन्णमा श्रीमान र श्रीमती बिच सहमती गर्नु पर्यो । एउटै समयमा दुई बटै रेस्टुरेन्टमा जान सकिदैन हैन र ।

आफ्ना घरायसी क्षेत्रमा दिनहु जसो हामीहरुले एक अर्का संग सहमती गरेका हुन्छौ , घर परिबारमा , दिदि बहिनी र साथी भाँई हरु संग गरिने साना साना सहमतीका बारेमा हामीहरुले त्यती नियालेर पनि हेर्दैनौ , त्यही भएर पनि होला  आफुलाई थाहा नभईकन सहमती गरिसकेका हुन्छौ । यी त भए घर परिबार साथी भाई बिचका साना साना कुराहरु ।

जब सहमती भन्ने शब्द राजनितिक क्षेत्रमा , बिकास गर्ने क्षेत्रमा , केही नयाँ प्रबिधी अपनाउनु पर्ने क्षेत्र मा आउछ , सहमतीको अर्थ फरक हुदो रहेछ ।

आफुले भनेको नै हुनै पर्ने , अर्काले भनेको कुरा कत्ती पनि सुन्न नचाहने तर बाहिर पब्लिकमा बोल्नु पर्दा , केही लेख्दा चाही सहमती हुदैछ , सहमती नै गर्ने हो भनेर भन्दै हिडने  ।

कुनै बेला राणाहरुले राजा संग सहमतीको नाममा शासन गरेका थिए , त्यस पछि पन्चायत कालमा पनि सहमती धेरै गरियो । तर त्यो बेलामा नेपालमा धेरै काम चाही भएको पनि थियो । अहिले हामीहरुले नेपाल भनेर चिनाऊने मठ मन्दिर , दरबारहरु सबै त्यही पालामा बनेका हुन ।

तर ई.स.  २००७ को शान्ती सम्झौता र ई.स २००८ को सम्बिधान संभाको चुनाब पछि देश तिन दलको सहमती भन्ने जालमा परेको छ । जे काम गर्न पनि सहमती चाहिने । मलाई लाग्छ ई.स २००८ बाट देशको बिकास रोकिएको छ । सानो बाँटों बनाउन , इनार खन्न , भुकम्प पिडितलाई सहयोग गर्न , हाल सालैको कुरा गर्दा  बाढी पिडितलाई सहयोग गर्न पनि सहमती चाहिएला जस्तो छ ।

अहिले आएर ग़ैर आबासिय नेपाली संगका बिश्ब भरी छरिएर बसेका , नेपाली र नेपाललाई केही गरौ भनेर खोलिएको सस्थामा पनि तिन दलको सहमती चाहिने भएको छ । मेरो दलको ( टिमको ) मान्छे नै अध्यक्ष , उपाध्यक्ष , महा सचिब , सचिब कोषाध्यक्क्ष , सदस्य हुनु पर्छ भन्ने होडबाजीमा सबै छन ।

मलाई लाग्थ्यो सहमतीको अर्थ भनेको दुईमतलाई एक मत गर्ने हो  । हाम्रो भन्दा पनि राम्रो , क्षमता बान ब्यक्ती , जसले आजको मिति सम्म केही गरेको छ र आउने दिनमा पनि केही गर्न सक्छ भन्ने ब्यक्तीलाई राम्रो पदमा लानु पर्नेमा ,  मैले भनेको हुनै पर्छ , म नै जान पर्छ र म नै हुन पर्छ भन्ने ब्यक्तीहरु गैर आबासिय नेपाली संगमा पनि हाबी भएका छन जस्तो लाग्छ ।

सहमती भन्ने शब्दको परिभाषा परिबर्तन गर्नु पर्ने बेला आएको जस्तो लाग्छ । म आउनु पर्छ , म नै हुनु पर्छ , मैले मात्र गर्न सक्छु भनेको सहमतीको नयाँ अर्थ हुन सक्छ। तपाईहरुलाई मेरो बिचार कस्तो लाग्छ  ।
------------------------------------------------------------------------------------------

Monday, 7 August 2017

कमलका दिनहरु " भाग १ "

कमलका दिनहरु " भाग १ "

करिब १९८० तिरको कुरा , पोखराको बगर भन्ने ठाउमा एक जना बालकको जन्म हुन्छ । हजुर बुबा , हजुर आमाको पहिलो नाती , बुबा र आमाले पनि धेरै प्रतिक्क्षा पछि बल्ल पाउँनु भएको छोरों थियो ।

बुबा आमाले आफ्नो छोरा कमल झै , तलाउको बिचमा चम्कीरहोस भनेर , कमल भन्ने नाम राख्छन ।

जन्म घर नजिकै पुलिस चौकी पनि रहेकोले , प्रहरी दाजु - भाईहरु पनि , कमललाई हेर्न मात्र दिनमा ५-१० पटक प्रहरी चौकीबाट कमलको घरतिर धाउथे । गोरों गोरों , मोटों मोटों भएर पनि होला ।

हजुरबुबा पनि आफ्ना गाउ- सहरका धेरै मान्छेहरुलाई  सहयोग गर्नु पर्छ है , भन्ने मान्छे भएकाले । गाउबाट सामान किन्न आउने जो - सुकै पनि कमलको घरमा नपसी पटक्कै जादैनथे ।  हजुर बुबालाइ भेटेर नै बजार जान्थे र भेटेर नै गाऊ फर्कन्थे  ।

हजुर बुबाको घेरै राम्रो बानी थियो तर केही नराम्रा बानी पनि थियो , आफ्नो मन मिल्ने मान्छेहरु , दाजु - भाईहरु जम्मा भए पछि तास खेल्ने पर्ने । कमल सानो छदा , घरमा ५ जना फुपु दिदिहरु , २ जना काकाहरु हुनुहुन्थ्यो । फुपु दिदिहरुसंग उमेरको त्यती ग्याप पनि थिएन , फुकु दिदीहरु स्कुल पढदै हुनु हुन्थ्यो , काकाहरु चाही बिश्बबिधालय तिर पढ़दै हुनुहुन्थ्यो ।

एउटा हजुरबुबाको भरमा घर चलेंको  थियो । हजुर आमा र आमाले चाही घरमा उन बनाउने काम गर्नु हुन्थ्यो , कहिले काही गलैचा बुन्ने कान गर्न जानु हुन्थ्यो । हजुरबुबा चाही त्यो जमनामा पनि काम कुनै ठुलो , कुनै सानो हुदैन भन्ने खालको हुनुहुन्थ्यो । त्यही भएर हजुरआमा र आमालाई पनि काम गर्न सजिलो भयो होला ।

कमल पनि दिनहु ठुलो हुदै जान्छ , कहिले कुनै फुपु दिदिले , कहिले कुनै काकाले , कहिले कुनै बुबा , आमा , हजुरबुबा - आमाको साथीहरुले त कहिले काका र फुपुका साथीहरुले केही न केही लिएर आउनु हुन्थ्यो । कमल सारै राम्रो भएर पनि होला ।

कमल नाम भए पनि हिलोमा नभईकन , स्वत्छ पोखरीमा हुर्कीरह्को थियो । १९८४-५ तिरको कुरा हो । बिस्तारै बिस्तारै घर - खर्च धान्न पनि धौ - धौ को समय पनि आउछ । हुन पनि घर परिबार हजुरबुबाको भरमा मात्र चलेंगे थियो । घर परिबारको स्थिती अली गारो भए पछि , हजुर आमा र आमाले पनि उन बनाउने काम र गलैचा बुन्ने काममा जोड़ दिनु हुन्छ । काकाहरु पनि बिश्बबिंधालय पढि पढि , नजिकैको स्कुलमा शिक्षकको रुपमा सम्पुर्ण बिषय पठाउने काम सुरु गर्नु हुन्छ ।

कमल करिब १ बर्ष हुदाको कुरा हो । हुन त कमलको बुबा र आमामा त्यती मिलन थिएन , दुबै जना त्यती नमिल्ने प्रबिर्तीका हुनु हुन्थ्यो । कमलको बुबाको मागी बिबाह भएको भएर पनि हुन सक्छ , बाहिर बाहिर बुबाको मन पर्ने प्रेमिका थियो भन्ने कुरा पनि चलेंगे थियो  । खै थियो की ।

त्यो बेलामा बुबा र आमाले भनेको कुरा ईन्कार गर्न सक्ने कोही पनि थिएन । त्यही भएर बिबाह गरेको जस्तो पनि देखिन्थ्यो ।

क्रमस ...

Monday, 26 June 2017

伝えると伝わるの難しいさ、

【तल नेपाली भाषामा पनि लेखेको छु ।】

伝えると伝わるの難しいさ、
数ヶ月前から在日ネパール人向けに日本語基礎講座を開催しています。初めての挑戦でもあり、教えることより教わることの方が非常に多いです。また、幅広い年代(10代〜30代)を教えることは本当に難しいと改めて実感しました。
でも継続して来たからでしょうか。皆さんは一所懸命に勉強してくれています。感謝、感謝でございます。
引き続き、お互い、頑張って行きましょう。



GEFN , Nepal & NRNA Japan's program.

भन्नु र बुझ्नु फरक हुदो रहेछ । केही महिना अगाडीबाट जापान बासी नेपाली ( बिध्यार्थी बाहेक ) लाई बेसिक जापानी भाषा पढाउदै छु । ज़िन्दगीमा पहिलो पटक भन्दा पनि फरक नपर्ला यसरी पढाउने भोलेन्टियर ( काम ) गरेको , आफुलाई पनि धेरै ज्ञान लिने अबसर मिलेको छ । त्यसको लागी म सबैसँग आभार ब्यक्त गर्दछु । कुनै पनि चिज भन्नु र बुझाउनु फरक हुदो रहेछ । बल्ल थाहा पाए ।
ख़्यार सबै जनाले ईमान्दार भएर पढनु भएको छ । म पनि अझै राम्ररी पढाउने प्रयास गर्नेछु ।
धन हुनेले धन दिएर , मन हुनेले मन दिएर एक - अर्कालाई सहयोग गर्दै जाऔ ।

।। गुड आई फ़र नेसन नेपाल र यन आर यन जापानको संयुक्त प्रयास ।।


#NRNA
#在日ネパール人
#日本語講座

Wednesday, 7 June 2017

“कसैले सेफ़ भन्छन्- कसैले कुक” (भाग २)

“कसैले सेफ़ भन्छन्- कसैले कुक” (भाग २)

भगवान, जापानमा हुनुहुने दाइले भनेअनुसार आफ्नो पासपोर्टमा लेखिएको पेशालाई कृषिबाट कुकमा संशोधन गरी अन्य काग़ज़पत्रमा भएका गल्तीहरु सच्याएर काठमाडौ सुन्धारास्थित एउटा साइबर क्याफेमा गई काग़ज़पत्र सबै स्क्यान गरी ईमेल ठेगानामा पठाउँछ ।

केही समयपछि जापानमा हुने दाइलाई टेलिफ़ोन गरी मैले काग़ज़ पत्र पठाएको छु, आयो होला भनी प्रश्न गर्छ । नेपालमा बिहानको समय थियो होला । जापानमा चाहिं दिउँसो समय थियो । जापानमा हुने दाइले फोन त उठाउनु भयो अलि ब्यस्तताको समय भएकाले पछि फोन गर भनेर भन्छन् ।

त्यसपछि भगवानले दाइमाथि शंका र उपशंका गर्न सुरु गर्छ । अस्ती चाहिं मलाई जापान लगिदिन्छु भन्ने अहिले चाहिं ब्यस्त छु अरे ? मेरो यहाँ काग़ज़ पत्र बनाउँदा कति खर्च भै सक्यो । सहयोग नगर्ने भए त पहिला नै सक्दिन भनेको भए हुन्थ्यो म पनि अर्कै ब्यवस्था गर्थे नि ? जस्ता कुराहरु मनमा खेलाउन सुरु गर्छ ।

हामी नेपालीहरुमा धैर्यता, अर्काको समस्यालाई बुझ्ने क्षमता धेरै कम छ । त्यसै शंकामा लंका जलाइहाल्छौ ।
भगवानले आफ्ना शंका उपशंकालाई आफूभित्र मात्र नराखी भेटने साथी भाइहरुलाई यस्तो यार, उस्तो यार कसैसंग भरपर्न नहुने रहेछ भन्दै सुनाउँदै हिंडछ ।

बेलुका आफू बसेको गेस्ट हाउसमा फर्की अब काठमाडौं के बसाई भयो र ? भोलि फर्कन्छु भनि बाग्लु ङ्जाने बसको टिकट काट्न सुन्धाराको टिकट काउन्टरतिर जान के लागेको थियो । गेस्ट हाउसले ए भगवान भाई तिम्रो फोन आएको छ जापानबाट भनेर बोलाउँछ ।

भगवान किन फोन गर्न पर्छ फेरि ? नाटकी भन्दै फोन सेट भएको काउन्टरतिर लाग्छ । फोनमा जापानमा भएको दाजुसंग कुरा गरी धरधरी रुन्छ । दाईले…. भाइ मलाई माफ गर, दिउँसोको समय म रेस्टुरेन्टमा अलि ब्यस्त हुन्छु । त्यसैले तिम्रो फोन उठाउन पाइन, ग्राहकहरु पनि खाजा खाने ( लन्च) समयमा अलि बढी आउँछन । मैले तिमीले पठाएको काग़ज़ पत्र हेरिसके सबै ठीक छ । म यताबाट नेपालमा भिसाको लागि चाहिने काग़ज़पत्र बनाएर पठाउछु । नेपालमा केही समस्या पर्यो भने फोन गर्नु है भनेर भन्छन र कुराकानी पनि त्यही सकिन्छ ।

भगवानले आफ्नो लागि यती काम गरिदिनु भएको दाइलाई शंका गर्ने आफ्नो मनलाई धिक्कार छ भन्दै रुन्छ ।
यस कुराबाट ज़िन्दगीमा आफ्नो मात्र कुरा सोच्नु नहुने रहेछ केही काम गर्दा अरुहरुको अवस्थालाई पनि बिचार गरी कुराकानी गर्नुपर्ने, ज़िन्दगीमा धैर्यता चाहिने, केही ढिला हुँदैमा शंका गरिहाल्नु नहुने जस्ता कुराहरु सिक्ने मौका पाउँछ ।

त्यसपछि आफू केही समयका लागि आफ्नो जन्मस्थल बाग्लुङ फर्कने बिचार गर्छ अनि पुरानो बसपार्क तिर गई काठमाडौबाट पोखरा हुदै बाग्लुङ जाने बसको टिकट काटछ । यो आफ्नो जन्मस्थल भनेको सारै प्यारो हुँदो रहेछ । काठमाडौ बस्दा जहिले पनि न्यास्रो अनुहार गर्ने भगवानको अनुहार बाग्लुङ जाने भन्नेबित्तिकै भगवान बिष्णुको रुपझै झकमक्क टल्केर आउँछ ।

हुन पनि आफू जन्मेको ठाउँमा धेरै यादहरु लुकेर बसेका हुन्छन । बाल्यकालमा बिताएका एकएक पलहरुको झझल्को त्यही पाइन्छ । त्यही चौंतारीमा बसेको, त्यही बारीमा घास काटेको, साथीभाइसंग लुकीलुकी चुरोट खाएको, मनपर्ने संगिनीलाई पच्छ्याएको जस्ता पलहरुका यादहरु त्यही मात्र पाइन्छन ।

भगवान जापानबाट काग़ज़पत्र नआइपुगिन्जेल बाग्लुङ्ममा समय बिताउने निर्णय गर्छ ।
 (क्रमशः)

“कसैले सेफ़ भन्छन- कसैले कुक” (भाग १)

“कसैले सेफ़ भन्छन- कसैले कुक” (भाग १)

सन २००५ सालको कुरा हो । भगवान जापान जाने सपना बोकेर बाग्लुङ जिल्लाबाट राजधानी काठमाडौ आएको थियो । ज़िन्दगीमा अनेक हन्डर खाएर, घर परिवार, इष्टमित्र, साथीभाइलाई छोडेर जापान जाने सपना बोकेर काठमाडौ झरेको रहेछ ।

जापान गएर दुईचार पैसा कमाउला अनि केही बर्षपछि नेपाल फर्की घर परिवार, साथीभाइसंग सुखका साथ जिन्दगी बिताउला भन्ने रहर लिएको थियो ।

पहिला एकपटक दुबई पनि नगएको होईन, तर बिडम्बना कमाउन सकेन । आफूले भनेजस्तो काम र कमाई नभएपछि जापानमा हुने दाईलाई सम्पर्क गरी कुक भिसामा जापान जानका लागि तयारी सुरु गरेको रहेछ ।
हुन त दुबई जानुभन्दा अगाडी नेपालमा आफ्नै काम पनि गरेको थियो उसले । कुक मात्र होईन सानोतिनो होटल नै चलाएको रहेछ। समयले साथ नदिदा ब्यापारमा त्यति सफलता नपाएको उल्टो घाटा भएको, त्यसमाथि बुबाको पनि आफू सानो छँदा मृत्यु भईसकेकाले गर्दा घरपरिबारको लागि भए पनि विदेश जानु र्ने बाध्यता रहेछ ।

दुबई जाने बेलामा दलालले फसाएको थाहा पाउछ। दुबईमा एक दिन पनि बिदा नदिने, पासपोर्ट पनि आफ्नै साथमा राख्ने, समयमा तलब पनि नदिने बंगालीको फन्दामा परेको रहेछ । अति नै भएर नेपाली राजदूताबासमा सम्पर्क गरी ‘ट्राभल’डकुमेन्ट बनाई नेपाल फर्केको रहेछ ।

भाग्यले पनि यस्ता मान्छेहरुलाई नै अफ्ठ्यारोमा पार्ने भन्या बिचारा भगवान । नाम चाही भगवान ज़िन्दगीमा भगवानले साथ दिएको दिन नै छैन ।

जापानका लागि कुक भिसामा आवेदन गर्ने तयारी गर्दा धेरै कठिनाई पनि भोग्नु पर्छ उसैलाई । त्यो बेलामा सेफ़ एसोसियसनको टेस्ट दिएको पासमार्क पाउन धेरै गारो थियो। बल्लबल्ल दुई महिना लगाएर टेस्ट पास हुन्छ । त्यसपछि जापानमा हुने दाईलाई कागजपत्र पठाउछ। पासपोर्टको पेशामा कृषि लेखेका कारण फेरी कुकमा परिवर्तन गराउ अनि अरु ठाउँमा पनि यो मिलेन, त्यो मिलेन सच्चाउदाको दास्ति।

नेपालीहरुमा कुनै पनि कुरा दोहोर्याएर हेर्ने बानी कम भएका कारण भगवानले पनि दु:ख पाउछ । जे कुरा पनि हतार हतारमा गर्ने चलन छ । अलि ध्यान दिने भईसकेका छैनौ कि जस्तो लाग्छ ।

मनमनै दु:ख पाउन मात्र लेखेको रहेछ भनेर सोचिरहन्छ अनि केहीछिन भए पनि आफूलाई बिर्सनको लागि काठमाडौमा बस्दै आएको गेष्ट हाउसको रेस्टुरेन्टमा पिउन सुरु गर्छ । आफू जस्तै विदेश जानका लागि प्रयास गरिरहेको श्याम भन्नेसंग भेट हुन्छ । उ पनि भाग्यले साथ नदिएको, धेरै हन्डर खाएको पाल्पाको मान्छे रहेछ । नराम्रो दलालकोमा फसेर विदेश जान त परै जाओस काठमाडौ आउँदाजाँदा मात्र धेरै पैसा खर्च भैसकेको रहेछ । के गरौ, कसो गरौ भैराखेको मान्छे रहेछ ।

उसको पीडा सुनेर भगवानलाई आफ्नो पीडा धेरै सानो लाग्छ अनि मेरो त काग़ज़पत्रहरु नमिले पनि खासै पैसा पनि खर्च भएको छैन, आतिहाल्नु पर्ने बेला पनि भएको छैन भनेर मनमनै सोच्छ अनि फेरि एकपटक काग़ज़पत्र चेक गरी विदेशमा हुने दाईसग कुरा गर्ने निर्णय गर्छ ।

(सल्लाह अनि सुझावहरु भएमा सम्पर्क गर्नुहोला । यो कथाका पात्रहरु सबै काल्पनिक हुन् कसैको जीवनसंग मेल खान आएमा संयोग मात्र हुनेछ ।)

क्रमस: …

Wednesday, 5 April 2017

ヒマラヤの大自然、家族、神々を信じる事等を描いたドキュメンタリー映画だった。


本日夕方7時の上映回で世界でいちばん美しい村を観戦して来た。2015年多数の犠牲者を出したネパール大地震で壊滅したラプラック村が舞台だった。ヒマラヤの大自然、家族、神々を信じる事等を描いたドキュメンタリー映画だった。

そして最後に石川監督と西條先生の貴重な話も聞けた。このような支援活動は誰かのためにしているように見えるが、最終的に全て自分に帰って来る、良い事すれば良い事が帰って来るし、悪い事すれば悪い事が帰ってくる。。。だから出来るだけ、良い事をして行きたいと思う。


一度は見るべき映画だと思う。今ものが溢れている世の中だが、この映画では携帯がなくても、家族が強い絆で結ばれていたし、これが欲しい、あれが欲しいということ全くなかった、自然がくれたもので大切に生きていた。たくましいな。

とにかく、素晴らしいドキュメンタリー映画だと思う。是非劇場へ





Tuesday, 7 March 2017

कथा अनि ब्यथा भाग ३९ “ जापानमा स्थायी काम खोज्ने कर्म मा ”


कालीदासले कलेजको रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरबाट सिकेको कुराहरु बिर्सिएको थिएन । आफूले निवेदन दिन लागेको कम्पनीको होमपेजबाट जानकारीहरु लिने, आफूभन्दा अग्रजहरुसंग त्यो कम्पनीको बारेमा सोध्ने, बुझ्ने, जापानका पत्र पत्रिकाहरु पढ्ने लगायतका कुराहरुमा ध्यान दिइ बायोडाटा फर्मम (रिरेकीस्सो) लखेको थियो ।


कालीदासले कलेजको रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरबाट सिकेको कुराहरु बिर्सिएको थिएन । आफुले निबेदन दिन लागेको कम्पनीको होमपेजबाट जानकारीहरु  लिने , आफूभन्दा अग्रजहरुसंग त्यो कम्पनीको बारेमा सोध्ने - बुज्ने   , जापानका पत्र - पत्रिकाहरु पढ्ने लगायतका कुराहरुमा ध्यान दिई बायो डाँटा फर्मम ( रिरेकीस्सो ) लखेको थियो  ।

आफुले आफ्नै शब्दमा ( भाषामा ) रिरेकीस्सो लेखिसकेपछि , कलेजको रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरमा फेरी एक पटक रिचेककोलागि जान्छ र सहयोगी शिक्षकहरुसंग परामर्श लिन्छ । पछिल्लो पटक चाही आफुले केहि पनि नगरी सिधै रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरका सहयोगी शिक्षकहरु लाई प्रश्न गरेको थियो तर एस पटक भने लगभग सबै कुराहरु आफैले सङ्कलन गरि आएको भएर होला सहयोगी शिक्षकहरुले कालीदासको प्रशंसा गर्छन अनि भन्छन कति चाडो आफुलाई परिवर्तन गर्न सकेको गान्बात्ता ने ( धेरै राम्रो ) ।

अनि केहि छिनमा  नै  अन्तरबार्ता को तयारी तिर लाग्छन ।

अन्तरबार्ता दिदा ,अगाडी को मान्छे को आखा हेरेर बोल्ने , ढुक्क ( निर्धक्क ) भएर बोल्ने , सकारात्मक कुराहरु गर्ने ( नकारात्मक कुरा नगर्ने ) , लगाउने पोसाकमा ख्याल दिने जस्तै सुट र टाई पनि सिम्पल रोज्दा राम्रो ( तडक भडक पोसाक र रंगी - बिरंगी  रंग नरोज्ने ) लगायतका सल्लाह लिन्छ  ।

करिब एक घण्टा जति सुस्सोकु स्पोर्ट सेन्टरका सहयोगी शिक्षकहरुसंग कुराकानी गरि , बेलुकाको आरुबाइतो ( पार्ट टाईम जब ) तिर लाग्छ । बेलुका म्याकडोनल र साइबर क्याफेमा काम गर्त्यो  । आज चाही  म्याकडोनलमा मात्र काम भएकोले , करिब बेलुकाको ६ बजेको थियो होला , सधै झैँ म्याकडोनलमा पुगी कपडामा चेन्ज गरिरहदा , एउटा नेपाली मान्छेको आबाज सुन्छ , अनि हतार हतार कपडा फेरी बाहिर निस्कन्छ र हजुर के को लागि आउनु भयो होला भनेर सोध्छ ।

त्यो भाई चाही म्याकडोनलको आरुबाइतोको ( पार्ट टाईम जबको )  अन्तरबार्ता दिन आएको रहेछ  । कालीदास उसलाई अफिस देखाएर आफु चाही आफ्नो काम सुरु हुने बेला भई सकेको कारणले गर्दा रेस्ट रूम बाट पसल तिर जान्छ  । पसल तिर हिड्दै जाने क्रममा मन मनै  " यो केटा अन्तरबार्तामा आएको भन्छ , कपडाको लगाई पनि तेस्तै  , जुत्ता पनि तेस्तै , कपाल पनि जिन्ग्रिन्न्ग , यसले के काम पाउला भन्दै गुनगुनाउछ  ।

त्यसपछि माथिल्लो तलामा पसल थियो र कालीदास त्यही काम गरिराखेको थियो । म्यानेजर पनि केही बेर पछि पसलमा आएर कालीदास , तेरो देशको केटा कामको अन्तरबार्तामा आएको थियो ,लिउ कि नालिउ भई राखेको छ भनेर भन्छ । कालीदासले लामो समय देखि काम गर्दै आएको र विश्वासपनि कमाएको  भएर होला , के गरौ भनेर सोध्छ ।

कालीदासले त्यस्तो के भयो र भनि प्रश्न गर्छ । पहिला अन्तरबार्ताको समय भन्दा ढिलो आयो , लगाएको कपडा पनि त्यस्तै , भाषा पनि त्यति आउदो रहेनछ भनेर भन्छ । त्यस्तो कुरा सुनेपछि मैले त केहि पनि भन्न मिल्दैन भनेर उत्तर दिन्छ तर मन मनै अन्तरबार्ताको समयमा पनि ढिला आउने ले के काम पाउला र  आरुबाइतोको ( पार्ट टाईम जबको ) अन्तरबार्ता भएपनि सुरुमा आउदा खेरि भद्र पोसाकमा आउनु पर्ने भनि मन मनै कुरा खेलाउछ ।

तर आफु चाही अहिले गर्दै  गरेको स्थायी काम खोज्ने कर्ममा विभिन्न कम्पनीहरुमा जादा यस्ता साना साना कुराहरु को पनि ख्याल गर्ने अठोट गर्छ ।

क्रमसः

नया भाग :  कृपया केही दिन प्रतीक्षा गर्नुहोला !
पछिल्लो भाग : कथा अनि ब्यथा भाग ३८ : " जापानमा स्थाई काम खोज्न भन्दा आगाडी । "