Friday, 25 December 2015

कथा अनि व्यथा भाग १५ "आत्मसम्तुष्टी"

कथा अनि व्यथा भाग १५ "आत्मसम्तुष्टी"

करिब २००७ साल तिरको कुरा हो । कालीदास पनि दाईगाकु ( बिश्वबिध्यालय )को दोर्सो बर्षमा पढदै गरेको हुन्छ । एक दिन सधै झै बिहानसम्म आरुबाईतो (पार्ट टाईम जब ) सकाएर दाईगाकु ( बिश्वबिध्यालय ) तिर गईराखेको हुन्छ । बसमा एउटा नेपाली जस्तो अनुहार गरेको मान्छेलाई भेंटछ । सुरुमा त भारतीय नागरिक हो की ? बङ्गलादेशको हो की ? या अन्य कुनै दक्षिण एशियालीदेशको मान्छे जस्तो लाग्छ । फेर्स मुद्रामा भएको भए तर "तपाई नेपाली हुनुहुन्छ भनेर सोथ्यो पनि होला " ,कालीदास फेर्समुद्रामा थिएन। 
बेलुकाको कामबाट थाकेर आएकोले बोल्न पनि त्यति मन लागीराखेको हुदैन । बसको यात्रा पनि लामों भएकोले केही समय आखा चिमलिएर आराम गरीराखेको हुन्छ । 

केहीसमय पछि दाईगाकु ( बिश्वबिध्यालय ) को प्रर्ङ्गणमा 
पुगीहाल्छ। सधै जसो दाईगाकु गएपछि केही समय क्यानटिनमा बिताउने गरेको हुनाले , आजपनि बसबाट आेर्लिएर सधै जसो क्यानटिन तिर गईराखेको हुन्छ । अकस्माथ पछाड़ी बाट एक्कासी " हजुर नेपाली हुनुहुन्छ ??" भन्ने आबाज सुनिन्छ । कालीदास पनि एकछिन टवाल्ल पर्छ । अनि यसो अनुहार गहिरिएर हेर्दा अधि बसमा देखेको मान्छे रहेछ भन्ने थाहा हुन्छ , त्यसपछि कालीदासले उसलाई क्यानटिन तिरनै लिएर जान्छ  , अनि दुबैजना कफि खादै कुरा-कानी गर्दछन  । कालीदास चाही २००६ ब्याचको हुन्छ , उ चाही २००७ को ब्याचको रहेछ । कुराकानी आगाडी बढ़ने क्रम जारी हुन्छ । उसको नाम सुदर्शन  ,मुल धर  काठमाण्डू रहेछ , ऊमेर चाही कालीदास भन्दा जेठो रहेछ । 
साथसाथै सुदर्शनले कालीदासलाई "आफु नयाँ भएकोले केही पनि थाहा नभएकोले कसरी के गर्दा ठिक हुन्छ" भनेर प्रश्नहरु गर्दछ । कालीदासले पनि आफुले भोगी आएको कुराहरु सेयर गर्दछ  । सकेसम्म आरुबाईतो कम गरि पंढाईमा जोड़ दिदा राम्रो हुने , कुनकुन बिषय पढदा राम्रो हुने , आफुलाई पनि ज्ञान हुने बिषय ,भविष्यमा प्रयोग हुने बिषय आदी कुराहरुको बारेमा सल्लाह दिन्छ । 
त्यसपछि दुबैजनाले आ-आफ्नो सम्पर्क नम्बर साटा-साट
गर्दछन र आ-आफ्नो कक्षा तिर लाग्दछन। 

त्यों समयमा दाईगाकु ( बिश्वबिध्यालय ) माँ नेपाली भनेको कालीदास र सुदर्शन मात्र थिए । धेरै शिक्षकहरुले नेपाल प्रति रुचि राख्ने भएकाले, त्यती बेला कालीदास र सुदर्शन दुबैजना मिलेर नेपाल सम्बन्धी जानकारी गराउने गर्दथे । जापानका लागी नेपाली राजदुत नभए पनि दाईगाकु भित्र राजदुतले भन्दा बढि नेपाल र नेपालीहरुको बारेमा बुझाउने , नेपालमा हुदै आएको नयाँ राजनितिक परिस्थितिको बारेमा , नेपालका प्रर्यटकिय स्थलहरुको बारेमा आदी ईत्यादी बिषयहरुको बारेमा जानकारी गराउने  र नेपालको सत्य तथ्य प्रचार गर्ने गर्दथे ।

त्यती बेला नेपालमा पनि धेरै राजनितिक परिवर्तनहरु आएका हुन्छन । नेपालमा धेरै लामों समय देखी चलि आएको  राजशष्था पनि हटेको खबर सुन्छ । कालीदासलाई २३० बर्ष भन्दा बढि चलिआएको राजशष्था हटेकोमा रार्है नराम्रो लान्छ तर १० बर्ष भन्दा बढि जनयुध्द गर्दै आएका माओवादीहरु जनयुध्द छोडेर राजनितिक मूलधारमा आएको कुरामा चाही खुशी मान्दछ । भबिष्यमा नेपाल फर्कने बाताबरण बन्दै जाने र , त्यसपछि नेपालमा नै ग़एर केही गर्ने बिचार मनमा लिई अहिलेकोलागी आफ्नो आखा अगाडीको पढाईलाई मात्र ध्यान दिने सोचका साथ अहाडी बढदछ । 

कालीदासले सेमिनार (जेमी) क्लास पनि लिएको हुन्छ । 
एकदिन सेमिनार (जेमी)का सेन्सेई र साथीहरुको अनुरोधमा नेपाली खाना खान जाने कार्यक्रम बनाउछ । त्यो बेला अहिलेको (२०१५ तिर को) जस्तो छ्यापछ्याप्ती नेपाली खाना धरहरुपनि थिएनन । इन्टरनेटबाट खोज्दा , दाईगाकुको सबैभन्दा नजिकैको रेस्टुरेन्ट ताचिखाबामा भेंटछ र आफ्नो सेन्सेई र साथीहरुलाई त्यही रेस्टुरेन्टमा लाने योजना बनाउन। 
सबैजना नेपाली खाना खान जान्छन । नेपाली भएका कारणले होला रेस्टुरेन्टका साउजीले घेरै सरभिस पनि गर्छन । जापानीहरुपनि मिठो खाना त्यसमाथी साउजीबाट राम्रो सरभिस पाएपछि मख्खै पर्छन । अन्तिममा ओईसीखात्ता (धेरै मिठो थियो) भनि आ-आफ्नो धरतिर लाग्छन । कालीदास चाही केही समय त्यहा बस्दछ । रेस्टुरेन्टका साउजीले नजिकै आएर "पर्वते बिग्रिन्छ मोजले , नेवार बिग्रिन्छ भोजले भन्छन" , बिग्रिन हुदैन है भाई भनेर कालीदासलाई भन्दछन । कालीदासपनि आफ्नो ऊत्तर ब्यङ्ग्यातमक सैलीले दिन्छ । हाम्रो विद्यार्थीहरुको काहानी तपाईले बुझ्नु भएको छैन दाईं ,
"हामीहरु गर्छै  रातदिन काम ,कहिले देख्ने घाम ,अलिअलि कमाउने हो दाम ,त्यही पनि सबै कलेजमानै जाम , कैलेहो हामीले कमाउने दाम , मोजको त के कुरा , राम्ररी सुत्न पाए मात्र हुन्थयो हरे राम"

रेस्टुरेन्टका साउजीले मुसुमुसु हासी "मैले पनि बुझेको छु भाई " भनि कुरालाई त्यही टुङ्ग्याउछन । समय पनि राती अबेर भई सकेकाले कालीदास हतार हतार गरि घर तिर लाग्छ । 

फ्रकने रेलमा अघिको रेस्टुरेन्टको साउजीले भनेको कुराहरु याद गरि , "केही पनि थाहा नभए त नबोल्नु नी , विद्यार्थीहरुको आफ्नै सम्स्या हुन्छ । जापानीहरुसंग खाना खान गयो भन्दैमा , घुम्यो भन्दैमा माेज गरेको भनठान्छन यार " भनि मनमनै गुनगुनाई रहन्छ । 

केहीसमय अगाडी दाईगाकुको सेन्सेईले भनेको कुरा याद गर्दछ । सेन्सेईले "隣の芝生は青く見える"/"तेनारीनो सिबाफुगा आओकु मिएरुभनेर भन्नु भएको थियो। 
"तेनारीनो सिबाफुगा आओकु मिएरु" भनेको आफ्नो घरछेउको (छरछिमेकको) बगैचा (चौर) हरियों देखिन्छ , भन्ने अर्थ हो । हामीहरु जहिलेपनि आफ्नो भन्दा अर्काको जिबन सैलीमा , रमाईलो  अघिको साउजीको भाषामा भन्ने हो भने "मोज" देख्छौ । अर्काको हेर्नु भन्दा , हामीहरु आफुलाई अगाडी बढाऊनको लागी पहिला आफुमा नै 
आत्मसम्तुष्टी हुनुपर्दछ । त्यसपछि त सबै ठिक हुदै आईहाल्छ नि । 

कालीदासले रेस्टुरेन्टका साउजीलाई सल्लाह दिने मौक़ा त पाएन । आज समय पनि मिलेन त्यसमाथी अलिअलि कमाएपछि हामीजस्ता "विद्यार्थी"को कुरा के सुन्थ्यो होला भनि मनमनै गुनगुन गर्छ । तर आफुले आफुलाई चाही  सल्लाह दिन्छ , आफु चाही जुनसुकै हालतमा पनि त्यस्तो (अघिको साउजीको जस्तो तरिकाले ) नबन्ने अठोट गर्दछ । 

क्रमस । 

Wednesday, 23 December 2015

कथा अनि व्यथा भाग १४ " जापानमा नेपाल चिनाउने अवसर। "

कालीदास जापान आऊदा नेपालमा माओवादीहरुको जनयुध्द चलिरहेको थियो । सरकार पक्क्ष र माओबादीहरुका बिच बार्ताको प्रक्रिया पनि अगाडी बढीरहेको थियो । २००६ माँ चाही राजा ज्ञानेन्द्रले प्रतक्क्ष शासन चलाईरहेको समय थियो । २००६ का अन्त्य तिर चाही लामोसमय देखी प्रयास गर्दै आएको माओबादी र सरकार पक्क्ष बिच शन्तीसम्झौता भई  दशबर्ष सम्म चलिआएको माओबादीको जनथुध्दको अन्त्य हुन्छ । 

नेपालमा नया लहर छाएर आउछ । लामों समयदेखी चलिआएको जनयुध्दको अन्त्यले नेपाल अब त बिकासको दिशातिर उन्मुख हुन्छ की? अब त नेपालीहरु कामगर्नको लागी बिदेश जानु त पर्दैन की ?? नेपालमा रहेका युबा जनशक्तीले नेपालमा नै काम पाउछनकी?? नेपालमा बिदेसी लगानीहरु धेरै भन्दा धेरै भित्रीन्छकी ?? भन्ने जस्ता आशाहरु प्रर्तेक नेपालीहरुको मनमा छाईरहेको हुन्छ । 

कालीदास आफु बिदेशमा भएतापनि आफ्नो देशलाई केही गर्नु पर्छ है भन्दै । जापानमा हुने नेपाली कार्यकर्महरुमा सहभागीता जनाउदै जान्छ । 

दैनिकी त सधै झै बिहान ऊठने - विश्वविद्यालय जाने - आरुबाईतो ( पार्ट टाईम जब ) जाने सरकलमा नै बितीरहेको हुन्छ । 

पहिलो बर्ष सकाएर विश्वविद्यालयको दोस्रो बर्षमा प्रबेश गर्न लागेको बेलामा फेरी नेपालमा राम्रो राजनीतिक परिवर्तन आऊछ । माओवादीहरु नेपालको अंतरिम सरकारमा प्रबेश गरी राजनीतिक मुख्यधारामा आउछन । 
कालीदासको मनमा पनि धेरै हर्सोल्लास छाउछ । अब त  नेपालीहरुले अकालमा ज्यान गुमाउन पर्दैन होला । अब त केही राम्रो हुन्छ होला भन्ने सोचहरु मनमा आउछन  । 

कालीदास पनि आफुले जापानबाट सिक्नेकुराहरु छिटो सिकीसकेसम्म नेपाल फर्कनु पर्छ भन्ने मन बनाऊछ ।राजनितिकरुपमा पनि आगाडीबडीरहेको नेपाल , आफ्नो देशलाई केहीगर्नु पर्छ भन्ने सोचका साथ दिनचर्या बित्दै जान्छन  ।

विश्वविद्यालयमा पनि दोस्रो बर्षमा प्रबेश गरीसकेको हुन्छ । पहिलो बर्षमा चाही जापानी भाषा राम्रो बनाऊने भन्ने लक्क्ष लिई अगाडी बढेको हुन्छ । दोस्रो बर्ष चाही पढ़ाई त भै हाल्यो । आफु जन्मेको देश नेपाललाई पनि चिनाऊने कार्यक्रमहरु शुरु गर्ने , कोकुसाई कोर्यु (बिदेश सम्बन्धी )का कार्यकर्महरु गर्ने , पढ़ाई पनि राम्ररी नै अगाडी बढाउने जस्ता बिषयहरुलाई बढि प्राथमिकता दिने ऊधेश्यका साथ अगाडी बडने अठोट गर्दछ ।  

 नेपालबाट जापान आएका राजदुत त एउटा मात्रै हुने हुनु भयों । हामी सबै नेपालीहरुले आफुलाई एकप्रकारले नेपालको राजदुत नै सम्झनु पर्दछ । नेपाललाई आँच आउने कुरा गर्नु हुदैन बरु एक जना मात्र किननहोस नेपाल मनपराऊने जापानी बनाउनु पर्छ - बडाउनु पर्छ । भन्ने कुरा आफुले पनि गर्दछ र आफ्ना मिल्ने साथीहरुलाई पनि त्यही सल्लाह दिन्दै अगाडी बडीरहेको हुन्छ । 

विश्वविद्यालयमा पनि नेपाल सम्बन्धी जानकारी दिने कार्यक्रम पनि गर्दछ । सुरुमा त त्यती धेरै आशपनि गरेको हुदैन तर घेरै भन्दा धेरै जापानीहरु कार्यकर्ममा आउछन ।

नेपाल भनेर चिन्नेहरुपनि थिए तर कार्यकर्ममा आएर पहिलो पटक नेपालको बारेमा थाहा पाए भन्ने ! एभरेस्ट नेपालमा पर्दों रहेछ है भन्ने ! भगवान गौतम बुद्ध जन्मेको देश नेपाल हो भनेर पहिलो पटक थाहा पाए भन्ने ! पोखरा भन्ने ठाऊ कति राम्रो रहेछ जाउ जाउ लाग्यो भन्ने ! नेपालमा केहीपनि छैनहोला (गरिबहरु बढी छनहोला )भनेको त उल्टो पाए भन्नेहरु धेरै भेटीन्छन । 

कालीदासलाई सारै खुसी लाग्दछ । आफ्नो नेपाललाई , आफु जन्मेको देशलाई केही त गर्न सके जस्तो लाग्छ ।

क्रमस 

Saturday, 12 December 2015

कथा अनि व्यथा - १३ ‘अनि आरुबाइतो कमगरि पढाईमा लागियो’



कालीदासको एक्लो जिबन सुरु हुन्छ । एक्लै बस्दाको राम्रो पक्ष र नराम्रो पक्ष दुबै हुन्छन । बल्ल आएर कालीदासलाई यस्ताकुराहरु थाहा हुदै आऊछ। एक्लै बस्दा सम्पुर्ण कामकाज आफैले गर्नुपर्ने हुन्छ ।

शिक्षित हुनु, पढाईलाई जोड़ दिनु भनेको आफ्नो जिबनको दिशानिर्देश गर्नु मात्र नभएर

आफ्नो भबिस्यमा बन्ने परिबारको सफलता र आफु जन्मेको देशको सफलतासंग पनि जोडिन्छ होला जस्तो लाग्छ कालीदासलाई

र आफनो पढाईलाई प्राथमिकता दिने कुरामा जोड़ दिन्छ ।

बेलुका काम गर्ने भएकाले बिहानको ८ बजेसम्म त काम नै हुन्थ्यो। त्यसपछि घर फर्की केही समय आराम गरि फेरी दाईगाकु जानुपर्दथ्यो । करिब दिउसोको ३ बजे सम्म पढ़ाई गरि घर फर्की सुत्ने गर्दथ्यो । बेलुका ६ बजे तिर ऊठेर नुहाई धुबाई गरि फेरी काम गर्न जानेगर्दथ्यो ।



दिन बितेको त थाहा नै पाऊदैन थियो । पढ़ाई-घर-काम-पढ़ाईको साईकलमा प्रत्येक दिन दौडिरहेको हुन्थ्यो । दाईगाकुको फ़ी पनि तिर्नु पर्यो, गरिब बाऊको छोरा भएकाले गर्दा आफ्नो फ़ी आफै तिर्नु बाहेक कुनै ऊपाए थिएन । तर राती काम दिऊसो दाईगाकु जाने अनि फर्केर आएर सुत्ने भएकाले अरु मान्छेहरु भन्दा ठिक बिपरित दिन बिताईराखेको हुन्छ । रातीकाम गर्नु स्वास्थ्यको हिसाबले पनि राम्रो जिबनसैली हुदैन।



दाईगाकु छिर्नेबितिकै पनि सोचेको कुरा हो हुन त, कालीदासलाई आफु जापानी भाषा राम्रो बनाऊनु पर्छ भन्ने कुरा पनि मनमा लागीरहेको हुन्छ। त्यसको लागी किताबी किरो मात्र भएर नहुने । जापानी साथीहरुसंग बढ़ी धुलमुल गर्नु पर्ने पनि, मनमा खेलाईराखेको हुन्छ । एक-दुई हप्ता सोचेर आरुबाइतो(काम)को तालिका परिवर्तन गर्दछ । शुक्रवार , शनिवार र आईतवार मात्र नाईट सिफ्ट (रातीको काम) गर्ने गरी मिलाऊछ। अरु दिन जापानी साथीहरुसंग घुलमिल गर्नको लागी समय छुट्टयाउछ । त्यस पछि अलि समय निकाली जापानी साथीहरुसंग घु म्न जाने, आफुले जानेको सिकाउने र जापानी साथीहरुसंग जापानी भाषा सिक्ने।



दाईगाकुमा पनि सकेसम्म जापानी साथीहरुसंग नै बस्ने, नबुझेका कुरा सोध्ने गर्दछ । साथसाथै राकुरोस भन्ने सरकलमा पनि छिर्दछ । सुरुसुरुमा गारो लाग्ने गरेको पढ़ाई पनि प्रयास गरेमा बुझीदोरहेछ भनेजस्तो लाग्न थाल्छ । दाईगाकु लाईफ़मा बानी परेर हो की जस्तो लाग्छ कालीदासलाई । दिनहरु बित्दै जान्छन । कालीदास पनि आरुबाइतो-घर-दाईगाकुको पढ़ाई-साथीहरुसंग घुम्ने, यहीकुराहरु दिनप्रतीदिन दोहोरीरहन्छन ।



पहिलो बर्ष अलि गारो भएतापनि परीक्षामा रामों नम्बर लिएर आऊछ र भाग्यबस छात्रवृति पनि पाऊछ । आरुबाइतो मात्र धेरै गरेको भए, काम मात्र गरिन्थ्यो होला। पढाईमा समय दिन सकिदैनथ्यो होला। त्यसो भएपछि त छात्रवृति पनि पाईदैन थियो होला । त्यसैले आरुबाइतो घटाएको र जापानी भाषाको पढाईमा जोड दिएको कारणले यस्तो छात्रवृति पाएको हो जस्तो लाग्छ उसलाई । शिक्षित हुनु, पढाईलाई जोड़ दिनु भनेको आफ्नो जिबनको दिशानिर्देश गर्नु मात्र नभएर आफ्नो भबिस्यमा बन्ने परिबारको सफलता र आफु जन्मेको देशको सफलता संग पनि जोडिन्छ होला जस्तो लाग्छ कालीदासलाई र आफनो पढाईलाई प्राथमिकता दिने कुरामा जोड़ दिन्छ ।



अहिले पैसा कमाउने कुरामा मात्र जोड़ दिने, पढाईमा ध्यान नै नदिने हो भने त पैसा त कमाईएला त्यो पनि दाईगाकुको फ़ी तिर्दा नै ठिक्क हुन्छ । अनि यताको न उताको भईन्छ । आफनो बाक़ी ज़िन्दगी अध्यारो हुन्छ त्यसैले पढनुपर्छ । अहिले नै पैसा कमाउने मन छ भने पढ़ाई छोडीदिएर पैसा कमाउदा ठिक हुन्छ, भनेर सल्लाह दिनुभएको एउटा दाईको कुरा सम्झन्छ।

अनि कालीदासले आफु पनि पढाईमा नै जोड़ दिन्छ र आफ्ना मन मिल्ने साथीहरुलाई पनि त्यही सल्लाह दिन्छ ।

क्रमस….

कथा अनि व्यथा - १२: “सहयोगी जापानी पनि भेटिए”



पहिला दिनहरुमा रिस्यु तोरोकु (आफुले पढने बिषय रोज्ने प्रक्रिया) गरिसकेको हुन्छ । कुन दिन कति बजेसम्म कुनकुन कक्षा (लेक्चर ) लिने भन्ने तालिका बनाईसकेको हुनाले आउने दिनहरुमा त्यही तालिका अनुसार पढने, बेलुका आरुबाइतो (पार्टटाईम जब) गर्ने, शनिवार र आईतवार बिदा हुने हुनाले जापानी साथीहरुसंग घुलमिल गर्ने तयारी गर्छ।

केईजाई गाकुबु केईजाई गाक्का(अर्यशास्त्र बिषय)आफ्नो प्रमुख बिषय बनाएको हुन्छ । दाईगाकुको पहिलो बर्ष त जापानी साथीहरु बनाऊने, जापानी भाषा (खान्जी- चाईनिज क्यारेकटर)अलि गहिरो रुपमा सिक्ने कुरालाई धेरै जोड़ दिन्छ ।

पहिलो बर्षको सुरुसुरुमा त सधैजसो दाईगाकु(विश्व विद्यालय) गएतापनि सरले पढाएको पाठ राम्ररी बुझ्न सकिराखेको हुदैन। भाषा स्कुलमा पढेतापनि दाईगाकुका शिक्षकले पढाएका कुराहरु बुझ्न घेरै गारो महसुस गर्छ । सधैजसो कक्षा अगाडीको मेचमा ग़एर नै, लगनशील भएर नै पढेको हुन्छ तर अर्काको भाषा त्यति सजिलै त काहा आऊथ्यो र । जापानी भाषा स्कुलमा पढदै नपढेका, सुन्दै नसुनेका शब्दहरु बढी प्रयोग हुनेहुनाले घेरै परिश्रमको आबस्यकता पर्दछ ।

देन्सी जिज्सो(बिधुतीय शब्दकोष)हेरीहेरी शिक्षकहरुले पढाऊनु भएका पाठहरु बुझ्ने प्रयास गर्दछ । सुरुसुरुमा त गारो हुन्छ तर प्राक्टीस मेक मेन प्रफेक्ट भन्या जस्तै गर्दै जादा बुझ्दै गईदो रहेछ भन्ने कुराको ज्ञान पनि हुन्छ कालिदासलाई । कालीदास दाईगाकु शुरु भएको केही महिनामा डेरा सर्नकोलागी तयारी गर्छ। त्यतिबेलासम्म त जेनतेन गरि नातेदारहरुसंग बस्दै आएको हुन्छ। नातेदारको घरबाट दाईगाकु धेरै टाँडा भएको र कालीदास आफुमा नै निर्भर हुनको लागी दाईगाकु नजिकै कोठा खोज्न शुरु गर्दछ।

त्यों समयमा बिदेशीहरु धेरैकम भएकाले जापानीहरु सितीमिती बिदेशीहरुलाई कोठा दिदैनथिए । त्यसमाथि दाईगाकुको नजिकै कोठा खोज्न गएको, कुनै फुदोसान (रिएलस्टेट कम्पनी)ले गाईकोकुजिन ओकोतोबारी (हामी बिदेशीहरुलाई कोठा दिदैनै)भनेर भन्छन, कुनैले छिर्ने बितिकै डेडा-आखाले हेर्छन, कुनैले कोठा खोज्न त खोजीदिने सारै पुरानो कोठा मात्र देखाऊने त्यों कोठा कालीदासलाई मन पर्नेकुरा पनि आएन।

कोठा खोज्दा सारै दुख पाऊछ । ताकाहाताफुदो (टोकियोको ठाऊको नाम) भन्ने ठाऊ अलिकति गाउ भएकाले फुदोसान र बिदेशीहरुसंग त्यति घुलमिल नहुने हुदो रहेछ । त्यही कारणले बिदेशीलाई बिश्वास नगरेको हो की जस्तो लाग्छ। टोकियोको सेन्टर्ल एरियामा बिदेशीहरु पनि बढि बसोबास गर्ने हुनाले, ताकाहाताफुदो भन्दा अलि सजिलो प्रकारले कोठा पाईन्छ की भनेर त्यता तिर लाग्छ ।

मेदाईमाए (टोकियोको ठाऊको नाम)मा ग़एर त्याहाको फुदोसानसंग कुराकानी गर्छ । कालीदाससंग कुरा गर्ने केटा मान्छे पनि अमेरीका पढेर आएको रहेछ । आफु पनि अमेरीकामा घेरै दुख पाएको त्यसैले जापानमा रहेका बिदेशीहरुको समस्या धेरै बुझेको छु भनेर भन्छ । कालीदासलाई जापानमा नराम्रा मात्र हैन राम्रा, बिदेशीहरुका दुख बुझेका जापानीहरुपनि धेरै रहेछन भन्ने लाग्छ । त्यही फुदोसान मार्फत ताकाहाताफुदो (दाईगाकु नजिकै कोठा) खोज्छ र पाऊछ पनि ।

२००६ को ९ महिनाबाट कालीदासको कोठामा एक्लो जिबन सुरु हुन्छ ।

क्रमस…

कथा अनि व्यथा-११: आरुबाइतोको समय घटाऊ, भाषा राम्रो बनाउ

आजको दिनबाट कालीदासको जापानी दाईगाकुसेई लाईफ़ शुरुहुन गईराखेको हुन्छ। गरीब देशबाद आएको कालीदासलाई सम्पन्न देशका युबाहरुको जिबनसैली नजिकैबाट बुझ्ने देख्ने मौक़ा पनि आएको जस्तो महसूस गर्छ कालीदासले ।


४ महिना २ गतेबाट दाईगाकु सुरु हुन्छ । २ गते ,५ गते ,७ गते नयाँ विद्यार्थीहरुकोलागि गाईडान्स गरीदिने दिनहरु हुन्छन । कालिदाश २ गते एक्लै दाईगाकुतिर जान्छ ।साथी कोहि पनि हुदैनन । जापानी भएको भए त याहानै जन्मेको हुर्र्केको हुनेहुनाले साथीहरुपनि धेरै हुन्थेहोलान । कालीदास एउटा गरिब देशबाद आएको नागरिक पर्यो ।
२००६ तिर त दाईगाकु जाने नेपालीहरु धेरै कम थिए । नेपालीहरुकै सन्ख्या धेरै कम थियो ।


येसैकारणलेगर्दा सुरुको दिनबाट साथीहुने कुरा पनि भएन । एक्लै कलेजजान अली नरमाइलो त लाग्छ ,तर के गर्ने जानु त पर्यो भनेर दाईगाकुपनि अलि टाँडा भएकोले बिहान बिहानै क़रीब ७ बजे तिर उठेर दाईगाकुको (हाचिओजि कलेज परिसर) तिर लाग्छ । बिहान ९ बजेबाट लेक्चरसुरु हुने भएकाले गर्दा आली छिटो जान्छ । ४ महिनाको २ गते देखि ६ गते सम्म नयाँ विद्यार्थीहरुको लागि गाईडान्सदिने दिन र रिस्यु तोरोकु(履修登録/आफुले पढने बिषय दर्ता) गर्न पर्ने पनि मिति तोकिएको हुन्छ ।


कालिदाश पनि पहिला कुन सेन्सेईले कस्तो पढाऊने रहेछन भन्ने क़ुरा बुझ्न गाईडान्स कक्षतिर जान्छ ।


जापानको दाईगाकु पहिलो पटक गएको ,दायाँ-बायाँ केहि पनि थाहा हुदैन कालिदासलाई तर पनि सोध-पुछ गरि गाईडान्स कक्षसम्म पुग्छ । केहीपनि नजानेको भएरहोला कालीदासलाई मनमनै खुलदुल लागीराखेको हुन्छ । सम्योग भन्नेकी के भन्ने गाईडान्स कक्षमा कालिदाशले आफु जस्तै अरुविद्यार्थीहरुलाई पनि भेटने मौक़ा पाऊछ ।


कोरियाको ,चिनको ,साउदीअरेबिया ,टर्की ,ताईवानका विद्यार्थीहरुसंग परिचय पनि गर्दछ । दुबैजना बिदेशी भएको कारणले गर्दा पनि होला घुल-मूल हुन सजिलो हुन्छ कालिदाशलाई । जानेको कुरा सेयर गर्ने अनि नजानेको कुरा नयाँ साथीहरुसंग सोधपुछ गर्दछ । पहिलो दिन दाईगकुको गाईडान्स सुन्नेमात्र काममा सिमीत हुन्छ ।
पहिलो दिन दाईगाकुबाट फर्कने क्रममा रेलभित्र घेरैकुरा हरु सोच्दछ। नेपालको दाईगाकु र जापानको दाईगाकुमा पनि धेरै फरक पाएको महसूस गर्दछ । याहाको(जापानको) दाईगाकु धेरै सिसटम्याटीक (सबैकुरा कम्पुटराईज) गरिएको हुदा रहेछन , सम्पुर्ण कुराहरु स्टेप बाई स्टेप हुदारहेछन भन्नेकुराहरु पहिलो दिनमानै महसूस गर्दछ ।


तर के गर्ने पढाईमात्र गरेर भएन ।
धनिबाउको छोरापनि परेन कालीदास।


घर फर्की बेलुका इन्टरनेटक्याफेमा काम तिर लाग्छ । बेलुका ११ बजेबाट बिहानको ८ बजेसम्म इन्टरनेटक्याफेमा काम मिलाएकोहुन्छ । बेलुकाकाम दिऊसो पढ़ाई गरने तालिका बनाएको हुन्छ कालीदासले ।


कर्मिक रुपमा दोस्रो दिन पनि आउछ। दोस्रो दिनमा हिजो भेटेको टर्कीका साथीहरुसंग संगै समय बिताऊछ । रिस्यु तोरोकु(履修登録/आफुले पढने बिषय दर्ता) गर्दछ । अनिबार्य लिनु पर्ने बिषय र रोज्न पाउने बिषय दर्ता गर्ने प्लान बनाएर सम्बन्धित सेन्सेइको क्लास ट्रायल (बुझ्न) गर्न जान्छ । जाँचबुज गरी प्रमुख बिषय र अन्य सम्बंदित बिषयको पनि दर्ता प्रक्रियापुरा गर्दछ । प्रमुख रुपमा केईजाईगाकु (इकोनोमिक्स) र केइएइगाकु (म्यानेजमेन्ट) बिषय पढने निर्णय गर्दछ ।


कालीदासलाई पहिला जापान कसरि यहाँ सम्म आइपुग्यो त भन्ने कुरा सिक्नु छ , अनि म्यानेजमेन्ट गर्ने तरिका पढने विचार पनि हुन्छ । यसैले गर्दा इकोनोमिक्स र म्यानेजमेन्ट बिषय रोज्दछ ।


दोस्रो दिन पनि गाईडान्स सुन्ने र आफुले पढने बिषय दर्ता गर्दानै सकीन्छ । दोस्रो दिन पनि फर्किने रेलमा आफुले अब बिदेशी साथीहरु भन्दा जापानी साथी हरु धेरै बनाउदा राम्रो हुने हो की भन्ने कुराहरु मनमा खेलाई राख्दछ ।


जापानको दाईगाकुमा पढनको लागि जापानी भाषा राम्रो हुनु पर्छ अनि जापानी राम्रो हुनको लागि किताबी किरो मात्र भएर पुग्दैन । जापानीहरुसंग धेरै घुल-मेल गर्न पर्छ भन्ने ठान्दछ । बिदेसीसाथी बढ़ी भयोभने बिदेसी भाषामात्र बोलिने होकी भनेर भोलिदोखीनै जापानीसाथी धेरै बनाऊने अठोट गर्दछ ।
तेस्रो दिनबाट आफुले दर्ता गरेको बिषय पढन क्लासरुम तिर जान्छ। सबै भन्दा आगाडी गएर बस्दछ । क्लासमा धेरै थरिका विद्यार्थीहरु देख्छ । कुनै हाजिर मात्र गर्न आउने अनी फर्केर जाने ,कुनै क्लास मा नै नाआउने ,कुनै आएर पनि अरु साथी हरुसंग घुल-मेल गर्न नचाहने ,कुनै पछाडी बसेर सुत्ने ,कुनै चाही आफ्नो समुहका साथीहरुसंग कुराकानीमात्र गर्ने
गरेको देख्दछ । १०० जनाको क्लासमा सबैभन्दा अगाडी बसेर पढने विद्यार्थी कालीदास र ४-५ जना मात्र हुन्छन । कालीदासलाई अचम्म लाग्नसुरु हुन्छ ।


पछाडी बसेर सुत्ने साथी हरु त जापानी भाषा स्कूल मा पनि धेरै देखेकोले गर्दा खासै आचाम्म मान्दैन तर पनि कलेज आइसकेपछि पढन पर्छ भन्ने कुरा मन-मनै खेलाई राखेको हुन्छ ।बेलुका चाही आरुबाईतो गर्ने हुनाले ,कलेजमा जाने क्लास लिने मात्र ,जापानी साथी हरु संग घुम-घाम गर्न तेती समय मिल्दैन कालिदाश लाई ।


जापानी भाषा राम्राे बनाउनको लागी आरुबाइतोको समय धटाऊने अनी साथीहरुसंग घुम्ने समय बढाउनेहो की भनेर सोच्दछ ।




क्रमस

कथा अनि व्यथा भाग-१० : जापानमा जो पनि साथी बन्छ



नजिकैको जिदोहानबाइकिबाट कफी झारेर सुकुराको रुखको तल बस्छ । त्यति बेला एउटा अरुको बिदेशी पनि त्यहाँ आउछ ।

फुलेको साकुराको तस्वीर लिन्छ र मेरो छेउमा नै आएर बस्दछ ।

सन २००६ को ४ महिनाबाट दाइगाकु जानु पर्ने । ३ गते न्यूगाकुसिकीमा जानुपर्ने हुन्छ। एउटै दाइगकुमा जाने नेपालीसाथीहरु पनि थिएनन, टोक्यो कुदानसीतामा भएको निहोनबुदोखानमा न्यूगाकुसिकी हुनु गैरहेको हुन्छ । कालिदासलार्इ त केहि पनि थाहा हुदैन (कसरि जाने, कस्तो कपडा लगाउने, कहाँ जाने)। जापानी भाषा स्कूलको सेन्सेइहरुसंग परामर्स गर्दछ । सेन्सेइहरुको सल्लाह सुनी न्यूगाकुसिकीको दिनमा सुट लगेर जाने निर्णय गर्दछ।

निहोनबुदोखान बिहान १० बजेबाट योजना गरिएको हुन्छ । न्यूगाकुसिकीको अघिल्लो दिन कालिदासको मनमा धेरै खुल्दुल भएर होला त्यति निद्रf लाग्दैन । त्यसैले होला बिहान-बिहानै ब्युजीहाल्छ । नातेदारसंग बस्दै आएकोले गर्दा बिहान-बिहान नातेदारको निद् खलबल नहुने गरी नुहाई-धुवाई गरि, लुगा (सुट) लगेर न्यूगाकुसिकीको स्थल तिर जान्छ ।

कुदानसिता एकिमा करिब ९ बजे तिर पुगीसक्दछ । न्यूगाकुसिकी सुरुहुने समय १० बजे बाट भएको र आफु अलि छिटो न्यूगाकुसिकी को स्थानमा पुगेको ले गर्दा, येसो बाहिर, निहोन बुदोखनको छेउ-छउ घुम्ने निर्णय गर्दछ । आफ्नो आगाडी साकुराका रुखहरु देखिन्चन । हारुको समंप्ति र नाचूको सुरुवात हुने समय भएकोले गर्दा साकुराका रुखहरुमा साकुरा फुलेको समय थियो । आफ्नो सुरु हुनालागेको नया जिबन(दैगकु जिबन)को सुरुवातलाइ स्वागत गरेको जस्तो लागेछ कालिदासलार्इ । नजिकैको जिदोहानबाइकिबाट कफी झारेर सुकुराको रुखको तल बस्छ । त्यति बेला एउटा अरुको बिदेशी पनि त्यहाँ आउछ । फुलेको साकुराको तस्वीर लिन्छ र मेरो छेउमा नै आएर बस्दछ ।

हेर्दा केरी त जापानी जस्तो थियो । म जस्तै सुट मा आएको थियो, झोला पनि थियो। जापानी होला भन्ठानेर कालिदाश कहिँ पनि बोल्दैन । तर केहि समाए पछि त्यो मान्छे ले नै ” तपाई रयूगाकुसेइ हो भनेर प्रस्न सोच्छ। कालिदासले पनि ” हजुर हो ” भनेर जबाफ दिन्छ । अनि “तपाई पनि रयूगाकुसेइ हुनुहुन्छ भनेर प्रस्न गर्दछ। त्यो मान्छेले पनि राम्रो जापानी भाषामा हजुर म पनि रयूगाकुसेइ हो भनेर भन्छ। उ पनि कालिदास जाने दाइगाकुको न्यूगाकुसिकीमा सामेल हुन आएको थाहा हुन्छ। एक्लै आएकोले गर्दा साथी पनि भेट्छ । उ चिनबाट आएको रयूगाकुसेइ रहेछ, येही ४ महिनाबाट दाइगकु जाने रहेछ ।

कुरा गर्दै गर्दा ९:५० जति भैसकेको हुन्छ । दुबैजना संगै निहोन बुदोखानमा जन्छन । निहोन बुदोखानमा पुग्दा त बुदोखानको एरिया सबै विद्यार्थीहरुले भरिएका थिए । सबैजनाको आनुहारमा आशा र चिन्ता भएको जस्तो देखीन्थ्यो । कालिदासको अनुहारमा पनि अरु विद्यार्थीहरुजस्तै आफ्नो भबिस्य प्रतिको आशा र चिन्ता देखीन्त्यो । गेस्टहरुमा जापानको राजीनितिक पार्टी (कोकुमिंन सिनतोक खामेइ सिजुकाज्यु)पनि आउनु भएको हुन्छ ।

रात-दिन जापानको टेलीविजन मा आउने मान्छे लै पनि न्यूगाकुसिकीमा देख्दा कालिदाश पनि दंङ्ग पर्दछ । अनि जापानी विद्यार्थीहरु पहिरन हेर्दछ। कोहिको कपाल रातो, कोहिको पहेको, कोहिको त के रंग हो खै थाहानै नहेने जस्तो हुदछ । कालिदास दङ्ग पर्दछ । जापानीहरु येस्तै होलान नि भनेर अगि भर्खर भनेको चीनको साथीलाइ सोद्दछ । उसलाई पनि मा पनि दङ्ग परि रहेछु भनेर भन्दछ । त्यस्तै रुपमा कार्यकर्म आगाडी भद्दै जान्छ । कार्यकर्ममा के भै राखेको छ भन्ने कुरा सबै बुज्न कालिदास सक्दैन ।

येस्तै कर्ममा समय बित्दै जान्छ । कार्यकर्म पनि सकिन्छ । सबैजना फर्किन तिर लाग्दछन । अगिको चीनको साथीसंग बाहिर आउछ, बाहिर जाने कर्ममा पनि जापानी विद्यार्थीहरुको पहिरन, भेस-भूसाको अबलोकन गर्दछ। सबैजना पद्न दाइगाकु जना लागेको जस्तो देखिदैन ।

आफुले अहिले सम्म बोकेको जापान अनि जापानीको इमेज त एस्तो थिएन भनेर कालिदासले चीनको साथी संग कुरा गर्छ । साथीले भन्छ, हाम्रीहरु गरिब देशबाट आएको, हाम्रो आ-आफ्नो लक्ष्च्य हुन्छ त्यो मात्र ध्यान दिम एस्तो कुरा मा मा चाही त्यति ध्यान दिदिना भनेर भन्छ ।

कालिदास अगी भर्खर भेटेको साथीबाट पनि राम्रो सुजfभ पाएजस्तो लाग्दछ । यसपछि दुबैजनाले मोबाइल नम्बर आदान-प्रदान गरि आ-आफ्नो घर तिर फर्किन्छन ।

क्रमस:

जापानी शब्दहरु :
・न्यूगाकुसिकी:प्रवेश समारोह
・दाइगाकु:विश्वविद्यालय
・टोक्यो:सहरको नाम (जापानको राजधानी )
・कुदानसीता: टोक्यो भित्रको सहर को नाम
・सेन्सेइ:शिक्षक
・एकि:रेल स्टेशन
・जिदोहानबाइकि:vending मेसिन
・साकुरा:फुलको प्रकार
・रयूगाकुसेइ:बिदेशी विद्यार्थी
・कोकुमिंन सिनतो:जापानको एक राजनीतिक पार्टीको नाम
・खामेइ सिजुकाज्यु: जापानका एक नेताको नाम
・बुदोखान:कुदानसीतामा भएको पुरानोभवनको नाम

कथा अनि व्यथा भाग- ९, “मेहनतको फल”



दाईगाकुको न्युसी सिकेंनको दिन पनि आउछ । बिहान १० बजे सिकेंन सुरु हुने भएकोले बिहान-बिहानै उठेर दाईगाकुको हाचीओजि क्याम्पस तिर लाग्दछ । गर्नुपर्ने तयारी सबै गरेको भएतापनि कालिदासको मन डराईरहेको हुन्छ । नहिडेको बाटो हिड्दा जति कौतुहालत हुन्छ। त्यस्तै जापानको दाईगाकुको परीक्षा कहिले न-देखेको, न-हेरेको हुदा एकातिर डर एकातिर आशा लिएर क्याम्पस कक्ष्य तिर जान्छ। एक्लै गएको हुदा कसरि-कहाँ जाने भने कुरा पनि थाहा हुदैन । त्यसमाथि हाचीओजि भन्ने ठाउँ पनि पहिलो पटक गएकोले गर्दा, टोक्यो नभई, अरुनै कुनै ठाउँमा गए जस्तो लाग्दछ । तर नजानेको कुरा वरिपरिका जापानी साथीहरुलाई सोधी-गरि क्याम्पस कक्ष्य सम्म पुग्दछ ।

हाचीओजि भन्ने ठाउँ टोक्योमा भएर पनि टोक्यो जस्तो लाग्दैन कालिदासलाई । जापानी भाषा स्कूल पनि टोक्योको केन्द्रमा भएको, आरुबाइतो पनि टोक्योको केन्द्रीय क्षेत्रमानै भएकोले गर्दा हाचीओजि जादा कता-कता अरुकै प्रान्त गरेजस्तो लाग्छ।

न्युसी सिकेंन १० बजेबाट भएकोले गर्दा, केहि समय दाईगाकुको क्याम्पस कक्ष्यमा रहेको जिदोहानबाइकीबाट चिया किनेर, आउने आफूजस्तै अरु विद्यार्थीहरुलाई हेरिराखेको हुन्छ। कसैको अनुहारमा खुशी देख्छ, कसैको अनुहार चिन्ताले भरिएको देख्छ र कसैको अनुहारमा आशाले भरिएको देख्छ । सबैजना आफ्नो नयाँ जिबनको सुरुवाद गर्न क्याम्पस कक्ष्यमा आइरहेको जस्तो देखिन्छ । परीक्षाको समय पनि नजिकिदै जान्छ । कालिदास पनि परीक्षा कक्ष्य तिर लाग्छ । सुरुमा हिक्किसिकेंन अनि स्योरोन्बुन त्यसपछि मेनसेचु दिनु पर्ने हुन्छ।

१० बज्छ, परीक्षा पनि सुरु हुन्छ, सुरुमा हिक्किसिकेंन दिन्छ त्यसपछि स्योरोन्बुन पनि लेख्छ। जापानी भाषामा लेक्नु पर्ने हुनाले आली गारो त हुन्छ, देन्सीजिस्यो हेर्न पाउने नियम भएकाले नजानेको खान्जी शब्द देन्सीजिस्यो हेरी-हेरी लेख्छ।

त्यसपछि मेनसेचु पनि सुरु हुन्छ। मेनसेचुदिनु भन्दा अगाडी “सेन्सेइहरुले आफूमाथि गरेको सहयोग र लिएको आशा”, “नेपालमा हुने आमा-बुवाको आशा र चाहना” अनि आफ्नो लक्ष्यलाई एकपटक सम्झना गर्छ । त्यसपछि मेनसेचुमा भिडछ। ५-१० मिनेटको मेनसेचु हुन्छ । आफु कहाँबाट आएको, किन आएको र भबिस्यमा के गर्न चाहने र किन यो दाइगाकुमा पढन चाहेको सबै कुरा छोटकरीमा बताउछ । करिब १० मिनटसम्म प्रष्न-उत्तर चल्दछ।

त्यसपछि सबै परीक्षा सकिन्छ, कालिदास पनि मन हसिलो पार्दै घर तिर फर्कने तयारी गर्दछ। सबै भन्दा पहिला जापानी भाषा स्कूलको सेन्सेईलाई फोन गर्दछ । कालिदासले हसिलो मुद्रामा फोन गरेर होला सेन्सेई पनि खुशी हुन्छन र आग्रिम बधाई दिन्छन ।

आफु एक्लै गएको हुनाले साथीहरु पनि नभएकोले गर्दा कालिदास केहि समय क्याम्पस कक्ष्य वारी-परि घुमी, क्याम्पस गेटबाट लाग्ने बसबाट ताकाहाताफुदो एकि सम्म जान्छ । अनि घर फर्की, सदैझैँ आरुबाइतो तिर लाग्छ ।

भोलिबाट फेरी जापानी भाषा स्कूल अनि आरुबाइतोको रुटिंग सुरु हुन्छ।

जापानी भाषा स्कूलका साथीहरुसंग बिताउने समय पनि कम हुदै आएकोले, समय मिलाएर सबै जनासंग कुराकानी गर्दछ।

श्री-लंकाको एउटा साथी ले भन्छ “अब जापानी भाषा स्कूल पनि सकिन लग्यो, दाईगाकु तिर पनि सेन्मोङ्गाक्को पनि जना सकिन, जापानी केटिसाथी (गर्ल फ्रेन्ड) संग बिहा गर्छु होला यार “। कालिदासले पनि “तिम्रो ज़िन्दगी हो यार तिम्ले जे राम्रो ठान्छौ तेही गर भनेर भन्छ”।

अनि अर्को चीनको साथी भन्छ ” म त दाईगाकु जान्छु, चिबामा भएको दाईगाकुमा जाच दिएर आएको छु , कस्तो रिज़ल्ट आउछ खै ?”, कालिदासले भन्छ ” राम्रो यार, म पनि हातिऒजिमा भएको दाईगाकु जाने विचार गरेको छु , आस्ति भर्खर जाच पनि दिएर आए, कस्तो रिज़ल्ट आउछ थाहा छैन”।

बंगलादेशको साथीले फेरी एस्तो भन्छ “कालिदास म त आकिहाबारा सेन्मोङ्गाक्कोको प्रबेश परीक्षा पास भए नि, अब म आइटी पढछु अनि भबिस्यमा बंगलादेश फर्केर देशमा केहि गर्छु”। यो साथीको कुराबाट कालिदास पनि आफ्नो देशको लागि केहि त गर्नु पर्छ भन्ने सोच बनाउछ।

अनि फेरी एउटा कोरियाको साथी यस्तो भन्छ ” म त यार, जापानी भाषा पढन मात्र जापान आएको, अब १-२ महिनामा नै कोरिया फर्कन्छु, बुवाको कम्पनीमा काम गर्छु “। कालिदास पनि यो कोरियाको साथीको कुरा सुनेर आफुपनि आफ्नै देशमा बस्न पाए, बुवा-आमा, पहिला देखिको साथीहरुसंग हासी-खेली समय बिताउन पाए भन्ने सोच्दछ अनि यो साथी लै ” अहिले सम्म संगै पढन पाएकोमा रमाइलो भएको र अबका सगै बिताउने समय पनि कम भएको आइने दिनहरुमापनि नकायोकु सियो ने भनेर भन्छ ।

समय बित्दै जान्छ । दाईगाकुको रिज़ल्ट आउने दिनहरु पनि नजिकिदै जान्छ । यता जापानी भाषा स्कूलमा बिताउने बाकि समय पनि कम हुदै गैरकेको हुन्छ । दिनहरु बित्दै जादा, दाईगाकुको रिज़ल्ट पनि आउछ, मनमा ढुक-ढुकी बडदै जान्छ । फेल भए भने के गर्ने होला भन्ने कुरा पनि सोच्दछ । अनि चिठी खोल्छ, चिठी भित्र “तपाई पास हुनु भएको छ” भनेर लेखेको हुन्छ । सबभन्दा पहिले जापानी भाषा स्कूलको सेन्सेईलाइ नै फोन गर्दछ । सेन्सेईले पनि ” मैले भनेको थिए, तपाई पास हुनुहुन्छ भनेर, योक्कात्ताने, ओमेदेतो गोजाईमासु “भनेर भन्छ । त्यसपछि कालिदास खुसिका साथ साथीहरुलाई, जापानमा हुने नातेदारलाई, नेपालमा बुवा-आमालाई फोन गर्दछ।

तेसैगरी जापानी भाषा स्कूल म बिताउने समय पनि १ हप्ता मात्र बाकी हुन्छ, १ हप्तासम्म आरुबाइतो, अनि फुर्सदको समय जापानी भाषाका सेन्सेईहरु, साथीहरुसंग बिताउछ । पहिलाका दिनहरु याद गर्दै सेन्सेइहरुसंग खान पिउने, साथीहरुसंग पिउने गर्दछ।

सेन्सेईले पनि “終わりのない出会いがない/ओवरि नो नाइँ देआइ ग नाई / मिलन र बिछोड भनेको नै जिन्दगि हो” भनेर भन्नु हुन्छ । हेर्दा हेर्दै जापानी भाषा स्कूलको सोचुग्योसिकी पनि आइहाल्छ । त्यो दिनमा सबै जना साथीहरु, सेन्सेईहरु उपस्तित हुन्छन । जापानी भाषा स्कूलमा बिताउने आन्तिम दिन भएको ले गर्दा होला, सबैको आखामा आसु आएको जस्तो देखिन्त्यो, कालिदास पनि आखामा आसु लिएर कुडचीमा बसी राखेको हुन्छ । सबैजनाको नाम बोलाई प्रिन्सिपलले सोचुग्यो स्योस्यो हस्तान्तरण गर्नु हुन्छ । कालिदासका पनि पालो आउछ।

प्रिन्सिपलले बोलाउनु हुन्छ, कालिदास आखा भरि आसु गरि, स्टेज तिर जान्छ, प्रिन्सिपलले “नरोई नरोई भनेर भन्नु हुन्छ”। साढे एक बर्ष संगै बिताएको साथीहरुसंग छुटिनु पर्दा कालिदास मन नरमाईलो गर्छ, तेही समय मf एक जना सेन्सेईले “ओवारी नो नै देआइ ग नै/मिलन र बिछोड भनेको नै जिन्दगि हो” भनेर भन्नुहुन्छ ।

कालिदासले पनि मन मनै “जिन्दगि भनेको नै मिलन र बिछोड हो रहेछ ” भनेर सोच्दछ । नेपालमा हुदा पनि स्कूलबाट कलेज गइ, कलेजबाट जापान आइ गर्दा आफुले पनि धेरै मिलन र बिछोड गरेको महसुस गर्दछ।

सोचुग्योसिकीको सबै कार्य सकिएपछि सबैजना, सेन्सेइहरु, साथीहरु (सेंपाईहरु)मिलेर खाना खाना जfन्छन । जापानी भाषा स्कूलको अन्तिम दिन सारै रमाइलो तबर र बित्छ।

४ महिना १ बाट त दाईगाकु जानुपर्ने हुन्छ । त्यति समयसम्मको लागि जापानी भाषा स्कूल बिदा हुन्छ । कालिदास पनि दाईगाकु जनाको तयारी गर्दै गर्छ।

क्रमस:

(भाग १, , ३, ४, ५, ६, का लिंकहरु पनि तलको पेजमा राखीएको छ)

जापानी शब्दहरु : ・दाईगाकु:विश्वविद्यालय

・न्युसी सिकेन:प्रवेश परीक्षा

・हाचीओजि : टोक्योको ठाउँ को नाम

・खान्जी:चिनियाँ अक्षरहरू

・आरुबाइतो:पार्ट टाईम जब

・जिदोहानबाइकी: स्वचालित मिसिन

・स्योरोंबुन:निबंध

・मेनसेचु: अन्तरबार्ता

・देन्सीजिस्यो:इलेक्ट्रनिक शब्दकोश

・सेन्सेइ:शिक्षक

・तकाहाताफुदो:टोक्योको ठाउँ को नाम

・एकि:स्टेशन

・चिबा:जापानको कन्तो एरियाको ठाउँको नाम

・आकिहाबारा:टोक्योको ठाउँको नाम

・सेन्मोङ्गाक्को:व्यावसायिक स्कूल

・नकायोकु सियो: साथ दिनु (सहयोग गर्नु)

・योक्कात्ता ने ,ओमेदेतो गोजाईमासु: राम्रो भयो, बधाई छ

・सोचुग्योसिकी:स्नातक समारोह

・ओवरि नो नाइँ देआइ ग नाई:जिबन भनेको मिलन र बिछोड को खेल हो

・सोचुग्यो स्योस्यो:डिप्लोमा (प्रमाणपत्र)

・सेंपाईहरु:वरिष्ठ