Saturday, 12 December 2015
कथा अनि व्यथा भाग-८: कुन समयमा कस्तो काम गर्ने
दिनहरु बित्दै जान्छ । कालिदास पनि आफूभन्दा सिनिएरहरुलाई भेटघाट गर्ने र आफ्नो आउदा दिनहरु कसरी राम्रो बनाउने भन्ने कुरा सोची राखेको हुन्छ । सुपर मार्केट र सिबुयाको रेस्टुरेन्टको कामलाइ पनि सुचारुपमा नै गरिरहेको हुन्छ ।
जापानमा घरबाट बाहिर गयो कि धेरै मान्छेहरुसंग भेटघाट हुन्छ । कुन मान्छेसंग कस्तो व्यवहार गर्ने भने कुरा आफुलेनै सोच्नु पर्दछ र कालिदासले पनि सोच्दै कुन समयमा कस्तो कुरा गर्नु पर्दछ ,कुन मान्छे लाई कुन स्थान दिनु पर्दछू भन्ने कुरा को विचार पुर्याएर कुराकानी गर्ने गर्दछ ।
जापान आएर सिकेको कुराहरुमा यो कुरा पनि एउटा हो रहेछ कालिदासको । दाईगाकुको न्युसी सिकेनको दिन पनि नजिकिदै आउछ । आफुले जसरी भएपनि दाईगाकु जाने भन्ने अठोट लिएको र यसमा केहिपनि परिबर्तन नआएको र दाईगाकुको न्युसी सिकेनको तयारी पनि राम्रो रुपमा गईराखेको हुन्न्छ ।
दाईगाकुको न्युसी सिकेनको को लागि निहोन्गो न्यूरोकु सिकेन र निहोन्गो रिउगाक्कु सिकेन को रिज़ल्ट सर्टिफिकेट, अनि न्युसी सिकेनको दिनमा स्योरोंबुन (४००- ६०० शब्दसम्मको) यसपछि मेनसेचु दिनु पर्ने हुन्छ ।
कालिदासले अर्थशास्त्र र व्यवसाय सम्बंधी बिषय पढ्ने सोच राखेको हुन्छ ।
यस बिषयमा जापानी भाषा स्कूलको सेन्सेइहरु संग पनि धेरै सोद्पूछ र रोपुरे पनि गर्दछ । न्युसी सिकेनमा जसरी भएपनि पास हुनुछ । सबभन्दा पहिलाको गोल नै त्यहि बनाएको हुन्छ । निहोन्गो न्यूरोकु सिकेन र निहोन्गो रिउगाक्कु सिकेनको रीज़ल्ट पनि राम्रो नै भएको हुनाले यस बिसयमा त्यति पिर गर्दैन त्यसै गरि स्योरोंबुनमा कत्ती पनि चिन्ता गर्दैन तर मेनसेचुमा बोल्न सक्दिन कि भन्ने पिर हुन्छ ।
मेनसेचुमा राम्रो मार्क्स ल्याउनको लागि जापानी भाषाका सेन्सेइ संगधेरै भन्दा धेरै रोपुरे गर्दछ, धेरै भन्दा धेरै तयारी गर्दछ । सेन्सेइले एउटा कुरा सिकाउनु हुन्छ ।
「習うより慣れろ」नाराउ योरी नारेरो ।
यो कुराले पनि कालिदासलाई राम्रो पाठ पढ़ाउछ । जिन्दगीका जुनसुकै पलहरुमा यो कुरा लागु होला जस्तो लाग्छ । यो न्युसी सिकेंनकोलागि मात्र नभएर कुनै कुरा गर्नु छ भने सकेसम्म घेरै अभ्यास गर्नु आबस्यकता हुन्छ । खेलाडीहरुको कुरा गर्दा पनि कुनै खेलमा राम्रो हुनु छ भने, धेरै भन्दा धेरै अभ्यास गर्नु आबस्यक हुन्छ ।
हामीहरु पनि हाम्रो जिन्दगीमा कुनै कुरामा सफल हुनु छ, सफलता हासिल गर्नु छ भने त्यससम्वन्धी धेरै भन्दा धेरै संख्यामा अभ्यास गर्नु राम्रो हुन्छ ।
कालिदासलाई पनि जापानको दाईगाकुको न्युसी सिकेनमा पास हुनुछ । त्यसको लागि मेनसेचुमा राम्रो गर्नुपर्ने हुन्छ । यहि लक्ष्यको लागि पहिला स्कूल को सेन्सेइसंग, त्यसैगरी काम गर्ने ठाउँको जापानी साथीहरु संग, आफ़ुबस्ने ठाउँ नजिकको जापानीसाथीहरु संग मेनसेचुको रोपुरे गर्दछ। दिन बित्दै जादाँ र दाईगाकुको न्युसी सिकेनको दिन आउछ ।
क्रमस:
जापानी शब्दहरु :
दाईगाकु:विश्वविद्यालय
・न्युसी सिकेन:प्रवेश परीक्षा
・स्योरोंबुन:निबंध
・मेनसेचु: अन्तरबार्ता
・सेन्सेइ:शिक्षक
・रोपुरे: Role Playing
・「習うより慣れろ」नाराउ योरी नारेरो Practice make man perfect
・(Nihongo Noryoku Siken)→जापानी भाषाको क्षमता परीक्षण गर्ने परीक्षा ।
・(Nihon Ryugaku Siken)→अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि जापानी विश्वविद्यालय प्रवेशपरीक्षा ।
कथा अनि व्यथा भाग-७: नजानेको थाहा पाउनु सफलताको पहिलो खुडकिलो
कलिदासका दिनहरु बित्दै जान्छन। जापानको दाईगाकु जाने आफ्नो निर्णयमा प्रगड हुन्छ। जापानी आएको पनि करिब साढेएक वर्ष हुनु लागेको हुन्छ। निहोंगो गाक्कोको कोर्स पनि लगभग सकिसकेको हुन्छ। भाषा स्कूलबाट पनि”तपाई दाईगाकु जाने तयारी गर्नुस” भनेर भनेको हुदा, कालिदास दाईगाकु जाने तयारीमा हुन्छ।
एकदिन जापान टोकियोमा रहेको वाकामोनो नी युमेइ (जापानी युवाहरुमा प्रसिद्ध) शहर सिबुयामा घुम्न जान्छ। सिबुयाको स्टारवक्स कफी पसलमा गइ कफीको आनन्द लिरहेको हुन्छ। केहि समयपछि एउटा नेपाली जस्तो मान्छे आफ्नो नजिक आएर बस्दछ। सुरुसुरुमा त इंडियाको मान्छे होला जस्तो लाग्छ, केहि समय त्यहाँ बस्दा त्यो मान्छे त नेपाली रहेछ भन्ने थाहा हुन्छ।
२००४-२००५ तिर त नेपालीहरु पनि धेरै काम भएको कारणले गर्दा, कालिदासले पनि बोल्न मन लाग्छ अनि बोल्ने प्रयास गर्छ।
*कालिदास: हजुर नेपाली हुनुहुन्छ?
*दाजु: हजुर नेपाली हो, कसरी थाहा पाउनुभयो त? हजुर पनि नेपाली हुनुहुन्छ?
*कालिदास: हजुर म पनि नेपाली नै हु, यसो घुम्न आएको थिए, नेपाली जस्तो लगेर, बोल्न मन लगेर ।।।।
*दाजु: धन्यवाद, मलाई पनि बोल्न त मन लागेको थियो, तपाईसंग, बोल्ने प्रयास नै गर्न सकिन
*दाजु: भाइको नेपालमा घर कता पर्यो?
*कालिदास: मेरो त पश्चिम हो दाईरु हजुरको नि?
*दाजु: काठमाडौँ हो, भनेपछि जापान आएको धेरै नै भए जस्तो छ नि, कति भयो र जापान आउनु भएको?
*कालिदास: साढे एक वर्ष हुन लाग्यो दाइ, हजुर नि?
*दाजु: म त भयो ८-१० वर्ष ,
*कालिदास: हो र त्यसो भए त तपाईलै धेरै कुरा सोध्न पर्ला जस्तो छ?
*दाजु : हुन्छ नि भाइ, भैहालछ नि।
*कालिदास: हजुर अहिलेके गर्दै हुनुहुन्छ?
*दाजु : म अहिले जापानको कम्पनीमा काम गर्छु ,
*कालिदास: हो है दाइ, म त अहिले स्कूल पढदै छु, जापानी स्कूल सकेर दाईगाकु जाउ कि भन्ने तरखरमा छु, धेरै दाईहरुमा निबेदन (न्यूसी सिकेन) प्रवेश परीक्षाको निबेदन दिएको छु, धेरै दाईगाकुमा परीक्षा दिदैछु।
*दाजु : हो है, धेरै राम्रो, पद्नु पर्दछ भार्इ। यो देशमा पढने उदेश्यमा आउनेहरु सारै कम छन्, म पनि जापान आएको धेरै भै सक्यो, अहिले जापानी कम्पनीमा काम गरेको छु, यहाँ पढेको भएर होला अहिले सजिलो भएको छ। म जापान आउदा त नेपालीहरु पनि धेरै कम थिए।
म पनि जापानी स्कूलमा जापानी भाषा पढेर, जापानको दाईगाकु गएको हो, दाइगकु सकेर अहिले त काम गर्छु, तपाई जापानको दाईगाकु जना चाहनु हुन्छ भने, पनि आफ्नो घमण्ड त्याग्नुस, हामी नेपालीहरु भादी घमण्डी छौ पहिला घमण्ड त्याग्ने, अनि नजानेको कुरा स्वीकार गर्ने, मलाई लाग्छ नजानेको कुरा जान्नु (थाहा पाउनु नै ठुलो कुरा हो),
मैले यो नजानेको, थाहा नभएको कुरा थाहा भयो भने त, त्यो कुरा जान्नको लागि प्रयास त गर्न सकिन्छ नि होइन त, भनेर भन्दछ।
「आफुले नजानेको नाबुझेको कुरा थाहा पाउनु नै, सफलता तर्फको बाटोको पहिलो सिढी हो」
「知らないことに気付くことこそが、成功への第一歩である」
「सिरानाइँ कोतो नि किज़ुकु कोतो कोसोगा, सेइको ए नो दाइ इप्पो दे आर्य」
यसैगरि सम्बद जारी रहन्छ, कालिदास दाजुले भनेको कुराले धेरै मन छुन्छ, यसै गरि कालिदस का दिनहरु बित्दै जन्छन। यसक्रममा धेरै मान्छेहरु संग कुराकानीहरु गरेको हुन्छ।
क्रमस:
जापानी शब्दहरु:
दाईगाकु ⇒ विश्वविद्यालय
निहोंगो गाक्को ⇒ जापानी भाषा स्कूल
वाकामोनो नी युमेइ ⇒जापानी युवाहरुमा प्रसिद्ध
सिबुया ⇒ टोकियोको सहरको नाम
न्यूसी सिकेन ⇒ प्रवेश परीक्षा
कथा अनि व्यथा ६- ‘आफ्नो अडानमा एकाग्रता जरुरी’
कालिदास जापानी भाषा स्कूल सकेपछि जापानको दाईगाकु (विश्वविद्यालय)जनाको लागि धेरै विश्वविद्यालयको न्यूसी सिकेन(प्रवेश परीक्षा) दिन्छ । भाषा सकाएर सिधै काम गर्ने, पैसा कमाउने मन गर्ने साथीहरु हुदाहुदै पनि आफु चाही यहाँको दाईगाकु नै जाने निर्णय गरेको हुन्छ । भाषा स्कूलमा पनि नेपाल लगाएत अन्य देशका साथीहरु काम मात्र बढी गर्ने, स्कूल आएर पढाईमा पनि ध्यान नदिनेू, हाजिर गर्न मात्र स्कूल आउनेू गर्दथे । तिनै साथीहरुको बीचमा भएर पनि आफुलाइ फरक तरिकाले आगाडी बढाएको हुन्छ ।
जापानी स्कूलका सेन्सेइले सिकेको एउटा कुरा याद गर्छ । करिब एक वर्ष पहिला जापानी भाषाका सेन्सेइ (शिक्षक)बाट सिकेको कुरा रहेछ यो।
心が変われば、態度が変わる。(कोकोरोगा खावारेबा, ताइदोगा खावारु)
→ आफ्नो मन परिबर्तन गर्न सकेमा, मनोवृत्तिमा परिबर्तन आउछ ।
態度が変われば、行動が変わる。(ताइदोगा खावारेबा ,कॊदोगा खावारु)
→ मनोवृत्तिमा परिबर्तन आएमा, आफ्नो काम(दैनिक कार्य)मा परिबर्तन आउछ ।
行動が変われば、習慣が変わる。(कॊदोगा खावारेबा, स्यूकनगा खावारु)
→ आफ्नो काम९दैनिक कार्य०मा परिबर्तन आएमा, आफ्नो बानीमा परिबर्तन आउछ।
習慣が変われば、人格が変わる。(स्यूकनगा खावारेबा, जिन्काकुगा खावारु)
→ आफ्नो बानीमा परिबर्तन आएमा, व्यक्तित्वमा परिबर्तन आउछ ।
人格が変われば、運命が変わる。(जिन्काकुगा खावारेबा, उन्मेइगा खावारु)
→ व्यक्तित्वमा परिबर्तन आएमा, आफ्नो भाग्यमा परिबर्तन आउछ ।
運命が変われば、人生が変わる。(उन्मेइगा खावारेबा, जिन्सेइगा खावारु)
→ आफ्नो भाग्यमा परिबर्तन आएमा, आफ्नो जीवनमा परिबर्तन आउछ।
त्यही कुरा आफुले मनन गर्दै आएको भएर होला, आफुले भने जस्तो गर्न पाएको भन्ने ठान्छ। साथीहरु राम्रो भएपनि, नराम्रो भएपनि, पढेपनि, नपढेपनि, जस्तो सुकै भएपनि, आफुलाई राम्रो लागेको कुरा लिने र आफुलाई नराम्रो लागेको कुरा नलिने गर्दै आएकोले गर्दा होला । आफ़ु आज सम्मको जीवन सफल (भनेको, गर्नचाहेको कुरा पुग्दै आएको) भएको महसुस गर्दछ।
समय बित्दै जान्छ । जापानी भाषा स्कूलमा बिताउने समय पनि केहि महिना मात्र बाकी हुन्छ। भाषा स्कूलको कोर्स पनि लगभग लगभग सकिसकेको कारणले गर्दा स्कूलका सेन्सेइहरुले पनि गाकुसेइ(विद्यार्थी)हरुलाई यामनासीकेन(यामनाशी प्रान्त)को भ्रमणमा लाने प्लान बनाउछन्।
दिनहरु बित्दै जादा यामनासी केन जाने दिन पनि आउछ । बिहान सबैजना स्कूल अगाडी हुन्छन । अनि सेन्सेइबाट आज एता जाने, उता जाने, यो खाने, यति बजे यो गर्ने भन्ने कुरा हुन्छ । सबैकुराहरु प्लानगरिएको कति राम्रो, कति बेबस्तित हुदा रहेछन जापानीहरु भन्ने लाग्छ। यो भ्रमणबाट पनि जापान अनि जापानीको राम्रो पक्षहरुको बारेमा सिक्ने मौका पाउछ।
आफुले जापानको दाईगाकु गएर जापानीहरुसंग संगत गरेर सिक्न खोजेका कुराहरु पनि यिनै हुन्छन पनि । यो भ्रमण गर्दा जापानको दाईगाकु जाने निर्णय बेठिक नभएको जस्तो महसुस गर्दछ ।
भ्रमणमा साथीहरुसंग सेन्सेइहरुसंग फोटो खिच्ने देखि लिएर, संगै खान खाने देखि लिएर, आफ्नोमनमा लागेको कुराहरु गर्ने, सुन्ने………आदि कुरा हरु हुन्छ ।
अन्तिममा एकजना सेन्सेइले तपाई त दाईगाकु नै जानु पर्छ भन्छ । किन भनेर प्रस्न गर्दा, तपाईलार्इ नया(नौलो कुरामा बढी मन गर्नु हुन्छ जस्तो लग्यो त्यसै कारणले गर्दा भन्ने जवाफ आउछ । हुनपनि नया(नौलो कुरा कलिदासले मन पर्छ पनि, मनको कुरा नै सेन्सेइले भनिदिएको जस्तो लाग्छ ।
क्रमस:
जापानी शब्दहरु:
दाईगाकु (विश्वविद्यालय)
न्यूसी सिकेन(प्रवेश परीक्षा)
सेन्सेइ (शिक्षक)
गाकुसेइ (विद्यार्थी)
यामनासीकेन(यामनाशी प्रान्त) ※जापान को ठाउँ को नाम
कथा अनि व्यथा-५: ‘जापानमा सबैसंग सल्लाह लिनु’
कलिदासले खांजीको टेस्टहरुमा चीन, ताइवान, कोरिया जस्ता खांजीकेन (पहिला खांजी प्रयोग गरेका देश अथवा अहिले पनि प्रयोग गर्ने) भनिने ठाउँबाट आएका विद्यार्थीहरुलाई पछाडी पार्दै क्लासमा अघिल्लो स्तरमा हुन्छ । सधै बिहान र बेलुका आरुबाइतॊ गर्ने र दिउसोको समय भाषा स्कूल जाने हुनाले सधै व्यस्त नै हुन्छ । यस्ता दिनहरु (एकै प्रकारका दिनहरु) आउने जानेक्रम चलिरहन्छ ।
जापान आएको ११-१२ महिना जति भएपनि भाषा स्कूल अब मात्र बाँकी ६ महिना हुन्छ। जापानी भाषा स्कूल सकेपछि के गर्ने त भन्ने कुराहरु मनमा खेल्न सुरु हुन्छन।
जापानीहरुको बानी के हुन्छ भने , ‘जस्तो सुकै कुरालाइ पनि पूर्व-तयारी’ । सानै उमेरमा जापान आएकोले गर्दा होला नेपालमा छदा पनि यस्त कुराहरु सुनेको हुदैन, नेपालमा कहिले सुनेको न गरेको कुरा हुन्छ । यसै क्रर्ममा एकजना जापानी सेन्सेईले जापानी भाषामा “準備のための準備が必要だ (जुन्वी नो तामे नो जुन्वी गा हिचुयु दा)” भनेर सल्लाह दिनछन् । भन्नाको मतलब तयारीको लागि पनि राम्रो पूर्व तयारी गर्नु पर्दछ ।
जापान भन्ने देश कसरी संसार कै धनि देशको दर्जामा पुग्यो त?
जापानीहरुसंग वढी घुलमेलगरेमा जापानीहरुको बानी /व्यवहार, दिन बिताउने तरिका,
काम गर्ने तरिकाहरु पनि बुज्न सकिन्छ कि? भन्ने चाहनाका साथ जापानको दाईगाकु जाने निर्णय लिन्छ।
जापानी भाषा स्कूल सकेपछि त कि त नेपाल फर्कन पर्यो, कि त सेनमोनगक्को (व्यवसायिक स्कूल) जानु पर्यो, कि त दाईगाकु(विश्वविद्यालय) जानुपर्यो । कलिदाशले सेन्सेईहरुसंग, नेपाली समुदायका अग्रजहरुसंग सल्लाह, साथ साथै विदेशी साथी, अग्रजहरुसंग पनि सल्लाह लिन्छ ।
जापानी भाषा स्कूलका सेन्सेईहरुबाट तपाई जापानी भाषा पनि राम्रो बोल्नु हुन्छ, तपाईको लेबल हेर्दा दाईगाकु जाने बाटो राम्रो हुन्छ जस्तो लाग्छू भन्ने सल्लाह पाउछ। त्यसैगरी नेपाली समुदायका अग्रजहरु यो देशमा जति पढे पनि त्यस्तै हो भिसाको लागि सेनमोनगक्को जाऊ, अनि केहिले सेन्सेईहरुजस्तै तिम्रो त उमेर पनि छ दाईगाकु जाऊ, अहिले पैसाको कुरा (कमाउने कुरा)भन्दा पढनमा धेरैजोड देउ भन्ने सल्लाह पाउछ । त्यसैगरी विदेशी साथी, अग्रजहरु पनि (जापानी भाषा राम्रो भएकोले गर्दा अनि उमेरपनि सानै भएकोले गर्दा दाईगाकु गाएर पढदा राम्रो हुने) सल्लाह दिन्छन।
सबैजनासंग सल्लाह लिएपछि, आफुलेपनि सोच्छ, धेरै सोचेपछि दाईगाकु जाने निर्णयमा पुग्छ। भर्खर उमेर पनि २१, अहिले पैसाको भन्दापनि शिक्षा ज्ञान गर्दा राम्रो हुन्छ, अहिले सम्मत जापानी भाषा मात्र पढियो, अब आउने दिनहरुमा जापानको दाईगाकु गई, जापानी साथीहरु धेरै बनाई, जापानीहरुको जस्तो जापानी भाषा भनाउने कुरा त छदैछ, जापानी युवाहरु कस्ता हुदा रहेछ बुज्ने मन बनाउछ ।
अनि त्यसै गरि जापान भन्ने देश कसरी संसार कै धनि देशको दर्जामा पुग्यो त? जापानीहरुसंग वढी घुलमेलगरेमा जापानीहरुको बानी /व्यवहार, दिन बिताउने तरिका, काम गर्ने तरिकाहरु पनि बुज्न सकिन्छ कि? भन्ने चाहनाका साथ जापानको दाईगाकु जाने निर्णय लिन्छ।
भबिस्यकोलागि भनेर 日本語能力試験(Nihongo noryoku siken)जापानी भाषाको क्षमता परीक्षण गर्ने परीक्षा、日本留学試験(Nihon ryugaku siken)अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि जापानी विश्वविद्यालय प्रवेश लागि परीक्षा दुईबटा टेष्ट पनि दिन्छ ।
अनि आफु जना चाहेको दाईगाकुको लिस्ट बनाउछ अनि सेन्सेईहरुसंग सल्लाह गर्दै, दाईगाकुका प्रवेश परीक्षा दिनको लागि फर्म पनि भर्दै जान्छ।
क्रमस:……
जापानी शब्दहरु
खांजी → चिनियाँ अक्षरहरू
सेन्सेई → शिक्षक
सेनमोनगक्को →व्यवसायिक स्कूल
दाईगाकु → विश्वविद्यालय
準備のための準備が必要だ(Jyunbi no tame no jyunbi ga hituyou da) → तयारी लागि पनि तयारीको आवश्यकता छ।
日本語能力試験(Nihongo noryoku siken) →जापानी भाषाको क्षमता परीक्षण गर्ने परीक्षा ।
日本留学試験(Nihon ryugaku siken) →अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि जापानी विश्वविद्यालय प्रवेश लागि परीक्षा ।
यो पनि : ‘जापानमा पनि उद्देश्य स्पष्ट हुनुपर्छ’
‘जापानमा पनि परिश्रमको फल मिठो हुन्छ’
‘जापानमा तपाईको लक्ष्य के हो?’
‘जापान धेरै फरक पाए’
कथा अनि व्यथा-चार: ‘जापानमा पनि उद्देश्य स्पष्ट हुनुपर्छ’
कालिदास दुर्इवटा काम गरेता पनि राम्रो पढाईले गर्दा छात्रवृत्ति पाएकोले आफुले गरिआएको प्रयास खेरा नगएको महसुस गर्छ । बिहानै उठ्यो घर नजिकको सुपर मार्केटको काम गयो, दिउसोबाट भाषा स्कूल गयो, फेरी बेलुकाबाट सिबुयाको रेस्टुरेन्टको काममा व्यस्त हुन्छ।
पहिला त फुर्सदको समय पनि हुने गरेकोले गर्दा होला मनमा धेरै कुराहरु खेलाई रहन्थ्यो तर व्यस्तताले गर्दा होला केहि सोच्ने मौका नै पाउदैन। फेरी बिहान बेलुका गर्न काममा सबैजना जापानीहरु थिए । त्यहाँ काम गर्ने पहिलो विदेशी भएको हुनाले भाषाको कारणले गर्दा, जापानीहरुले भनेको कुरा नबुझदाँ द्देरै गार्हो भएको महसुस पनि गर्छ । तर फाइदाको कुरा पनि धेरै थियो, आफुले काम गर्ने ठाउँमा सबै जना जापानीहरु भएको कारणले गर्दा, दैनिक प्रयोग गरिने भाषामा धेरै सुधार आएको थियो, त्यसैगरि जापानी भाषाको उच्चारणमा पनि धेरै सुधार आएको थियो । यसैले गर्दा होला जापानी भाषा स्कूलको सेन्सेई(शिक्षक)हरुले तपार्इले यति चाडो कसरी भाषा सिक्नुभयो? भनेर प्रश्न गर्दथे ।
उनीहरु त खांजी प्रयोग गर्ने देशका हुन्,
जसरी नेपालीहरुलाई हिन्दी भाषा पढ्न सजिलो हुन्छ त्यसरी नै
चीन,कोरिया र ताइवानका विद्यार्थीहरुलै जापानी भाषा पद्न सजिलो हुन्छ।
भाषा स्कूलको क्लासमा आफूबाहेक एक जना नेपाली, अरु सबैजना विदेशी भएको, अनि आफ्नो जापानी भाषाको उच्चारण अरु भन्दा फरक भएको, जापानीहरुसंग धेरै मेल खाने उच्चारण गर्ने हुनाले, सेन्सेईहरुले पनि सधै जसो तपाई अरु भन्दा फरक हुनुहुन्छ भनेर भन्ने गर्नुहुन्थ्यो। सेन्सेईहरुले आफुलाई गर्ने व्यवहारले गर्दा झन् पढाईमा अझै अगाडी जानु पर्छ भन्ने प्रेरणा मिल्छ।
स्कूलमा छदा पढी नै हल्थ्यो, काम गर्दा पनि आफ्नो वरिपरीका जापानीहरुलाई यो भनेको के हो ? अनि यसलाई के भन्छ ? प्रश्न गरि नै रहन्थ्यो।
जापान आएको ६/७ महिनामा नै भाषामा धेरै प्रगति गर्छ कालिदासले। तर जब खांजीको पाठहरु सुरु हुदै जान्छ। खांजीमा त चीन र कोरियाका विद्यार्थीहरु धेरै अगाडी हुन्छन । उनीहरु त खांजी प्रयोग गर्ने देशका हुन्, जसरी नेपालीहरुलाई हिन्दी भाषा पढ्न सजिलो हुन्छ त्यसरी नै, चीन,कोरिया र ताइवानका विद्यार्थीहरुलै जापानी भाषा पद्न सजिलो हुन्छ। हामीले हिन्दी पढे झै ।
अहिलेसम्म त क्लास टेष्टमा पनि अगाडी भएको मान्छे, खांजीको पाठ सुरु हुने बितिकै पछाडी पढाई जान्छ । खांजी पढन प्रयास नगरेको पनि होइन । नेपालमा न कहिले पढेको, न कहिले देखेको खांजी शव्दहरु बढी भएको कारणले गर्दा सम्झीन नसक्दो रहेछ।
धेरै सोच्छ तर कुनै निष्कर्ष नपाएपछि स्कूलको सेन्सेर्इसंग परामर्श गर्छ, के गर्दा खांजी शव्दहरु सकिएला कसरी अरुलाई जितिएला त रु भन्ने प्रशनहरु गर्छ। सेन्सेर्इले पनि सिन्बुन९पत्रिका० पढने बानी गर भनेर सल्लाह दिन्छ ।
भन्ने बितिकै पत्रिका त पढन सक्दैन तर पनि प्रयास नगरेको भन्दा गरेको राम्रो भन्ने विचारले, खांजीहरुको माथि पट्टि हिरागना, काताकाना लेखेको प्रतिकबाट सुरुगर्छ । दिनमा बिहान र बेलुका गरि दुइवटा काम गर्ने भएकोले गर्दा पढाईको समय त त्यति हुदैन, तर काममा जादा, स्कूल जादा रेल चड्ने र रेल चढदाको समय त खेर गईरहेको कुरा महसुस गर्छ, रेलमा छाडेर बिताउने समयलार्इ जापानी भाषाको खांजी शव्दहरु पढने समय भनेर तोक्छ ।
कालिदासले मसंग समय छैन भनेर पढाईको बारेमा नसोच्न पनि सक्थ्यो तर जापानी भाषा राम्रो हुनलाई त खांजी शव्दहरु पनि जान्ने हुनुपर्यो, खांजी नजानिकन त जापानी भाषामा राम्रो हुनु पनि सकिदैन भन्ने कुराहरु मनमा खेलाईरहन्छ । आफ्नो जापानी भाषामा दक्ष हुनु भन्ने उद्देश्य पुरा गर्नको लागि खांजीहरुमा पनि दक्ष हुनुपर्ने कुरा अपरिहार्य भएकोले गर्दा प्रतेक दिन बिहान र बेलुका रेलमा बिताउने समयको सदुपयोग गरि खांजीहरु हेर्ने रपढने गर्छ ।
यही प्रयासले गर्दा होला त्यसपछिका टेस्टहरुमा चीन,कोरिया,ताइवानका साथीहरुको भन्दा आगाडी आउन सफल हुन्छ ।
सेन्सेइले पनि नेपाल लगायत भारत, श्रीलंका, बंगलादेश खांजीसब्दहरु प्रयोग नगर्ने देशको विद्यार्थीहरुको समस्या नै यही भएको, तर तपाईले गजब गर्नु भयो त, क्रमिक रुपमा प्रयास गर्दै जाउ भनेर सल्लाह दिन्छन ।
कलिदास पनि सेन्सेइलाई चीन, कोरिया, ताइवानका साथीहरुलाई मात्र नभएर क्लासको नै टप हुन्छु भनेर भन्छ।
क्रमस:……
Sunday, 6 December 2015
कथा अनि व्यथा- तीन, जापानमा पनि परिश्रमको फल मिठो हुन्छ
कालिदास जापान आएको करिब दुई महिनामानै टोकियोको आधुनिक सुपरमार्केटमा काम पनि गर्न सुरु गर्छ अनि जापानी भाषाको पढाई पनि राम्ररी नै लिएर गैराखेको हुन्छ।
छात्रवृत्ति नभई निजी खर्चमा आएकोको कारणले पार्टटाइम जब पनि गर्नुपर्ने, साथसाथै पढाई पनि गर्नुपर्ने हुनाले अलिकति थकित महसुस गर्छ । तर, के गर्ने आफुले रोजेको बाटो अब नेपाल फर्कने पनि कुरा आएन, जे भयो/ भयो भनि आफ्नो मनलाई सकारात्मक बनाउन प्रयत्न गर्छ ।
पैसाले त मान्छे ले कहिले पनि पुग्दैन फेरी एउटा कामले नपुगेर अर्को काम गर्ने विचार मनमा आउछ। जापानी भाषा स्कूलको सिनिएर दाईसंग एक दिन कुरा गर्दा, जापान भनेको पढ्न आउने देश नै होइन, कमाउने अनि नेपाल फर्कने गर्नुपर्छ, एउटा काम मात्र गरेर के गर्छौ मैले जसरी २-३ वटा काम गर्नु पर्छ भन्ने सल्लाह दिन्छन। अनि उसले पनि दुइटा काम गर्ने मन बनाउछ ।
भोलिबाट आतिनै बिजी लाइफ सुरु हुन्छ, बिहान सुपरमार्केट,
दिउसो स्कूल अनि साझा रेस्टुरेन्ट। तर पनि स्कूल जाने,
अनि स्कूल गएर मेहेनतका साथ पढ्ने कामचाही छोडदैन
यसपटक पनि आफ्नो नातेदार संग सिबुया भन्ने सहर घुम्नजादा एउटा जापानी रेस्टुरेन्टको बाहिर लेखेको अरुबाइतो बोस्सु (पार्ट टाइम कर्मचारी चाहियो) भन्ने पोस्टर भेट्छ अनि पहिलाको झैँ फोन गर्छ । यसपटक पनि ईन्टरभ्यूमा बोलाऊछ । अनि भोलि पल्ट सदै झैँ बिहान सुपरमार्केट, दिउसो स्कूल अनि साझा इन्टरभिउ को लागि सिबुया जान्छ ।
त्यो बेला बिदेशीहरु धेरै कम भएको, तेसमाथि त्यसरी फोन गरेर ईन्टरभ्यूमा आउने मान्छे पनि धेरै काम थियो भन्ने कुरा रेस्टुरेन्टका म्यानेजरले गर्छन । नौलो भएकोले गर्दा होला ईन्टरभ्यू सकिने बितिकै, कहिलेबाट काममा आउन सक्नुहुन्छ भन्ने प्रश्न गर्छ । उ पनि नसोचेको कुरा हुदा केहि बोल्न नै सक्दैन। केहि पनि नभनी फर्कन्छ ।
घर फर्किएर आफ्नो नातेदारसंग कुरा गर्दा बल्ल आफुले सिवुयाको रेस्टुरेन्टको म्यानेजरलाई केहि पनि उत्तर नदिइ घर फर्केको थाहा हुन्छ, अनि तुरुन्त नै अघिको रेस्टुरेन्टमा फोन गर्छ अनि भोलिबाट नै काममा आउन सक्ने कुरा बाताउछ।
भोलिबाट आतिनै बिजी लाइफ सुरु हुन्छ, बिहान सुपरमार्केट, दिउसो स्कूल अनि साझा रेस्टुरेन्ट। तर पनि स्कूल जाने, अनि स्कूल गएर मेहेनतका साथ पढ्ने कामचाही छोडदैन । ६ महिना पछि रिजल्ट पनि राम्रो आएको कारणले गर्न छात्रवृत्ति पाउने विद्यार्थीमा परेको खबर पाउछ।
बिहान र साझा आरुबैइतो (पार्टटाइम जब) गरेर पनि भाषा स्कूलको टेस्टमा राम्रो रिजल्ट लिएर छात्रवृत्ति पाउदा आफुले आफुलाई गर्ब गर्छ । मैले त यार दुईवटा आरुबैइतो (पार्टटाइम जब)गर्छु भनेर, स्कूल आउने बितिकै पढाईमा ध्यान नदिए सुत्ने चीनियाँ साथीहरु पनि थिए, कोरियाका साथीहरु पनि थिए, श्रीलंका अनि बंगलादेशका साथीहरु पनि थिए, तर तिनै साथीहरुको जतिनै काम गरि स्कूलको पढाईमा पनि राम्रो गरि छात्रवृत्ति पाएकोमा आफुले आफुलाई गर्ब गर्छ । ठान्छ जापानमा पनि परिश्रमको फल मिठो हुदोरहेछ ।
क्रमस….
Saturday, 5 December 2015
कथा अनि व्यथा- २ ‘जापानमा तपाईको लक्ष्य के हो?’
कथाकार बिसु भण्डारीको लेख ।
यो कथा अनि व्यथा को घटना अनि पात्रहरु सबै काल्पनिक हुन् कसै को जिबनसंग मेल खान आएमा संयोग मात्र हुनेछ ।
कथा अनि व्यथा- २ ‘जापानमा तपाईको लक्ष्य के हो?’
(भाग २ )
कालिदासले जापानी भाषा पढ्ने अभिलाषालाई आफ्नो पहिलो प्राथमिकता बनाऊछ । अनि सेन्सेइ(जापानी शिक्षक) हरुले भने अनुसारनै आफ्नो दिन बिताउदै जान्छ। बालकमा भारत गएको अलिअलि घटनाहरु याद आएपनि त्यहाँको वारेमा उत्ति जानकार भने छैन । तर भारत बाहेकको देश जापाननै पहिलो भएकोले यहाँको वसाई सुरुमा केही अफठ्यारो महसुस पनि गर्छ तर, आफुनो उदेश्य जापानी भाषामा राम्रो हुने कुरामा सोच मग्न हुन्छ । यसमा कुनै दुइमत नभएकोले गर्दा, सधै जसो दिउसोको एक बजेबाट जापानीभाषाको क्लास सुरु हुन्थ्यो । समय भन्दा ५-१० मिनेट अगाडी स्कूल पुग्नै पर्दथ्यो । सुरुका केही दिन सेन्सेर्इ (शिक्षक)हरुले पनि सारै माया गर्दथे अनि मन पराउथे। यसरीनै दिनहरु बित्दै जान्छ।
जापान आएदेखिनै नातेदारकोमा बस्दै आएको हुनाले, आएको एकमहिना पछि बिस्तारै काम पनि गर्ने हो कि पढ्ने मात्रै हो भन्ने कुरा निस्कन सुरुहुन्छ । त्यसपछि नातेदारको सहायतामा जापानमा अरुबाईतो (पार्ट टाइम जब) खोज्छ। पसल बाहिर मान्छे चाहियो, पार्टटाइम जब गर्ने मान्छे चाहियो भने पोस्टर धेरै भेट्छ पनि, त्यहाँलेखेको नम्बरमा फोन पनि गर्छ तर,फोन गर्ने बितिकै गाइकोकुजिन ओकोतोवारि (बिदेशीलाई काम दिदैनौ) भनेर प्रतिकृया आउछ, मनमा सारै नरमाइलो त मान्छ तर के गर्ने आफ़्नो देश परेन भनेर चित्त बुजाऊछ।
किन जापान आएको? केको लागि जापान आएको?
धेरै सोचेपछि काम मात्र होइन पढाईपनि गर्नु पर्छ
भन्ने विचारमा आफुलाई परिबर्तन गराउन सक्छ पनि ।
पहिला पहिला त अहिले जस्तो काम खोज्न सजिलो पनि थिएन । विदेशहरु पनि त्यति थिएनन, जापानीहरु बिदेशीसंग काम गर्नको लागि अलि डराउथेपनि ।
एकदिनसंगै बस्ने नातेदारसंगै घर नजिकको सुपरमार्केटमा किनमेल गई फर्कदा सुपरमार्केटको बाहिर अरुबाईतो बोस्स्यु (पार्टटाइम जब)को सूचना देख्छ। त्यसपछि आफुले जानेको जापानी भाषा प्रयोग गरि सुपरमार्केटमा फोन गर्छ। संयोग बस अन्तरबार्ताको अवसर पाउछ पनि । सधै गाइकोकुजिन ओकोतोवरि (बिदेशीलाई काम दिदैनौ) भन्ने प्रतिकृया मात्र सुन्दै आएकोले गर्दा होला अन्तर्वार्ताको अवसर पाउदा सारै खुसिको महसुस गर्छ । पहिलो पटक आफुले पढेको जापानी भाषाको गर्ब पनि गर्छ ।
भोलिपल्ट जापानी भाषाको स्कूल सकाएर अन्तर्वार्तामा जान्छ अनि आफुले जानेको जापानी भाषाको भरमा जानेको कुरा गर्छ । अन्तिममा जे पनि गर्न तयार छु पनि भन्छ। अनि घर फर्केको केहि घण्टामा नै सुपरमार्केटबाट फोन आउछ अनि, तपाई कहिलेबाट काम गर्न सक्नुहुन्छ भन्ने मेसेज सुन्न पनि पाउछ । उसले भोलिबाट नै काम गर्न सक्छु भन्छ ।
काम खोज्दा धेरै कठिनाई पाएकोले गर्दा होला, सुपरमार्केटको काम पाउदा सारै खुसि महसुस गर्छ । जापानी भाषा पढेकोले गर्दा होला मैले यहाँ काम पाएको भन्ने महसुस गर्छ अनि खुशीका साथ दोस्रो दिनबाट बिहान सुपरमार्केटको काम अनि दिउसो स्कूलको रुटिन सुरु हुन्छ ।
अहिले सम्म त पढाईमात्र भएको कारणले गर्दा होला टेस्टको रिज़ल्टपनि राम्रो ल्याउथ्यो, काम गर्न सुरु हुने बितिकै टेस्टको रिज़ल्ट नराम्रो हुन सुरु हुन्छ।
सदै राम्रो नम्वर लिएर आउने विद्यार्थीको नतिजा अचानक नराम्रो भएकोले शिक्षकले पनि तिमीलाई के भयो भनेर प्रश्न पनि गर्छन । काम गर्न सुरु गरेकोले भन्न त भएन, आजकल पढाईमा रुचिनै छैन किन होला सर भनेर शिक्षकको कुरालाइ टार्छ।
तर घर गएपछि धेरै सोच्छ । किन जापान आएको? केको लागि जापान आएको? धेरै सोचेपछि काम मात्र होइन पढाईपनि गर्नु पर्छ भन्ने विचारमा आफुलाई परिबर्तन गराउन सक्छ पनि । विदेशमा आएपछि काम त गर्नु पर्छ नै । हाम्रो जस्तो विकासोन्मुख देशबाट आउने विद्यार्थीहरु त सबैको कथा एउटै नै हुन्छ, कसैले पनि नेपालबाट पैसा लिएर आएर पढेको त थाहा पाएको पनि छैन। अनि यो जापान भन्ने देशनै पढाईको लागि आउने देश पनि होइन । भन्ने जस्ता कुराहरु मनमा खेलाई रहन्छ।
अनि जति काम गरेपनि टाइममा स्कूल जाने अनि ध्यान दिएर जापानी भाषा पढ्ने विचारमा औलाई ढाल्छ । आफ्नो भबिस्य उज्जल पार्नको लागि अहिलेबाट परिश्रम गर्नु पर्छ भन्ने मन बनाउछ अनि काम(अरुबाईतो) पनि गर्ने तर पढाईलाई बढी प्राथमिकता दिने सोच बनाउछ।
घरबाट ऋण खोजेर आएको भए त कामलाई नै प्राथमिकता दिनु पर्त्यो होला तर भाग्यबस जापानमा नातेदार भएको र नातेदारको सहयोगमा जापान आउन पाएको कारणले गर्दा पैसा कमाएर नेपाल पठाउनु पर्ने बाध्यता थिएन।
तर केहि पाउनु छ भने केहि गुमाउनु पनि पर्छ जस्तो लाग्छ । पढाईमा राम्रो गर्नु छ भने त पढ़नु नै पर्छ भन्ने सोच मनमा बनाउछ अनि जति सुकै थाकेर आएपनि स्कूलमा मेहेनतका साथ पढ्ने सोच बनाउछ।
जवान हुदा अलि अलि गारो भएपनि सहन (गाम्बारु गर्नु) सकिन्छ भन्ने सोचका साथ दिन बिताउदै जान्छ ।
क्रमस….
अघिल्लो भाग : कथा अनि व्यथा-एक – ‘जापान धेरै फरक पाए’
Subscribe to:
Posts (Atom)