Tuesday 27 December 2016

नेपाल भित्र नेपाली खोज्ने बेला आयो ! - बिसु (बिष्णु) भण्डारी

नेपाल भित्र नेपाली खोज्ने बेला आयो ! 


आजकल नेपालमाभन्दा बिदेशमा नेपालीहरु बढी भेटिन्छन । भन्नाको मतलब ज़वान, उर्जाशील युबा शक्ति, जो नेपाललाई केही गर्न सक्छ र त्योसंग शक्ति पनि छ, ती सबै बिदेशमा छन जस्तो लाग्छ मलाई । त्यसैले नेपालभित्र नेपाली खोज्ने बेला आएको छ जस्तो लाग्छ मलाई । म पनि करिब १३ बर्ष पहिला नेपालबाट पढाईको सिलसिलामा जापान आएको हुँ । नेपालमा छँदा बिहानको पढाई अनि दिउँसोको जागिर गर्ने गर्दथे । मलाई नेपालमा नै केही गर्न मन पनि थियो तर म जापान आए र अहिले पनि जापानमा नै छु, यहि काम गरिरहेको छु । त्यतिबेला नेपालबाट जापान आउँदा नेपालको राजनीतिक परिस्थिति पनि राम्रो थिएन, साथसाथै नेपालमा केही गर्न सकिने बाताबरण पनि थिएन र मलाई लाग्छ अहिले पनि छैन । 

       नेपालको राजनीतिमा जहिले पनि बुढापाकाहरुको हाबी छ । नयाँ पुस्तालाई केही सिक्ने मौका दिउ भन्ने नेताहरु त औलामा गन्नु पर्दछ । त्यसमाथि राजनीतिक अस्थिरता थियो । बिदेशमा ग़एर पढने भन्ने लक्ष्य पनि थियो र त्यो बेलाको राजनीतिक परिस्थितिले गर्दा पनि बिदेश आउन पर्यो मलाई । म जस्तै जबान युबाहरु एयरपोर्टको अध्यागमनमा लाम लागेको बसेका थिए । पक्कै पनि तिनीहरु बिदेश जानै हिडेका हुन । नेपाली युवाहरुको अहिलेको विडम्बना के हो भने प्रवेशिका वा १२ कक्षा पास गरेपछि १७-१८ बर्षकै उमेरमा कुन देश जाने होला भनेर ईन्टरनेटमा बुझ्न शुरु गर्दछन । सकेसम्म बिदेश जानुपर्छ भनेर बुबाआमाले नै त्यस्त तयारी गर्दछनु अनि त्यस्तै दृष्टिकोणको विकास गराउँछन । 

     यस्तो बाताबरण सिर्जना हुनुमा लामो समयदेखि नेपालको राजनीतिमा हालीमुहाली गरिरहेका ती बुढा नेताहरुको हात छ । देशको शक्तिलाई नेपालले किन रोक्न सकिराखेको छैन त ? काम गर्ने जाश, जाँगर र उमेर सकिएका विदेशीको इशारामा नाँच्ने कठपुतली नेताहरु बढी भएको, नेपालवादी, राष्टवादी नेता कम भएकोले आफ्नो देशभित्रको जनशक्ति बाहिर गैरह्को पत्तै पाएका छैनन् जस्तो गरी आँखा चिम्लिरहेका छन् । नेपालमा जनशक्तिको अभाव छ । 

       विकास निर्माणका काममा भारत, बंगलादेशबाट कामदार ल्याउनु परिरहेको छ एकातिर भने अर्कोतिर दैनिक दुई हजारका दरले युवाहरु विदेशिइका छन् । यी युबा जनशक्तिहरुले नेपालमा नै आफ्नो काम गर्न पाउने हो भने, नेपालले केही बर्षमा नै काँचुली फेर्नेछ । त्यसो त विदेश जानु हुँदैन भन्ने हैन तर, श्रम गर्नकै लागि मात्र जनसंख्याको ठूलो हिस्सा विदेश जान पक्कै पनि राम्रो हैन, अनि तिनीहरुले पठाएको रकमको सदुपयोग नगर्नु अर्को समस्या हो । यहाँ नीति निर्माण गर्ने, योजना बनाउने, कार्यान्वयन गर्ने सबै नालायकहरु मात्र छन् । योग्यता प्रदर्शन भनेको नेताका चाकडी गर्न मात्र जान्नेहरुको हालिमुहाली भएपछि कसको के लाग्छ ? हुन त बिदेशमा ग़एर सफल भएका नेपालीहरु पनि धेरै छन । 

      नाम गनेर साध्यै छैन । कसरी ती नेपालीहरुले बिदेशमा सफलता हासिल गरे होलान त । एक पटक सोचेर हेर्नुस त । न त भाषा आउँछ, न त त्यो देशको रहनसहन नै राम्ररी बुझेको छ, न त आफूसंग पूँजी नै बोकेर गएका छनु । तर उनीहरु मेहेनतले सफल भएका छन् । त्यो भनेको उचित वातावरण हो । कामगर्नेलाई प्रोत्सहन दिने नीति हो । विदेशमा लगनशील, केही गर्न चाहनेहरुलाई सहयोग गरेको छ । त्यसैले आफूले भाषा नबोले पनि, त्यहाँको बाताबरण नबुझे पनि, त्यो देशमा सफल हुन सकेका छन । त्यस्ता कुराहरुबाट नेपालले, नेपाली नेताहरुले पनि केही सिक्नुपर्ने अवश्था आएको छ । 

       बिदेशमा सफलता हाँसिल गरेका र गर्न सक्ने नेपालीहरुलाई स्थान दिएमा ती बिदेशिएका नेपालीहरु पक्कै पनि नेपाल फर्कनेछन र नेपालमाप नि सफलता हाँसिल गर्न सक्नेछन । केही गर हो नेता ज्युहरु ! हामीहरु स्वदेश फर्कन चाहिंरहेको छौ ।

नया भाग : कृपया केही दिन प्रतीक्षा गर्नुहोला !

Friday 23 December 2016

कथा अनि ब्यथा भाग ३८ : " जापानमा स्थाई काम खोज्न भन्दा आगाडी । "

कथा अनि ब्यथा भाग ३८ : " जापानमा स्थाई काम खोज्न भन्दा आगाडी । "

डेटा टाइपिङ कम्पनीबाट निकालिएपछि नयाँ पार्ट टाईम काम खोज्छ । तर, नपाएपछि छुट्टीको समय सदुपयोग गरी जब हन्टिनको तयारीतिर लाग्छ । जापानमा विश्वविद्यालयको चौथो बर्षमा प्रबेश गरेपछि मास्टर गर्न चाहानेहरुले त्यसको तयारी र जापानको कम्पनीमा काम गर्न चाहानेहरुले जापानको कम्पनीको इन्टरभ्यु लगायतका परीक्षाहरुको तयारी गर्ने गर्दछन् ।


कालीदास पनि जापान आएको करिब ६ बर्ष भैसकेको र एक्लो छोरा भएकाले घर परिबार पनि हेर्नुपर्ने, मास्टर गर्ने मन हुँदाहुँदै पनि जापानी कम्पनीमा काम गर्ने निर्णय गर्छ र त्यसको तयारीका लागि सुस्सोकु सपोर्ट (स्थायी काम खोज्न सहयोग गर्ने) कम्पनीमा जान्छ । हुन त विश्वविद्यालयमा पनि रिय्युगाकुसेय सपोर्ट सेन्टर (विदेशी बिद्यार्थीहरुलाई सघाउने सेन्टर) थियो तर सुस्सोकु सपोर्ट (स्थायी काम खोज्न सहयोग)गर्ने कम्पनीहरुमा केही सेबा पनि बढी पाइने भएकाले आफ्नो नाम दर्ता गराएको रहेछ । त्यसमाथि निःशुल्कमा सहयोग पाउने भएपछि के को चिन्ता ।


यो देशको सेवा त कुनै देशसंग तुलना गर्न नै मिल्दैन । नेपालको कुरा त छेडिदिनु् आफ्ना जनतालाई यति सेवा गर्ने देश त जापान मात्र होला । हाम्रो नेपाल कहिले यस्तो हुने होला भनी मनमनै कुराहरु खेलाइरहन्छ । एक पटक जापान आएर केही समय जापानमा बिताएपछि जुनसुकै देश गए पनि यहाँको जस्तो सेवा पाइदैन होला ।स्थाई काम खोज्ने क्रममा सर्बप्रथम आफ्नो बायो डेटा कसरी लेख्नु पर्छ भन्ने विषयमा विश्वविद्यालय भित्रको रिय्युगाकुसेय सपोर्ट सेन्टर (विदेशी बिद्यार्थीहरुलाई सघाउने सेन्टर) र सुस्सोकु स्पोर्ट (स्थायी काम खोज्न सहयोग) का प्रतिनिधीहरुसंग सल्लाह लिन्छ ।


बायो डाँटा फर्ममा (रिरेकीस्सो)मा साधारणतया लेख्नुपर्ने नाम, ठेगाना, आफ्नो शौक्षिक बिबरण, काम गरेको भए काम सम्बन्धी बिबरण, केही सर्टिफिकेट भएमा त्यस सम्बन्धी जानकारी लगायतका बिबरणहरु शुध्द अक्षरमा कालो मसीले लेख्ने कुरा त साधारण कुरा भयो ।


अनि सिबो दोकी 志望動機 aspiration and motivation लेख्ने ठाउँमा आफूले निवेदन दिने कम्पनीसंग सन्बन्धित कुरा आफुले आजको दिनसम्म कस्तो विषय पढेको अर्थात् कस्तो काम गरेको ? ती विषयहरु कसरी नयाँ काममा लागु गर्न सकिन्छ र आफुले के गर्ने चाहने हो, भविष्यको उद्देश्य के छ जस्ता कुराहरु मिलाएर शुध्द भाषामा छोटकरीमा लेख्नु पर्दछ भन्ने सल्लाह लिन्छ ।

त्योभन्दाअघि सबभन्दा महत्वपूर्ण कुरा आफूलाई नै राम्ररी चिन्न जरुरी रहेछ । जसलाई आफ्नो क्षमता, शैक्षिक योग्यता, राम्रो पक्ष, नराम्रो पक्ष, भविष्यको योजना थाहा छ भने त्यसलाई बायो डेटा लेख्न सजिलो त हुने भैहाल्यो । कुनै पनि कम्पनीमा अन्तर्वार्ता पनि राम्ररी दिनसक्छ भन्ने पनि कालीदासलाई लागिरहेको थियो ।


अनि आजको लागि त्यतिकै घर फर्की पहिला आफूलाई कुन क्षेत्रमा काम गर्न मन लाग्छ ? त्यो कम्पनीको व्यवसाय लगायतका जानकारी लिने र आफूले त्यो कम्पनीमा कस्तो योगदान दिन सकिन्छ भन्ने कुराहरु सोचेर रिरेक्सो लेख्ने र त्यसपछि सुझाब र सल्लाह लिन फेरि कलेजको रिय्युगाकुसेय सपोर्ट सेन्टर र सुस्सोकु स्पोर्ट सेन्टरमा जाने निर्णय गर्छ ।

नोटः आफूले केही पनि नगरी सिधै अग्रजहरुसंग सल्लाह लिन जानुभन्दा बायो डाँटा फर्ममा (रिरेकीस्सो) शुध्द भाषामा, आफ्नै भाषामा लेख्नु र अन्तिममा अग्रजहरुको सल्लाह लिनु राम्रो ।

क्रमसः

नया भाग :  कथा अनि ब्यथा भाग ३९  “ जापानमा स्थायी काम खोज्ने कर्म मा  ”
पछिल्लो भाग : कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "

Tuesday 13 December 2016

कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "

कथा अनि ब्यथा भाग ३७  " नियम कड़ा छ जापानमा "

       शरद रितुका कक्षा सुरु भएर पनि  करिब एक हप्ता जती पढाई चलीसकेको थियो , केही दिन पछि फेरी पनि शरद रितुको परिक्षा शुरु हुन् गईराखेको थियो । करिब नौ दिन चल्ने त्यस परिक्षाको तयारी पनि राम्रै गरेकाले होला , कालीदास त्यती अत्तीएको थिएन । पछिल्ला दिनहरुमा काम पनि गरेको थियो तर परिक्षाको तयारी पनि संग सगै गर्दै गरेको भएर होला ढुक्क देखिएको थियो  । तर साथी सुदर्शन चाही आफु त्यती तयारी नगरेको , त्यसमाथी ताईन ( पोईन्ट )  पनि त्यती नपुगीराखेको अबस्था भएकाले , के गरौ कसो गरौ भनि छटपट गरिरहेको थियो ।

        हुन त केही महिना अगाडी कालीदासले , " अब परिक्षा पनि आउदैछ , काम मात्र नगर परिक्षाको तयारी गर भनेर भनेको थियो , त्यती बेला चाही पैसाको मात्र अनुहार हेरेर पढाई त्यती गरेन , अहिले फेरी छटपट गर्छ , जब भयो राती तब बुढी ताती भनेको जस्तो " भन्या भनी कालीदास मनमनै कुराहरु खेलाई राखेको पनि थियो ।
        यस्तो बानी हाम्रो नेपालमा बिध्न  छ । हाम्रो नेपाल यती पछाड़ी परेको कारण पनि त्यही होला जस्तो लाग्छ । जुन कुराको पनि अग्रिम तयारी नगर्ने अनि अन्तिममा आएर पछुताउने , अनि आफुले भनेको जस्तो भएन भने , जे पाए त्यही भन्ने , अरुलाई मात्र दोष लगाउने ।

        नेपालको राजनितिक नेताहरुको त कुरा नै गर्न मन लाग्दैन ।  राम्रो काम गर्नेलाई काम गर्न नदिने अनि आफुले काम गर्न नसके पछि अरुलाई दोष मात्र दिने , हैट ।

        सुदर्शनलाई पनि त्यही नेपाली नेताहरुको बानी सरेको हो की जस्तो महसुस गरिरहन्छ । तर साथी भएकाले सधै भलो नै चिताई रहेको थियो र यस पालीको परिक्षामा पनि राम्रो गरोस अलि अलि भए पनि पढोस भनेर , आफुसग मिल्ने बिषयहरुको नोटहरु कपी गर्न  दिन्छ ।

       यस परिक्षा करिब ८ -९ दिन जती चल्यो , परिक्षा पछि कालीदासले पनि  मजाले काम गर्ने , अलि अलि पैसा पनि कमाउने योजना बनाई , केही हप्ताको लागी नया काम खोजेको थियो ।

        एउटा आईटी कम्पनीको डेटा टाईपिन्ग गर्ने ठाउमा पार्ट टाईम गर्छ । त्यो ठाउमा दिनको करिब ४-५ धन्टा काम गर्दथ्यो , डेटा टाइप गर्दा गर्दा आँखाहरु त थाकी सकेको थियो । हुन पनि यो डेटा टाईपन्ग गर्ने काम अलिकति गार्हो हुदो रहेछ , मिसटेक गर्न पनि भएन , छिटो छिटो टाईप गर्नु पर्यो , नबुझ्ने खान्जीहरु पनि धेरै हुने भएकाले गार्हो हुदो रहेछ । एक दिन डेटा टाइप गर्नु पर्ने कर्ममा एकजना जापानका  चर्चित कलाकारको नाम , ठेगाना , फोन नम्बर लगायतका व्यक्तिगत जानकारी देख्छ , काम नै टाईप गर्ने भएकाले टाईप त गर्छ तर ब्रेकको समयमा आफु सन्गै काम गर्ने साथीहरु संग त्यो चर्चित ब्यक्तीको बारेमा कुराकानी गर्छ ।

       सम्योग बस सेन्टरका सुपर भाईजर पनि नजिकै रहेको अनि कालीदासको कुरा कानी पनि सुनीरह्को रहेछ । कुरा सकिए पनि सुपर भाईजरले कालीदासलाई बोलाउछ अनि भन्छ म तिमीलाई आजबाट यस कामबाट निकाल्छु । भोली देखी आउनु पर्दैन । हुन त कालीदास पनि केही हप्ताको लागी मात्र काम गर्न यस ठाउमा आएको थियो तर केही दिनमा नै कामबाट निकालिन्छ ।

       कालीदासले आफुलाई किन निकालेको थाहा पनि पाईरहेको थिएन । पछि गएर थाहा भयो कि , कालीदासले काम गर्नु भन्दा पहिला एग्रीमेन्ट पेपरमा साईन पनि गरेको थियो , र त्यस एग्रीमेन्ट पेपरमा कामका कुराहरु बाहिर गर्न नपाईने भनेर लेखेको रहेछ , कालीदासले नियम पालन नगरेको कारणले कामबाट निकालिएको रहेछ भन्ने कुरा बल्ल थाहा पाउछ ।

       त्यसपछि कालीदासले बल्ल थाहा पाउछ , कुनै पनि काम गर्नु भन्दा अगाडी एग्रीमेन्टमा लेखेको सम्पुर्ण बिषयहरु राम्ररी पढनु पर्ने रहेछ , काम भित्रका कुराहरु बाहिर गर्न नहुने , त्यसमाथी पनि गार्हकहरुको व्यक्तिगत जानकारीहरु
बाहिरका साथीहरु संग कुरा गर्न नहुने ।

        कामबाट त निकालियो तर यसरी कालीदासले फेरी पनि एउटा नयाँ कुरा सिक्ने मौका पाउछ । 


         तपाईहरु पनि आफ्ना काम भित्र हुने कुरा कानीहरु बाहिरका मानिसहरु संग नगर्नुहोला , त्यसमाथी पनि कुनै पनि मानिसको व्यक्तिगत जानकारी , बिना अनुमति प्रयोग नगर्नुहोला र नभन्नुहोला । 


Saturday 10 December 2016

सफल, “नेपाल फेस्टिबल २०१६” र यसले सिकाएका पाठहरु

नेपाल फ़ेस्टिवल र सुधार गर्नु पर्ने कुराहरु । 

२००७ मा हिबिया पार्कबाट सुरु भएको नेपाल फेस्टिबल , योयोगी पार्क सम्म आईपुगेको छ । यसपालीको नऔ नेपाल फेस्टिबल सम्म आईपुग्दा पनि हाम्रो कार्यशैली परिवर्तन भएको छैन ।
२००७ बाट प्रत्तेक बर्ष नेपाल फेस्टिबल मनाउदै आईयो । २०१५ मा चाही नेपालमा आएको भुकम्प र त्यसको सोकले गर्दा नेपाल फेस्टिबलमनाईएन ।

२००७ , २००८ ,२००९ ,२०१० मा हिबिया पार्क ,२०११ , २०१२ मा योयोगी पार्क  , २०१३ , २०१४ मा उयनो पार्क
२०१५ मा चाही नेपालमा आएको भुकम्पले गर्दा हाम्रो देशलेनै भोगीरहेको सोकका कारण नेपाल फेस्टिबल मनाईएन । यस बर्ष ( २०१६) मा चाही फेरी एक पटक योयोगी पार्कमा नेपाल फेस्टिबल मनाइयो । यस पटक पनि केही कमज़ोरीहरु देखा परे तर समग्र रुपमा सफलताका रुपमा सफल भएको जस्तो लाग्छ । २००७ बाट २०१६ सम्म आईपुग्दा हामीहरुले के कस्ता बिषयमा सुधार ल्याउन सक्यौ , के कस्ता बिषय चाही शुधार गर्दै जानु पर्छ भन्ने बिषयमा म सानो लेख लेख्दै छु । यन आर यन जापान , नेपाल राजदुताबासको आयोजना र बिभिन्न संग संस्था र ब्यक्तीहरुको सहयोगमा यस पालीको फेस्टिबल पनि सम्पन्न भएको छ ।हामी नेपालीहरु परि आएमा एक अर्कालाई सहयोग गर्दा रहेछौ भन्ने कुरा , यस पालीको फ़ेस्टिवलको टिममा रहेर काम गर्दा थाहा पाए । जसो गर जे गर जता सुकै लौजाउ मलाई, यो मन त मेरो नेपाली हो भन्ने गितका शब्द झै , हाम्रो नेपाल गरिब देश भएपनि , हामी नेपालीहरु मनका धनी रहेछौ जस्तो लाग्यो । भोलेन्टियर गरेर सहयोग गरिदिनु हुने साथीहरु पनि , आफ्नो काममा बिदा लिई , टन्टलापुर घामका बाबजुत पनि खटनु भयो । कार्यकर्म ब्यबस्थापन , स्टेज कार्यकर्म सन्चालन , अर्थ सन्कलन , ईन्सटल ब्यबस्थापन , सजावट , मेडिया , फोहोर ब्यबस्थापन , सांस्कृतिक कार्यकर्मको ब्यबस्थापन , स्पोन्सर सन्कलन , भोलेन्टियर ( समग्र ) , यातायात , उदघोषण , सुरक्षा , कम्पृटर , म्युजिक सिस्टम लगायतका बिषयमा यहाहरुले गरेको सहयोग अमुल्य छ । हामी नेपालीहरु एकजुट भयौ भने , जस्तो सुकै काम पनि फत्ते गर्न सक्दा रहेछौ भन्ने कुरा यस फेस्टिबलले फेरी पनि हामी नेपालीहरुलाई सिकाएको छ । तर सुधार गर्नु पर्ने कुरा पनि केही छन । जल मध्य केही म यहाँ लेख्दै छु ।

१ : समय
पहिलो दिनको ओपनिन्ग कार्यकर्ममा पनि हाम्रा बिभिन्न क्षेत्रका ब्यक्तित्बहरुलाई केही शब्द राख्न समय दिईएको थियो । उहाँहरुले आफ्नो समय भन्दा बढी लिनु भएको थियो । आफु एक मिनेट लामो बोल्दा , कार्यकर्मलाई , आफुभन्दा पछाड़ी आउने साथीहरुलाई कति असर पर्छ भन्ने कुरा बुझीदिनु भएमा अझ राम्रो हुन्थ्यो होला । हामी जापान भन्ने समयलाई एकदम महत्ब दिने शहरमा रहेर पनि यस्ता कुराहरु सिक्न सकिरहेका नरहेछौ जस्तो लाग्यो । आउने दिनहरुमा उहाँहरुले समयको महत्ब बुझीदिनु हुनेछ भन्ने आशा लिएको छ ।

२ : तयारी 
 यस पाली पनि सांस्कृतिक कार्यकर्ममा गाउन , नाच्न आउनु भएका दाजु भाई र दिदि बहिनीहरु , आफुलाई दिईएको समय भन्दा लामो गीतमा नाचीदिने , गाईदिने  ।  आफु नाच्ने गितको सिडी ,क्यासेट को ब्यबस्था नगरी आउने । भनिन्छ तयारीको लागी पनि तयारी चाहिन्छ । उहाँहरु पनि अब आउने दिनहरुमा तयारी गरेर आउनु हुनेछ भन्ने आशा लिएको छु । त्यसै गरी म्युजिक सिस्टम कुन चिज काहा छ , पहिला नै बुझ्नु पर्न थियो । त्यो गर्न सकिएन । फेस्टिबलको दिनमा माईक धरी काटिने , घरी ठुलो हुने । ओपनिन्ग कार्यकर्ममा ठुला - ठुला पाहुनाहरु आउनु भएको थियो । म्युजिक सम्बन्धी जानकारी भएपनि जापानी भाषामा लेखेका कारणले गर्दा , उहाँहरुले त्यती बुझ्नु भएन की के हो मलाई थाहा भएन , तर आउने दिनहरुमा सुधार गर्नुहुन्छ भन्ने आशा राख्दछु । 

३ : सर सफ़ाई

यस पाली पनि धेरै भन्दा धेरै रेस्टुरेन्टका साथीहरुले आफ्नो पसल राख्नु भएको थियो । नेपालका परिकारहरु पनि मिठो बनाई जापानी र जापान बासी नेपालीहरुको मन जित्नु भएको थियो । ब्यापार पनि राम्रो नै भयो भन्दा सुनेको थिए । समग्र रुपमा उहाहरुलाई फाईदा भएको हुनु पर्छ तर अन्तिम दिन सम्पुर्ण कार्यकर्म सकिए पछि , जब सर सफ़ाई गर्नु पर्ने बेला आयो । उहाँहरुले अरु रेस्टुरेन्टको ठाउ त परै जाओस , आफ्नो रेस्टुरेन्टको ठाउ तलका फोहोर त्यतिकै थियो , तेल पनि पोख्याईएको थियो ।
यो पारा चाही राम्रो लागेन । परेमा आफ्नो रेस्टुरेन्ट छेउछाउ पनि सफ़ा गर्नु पर्ने बेलामा , आफ्नै ठाउ पनि सफ़ा नगर्ने ।अन्त्यमा दुईदिने नेपाल फ़ेस्टिवल सफलता पुर्बक सम्पन्न भएको उपलक्क्षमा संयोजक सुदन थापा ज्यु र सम्पुर्ण साथीहरुलाई बधाई दिन चाहान्छु र सम्पुर्ण सहयोगी हातहरुलाई धन्यबाद ब्यक्त गर्न चाहान्छु।

धन्यबाद
सांस्कृतिक कार्यकर्म ब्यबस्थापन टिम

कथा अनि ब्यथा भाग ३६ - “सुझाब खोजेको मान्छेलाई मात्र दिदा राम्रो…”

कथा अनि ब्यथा भाग ३६ - “सुझाब खोजेको मान्छेलाई मात्र दिदा राम्रो…”

२००८ साल पनि रमाइलो गर्दागर्दै सकियो । २००९ को जनवरी ४ तारिकसम्म बिदा थियो । बिदा त कति चाँडो सकिदो रहेछ पत्तै पाइएन । फेरि ५ तारिकबाट त बिध्यार्थी जीवन शुरु भै नै हाल्यो । शरद ऋतुका कक्षाहरु पनि शुरु भै नै सकेको थियो । एक दिन पुस्तकालयको कम्प्युटर रुममा बसी ईन्टरनेट सफिङ् गरिरहेको थियो, एउटा जापानी भाषामा लेखिएको ब्लगमा नज़र जान्छ । जाहा नेपाल सग सम्बन्धीत समाचार लेखिएको थियो ।
ती ब्ल्गका सन्चालक नेपाललाई मनदेखि मन पराउने जापानी नागरिक रहेछन । त्यसैले बेलाबेलामा नेपाल जाने र आफ्ना साथीहरुलाई ब्लगको माध्यमबाट नेपाल सम्बन्धी जानकारी गराउने गर्दारहेछन ।
यो बेला नेपालबाट जापान आउनको लागि प्रतक्ष हबाई जाहाज थिएन । नेपाल एअरलाइन्सले २००८ को १० महिनादेखि बन्द भएको काठमाडौं ओसाका हबाई उड़ानको बदलामा काठमाडौंबाट साङ्घाइ हुँदै टोकियो उड़ान गर्नको लागि जापानको पर्यटन मन्त्रालयमा निबेदन दिएको थियो । त्यही समाचार त्यो ब्ल्गका लेखिएको रहेछ ।
कालिदास पनि त्यो बल्ग पढ़ेर मनमनै अब चाहिं आफ्नै देशको ध्बाजाबाहक चढी फर्कने दिन आउँलान जस्तो छ है भनी कुराहरु खेलाइरहेको थियो ।
जननवरीको १६ तारिकसम्म विश्बबिद्यालय तेस्रो बर्षको कक्षा शुरु भई अन्तिम अन्तिम तिर शरद ऋतुको परीक्षा हुन गैराखेको थियो । कालिदास पनि आउँदै गरेको परीक्षाको तयारी गर्दै पार्ट टाईम जबलाई पनि अगाडी बढाइरहेको थियो ।
तर, परीक्षाको केही हप्ता अगाडिबाट चाहिं पार्ट टाईम जबमा केही समयको लागि बिदा लिई परीक्षाको तयारी गर्नतिर लाग्छ । समय हुँदा मिल्ने साथी सुदर्शनसंग पुस्तकालयमा गई पढने गर्दथ्यो । लगभग बिश्वबिद्यालयमा स्नातक गर्न चाहिने प्वाइन्ट सबै प्राप्त पनि गरिसकेको थियो । अहिलेको परीक्षा चाही भबिष्यमा चाहिनसक्ने बिषयहरुको बारेमा थियो ।
संगै पढने सुदर्शनले चाहिं बिश्वबिद्यालयको परीक्षा आइरहदा पनि पार्ट टाईम जब छोड़ेको थिएन । त्यसमाथि उसको त प्वाइन्ट पनि पुगिराखेको थिएन । एक दिन कालिदासले सुदर्शनलाई तिम्रो प्वाइन्ट पनि पुगेको छैन, परीक्षाको बेलामा काम नगरी पढाई गर्दा राम्रो हुने हो कि भनेर सल्लाह दिन्छ । तर सुदर्शन यहाँ पढेर के काम छ र, बरु खुरुखुरु पैसा कमाउदा राम्रो भनेर उल्टो रिसाए जस्तो गरी जबाफ फर्काउँछ ।
कालिदास अनुहार नियाउरो बनाई र मनमनै आफूले भन्नुपर्ने कुरा भनेको, गर्ने नगर्ने उसको कुरा भनि त्यस कुरालाई त्यतिकै छोडि़ कुरा बदल्नतिर लाग्छ । त्यो दिन कालिदास र सुदर्शन सँगै घर फर्कन्छन । बसबाट झरेपछि कालिदास घरतिर र सुदर्शन पार्ट टाईम जबतिर लाग्छन ।
सुदर्शनसंग छुटनेबितिकै एक्लै घर हिड्दै जादा कालिदासले जापान आउने मान्छेहरुमध्ये सबै मान्छेहरुको एउटै आर्थिक स्तर, सोचाई, परिस्थितिका हुँदैनन् होला त्यसैले केही सल्लाह दिनुभन्दा पहिला त्यो मान्छेको बारेमा राम्ररी बुझ्न जरुरी हुँदोरहेछ । त्यसैले आफूले केही बेर अगाडि सुदर्शनलाई भनेको कुरा नभन्दा राम्रो हुन्थ्यो कि भनेर पश्चाताप महसुस गर्छ ।
जिन्दगीमा केही कुराहरुको सल्लाह दिदा ठीक हुँदोरहेछ र केही सल्लाह नदिंदा नै ठीक हुँदोरहेछ । बाल्यकाल भएको भए यसो गर, यसो नगर भन्दा राम्रो हुन्थ्यो क्यारे । ठूलो भएपछि चाहिं समय, परिस्थिति र ठाउँ हेरी सल्लाह दिनुपर्ने हुँदोरहेछ जस्तो लाग्छ । आजको सुदर्शनसंग को कुराकानीले कालिदास केही पाठ सिक्छ ।

क्रमस ...............

नया भाग : कथा अनि ब्यथा भाग ३७ "नियम कड़ा छ जापानमा "
पछिल्लो भाग : कथा अनि ब्यथा भाग-३५ - “समग्रमा २००८ साल "

यातायात क्षेत्रमा परिपक्क नियम कानुनको आवश्यकता

यातायात क्षेत्रमा परिपक्क नियम कानुनको आवश्यकता

सेरोफेरो नेपालको, नेपालमा हरेक हप्ता कही न कही, साना- ठुला दुर्घटनाहरु हुदै आएका छन । किन यस्ता घटनाहरु वढीरहेका छन त? के-कस्ता कारणहरुले गर्दा यस्ता घटना दोहोरी रहेका छन त? आज मैले केही विचार राख्ने प्रयास गर्दै छु । नेपालमा सड़क दुर्धटनाका कारण पछिल्लो आर्थिक बर्ष २०७२/७३ मा मात्रै दुई हज़ार भन्दा बढी मानिसहरुको ज्यान गुमाएको तथ्यांक छ ।
सधै झै समाचार हेर्न के लागेको, आँखा रसाएर आए । समाचारको बिषय थियो ” बस दुर्धटना, मृतकको संख्या ….पुग्यो ” ।
यात्रुले खचाखच एउटा बस काभ्रे जिल्लामा दुर्धटना, कारण चाही गाडी र बाटोको दुराबस्था तथा क्षमताभन्दा बढी यात्रु बोकेको भन्ने आयो ।
मलाई अझै पनि याद छ, सन१९९५-१९९६ तिरको कुरा थियो। जती बेला म बालकै थिए, आमासंग मामाघर जादा, पोखराबाट पृथ्बी राजमार्गको हेम्जा, फेदी हुदै नाउडाडा ( नागडाडा ) जान्थ्यौ, पुरानो जिपमा चढेर जान्थ्यौ, बाटो पनि खाल्डा खुल्डीको थियो । त्यती बेला अरु केही उपाय पनि थिंएन, मामाघर छिटो पुग्नु थियो, जिपमा चढेर जाने बाहेकको उपाय नै थिएन ।
भगबानको कृर्पाले त्यो बेला सकुसल मामाघर पुग्न सकियो तर अहिले सम्झदा डर लागेर आउछ । खाल्डा र खुल्डीको बाटोमा, पुरानो गाड़ी, खचाखच बस, त्यसमाथी चालकले स्पिडमा हाक्ने । मलाई लाग्छ अहिले भएको भए, म पनि त्यो गाड़ी चढ़न डराउथे होला ।
त्यो बेलाको सरकार देखी आजका सरकारसम्म आईपुग्दा, दर्जनौ क्रान्तिकारी, अग्रगामी, दुरदर्शी हौ भन्ने पुराना वेथितिलाई परिवर्तन गर्छौ भने पनि केही परिवर्तन भएको छैन। बाटा घाटाहरु जस्ताको त्यस्तै, यातायाता चालकहरुले क्षमता भन्दा बढी यात्रु र सामान राख्ने बानी पनि काहा जानी, त्यसमाथी हुईक्याउनु पर्ने ।
हतार गरे भन्न् सकिन्न ढिलो गए अवश्य पुगिन्छ भन्ने भनाई
फेरी नेपाल भरीका यातायात कर्मीहरुलाई भन्न पर्ने बेला आएको छ ।
हाम्रो सरकारले पनि, बाटो – घाटों अनुसार कति गति ( स्पिड ) सम्म चलाउन पाईने र नगरेमा कस्तो कारबाही गर्ने, क्षमता भन्दा बढी यात्रु राखेका कस्तो कारबाही गर्ने जस्ता नियमहरु बनाउने र पालन गर्न लगाउने, पालन नगर्नेलाई कड़ा कारबाही गर्ने ब्यवस्था नगरेसम्म नेपालमा यस प्रकारका दुर्धटना कम होला जस्तो लाग्दैन ।
नेपाललाई साचिकै ” यातायात कर्मीहरुको सोचाईमा परिवर्तन र नियम कानुनको आबस्यकता ” परिआएको छ ।

नया भाग : सफल, “नेपाल फेस्टिबल २०१६” र यसले सिकाएका पाठहरु
पछिल्लो भाग : ( 3 दिन बाकी ) जापानमा नेपालको नाम चिनाउनको लागी , नेपालमा केही गर्नको लागी नेपाली । - 2

कथा अनि ब्यथा भाग-३५ - “समग्रमा २००८ साल "

२००८ को अन्तिम तिरको कुरा थियो । नेपालमा हप्तामा ८२ घन्टा बत्ती नआउने अर्थात लोड सेडिङ्ग हुने भयो भन्ने अनलाईन समाचारहरुमा लेखिएको थियो ।
कालिदास पनि नेपालमा नै हुर्की बढेको ठिटो, बल्यकाल देखिनै लोड सेडिङ्ग त भोग्दै आएको थियो ( नेपालमा हुदा ) । तर हप्तामा ८२ घन्टा अन्धकारमा त बसेको अनुभव थिएन । यस्तो समाचार देख्दा सारै नरमाईलो लाग्याे ।
हामीहरु कति पछाड़ी छौ भन्ने महसुस यो समाचाले गरांयाे । विदेशमा जति नै ठूला कुरा, यस्ताे उस्ताे गफ गरेपनि जति सुकै ठुला ठुला कुरा गरेपनि हामीले हाम्रो देशलाई के गर्न सकेका छौ त जस्तो लाग्छ ।
हुन त कालीदास जलविधुत सम्बन्धी पढेको विधार्थी पनि परेन तर हामीहरु मध्य कतिपयले सम्बन्धित बिंषय पढेका त छौ हाेला, तपाईहरुले आफ्नो धारणा, विचार ब्यक्त गर्न सक्नु हुन्छ नि हैन र । आफुले गर्न सक्ने काम राजदूतावास मार्फत हुन्छ कि, अन्य कुनै तरिकाले नेपालमा रहेकाहरुलाई सिकाउन सकेमा हामीहरु नेपालीहरुलाई राम्रो हुने थियो ।
यो त भयो नेपाल सम्बन्धी कुराकानी ।
यता कालीदास पनि आफ्नो जापान वसाई, विश्वविद्यालयको ३ बर्षको पढाई अगाडी बढांईराखेको थियो ।
कालीदास प्रर्येक बर्षको अन्तिममा आफ्नो लागि यो बर्ष कस्तो रह्ये भनेर फर्केर हेर्ने गर्दथ्यो । २००८ साल पनि आफुलाई , आफुले गरेका कामहरुलाई एकपटक फर्खी हेरी, केही सुधार गर्नु परेमा गर्ने योजनामा पनि थियो । भनिन्छ निपिडिसिए प्लान – डु-चेक-याक्सन, प्लान गरेको गरेको कुरा लागु गर्ने त्यसपछि कस्तो भयो भनि चेक गर्ने अनि त्यसपछि एक्सन लिने ।
२००८ समग्रमा भन्नु पर्दा राम्रो नै रह्यो, केही यस्ता थिए
१: विश्वविद्यालयमा पनि तेस्रो बर्ष भएकाले त्यती गरो भएन , वानी पनि परेर होला ।
२ : जापानी साथीहरु धेरै बनाएकाले जापानी भाषापनि राम्रो हुदै आएको थियो ।
३ : विश्वविद्यालयमा सेन्सेईहरुसंग पनि राम्रो सम्बन्ध राख्न सफल भएको ।
४ : विश्वविद्यालयको सरकलमा पनि सक्रियरुपमा सहभागी भएको ।
५ : विश्वविद्यालयको बिषयहरु लगभग सबै लिएर सकिएको ।
६ : विश्वविद्यालय भित्र नेपाल सम्बन्धी कार्यक्र्म गरि नेपाललाई चिनाऊने कार्यक्रम गर्न सफल भएको ।
केही नराम्रो कुराहरु केही यस्ता थिए ।
१ : नेपाली समुदायसंग टाढै रहेको । नेपाली समुदाईका ब्यक्तीहरु जापानमा आएर पनि नेपाली पारा देखाउनेहरु धेरै थिए । जापानमा आएर नेपालको राजनिति गर्नेहरु धेरै थिए ,त्यो भएर पनि होला अलिकति टाढा बस्न मन लागेको ।
२ : घर तिर त्यति सहयोग गर्न नसकेको । विद्यार्थी जिबन बिताईरहेका कारणले नेपालमा आर्थिक सहयोग त्यति गर्न सकिराखेको थिएन । कालीदास पनि पहिला पढाई सकाउने , त्यसपछि मात्र भन्ने सोचना पनि थियो त्यसैले घरतिर त्यति सहयोग गर्न सकिराखेको थिएन ।
३ : बर्षमा एक पटक नेपाल फर्कने योजना बिफल । आर्थिक रुपमा सम्पन्न नभएकाले गर्दा होला, नेपाल जान सकेन ।
४ : नेपालमा रहेका साथीहरुलाई, नेपालमा हुदा खेरीको जस्तो सम्पर्क गर्न नसकेको । नेपालमा रहेका साथीहरुलाई पनि पटक पटक सम्पर्क गर्नु पर्छ भन्ने सोच राखे पनि समयको अभाबले गर्दा त्यति सम्पर्क गर्न सक्दैन ।

कथा अनि व्यथा भाग ३४ - “सिक्ने कुरा सिकाउने कुराहरु”

रुकिज टेलिचलचित्रको कुरा गर्नु पर्दा यो जापानको याक्यु मान्गामा (बेसबल कमिकमा) आधारित चलचित्र हो । जसको लेखन मोरिता मासानोरीले गरेका थिए । १९९८ बाट २००३ सम्म साप्ताहिक सोनेन जान्पु (युबाहरुको पत्रिका) भन्ने युबाहरुलाई लक्ष्य लिएर लेखिएको पत्रिकामा पनि आएको थियो ।
फुताको तामागाबा बिध्यालयमा याक्यु बु (बेसबल टीम) थियो । यस बिद्यालयको याक्युबु धेरै राम्रो थियो अनि खेलाडीहरु पनि राम्रा नै थिए । एकदिन खेल खेल्दा एकजना बुईनले (खेलाडी) याक्यु ब्याटले (बेसबल ब्याटले) अर्को खेलाडीलाई हान्छ । त्य पछि याक्यु बुबाट बिद्यार्थीहरु टाढिन्छन । त्यसपछि त्यो याक्यु बुलाई पुरानै अबस्थामा फर्काउन धेरै प्रयासहरु हुन्छन । त्यसबीच सेन्सेई (गुरु) र गाकुस्ईहरुका (बिद्यार्थीहरु)बीच धेरै घटनाहरु घट्छन पनि । यस्ता कथाहरु र जापानका युबाहरुको जोस र जागरलाई चिर्तर्ण गरिएको टेलिचलचित्र थियो यो ।
कालीदासले पनि यो टेलिचलचित्र अत्यन्तै मन पराउथ्यो । प्रत्येक हप्ता नछुटाइकन हेर्दथ्यो । जापानी भाषा स्कुलमा, जापानी विश्वविद्यालयमा नपढाइने बर्तमान जापानका कथाहरु यस्ता टेलिचलचित्रमा हेर्न,बुझ्न पाइन्छ जस्तो लाग्थ्यो । त्यति मात्र नभएर जापानी भाषामा पनि धेरै सुधार हुन्छ भन्दथ्यो ।
यस टेलिचलचित्रको एउटा मेईगेन (प्रख्यात भनाई) पनि मनछुने र उल्टो पाबर पाइने खालको थियो ।
夢にときめけ!! ( सपना देख्नु पर्छ )
明日にきらめけ!! ( भोलीको लागी प्रयास पनि गर्नु पर्छ )
待ってた夢は叶わない!! ( पर्खी राख्ने मात्र हो भने सपना कहिले पनि साकार हुदैन ,)
だからこっちから、つかみにいこう!!
( त्यसैले आफ्नो सपना सफल पार्नको लागी सक्दो प्रयास गरौ )
—कालीदासले जापानमा आफ्नो बिद्यार्थी जीबन बिताउँदै गर्दा यस्ता मेईगेन ( प्रख्यात भनाई) बाट शक्ति पनि पाईन्छ जस्तो पनि ठान्दथ्यो ।हामी नेपालीहरु केही न केही सपना बोकेर नै जापानसम्म आएका छौ । यो देशमा आएर पनि हामीहरुले कसैले केही गरिदिन्छ कि भनेर पर्खी बस्नु राम्रो होईन । साथसाथै आफ्नो सपनालाई पर्खी मात्र बसेर पनि हुँदैन । केही क़दम अघी बढ़न प्रयास पनि गर्नुपर्छ । अन्तिममा त्यो प्रयास सफलतामा अबश्य परिणत हुन्छ बिचमा रोकिन भएन जस्तो लाग्छ ।कालीदास आफू पनि यस्ता कुराहरु मनन गरिरहन्थ्यो र आफ्ना साथीहरुलाई पनि सेयर गरिरहन्थ्यो ।
हामी नेपालीहरुको बानी सकेसम्म प्रयास नै नगर्ने, अरुको मुखमात्र ताक्ने खालको छ कि जस्तो लाग्छ । केही समय अगाडी नेपालबाट आएको एकजना भाईले कालीदासलाई फोन गरी दाई काम खोजिदिनुस न भनेर भन्यो । कालीदासले पनि आफूले काम गर्ने ठाउँको मान्छे चिनाइदियो । त्यसपछि फेरी त्यो भाइले के भन्छ भन्दा रिरेक्सो (काम गर्न जाँदा लियर जानुपर्ने कागजात जाहाँ आफ्नो बायो डाटा हुन्छ) लेख्न सिकाईदिनुपर्यो भनेर भन्छ । ठिकै छ भनेर लेख्ने तरिका सिकायो । फेरि मिल्छ भने दाई लेखिदिनुस न भनेर भन्छ । गर्दा गर्दै सम्पूर्ण कुरा कालीदासलाई गरिदिन अनुरोध गर्छ ।
कालीदासले पनि अति भएर होला, भाई तिमीलाई काम नचाहिएको रहेछ आयन्दा फोन नगर भनेर जबाफ दिन्छ । त्यसपछि बल्ल माफ मागी सम्पूर्ण तयारी आफै गर्यो । भाग्यबस काम पनि मिल्यो उसलाई ।
यो त एउटा उदाहरण मात्र हो । हामी नेपालीहरु सकेसम्म आफस्ले काम गर्न नै खोज्दैनौ । अन्तिममा आएर अरुलाई दोष दिन्छौ । सपना देख्नुपर्ने कुरा, त्यो सुपना पूरा गर्नको लागी सक्दो प्रयास गर्नुपर्ने कुरा अनि क्रमिकरुपमा प्रयास गर्दै गएमा सफलताको खुडकिला पनि चढ़न पाइने कुरा कालीदास त्यस रुकिज भन्ने टेलिचलचित्रबाट पनि सिक्छ ।
हेर्दा हेर्दै यो साल (२००८ साल पनि) सकिन लागिसकेको थियो । कालीदास पनि आफ्नो तेस्रो बर्ष बिताइराखेको थियो । विश्वविद्यालयमा अनिवार्य लिनुपर्ने बिषयहरु पनि लगभग सक्किसकेको थियो । प्रायः जापानी बिद्यार्थीहरु विश्वविद्यालयको तेस्रो बर्षको अन्तिमतिरबाट चौथो बर्षसम्म काम खोज्ने (जब हन्टिङ् गर्ने) समयका रुपमा बिताउँछन । कालीदास पनि त्यसको तयारीमा जुटछ थाल्छ ।
क्रमस ……….

कथा अनि व्यथा भाग-३३ - “जापानमा यति धेरै नेपाली किन आएका?”

विश्वविद्यालयमा कलेज फेस्टिभल सफलताका साथ सम्पन्न भएपछि कालिदासको फेरी दिनहरु आरुबाईतो, कलेज, घर अनि फेरी आरुबाईतो……हुन्छ।
विश्वविद्यालयमा खाजा खाने समयमा कालिदासको मिल्ने जापानी साथी युकी आफना अन्य साथी लिएर क्यान्टिनमा आउछ । सबैजना गरेर ५-६ जना साथीहरु थिया । एकजना जापानी साथीले कालिदासलार्इ आजकल जापानमा नेपालीहरुको जनसख्या बढ़दो छ रे, घर वरिपरि पनि नेपाली पसल बढेको छ । किन हो? जापानमा आएर पैसा कमाउनु सबैको लक्ष्य हो रे नि ? भनेर प्रश्न सोध्छन ।
प्रत्येक बर्ष देशको अर्थत्रन्त्र गिर्दो छ, देश भित्र काम पाईदैन, असुरक्षा, अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाय धारापमा छन । काम पाए पनि विदेशको जस्तो तलव हुदैन । सबैलाई छिटाे पैसा कमाउनु छ, त्यसैले देशमा कोही पनि बस्न चाहीरहेको छैनन।
कालिदासलाई पनि त्यो वारेमा जापानीलार्इ नै यसरी भन्ने भनेर थाहा थिएनऽ भनाै जवाफै थिएन । नेपालीहरु किन दिन-प्रतिदिन जापान आइरहेका छन? यसवारेमा कालिदासलाई भन्दा अरुलार्इ नै थाहा होला । उ भने केहीवेर अलमल परेजस्ते गरेपनि उनीहरुकै कुरामा ध्यान दिन्छ ।
उनीहरुले शुरुमा नेपालीकाे वारेमा भनेकाे सुन्छ । नेपालीहरु सुरुमा जापानलाई एकदमै मन पराउछन रे अनि पछि कुरा काटछन अरे। अनि कालिदासले पनि जापान देश नेपालीहरुले मन पराउने हुनाले सबैजना आएको हुनुपर्छ भन्ने उत्तर दिन मन लाग्छ, अलिकति झुटो बोलेके भएपनि सही त्यही थियाे । जापानीहरुलार्इ झुटो बोलेर केही पनि फाईदा छैन भनेर जानेके कुरा बताउने निर्णय गर्छ । तर सवैकाे उदेश्य पैसा कमाउने नै हाे भनेर भन्न चाँही सक्दैन।
सत्य कुरा त भन्ने तर के भन्ने दाेधारमा पर्छ? नेपालीहरु जापानमा मात्र हैन, अमेरिका, अस्टेलिया, बेलायत लगायतका देशमा पनि बढी जान्छन। विदेशी शिक्षा हासिल गरेर दक्ष्य नागरिक बन्न, मेहनत गर्न जान थालेकाे कुरा सास नफेरी भन्छ । भन्न मिल्ने कुरा यति मात्र हाे । तर महत्वपूर्ण कुरा सबैजनाको उदेश्य अन्तिममा गएर पैसा कमाउनु मात्र नै हो भनेर भन्न सकेन। अाफनाे उदेश्य फरक भएपनि अरुकाे उदेश्यकाे वारेमा भन्न मिलेन ।
पछिल्लाे समयसम्म युवालार्इ नेपालमा बसेर काम गर्ने राम्राे अवसर अनि सक्षम नागरिक बन्न पाउने अवस्था पनि छैन भनिन्छ । हामी नेपालीहरु आफ्नो देशलाई केही गरेर सफल देश बनाउन भन्दा पनि आफु, आफ्नो परिवार, आफ्नो नातेदार सफल बनाउन खोज्नेहरुका कारण भनेकाे र देखेकाे जस्ताे सुधान नभएकाे हाेला । याे कुरा धेरैलार्इ थाहा पनि छ ।
जापानमा पनि अवस्था उस्तै छ । यति हाे यहाँका सरकारमा वस्ने मान्छे र हामी कहाँ अलिक फरक छन । नेपाली नेता, नेतृत्व उनीहरु कै कारणले गर्दा प्रत्येक बर्ष देशको अर्थत्रन्त्र गिर्दो छ, देश भित्र काम पाईदैन, असुरक्षा, अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाय धारापमा छन । काम पाए पनि विदेशको जस्तो तलव हुदैन । सबैलाई छिटाे पैसा कमाउनु छ, त्यसैले देशमा कोही पनि बस्न चाहीरहेको छैनन भनेर जवाफ दिन्छ ।
जापानीज साथीहरु पनि कालिदासकाे कुरामा सहमत हुन्छन । प्रत्येक वर्ष युवा जनशक्तिहरुले विदेश गएर सिकेकाे सिप नेपाल पुगे मात्र फाईदा नत्र घाटा भन्छ । कालिदासलाई यति भनिसक्दा लाज लागेर आउछ, अरु नेपालीको बारेमा मैले केही भन्न सक्दिन तर म चाही यहाका कुराहरु सिकेर नेपाल फर्कने योजनामा छु भनेर भन्छ ।
अनि बेलुका सधै हेर्दै आएको जापानीज टेलिफ़िल्म हेर्नको लागी करिब ७ बजे तिर घरमा पुंगी सक्छ । कालीदासले हेर्दै आएको जापानीज टेलिफ़िल्म ” रुकिज ” भन्ने थियो । कालीदासलाई याक्यु “बेसबल” पनि मन पर्ने भएर पनि होला यो टेलिफ़िल्म मन परेको । यो टेलिफ़िल्ममा जापानको हाई स्कुलको बिध्यार्थीहरुको कथा थियो ।
कालीदासले आफुलाई मन पर्ने बेसबलसंग सम्बन्धित टेलिफ़िल्म भएकाले र जापानी भाषामा सुधार ल्याउनको लागी पनि यो टेलिफ़िल्म हेर्दै आएको हुन्छ ।

कथा अनि ब्यथा भाग-३२ - “सगरमाथा भनेर मात्र पुग्छ र ?”

विश्वविद्यालयमा कलेज फेस्टिभल हुनेहुनाले सबै सरकलहरुले आआफ्नो तयारी सुरु गरिसकेका थिए । कालीदास पनि विश्वविद्यालयको पहिलो बर्षबाट सहभागी हुँदै आएको कोकुसाई कोर्यु सरकल (अन्तर्राष्ट्रिय सरकल)ले पनि आफ्नो कार्यकर्म गर्ने तयारी गरिरहेको थियो । विश्वविद्यालयमा भएका बिभिन्न देशका विद्यार्थीहरुलाई जम्मा गरी आफ्नो देश झल्कने खालको कार्यक्रम गर्न लागिरहेको हुन्छन । कालीदासले सम्पूर्ण बिदेशी विद्यार्थीहरुको प्रतिनिधि गर्दै बोल्ने कार्यक्रम पनि रहेको हुन्छ ।
विश्वविद्यालयमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, साउदी अरेबिया, टर्की, अमेरिका, बेलायत, चीन, कोरिया, ताईबान लगायतका देशका विद्यार्थीहरु भएको थाहा पाएपछि, उनीहरुसंग सम्पर्क गरी कलेज फेस्टिभलमा सहभागी हुन र आफ्नो देश झल्कने केही गर्नुपर्छ भनि अनुरोध गर्दछ ।
बिदेशी भएर हो कि कुरा पनि मिलिहाल्छ । सबैजना मिलेर यो कार्यक्रम सफल पार्न जुट्छन । हेर्दा हेर्दै फेस्टीभलको दिन पनि आइहाल्छ । त्यो दिन नेपाली खाना पकाउने योजना पनि थियो । कालीदास र केही नेपाली साथीहरु मिलेर नेपाली खाना बनाउँछन पनि । सबैजनाले आफ्नो देश झल्कने प्रस्तुति गर्दछन । सुन्ने जापानीहरु पनि कान थापी थापी सुनिरहेका थिए । रमाईलो लागेर पनि होला ।
नेपालको तर्फबाट नेपाली खाना र सगरमाथाको बारेमा पिर्जेन्टेसन थियो, कालीदास चाहिं सगरमाथाको बारेमा पिर्जेन्टेसन गर्छ । पिर्जेन्टेसनमा सगरमाथा यस्तो उस्तो भनेर भनिरहेको हुन्छ ।
पिर्जेन्टेसन गर्दागर्दै उसलाई, हामी नेपालीहरुले के गर्न सकेका छौ र प्रकृतिले दिएको सगरमाथा, बुध्दको नाम प्रयोग गरी नेपाललाई चिनाउन त खोजेका छौ । यी सबै हामी जन्मनुभन्दा धेरै भन्दा धेरै पहिलाको कुरा । प्रकृतिले बनाएको कुरा भए, हामीले के गर्न सकेका छौ त जस्तो लाग्छ । यस्ता कुराहरुको सम्झनाले गर्दा उसले आफ्नो पिर्जेन्टेसन राम्ररी दिन पनि सक्दैन ।
त्यो दिन सबैजनाको कार्यक्रम सकी अन्तिममा सुदर्शनसंग कुरा गर्छ । यार हामी नेपालीहरुले के गर्न सकेका छौ ? सगरमाथाको देश, बुध्दको देश, लुम्बिनीको देश, मन्दिरै मन्दिरको देश, हिमालयको देश भनेर नेपाललाई चिनाउन खोजिरहेका छौ तर सबै प्रकृतिले दिएको उपहार । हामीहरु अहिलेसम्म तिनै उपहारहरुको बखान मात्र गरिरहेका छौ ।
अरु त परै जाओस, प्रकृतिले दिएको उपहारको सदुपयोग पनि गर्न जानिराखेका छैनौ । जलस्रोतको घनी देश भएर पनि पानीको सदुपयोग गर्न सकिराखेका छैनौं, हिमालयका जडीबुटीहरुको सदुपयोग गरेर औषधी बनाउन सकेका छैनौ । बुद्धको देश, मन्दिरै मन्दिरको देश भनेर भन्छौ तर पर्यटकहरुलाई आकर्षित गर्न सकिराखेका छैनौं ।
केही पनि गर्न नसक्ने हामीहरु किन सगरमाथाको देश, बुध्दको देश, लुम्बिनीको देश, मन्दिरै मन्दिरको दे , हिमालयको देश भनेर भन्दै हिडने भन्दै प्रश्नै प्रश्नको भारी उठाउँछन् । त्यस्तै पहिला अग्रजहरुले छोड़ी गएको, प्रकृतिले दिएका कुराहरुलाई सदुपयोग गर्न सकौं, अनि मात्र तिनीहरु हाम्रा हुन् भन्दै हिडौं ।

कथा अनि ब्यथा भाग ३१ - "जापानमा नेपाल विकास गर्ने कालिदास याेजना"

कालिदास एक दिन विश्वविद्यालयको पुस्तकालयमा भारतको अर्थव्यवस्थाको बारेमा पढ्दै थियो । सुदर्शन पनि क्लास नभएकाले गर्दा पुस्तकालयमा नै थियो । २००८ को १० महिना तिरको कुरा हो, जापानका चार जना प्रोफेसरहरुले नोबेल पुरस्कार पाउने भएका थिए ।

तोशिफुमीले अमेरिका यात्रामा कन्बिनी देख्छन अनि जापानमा पनि कम्बिनी ब्यबसाय गर्दा कसो हुन्छ भनि, जापान फर्केर सेवेन ईलावेन सुरु गर्न आफ्ना कम्पनीमा प्रस्ताव राख्दछ । उसको प्रस्तावलार्इ कम्पनीले स्विकृति पनि दिन्छ ।  


अनि बाराक ओबामा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी अमेरिकी अफ्रिकन थिए, अमेरिकाको राष्ट्रपतिमा अमेरिकी अफ्रिकन निर्वाचित भएको पहिलो पटक थियो। जापान, अमेरिका लगाएतका देशहरुमा नयाँ नयाँ सकारात्मक समाचारहरु छाएका थिए ।
तर नेपालका समाचारका हेडलार्इनमा यस्ता कुरा विरलै देख्न पार्इन्थ्ये । नयाँ युबा नेता प्रधानमन्त्री हुने कहिले?  नेपालीहरुले नोबेल पुरस्कार कहिले कसरी? पाउने होला भनि कल्पना गर्छ ।
नेपालको अनलाइन समाचारहरु हेर्दा ,फेरी पनि लोडसेडिङ् बढ्ने , खानेपानीको समस्या, नेपालका युवा जनशक्ति विदेशीदै, नेपालको खेतबारी बाझै, विदेशीएका नेपाली युवाहरुको यति थान लाश एयरपोर्टमा, जस्ता शीर्षकका नकारात्मक समाचारहरु मात्र थियो । सकारात्मक समाचार त एउटा पनि थिएन ।

कालिदास पनि नेपालबाट जापानमा पढ्न, सके अलि अलि कमाउन आएको विद्यार्थी नै थियो । विदेश जानु भनेको नराम्रो कुरा त पटक्कै होइन । तर हामीहरु विदेशमा गएर त्यहाँको नागरिक हुने, कहिले पनि नेपाल नफर्कने त हुनु हुदैन, विदेशमा सिकेका कुराहरु नेपालमा लिएर जानु पर्छ यस्तो कुरामा तर्क गर्ने स्वभाव भएको मान्छे। तर जापानमा भएका नेपाली साथीहरूसंग जहिल्यै यस विषयमा फरकमत हुन्थ्ये ।

विदेश जानु भनेको नराम्रो कुरा त पटक्कै होइन । तर विदेशमा गएर त्यहाँको
नागरिक हुने, कहिले पनि नेपाल नफर्कने त हुनु हुदैन,
विदेशमा सिकेका कुराहरु नेपालमा लिएर जानु पर्छ ।

एउटा उदाहरण, अहिले जापानमा सेवेन ईलावेन भन्ने सुविधायुक्त पसल (कम्बिनी) धेरै छन् । सुजुकी तोशिफुमी भन्ने जापानी करिब ३०/३५ वर्ष पहिला अमेरिका गएका थिए । त्यति बेला जापानमा सुपर मार्केटहरु त थियो तर कम्बिनी  थिएन । तोशिफुमीले आफ्नो अमेरिकाको यात्रामा कन्बिनी देख्छन अनि जापानमा पनि कम्बिनी ब्यबसाय गर्दा कसो हुन्छ भनि, जापान फर्केर सेवेन ईलावेन सुरु गर्न आफ्ना कम्पनीमा प्रस्ताव राख्दछ । उसको प्रस्तावलार्इ कम्पनीले स्विकृति पनि दिन्छ ।  अहिले हेर्नुस यो कम्पनि जापानकै प्रमुखहरु मध्ये एउटामा पर्छन । हामी जति पनि नेपालीहरु विदेशमा छौ, हामीहरु पनि यस्तै केहि कामहरु गर्न सकेमा, हाम्रो नेपाल पनि अझै अगाढी बढ्थ्यो कि जस्तो लाग्छ । त्यहाँ सुदर्शनसंग पनि यही विषयमा कुरा गर्छ । विश्वविद्यालयमा बेलुका अबेरसम्म बसी बेलुका पनि आरुबाईतो (पार्ट टाइम जब) नभएकोले आज घरमा नै बसी पढ्ने अनि नेपाली परिकार बनाएर खाने येजना बनाउछ ।
विश्वविद्यालयको नजिक बस्ने हुनाले बेलुका अबेरसम्म पुस्तकालयमा करिब ७ बजेसम्म वसेर घर फर्कीन्छ । विश्वविद्यालयमा विदेशी विद्यार्थीहरुलाई एकै ठाउँमा जम्मा गरि हुन लागेको कलेज फेष्टिवलमा आ-आफ्नो देश झल्कने विषयलार्इ प्रस्तुत गर्ने वारेमा अन्य देशका साथीहरूसंग छलफल गर्छ ।

कथा अनि व्यथा भाग ३० ‘बिल तिर्न नसकिने जापानकाे आईफोन’

कालिदास, हिबिया पार्कमा आयोजना गरिएको नेपाल फ़ेस्टिवलमा गएर आफ्ना जापानी साथीहरुलाई नेपालको परिचय दिन्छ। उनीहरुपनि नेपालको बारेमा जान्न पाउदा, जापानमा नै सानो नेपाल हेर्न पाउदा मख्ख परे। कालीदास पनि जापानीहरुलाई नेपालको परिचय दिन पाएकोमा मख्ख भयाे ।
त्यो दिन जापानी साथीहरुसंग मख्ख पर्दै रमाउदै बितिहाल्छ । भोलिपल्टबाट फेरी दाईगाकु-आरुबाईतो-घर अनि फेरी दाईगाकुको साईकल सुरु भैहाल्छ। तेस्रो बर्षको पढाई चलिराखेको थियो, पढनु पर्ने बिषयहरु लगभग सक्किसकेको थियो ।
सन् २००८ मा जापानमा एउटा नयाँ विषयले चर्चा पाएकाे थियाे, त्याे थियाे अार्इफाेन । भर्खरै आविश्कार भन्दा पनि फरक नपर्ने नयाँ फोन (आई फोन) बजारमा आएको थियो । आमेरिकाको आप्पल कम्पनीले बजारमा ल्याएको ३ जी भन्ने आईफोन फोन थियो । त्यो फोन करिब ६ लाख बिक्री भइसकेको थियो । अनि गीत र संगीत आईप्याट पनि धेरै बिक्री भएको थियो । यस फ़ोनमा टच्च पानेल सुविधा पनि रहेछ । यस्तो फोन जापानको बजारमा आएको थियो ।
जापानमा पढदै आएका विद्यार्थीहरुले धमाधम आईफोन फोन किन्न थालेका थिए । तर कालिदासले चाही आईफोन किनेन। अाँट गरेन भन्दा फरक नपर्ला । विश्वविद्यालयको फि,घरको भाड़ा, बिजुली, पानी, ग्यास र फ़ोनको पैसा र कहिले काही नेपाल तिर पनि अलिअलि पठाउनु पर्यो । आई फोन किन्ने पैसा काँहा हुनु ।
आफ्नो घाटी हेरी हड्डी निल्नु पर्छ भनेर जस्तै कालीदास पनि पहिला आफ्नो घाटी हेरी त्यो फोन आफुलाई नचाहिने निर्णय गर्छ । मनमनै किन्न त मन भएपनि कताकता मन बाधेर पैसा जाेगाउने विचार गर्छ ।
एकदिन एकजना नेपाली दाजुसंग भेट हुन्छ, नयाँ कभर सहितकाे अार्इफाेन बाेकेर हिडेका थिए । केहिवेर कुरा गर्दै जाँदा घरमा अहिलेसम्म पठाउने पैसा कमाउन नसकेकाे कुरा गर्छ। सुरूमा त कुरा पत्याउदैन तर गफ गर्दै जाँदा पत्यार लाग्छ । के गर्ने भार्इ कमार्इ राम्राे छैन कमाएकाे अलिअलि पनि यसाेउसाे गर्दागर्दै फाेनकाे बिल तिर्नै परयाे भनेपछि कालिदास झसंग  हुन्छ । जापान आएदेखी नेपालमा पैसा नपठाएको, न त कलेजको फि नै समयमा तिर्न सकेको, साथीहरुसंग पैसा सापट लिएर काम चलाएकाे देखेर कालिदास दंगदास पर्छ।
हेर्दा राम्राे भएपनि महिनाकाे महंगाे बिल संम्झदाँ कहालि लाग्छ । अार्इफाेन बाेकेपछि हरेक महिना १० हजार हाराहारीमा बिल तिर्नु पर्छ जापानमा, मंहगाे पनि चाहिने भन्दा बढी भएपछि के गर्न सकिन्छ र ।
कालीदासले मनमनै यस्तालाई पनि आईफोन चाहिने भनेर भन्छ । तर आफु तिनिहरु भन्दा फरक भएको, त्यसैले अहिले आफुलाई आईफोन नचाहिएको निर्कष निकाल्छ ।
क्रमस …..

कथा अनि ब्यंथा भाग-२९ ‘ जापानी साथीसंग धरै संगत ’

कालिदास नेपाली समुदाय भन्दा जापानी साथीहरुसंगनै रमाईरहेको थियो। आरुबाईतो गर्ने ठाँउका, पढने ठाँउका जापानी साथीसंग आफ्नो समय धरै बिताउने गरेको थियो।
जिन्दगीमापनि कहाँबाट कहाँ पुग्दो रहेछ । कुन देशमा जन्मेको मान्छे, कुन देशमा हुर्केर, कुन देशमा काम गरेर, कुन देशमा मर्ने हो थाहा नै हुदो नरहेछ। हुनत ग्लोबलाइजेसन भनेको यही होला।
विश्वविद्यालयमा पनि विश्वभरिबाट विद्यार्थीहरु आएका थिए । यो जापान भन्ने देश बस्नको लागि “स्वर्गनै हो कि ” जस्तो लाग्थ्यो । रेल भित्र पनि महिलाहरुको लागि छुट्टै स्पेस छ । राती अबेरसम्म बाहिर घुमेर, अबेर घर फर्कदा पनि डर मान्नु पर्दैन । कुनैकुनै देशमा त राती अबेर हिड्न पनि हुदैन क्यारे, भएको पैसा पनि लुटीदिन्छन, महिलाहरुलाइ त राती अबेर हिड्दा डर मानी-मानी हिड्नु पर्दछ।
यो देश एकदमै सुरक्षित मानिन्छ । यहाँका मानिसहरु अनुशासित छन्, ईमान्दार छन्, सहयोगी छन् र मायालु पनि छन् । यस्तै कारणहरुले गर्दा होला कालिदासका साथीहरु नेपाली भन्दा जापानीहरु बढी थिए । उ पनि जापानीहरु संगै घुम्न, रम्न मनपरौथ्यो। २००८ को ५-६ महिना तिरको कुरा भनेपछि, कालिदास तेस्रो वर्षमा पढ्दै गर्दा केरी को कुरा हो । प्रमुख रुपमा अर्थशास्त्र र व्यवस्थापन बिषय पढेको थियो तर अरु बिषयहरुपनि लिनुपर्ने भएकाले गर्दा विदेशी भाषामा अंग्रेजी र जर्मन भाषा लिएको थियो। त्यहाँ एक जना यस्तो साथीसंग भेट हुन्छ जो पछिसम्मको मिल्ने… माबुदाची(बेस्ट फ्रेन्ड) रही रहन्छ।
दुबैजनाको भेट अंग्रेजी कक्षामा भएको थियो । उसको नाम युकी थियो ।

कालिदासलाई अलिअलि अंग्रेजी पनि आउने र अंग्रेजी सिकाउने सिलसिलामा दुबैजना नजिकको मित्र बन्न पुग्छन। एकजना मनबाटै मिल्ने साथी भयो भने धेरै सहयोग पनि हुदो रहेछ । जति सुकै लामो समय जापानमा बसोबास गरेपनि, जति सुकै जापानी भाषा राम्रो भए पनि, जति सुकै जापानी संस्कृति बुझे पनि विदेशीहरु जापानी जस्तो बन्न नसकिदो रहेछ । जसरी हामीले हाम्रो नेपाललाई, भाषालाई र संस्कृतिलाइ बुझेका छौ, त्यसरी नै जापान, जापानी भाषा र यहाँको संस्कृति बुझ्न गारो हुदो रहेछ ।
यस्त कुराहरु युकीसंगको भेट पछि थाहा पाउछ । र मनभित्र धेरै साथीहरु हुनु भन्दा एउटा मात्र भए पनि मिल्ने साथी भएको राम्रो हुदो रहेछ भन्ने कुरा खेलाई रहन्छ।
अनि करिब ७-८ महिनाको बेला थियो क्यारे, टोकियो हिबीया पार्कमा दोस्रो नेपाल फेस्टिवल हुने कुरा थाहा पाउछ । पहिला नेपाल डे फेस्टिवल चाही २००७ मा हिबिया पार्कमा नै भएको रहेछ। पहिलो नेपाल डे फेस्टिवल जान नपाएकोले पनि होला, दोस्रो नेपाल डे फेस्टिवल जाने निर्णय गर्छ। अनि युकीलाई पनि लिएर जान्छ।
नेपाल फेस्टिवलमा बिहान नै गएको थियो । आजसम्म जापानीहरुसंग नै घुल्मेल गर्ने, नेपाली समुदाय तिर त्यती नआउने गरेको थियो तर नेपाल डे फेस्टिवल भनेको ,आफ्नै देशको फेस्टिवल भएकाले गर्दा होला, आफ्नो जापानी साथीलाइ नेपाल चिनाउनको लागि पनि लिएर जान्छ।
स्टेजमा पूर्ब नेपालका लागि जापानी राजदूतहरु, जापानका लागि नेपाली राजदूत, गैरआवासीय नेपाली संघका प्रतिनिधीहरु, जापानका गन्यमान्यहरुको उपस्थिति थियो।
एकजना नेपाली दाजुले औपचारिक कार्यक्रमको उदघोषण गर्नु भएको थियो र उहाँको साथीले चाही मनोरन्जन कार्यक्रमको उदघोषण गर्ने शैली अत्यन्तै राम्रो थियो । नेपाली भाषालाई जापानी भाषामा र जापानी भाषालाई नेपाली भाषामा अनुबाद गर्ने शैली सुनेर- देखेर, कालिदासलाई पनि आफु पनि गफ दिन यहि बाटो तिर लाग्नु पर्छ कि जस्तो लाग्छ ।

कथा अनि ब्यंथा भाग-२८ ‘अमेरिका राम्रो कि जापान ?’


अमेरिकन लाईफ़ ठिक हो कि जस्तो लाग्छ
तर मलाई जापानीज लाईफ़ ठिक लाग्छ ।
मन नपर्ने कुराहरु पनि छन
तर तुलनात्मक रुपमा जापान नै ठिक हो कि?

बाहिर घुम्न जाऊ जाऊ लाग्ने मौसम थियो । निलो आकाश, सेतो कतै गुलाबी रंगका साकुरा फुलेका थिए । हारु समय, नेपाली शब्दमा भन्नु पर्दा वसन्त ऋतु । जाडो सकियपछि,गर्मि भन्दा अगाडीको मौसम, घुमघाम गर्नको लागि पनि ठ्याक्कै थियो । टोकियोका धेरै सडक छेउ, बगैचा,पार्कहरुमा र डाडाकाडाहरुमा साकुरा फुल फुलेका थिए। विश्वविद्यालयको कम्पाउन्ड भित्र पनि साकुराका फूलहरु लटरम्मै फुलेका थिए ।
ति फूलहरु हेर्दा मननै कता कता हराए जस्तो लाग्थ्यो । कालीदास पनि विश्वविद्यालय वरिपरीका साकुरा हेर्दै,मनोरंजन लिइरहेको थियो । त्यहि बेला धेरै पछि सुदर्शनसंग भेट हुन्छ। सुदर्शन कालीदास भन्दा एक वर्ष जुनिएर थियो ।
कालीदास नेपालबाट आउदा,सुदर्शनको बुवा-आमाको कोसेली पनि ल्याईदिएको थियो, अनि आज बेलुका आरुबाइतो (पार्टटाईम जब) पनि नभएकोले गर्दा,दुबैजना घर तिर जन्छन । धेरै पछि नेपाली खाना बनाएर खाए। सुदर्शन चाही आरुबाइतो (पार्टटाईम जब)लाई जोड़ दिने खालको थियो, कलेज पनि त्यति आउदैन थियो । त्यसैले कालीदासले सधै झै ” यार आरुबाईतो मात्र नगर, मैले तिम्रो बुबा आमालाई पनि भनिदिएको छु । उहाहरुले पनि छोरालाई पढेर राम्रो गरोस भनेर भन्नु भएको थियो ”
“तर यो देशमा केही होला जस्तो लाग्दैन यार, म त दाईगाकु (विश्वविद्यालयको) सकिएपछि केही समयको लागि नेपाल जान्छु अनि त्यस पछि अमेरिकाको लागि प्रयास गर्छु, त्यति समयसम्मको लागि जापानमा सकेको कमाउने हो, पढाई त भन्ने मात्र त हो।  ” भनेर जबाफ दिन्छ ।
“ठिकै छ । तिम्रो बिचार त्यस्तो छ भने पनि ठिकै छ। अमेरिकन लाईफ़ भनेर पनि भनिन्छ तर मलाई जापानीज लाईफ़ ठिक हो कि जस्तो लाग्छ । यहाँ पनि मन नपर्ने कुराहरु पनि छन तर तुलनात्मक रुपमा जापान नै ठिक हो कि जस्तो लाग्छ ।
जापान र नेपाल धेरै कुराहरु मिल्छ पनि “संस्कृतिको हिसाबले पनि हामी धेरै नजिक छौ । हाम्रो नेपालको नेबारी समुदायको चाडबाड , कुनै कुनै नेबारी भाषाका शब्दहरु पनि मिल्छन। हामी नेपालीहरु पनि जापानीहरु जस्तै केही परेको बेलामा सहयोग गर्नु पर्छ भन्ने भाबना बोकेका छौ । अनि एसियामा पनि धेरै जापानीहरुले नेपाललाई मन पराउछन, बर्सेनी हजारौ जापानी पर्यटकहरु नेपाल जान्छन । हाम्रो देशलाई माया गर्छन ।
अमेरिकाको कुरा गर, हुन त अमेरिका पनि बिदेशबाट गएका ईमिगेर्न्टहरुले बनाएको देश हो । तर प्रर्येक दिन मान्छे मारेको खबर समाचारमा आईराखेको हुन्छ । बन्दुक लिन पाईने देश भएपंछि, आफुलाई केही पुगेन भन्ने बितिक्कै मान्छे मारीहाल्ने, नेपाल, भारत लगाएतका देशबाट आउनेलाई पाकी (पाकिस्तानी) भनेर हेप्छन रे । हुन त ठुलो देश सम्भाबनाहरु पनि धेरै छन होला । तर मलाई त जापाननै ठिक छ ” भनि जबाफ र सल्लाह दिन्छ ।
सकेसम्म त आफ्नै देश बस्न पाए केही गर्न पाए हुन्थ्यो तर के गर्ने? बिदेश आउन परेको छ। दुबै जना अलिअलि पिएर भ्याए । सुदर्शन भोली बिहानको काम भएकाले घरतिर फर्कन्छ  ।

Saturday 29 October 2016

( 3 दिन बाकी ) जापानमा नेपालको नाम चिनाउनको लागी , नेपालमा केही गर्नको लागी नेपाली । - 2

( 3 दिन बाकी )

नमस्कार। सन्चै हुनुहुन्छ !

सर्बप्रथम तपाई र तपाइको परिवार लै  दिपावली २०७१ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

ब्रसंग बदल्छु , धेरै भन्दा धेरै साथीहरुले मलाई भोट दिएर सहयोग गर्नु भएको छ ! सम्पूर्ण दाजु भाई तथा
 दिदि बहिनि ,साथी सुभचिन्तक हरुलाई येही फेसबुक मार्फत धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

यहाहरुको माया र ममताले म अहिले दोस्रो स्थानमा छु ।
यो महिनाको अन्तिम दिन सम्म यो प्रतिस्पर्धा जारी रहन्छ । अलि लामो यात्रा हुन्छ । यो महिनाको अन्तिम
दिन सम्म , सके सम्म दैनिकरुपमा मलाई भोट दिनु हुन्छ भन्ने आशा पनि गरेको छु ।

यस प्रतियोगिताको बारेमा , कस्तो कार्यकर्म हो ? , भोट कसरी दिने ? , नेपाललाई के फाईदा छ भन्ने प्रश्नहरुको
 लागी यस लिन्क हेर्नु होला ?
https://www.facebook.com/bissub/posts/10154582258138480

अन्त्यमा आज पनि यहाहरुले मलाई भोट दिएर अगाडी बढाउने हुनेछ भन्ने आशा लिएको छु । भोट गर्ने तरिका
यस प्रकार छ ।

भोट गर्ने तरिका:-
१. तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://mote1.jp/Mote1Contest/index/33/3378

२. जापानी अक्षर (投票する!) भएको ठाउँमा क्लिक गरी, भोट गर्नुहोस् ! विस्तृत जानकारीको लागि
फोटो हेर्नुहोला !
नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ !

Monday 17 October 2016

जापानमा नेपालको नाम चिनाउनको लागी , नेपालमा केही गर्नको लागी नेपाली ।

नमस्कार साथी हरु !
धेरै साथीहरु बाट धेरै प्रस्न हरु आएकोले मा यो पोस्ट गर्दै छु
-------------
१ : यो मोतेकोन भनेको के हो ?
यो वर्षबाट जापानको टोकियो स्थित माकुहारी मेस्सेमा , रास्टिय स्थरको बकितित्बकला प्रतियोगिता , डान्स प्रतियोगिता , हास्य ब्यन्ग्य प्रतियोगिता , मोतेमेन सुन्दर प्रतियोगिता , मोतेज्यो सुन्दरी प्रतियोगिता हुन गई राखेको छ । त्यो इवेन्टको नाम मोतेकोन हो !
-------------
२: तपाई कुन प्रतियोगितामा भाग लिदै हुनुहुन्छ र किन ??
म बकितित्बकला प्रतियोगितामा भाग लिदै छु ! डिसेम्बर को ३ गते माकुहरी मेस्सेमा ठुलो इवेन्ट हुन्छ ,जहाँ कम्तिमा १०००० भन्दा बढी दर्शक हरुको उपस्तिती हुन्छ ! त्यो ठाउँमा गएर , नेपालको परिचय दिन मैले यो प्रतियोगितामा भाग लिएको हु !
-------------
३:यस प्रतियोगिताको फाईनल स्टेजसम्म तपाइलाई पुर्याउन
को लागि हामीले के गर्नु पर्छ त ?
यो महिना भरि (३१ गते को २४ बजे सम्मे ) इन्टरनेट भोटिंग हुदैछ ! इन्टरनेट भोटिंगबाट पहिलो ,दोस्रो र तेस्रो हुने प्रतियोगीहरु १२/३ को बकितित्बकला प्रतियोगितामा भाग लिन पाउछन् !तपाई हरुले मलाई इन्टरनेट भोटिंग बाट १२/३ को प्रतियोगितामा पठाउनु हुनेछ भन्ने आशा लिएको छु !
भोट गर्ने तरिका:-
◆ तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://mote1.jp/Mote1Contest/index/33/3378
◆ जापानी अक्षर (投票する!) भएको ठाउँमा क्लिक गरी, भोट गर्नुहोस् ! विस्तृत जानकारीको लागि फोटो हेर्नुहोला !
नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ !


-------------
४:यस प्रतियोगितामा भाग लिदा नेपाल लाई के फाइदा हुन्छ त ?
माथि पनि लेखेको छु ! १०००० भन्दा बढी दर्सकहरुको माझ एउटा नेपालीले नेपालको बारेमा बोल्न पाउनु पनि ठुलो
कुरा हो जस्तो लाग्छ ,अर्को कुरा नेपालको बारेमा जापानीहरुलाई प्रेज़ेन्टेसन गर्ने मौका मिल्छ ! यसले नेपालको पर्यटन प्रबदनलाइ पनि टेवा पुग्न सक्छ !
अनि अन्त्य म प्रथम हुन सकेको खण्डमा अलि अलि उपहार पनि पाइन्छ ! त्यो उपहार नेपाल को लागि खर्च गर्नेछु !
-------------
५ : इन्टरनेट भोटिंग दिन को एक पटक दिन मिल्छ ?
हजुर दिन को एक पटक मिल्छ , यो महिना को ३१ तारिक सम्म दिन को एक पटक मिल्छ ,( यदी तपाई संग एउटा भन्दा बढी डिभाईस( Mobile , PC , Tablet ) छ भने ,सबै डिभाईसबाट एक भोट गर्न मिल्छ )
-------------
६ : टुइटर बाट पनि भोट गर्न मिल्छ ?
मिल्छ ,टुइटरबाट भोट गर्दा ,एक क्लिच्कबाट १० पोइन्ट दिन सकिन्छ ! यदी तपाई टुइटर प्रयोग गर्नु हुन्छ भने
टुइटर जोडेर भोट गर्नु होला ! गर्ने तरिका को लागि तल को फोटो हेर्नु होला !
पहिला यस लिंक म क्लिच्क गर्नुस अनि फोटो अनुसार अगाडी जानुहोस !
https://mote1.jp/Mote1Contest/index/33

-------------



Saturday 15 October 2016

बिष्णु भण्डारी दोस्रो स्थानमा , भोटिङ्ग गर्न अझै 17 दिन बाकी

बिष्णु भण्डारी दोस्रो स्थानमा , भोटिङ्ग गर्न अझै 17 दिन बाकी
नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ !

Twiitter Account हुने साथीहरु यसरी भोट गर्नु होला 

भोट गर्ने तरिका:-
१. तलको लिंकमा क्लिक गर्नुहोस् ।

२. जापानी अक्षर (投票する!) भएको ठाउँमा क्लिक गरी, भोट गर्नुहोस् ! विस्तृत जानकारीको लागि फोटो हेर्नुहोला !

मा दोस्रो स्थान मा छु  !

इन्ट्री नुम्बर ३०३ 
बिष्णु भण्डारी 

नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ !


日本が好きな外国人の挑戦モテコンスピーチコンテスト

===============================================================

नमस्कार ।

यो महिनाको अन्तिम दिन सम्म दिनको एक पटक भोट हाल्न पाईन्छ ।यहाहरुको मायाको आशा गरेको छु
म आउने डिसेन्बरमा जापान टोकियो स्थित माकुबारी मेस्सेमा हुन गईराखेको मोतेबान कन्टेस्टको स्पिच 
प्रतियोगितामा भाग लिनको लागी पहिलो परिक्षा स्बरुप ईन्टरनेटमा भोटिनमा आफ्नो भिंडियों राखेको छु ।

जापान आएको पहिलो दिनका कुराहरु त्यस भिडियोमा समावेश गरेको छु । 
यहाहरुले मलाई भोट दिएर जिताउनु हुन्छ भन्ने आशा लिएको छु । 
१० महिनाको अन्तिम सम्म प्रर्तेक दिन १ भोट हाल्न सक्नु हुनेछ ।

भोट गर्ने तरिका:-
१. तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://mote1.jp/Mote1Contest/index/33/3378
२. जापानी अक्षर (投票する!) भएको ठाउँमा क्लिक गरी, भोट गर्नुहोस् ! विस्तृत जानकारीको लागि फोटो हेर्नुहोला !
नोट: अक्टोबर महिनाको अन्तिमसम्म हरेक दिन एक जनाले एकचोटि भोट गर्न पाइन्छ

https://mote1.jp/Mote1Contest/index/33/3378




धन्यबाद ।

===============================================================

★★★PLEASE VOTE ME ★★★ 

You can vote me once a day til last of this month.
Dear ALL 
Please vote me . I am in a Motewan speech competition. The final stage is going to held in
Makuhari Messei Japan in December . To go to the final stage I have to WIN the first stage
which is "Internet Voting " . I hope all of you will vote me and send me to the second stage.
Here is the link. 

★★★PLEASE VOTE ME ★★★
https://mote1.jp/Mote1Contest/index/33/3378


Thank you .

===============================================================

モテコンエントリーしました!

1日1回投票お願いします❤️
https://mote1.jp/Mote1Contest/index/33/3378
エントリーNo:303です✨ 
バンダリビシュヌ 
日本が大好きな外国人の挑戦!毎朝起きたらポチっと投票!!笑
お願いします。

===============================================================




Monday 4 April 2016

जापानी भाषा लेसन १

नमस्कार । सन्चै हुनुहुन्छ । 
तपाईहरुको लागि जापानको बसोबास कस्तो चलि रहेको छ । 
विद्यार्थीहरु पनि हुनुहुन्छ होला । डीपेंनडेन्टहरु पनि हुनुहुन्छ होला ।

यो लेसन विद्यार्थीहरुलाइ भन्दा पनि डीपेंनडेन्टहरुको लागि हो ।
तपाईहरुको जापानी भाषा राम्रो होस् भन्ने हिसाबले तपाईहरुको लागि नै यो लेख लेख्दै छु ।

किताब को नाम : मिन्ना नो निहोंन्गो प्राथमिक लेवेल (みんなの日本語 初級I本冊 )

आज जापानीभाषामा कसरी अभिवादन गर्नुपर्छ भन्ने बिसय मा लेख्दै छु । 
हामी नेपालीहरु बिहान बेलुका आफु भन्दा ठुलो मान्छे अथवा सम्मान गर्नु पर्ने मान्छेलाइ नमस्कार भनेर सम्बोधन गर्छौ । जापानी भाषामा बिहान कसै संग भेटघाट गर्दा ओहायो गोजाईमासु ,दिउसो कोन्निचिवा , बेलुका कोंन्बान्वा , राति चाही ओयासुमिनसाई भनेर भन्नु होला ।मानिसहरु संग फेरी भेटौला भन्नु पर्दा माता आइमास्यो भनेर भनिन्छ ।

आज को शब्द यसप्रकार छ ।

■ नमस्कार 
→ बिहान मानिसहरुसंग भेट गर्दा 「ओहायो गोजाईमासु」 भन्ने शब्द प्रयोग गर्नु होला।
→ दिउसो मानिसहरुसंग भेट गर्दा 「कोन्निचिवा」 भन्ने शब्द प्रयोग गर्नु होला । 
→ बेलुका मानिसहरुसंग भेट गर्दा 「कोन्बान्वा」 भन्ने शब्द प्रयोग गर्नु होला ।
→ राती मानिसहरुसंग भेट गरि बिदाई गर्दा 「ओयासुमिनसाई」 भन्ने शब्द प्रयोग गर्नु होला ।
→ मानिसहरुसंग भेटगरि बिदाई गर्दा अनि लामो समयसम्म भेट नहुने बेलामा 「माता आइमास्यो」 भन्ने शब्द प्रयोग गर्नु होला ।


आज लै यति नै फेरी भेटौला ।