Tuesday 29 December 2015

कथा अनि व्यथा भाग १६ " मनको सन्तुष्टि र मनभित्रको शान्ति नै मोज हो "

कथाकार बिसु भण्डारीको लेख । यो कथा अनि व्यथा को घटना अनि पात्रहरु सबै काल्पनिक हुन् कसै को जिबनसंग मेल खान आएमा संयोग मात्र हुनेछ ।

कथा अनि व्यथा भाग १६ " मनको सन्तुष्टि र मनभित्रको शान्ति  नै मोज हो "

हिजोको साउजीले "मोज गर्नु भएको छ है " भनेको कुरा अझै बिर्सीन सक्दैन । केही समय एकजना कुक भिसामा आएका दाजुले पनि "तपाईहरु बिध्यार्थीलाई त मोज छ है ।" भनेर भनेका थिए। त्यसैगरि कालीदासका नातेदारले पनि " तलाई त एक्लो जिबन मोज छ है "भनेर भनेका थिए।अनि एकजना नेपालबाट जापान धुम्न आउनुभएको काठमाण्डूको दाजुले पनि " भाईहरुलाई त मोज छ है " भनेका थिए । 

के जापानी साथीहरु हुदैमा , बेला बेला रेस्टुरेन्ट गई खाना खादैमा , फुर्सदको समयमा यसो धुमधाम गर्दैमा , जापानी भाषा बोल्दैमा , राम्रो लुगा लगाउदैमा, फेसबुकमा राम्रो राम्रो फोटो राख्दैमा " मोज गरेको हुन्छ । त ? "

त्यती धेरै ले एउटै कुरा दोहोर्याएपछि कालीदास मोजको बारेमा सोच्न बाध्य हुन्छ । केहीसमय अगाडी पढेको एउटा किताबको केही भाग याद गर्दछ । 

त्यो किताबमा यस्तो लेखेको थियो । 

 "के हो त मोज ? टन्टलापुर घाममा हिँडिरहँदा कहिल्यै हामी वरपिपलको शितल छायामा बसेका छौ ? शिवरात्रिको चिसो रातमा के हामीले आगो तापेका छौ ? ठाडो उकालोमा जव खलखली पसिना बग्छ के त्यसबेला हामीले निर्मल झरनाको पानी पिएका छौ ? मोज कहीँ होईन , मोज त यही अलौकिक क्षणहरुमा लुकेका हुन्छ । पानी मिठो त्यतिबेला हुन्छ , जव हामीहरुलाई प्यास लाग्छ । खानाको स्वाद तब पाईन्छ , जव हामीहरुलाई भोंक लाग्छ । मोज भाङ् धतुरो होईन , मोज त शीतल हो , मोज न्यानोपन हो , मोज धैर्यता हो , मोज तिर्खा हो , मोज भोंक हो , मोज मेहनत हो । त्यसैले मोज प्राप्ति होईन , मोज प्रक्रिया हो । "

चाहीएको समयमा ,चाहीएको कुरा ,चाहिएको मात्रामा हासिल गर्नु नै मोज हो यस्तो लाग्छ कालीदासलाई । 

यो जगतमा सबैले मोज गरेका छन  । त्यो रेस्टुरेन्टको साउजीले ले पनि मोज गरेकै हुनुपर्छ । आत्मसन्तुष्टी नै मोज हो ।

यसै प्रसङ्गमा फेरी एउटा किताबमा पढेको कुरा याद गर्दछ । त्यो कुरा यसप्रकार छ । 
" एकदिन एउटा भक्तले जोगीको कोठामा मुसाले किताब चपाईरहेको देखेछ । त्यो देखेर उसले भन्यो , " ओहो हेर्नुस त , बाबा , तपाईको कोठाभित्र त मुसाले किताब खाईरहेको छ । " 

"हो भन्या , कहाँबाट आए कहाँबाट ? यी मुसाहरु । अस्ती पनि मेरो एउटा बहुमुल्य किताब खाएर बर्बाद पारिदिए " , जोगीले दुखेसो पोखे । 

हैन हजुर यो मुसालाई त यहाँबाट घपाउनै पर्यो । अर्कों गाउँलेले सही थाप्यो । 

"ठिक छ ल, म भोली एउटा बिरालो ल्याउछु । बिरालो देखेपछि त सबै मुसा यहाँबाट भागीहाल्छन नि । " अर्कों गाउँले बोल्यो । 



भोलिपल्ट एउटा गाउलेले काखी च्यापेर बिरालो ल्याईदियो । आफ्नो भक्तजनको सहयोग पाएर जोगी दंग पर्यो । कुटीमा बिरालोको गन्ध पाएपछि मुसा जम्मै भागेछन । त्यो देखेर जोगी खुब खुसी भएछ । केही दिनपछि मुसा पनि सकिएछन । केही खान नपाएर बिरालो भोकले "म्याउ म्याउ " गर्न थाल्नो । 

बिरालोको बिजोग देखेर जोगी दुखी भयो , "हरे ! बिचराले केही खान पाएन । भोंक लाग्यो होला । के ख्वाउने मैले ? "

बिरालो भोकाएको कुरा जोगीले आफ्ना भक्तहरुलाई सुनायो । एउटा भक्तले जुक्ति सिकाउछ , "बाबा ! धन्दा मान्नु पर्दैन , म भोली एउटा गाई ल्याईदिन्छु । दोएर बिरालोलाई ख्वाए भईहाल्यो नि । "

भोलीपल्टै त्यो भक्तले जोगीलाई राम्रो दुहुनो गाई दान दिएछ । दुई चार दिन त जोगी खुब रमायो । जोगीले गाई दोएर बिरालोलाई ख़ुवायो , आफुले पनि मज्जाले खायो । तर तीनचार दिनपछि गाईको दुध दुहुने , घाँस काटने , गोठ सफ़ा गर्ने काम उसका लागी बोझ हुन थाल्यो । कुटीमा आगों तापी आरामले जिविकोपार्जन गरिरहेको विचरा जोगीले आफ्ना भक्तजनलाई सुनायो । 

एकजना पाको भक्तजनले भन्यो ," हजुरलाई त सार्है दुख पो भएछ , प्रवचन सुनाउने बुध्दीजिबीले कहा गोठ सफा गरेर बस्ने ? यो त भएन । ल , हजुरलाई म गाईको स्याहार 
सुसार गर्ने एउटी सुसारे ल्याईदिन्छु । "

भक्तको कृर्पाले गाईको गोठ सफा गर्न , दुध दुहुन , बिरालोलाई दुध खुबाउन र जोगीलाई घरायसी कामसमेत गर्न एउटी केटी ल्याईदिएछन । दिन बित्दै गयो , केटी जवान र राम्री हुदै गईन । विस्तारै जोगी र केटीको बीच प्रेमसम्बन्ध गासिदै गयो । पछि त उनीहरुको बच्चा जन्मीयो । अनि अलौकिक जीवनको मोज प्राप्त गरिरहेको एउटा जोगी अब सांसारिक जीवनमा आएर भोगी हुन पुग्यो । केही नभएको बेलामा पनि जोगीले आध्यात्मिक मोज गरिरहेका थिए । सांसारिक जीवनमा आएपछि केटीसित जीवन बिताउँदा उनले अर्कै भौतिक मोज प्राप्त गर्न थाले । 

वस्तुगत रुपले अध्ययन गर्ने हो भने मोज "यत्रतत्र सर्वत्र " व्याप्त रहेको पाउन सकिन्छ । यदि त्यसलाई सही मानेमा पहिचान गरेर अनुभुति गर्न सक्यो भने चाहे त्यो झुपडीमा बस्ने गरिव नै किन नहोस , मोजबाट विमुख हुनु पर्दैन । सोख र मोजको परिभाषा जतिसुकै विराट र विभाजित देखिए पनि यसको मुल मर्म एउटै कुरामा आएर टुन्गिन्छ । त्यो हो " मनको सन्तुष्टि र मनभित्रको शान्ति । "

हिजोको रेस्टुरेन्टका साउजी , कुक दाजु , नातेदार र धुम्न आएका दाजु मात्र नभएर , हामीहरु सबै मोज भन्ने शब्द नबुझी प्रयोग गरेका छौ जस्तो लाग्छ । 

"चाहीएको समयमा ,चाहीएको कुरा ,चाहिएको मात्रामा हासिल गर्नु नै मोज हो " अर्थात " मनको सन्तुष्टि र मनभित्रको शान्ति " नै मोज हो । 

〜क्रमस〜

"यस भागमा कर्ण शाक्य दाईको पुस्तक मोजका केही बुदाहरु प्रयोग गरिएको छ"

" नेपाल भित्र नेपाली खोज्ने बेला आएको छ , जस्तो लाग्छ मलाई । "

"  नेपाल भित्र नेपाली खोज्ने बेला आएको छ , जस्तो लाग्छ मलाई । "

आजकल नेपालमा भन्दा बिदेशमा नेपालीहरु बढी भेटिन्छन , भन्नाको मतलब ज़बान युबा शक्ती ,जो नेपाललाई केही गर्न सक्छ र जो संग बल र तागत पनि छ , ती सबै बिदेशमा छन जस्तो लाग्छ मलाई । त्यसैले नेपाल भित्र नेपाली खोज्ने बेला आएको छ , जस्तो लाग्छ मलाई । 

म पनि करिब १३ बर्ष पहिला नेपालबाट पढाईको सिलसिलामा जापान आएको हु । नेपालमा छदा बिहानको पढाई अनि दिउसोको जागिर गर्ने गर्दथे । मलाई नेपालमा नै केही गर्न मन पनि थियो तर म जापान आए र अहिलेपनि जापानमा नै छु , यहि काम गरिरहेको छु ।

त्यतिबेला नेपालबाट जापान आउदा नेपालको राजनितिक परिस्थिति पनि राम्रो थिएन , साथसाथै नेपालमा केही गर्न सकिने बाताबरण पनि थिएन र मलाई लाग्छ अहिले पनि छैन ।   आन्दोलनको नाममा नेपाल बन्द गरिरहेका छन , हिसाब गर्ने हो भने "मलाई लाग्छ बर्ष भरि नेपाल खुल्ने दिनहरु भन्दा , नेपाल बन्द हुने दिनहरुको सन्ख्या बढि हुन्छ ।" उध्ययोग-धन्दा गर्नेहरुको कारखानामा आगो लगाईएको छ ,टर्क जलाईएको छ । खेती किसानी गर्नेहरुको दुध , साग- सब्जी बन्दका कारण कुहीएर गईरहेको छ । त्यती मात्रै काहा हो र , बिरामी हुदा एम्बुलेन्समा अस्पतालजादा एम्बुलेन्सनै जलाईएको छ , मान्छेको जिउने अधिकार पनि लुटिएको छ । केही गर्न खोज्यो नानाथरीका बाहानामा हडताल गरिएको छ ,व्याबसायकर्मीलाई व्याबसाय गर्न असहज बनाईएको छ । यस्ता कुरा हरु गरेर साध्यनै छैन । राजनिति नै व्याबसाय भएको छु । 

नेपालको राजनितिमा जहिलेपनि बुढापाकाहरुको हाबी छ । 
नयाँ पुस्तालाई केही सिक्ने मौका दिउ भन्ने नेताहरु त औलामा गन्नु पर्दछ । त्यसमाथी राजनितिक अस्थिरता थियो । बिदेशमा ग़एर पढने भन्ने लक्क्षपनि थियो र त्यो बेलाको राजनितिक परिस्थितिले गर्दा पनि बिदेश आउन पर्यो मलाई । म जस्तै जबान युबाहरु एयरपोर्टको ईमिगोर्यसनमा लाम लागेको बसेका थिए , पक्कै पनि तिनिहरुपनि बिदेश जान हिडेका हुन । १७-१८ बर्ष पुगेपछि कुन देश जानेहोला भनि ईन्टरनेटमा बिदेशको बारेमा बुझ्न शुरु गर्दछन । सकेसम्म बिदेश जानुपर्छ भनेर बुबा-आमाले अर्ती उपदेशपनि दिन्छन , छोरा-छोरीपनि बिदेशजानको लागी खोजीगरिरहेका हुन्छन । 

यस्तो बाताबरण सुजना गर्नुमा लामोसमयदेखी नेपालको राजनितिका कुडचीमा बसिराखेका ति बुढा नेताहरुको हात छ । 

देशको शक्तीलाई नेपालले किन रोक्न सकिराखेको छैन त ? , समय सकिएका ( date expire भएका ) नेता, भारतबादीनेता , कोही चीनबादीपनि होलान, त्यस्ता नेता-नेतीनीहरुबढी भएको , नेपालबादी , राष्टबादी नेता कम भएकोले आफ्नो देश भित्रको जनशक्ती बाहिर गईरह्को पत्तै पाएका छैनन जस्तो लाग्छ मलाई कि बुच पचाईरहेका छन । 

यि युबा जनशक्तिहरुले नेपालमा नै आफ्नो काम गर्न पाउने हो भने , नेपालले २-४ बर्षमा नै काचुली फेर्ने छ , जस्तो लाग्छ मलाई । 

अनि बिदेशमा ग़एर सफलता कमाइने नेपालीहरु पनि धेरै छन । नाम गनेर साध्यै छैन ,धेरै छन । कसरी ति नेपालीहरुले बिदेशमा सफलता हासिल गरे होलान त । एक पटक सोचेर हेर्नुस त । 

न त भाषा आउछ , न त त्यो देशको रहनसहन नै राम्ररी बुझेको छ , न त आफुसंग धेरै दाम नै छ । बिदेशले लगनसिल मान्छेहरुलाई , केही गर्न चाहनेहरुलाई सहयोग गरेको छ । त्यसैले आफुले भाषा नबोलेपनि , त्यहाको बाताबरण नबुझेतापनि , त्यो देशमा सफल हुन सकेका छन । 

त्यस्ता कुराहरुबाट नेपालले , नेपाली नेता भनाउदाहरुले पनि केही सिक्नु पर्ने अवश्था आएको छ । 

बिदेशमा सफलता हासिल गरेका र गर्न सक्ने नेपालीहरुलाई स्थान दिएमा , अनुशासित र कानुन मान्ने र लाग्ने देश बनाउन प्रयास गरेमा , ति बिदेशिएका नेपालीहरुपक्कै पनि  नेपाल फर्कनेछन र नेपालमापनि सफलता हासिल गर्न सक्नेछन । 

केही गर हो नेता ज्युहरु , हामीहरु स्वदेश फर्कन चाहीरहेको छौ । 

Saturday 26 December 2015

सम्झनाको चौतारीमा , मायालुको फुलबारीमा ।

सम्झनाको चौतारीमा , मायालुको फुलबारीमा ।
सम्झनाको चौतारीमा , मायालुको फुलबारीमा ।
तिम्रो नै याद आउने । तिम्रो नै याद आउने ।

बितेका पलहरु बिताएका क्षणहरु ।
बितेका पलहरु बिताएका क्षणहरु । 
झलझली आखैभरि । झलझली आखैभरि । 

सम्झनाको चौतारीमा , मायालुको फुलबारीमा ।
सम्झनाको चौतारीमा , मायालुको फुलबारीमा ।
तिम्रो नै याद आउने । तिम्रो नै याद आउने ।

सङ्गै छदा बिताएका रमाईला पलहरु । 
सङ्गै छदा बिताएका रमाईला पलहरु । 
अहिले मेरो जिउने साहरा । अहिले मेरो जिउने साहरा । 

सम्झनाको चौतारीमा , मायालुको फुलबारीमा ।
सम्झनाको चौतारीमा , मायालुको फुलबारीमा ।
तिम्रो नै याद आउने । तिम्रो नै याद आउने ।

आफ्नो कथा आफै कोरी रोईरह्छ ।
आफ्नो कथा आफै कोरी रोईरह्छ ।
तिम्रो प्रतिक्षामा कुरीरहेछु । तिम्रो प्रतिक्षामा कुरीरहेछु ।

सम्झनाको चौतारीमा , मायालुको फुलबारीमा ।
सम्झनाको चौतारीमा , मायालुको फुलबारीमा ।
तिम्रो नै याद आउने । तिम्रो नै याद आउने ।




Friday 25 December 2015

कथा अनि व्यथा भाग १५ "आत्मसम्तुष्टी"

कथा अनि व्यथा भाग १५ "आत्मसम्तुष्टी"

करिब २००७ साल तिरको कुरा हो । कालीदास पनि दाईगाकु ( बिश्वबिध्यालय )को दोर्सो बर्षमा पढदै गरेको हुन्छ । एक दिन सधै झै बिहानसम्म आरुबाईतो (पार्ट टाईम जब ) सकाएर दाईगाकु ( बिश्वबिध्यालय ) तिर गईराखेको हुन्छ । बसमा एउटा नेपाली जस्तो अनुहार गरेको मान्छेलाई भेंटछ । सुरुमा त भारतीय नागरिक हो की ? बङ्गलादेशको हो की ? या अन्य कुनै दक्षिण एशियालीदेशको मान्छे जस्तो लाग्छ । फेर्स मुद्रामा भएको भए तर "तपाई नेपाली हुनुहुन्छ भनेर सोथ्यो पनि होला " ,कालीदास फेर्समुद्रामा थिएन। 
बेलुकाको कामबाट थाकेर आएकोले बोल्न पनि त्यति मन लागीराखेको हुदैन । बसको यात्रा पनि लामों भएकोले केही समय आखा चिमलिएर आराम गरीराखेको हुन्छ । 

केहीसमय पछि दाईगाकु ( बिश्वबिध्यालय ) को प्रर्ङ्गणमा 
पुगीहाल्छ। सधै जसो दाईगाकु गएपछि केही समय क्यानटिनमा बिताउने गरेको हुनाले , आजपनि बसबाट आेर्लिएर सधै जसो क्यानटिन तिर गईराखेको हुन्छ । अकस्माथ पछाड़ी बाट एक्कासी " हजुर नेपाली हुनुहुन्छ ??" भन्ने आबाज सुनिन्छ । कालीदास पनि एकछिन टवाल्ल पर्छ । अनि यसो अनुहार गहिरिएर हेर्दा अधि बसमा देखेको मान्छे रहेछ भन्ने थाहा हुन्छ , त्यसपछि कालीदासले उसलाई क्यानटिन तिरनै लिएर जान्छ  , अनि दुबैजना कफि खादै कुरा-कानी गर्दछन  । कालीदास चाही २००६ ब्याचको हुन्छ , उ चाही २००७ को ब्याचको रहेछ । कुराकानी आगाडी बढ़ने क्रम जारी हुन्छ । उसको नाम सुदर्शन  ,मुल धर  काठमाण्डू रहेछ , ऊमेर चाही कालीदास भन्दा जेठो रहेछ । 
साथसाथै सुदर्शनले कालीदासलाई "आफु नयाँ भएकोले केही पनि थाहा नभएकोले कसरी के गर्दा ठिक हुन्छ" भनेर प्रश्नहरु गर्दछ । कालीदासले पनि आफुले भोगी आएको कुराहरु सेयर गर्दछ  । सकेसम्म आरुबाईतो कम गरि पंढाईमा जोड़ दिदा राम्रो हुने , कुनकुन बिषय पढदा राम्रो हुने , आफुलाई पनि ज्ञान हुने बिषय ,भविष्यमा प्रयोग हुने बिषय आदी कुराहरुको बारेमा सल्लाह दिन्छ । 
त्यसपछि दुबैजनाले आ-आफ्नो सम्पर्क नम्बर साटा-साट
गर्दछन र आ-आफ्नो कक्षा तिर लाग्दछन। 

त्यों समयमा दाईगाकु ( बिश्वबिध्यालय ) माँ नेपाली भनेको कालीदास र सुदर्शन मात्र थिए । धेरै शिक्षकहरुले नेपाल प्रति रुचि राख्ने भएकाले, त्यती बेला कालीदास र सुदर्शन दुबैजना मिलेर नेपाल सम्बन्धी जानकारी गराउने गर्दथे । जापानका लागी नेपाली राजदुत नभए पनि दाईगाकु भित्र राजदुतले भन्दा बढि नेपाल र नेपालीहरुको बारेमा बुझाउने , नेपालमा हुदै आएको नयाँ राजनितिक परिस्थितिको बारेमा , नेपालका प्रर्यटकिय स्थलहरुको बारेमा आदी ईत्यादी बिषयहरुको बारेमा जानकारी गराउने  र नेपालको सत्य तथ्य प्रचार गर्ने गर्दथे ।

त्यती बेला नेपालमा पनि धेरै राजनितिक परिवर्तनहरु आएका हुन्छन । नेपालमा धेरै लामों समय देखी चलि आएको  राजशष्था पनि हटेको खबर सुन्छ । कालीदासलाई २३० बर्ष भन्दा बढि चलिआएको राजशष्था हटेकोमा रार्है नराम्रो लान्छ तर १० बर्ष भन्दा बढि जनयुध्द गर्दै आएका माओवादीहरु जनयुध्द छोडेर राजनितिक मूलधारमा आएको कुरामा चाही खुशी मान्दछ । भबिष्यमा नेपाल फर्कने बाताबरण बन्दै जाने र , त्यसपछि नेपालमा नै ग़एर केही गर्ने बिचार मनमा लिई अहिलेकोलागी आफ्नो आखा अगाडीको पढाईलाई मात्र ध्यान दिने सोचका साथ अहाडी बढदछ । 

कालीदासले सेमिनार (जेमी) क्लास पनि लिएको हुन्छ । 
एकदिन सेमिनार (जेमी)का सेन्सेई र साथीहरुको अनुरोधमा नेपाली खाना खान जाने कार्यक्रम बनाउछ । त्यो बेला अहिलेको (२०१५ तिर को) जस्तो छ्यापछ्याप्ती नेपाली खाना धरहरुपनि थिएनन । इन्टरनेटबाट खोज्दा , दाईगाकुको सबैभन्दा नजिकैको रेस्टुरेन्ट ताचिखाबामा भेंटछ र आफ्नो सेन्सेई र साथीहरुलाई त्यही रेस्टुरेन्टमा लाने योजना बनाउन। 
सबैजना नेपाली खाना खान जान्छन । नेपाली भएका कारणले होला रेस्टुरेन्टका साउजीले घेरै सरभिस पनि गर्छन । जापानीहरुपनि मिठो खाना त्यसमाथी साउजीबाट राम्रो सरभिस पाएपछि मख्खै पर्छन । अन्तिममा ओईसीखात्ता (धेरै मिठो थियो) भनि आ-आफ्नो धरतिर लाग्छन । कालीदास चाही केही समय त्यहा बस्दछ । रेस्टुरेन्टका साउजीले नजिकै आएर "पर्वते बिग्रिन्छ मोजले , नेवार बिग्रिन्छ भोजले भन्छन" , बिग्रिन हुदैन है भाई भनेर कालीदासलाई भन्दछन । कालीदासपनि आफ्नो ऊत्तर ब्यङ्ग्यातमक सैलीले दिन्छ । हाम्रो विद्यार्थीहरुको काहानी तपाईले बुझ्नु भएको छैन दाईं ,
"हामीहरु गर्छै  रातदिन काम ,कहिले देख्ने घाम ,अलिअलि कमाउने हो दाम ,त्यही पनि सबै कलेजमानै जाम , कैलेहो हामीले कमाउने दाम , मोजको त के कुरा , राम्ररी सुत्न पाए मात्र हुन्थयो हरे राम"

रेस्टुरेन्टका साउजीले मुसुमुसु हासी "मैले पनि बुझेको छु भाई " भनि कुरालाई त्यही टुङ्ग्याउछन । समय पनि राती अबेर भई सकेकाले कालीदास हतार हतार गरि घर तिर लाग्छ । 

फ्रकने रेलमा अघिको रेस्टुरेन्टको साउजीले भनेको कुराहरु याद गरि , "केही पनि थाहा नभए त नबोल्नु नी , विद्यार्थीहरुको आफ्नै सम्स्या हुन्छ । जापानीहरुसंग खाना खान गयो भन्दैमा , घुम्यो भन्दैमा माेज गरेको भनठान्छन यार " भनि मनमनै गुनगुनाई रहन्छ । 

केहीसमय अगाडी दाईगाकुको सेन्सेईले भनेको कुरा याद गर्दछ । सेन्सेईले "隣の芝生は青く見える"/"तेनारीनो सिबाफुगा आओकु मिएरुभनेर भन्नु भएको थियो। 
"तेनारीनो सिबाफुगा आओकु मिएरु" भनेको आफ्नो घरछेउको (छरछिमेकको) बगैचा (चौर) हरियों देखिन्छ , भन्ने अर्थ हो । हामीहरु जहिलेपनि आफ्नो भन्दा अर्काको जिबन सैलीमा , रमाईलो  अघिको साउजीको भाषामा भन्ने हो भने "मोज" देख्छौ । अर्काको हेर्नु भन्दा , हामीहरु आफुलाई अगाडी बढाऊनको लागी पहिला आफुमा नै 
आत्मसम्तुष्टी हुनुपर्दछ । त्यसपछि त सबै ठिक हुदै आईहाल्छ नि । 

कालीदासले रेस्टुरेन्टका साउजीलाई सल्लाह दिने मौक़ा त पाएन । आज समय पनि मिलेन त्यसमाथी अलिअलि कमाएपछि हामीजस्ता "विद्यार्थी"को कुरा के सुन्थ्यो होला भनि मनमनै गुनगुन गर्छ । तर आफुले आफुलाई चाही  सल्लाह दिन्छ , आफु चाही जुनसुकै हालतमा पनि त्यस्तो (अघिको साउजीको जस्तो तरिकाले ) नबन्ने अठोट गर्दछ । 

क्रमस । 

Wednesday 23 December 2015

कथा अनि व्यथा भाग १४ " जापानमा नेपाल चिनाउने अवसर। "

कालीदास जापान आऊदा नेपालमा माओवादीहरुको जनयुध्द चलिरहेको थियो । सरकार पक्क्ष र माओबादीहरुका बिच बार्ताको प्रक्रिया पनि अगाडी बढीरहेको थियो । २००६ माँ चाही राजा ज्ञानेन्द्रले प्रतक्क्ष शासन चलाईरहेको समय थियो । २००६ का अन्त्य तिर चाही लामोसमय देखी प्रयास गर्दै आएको माओबादी र सरकार पक्क्ष बिच शन्तीसम्झौता भई  दशबर्ष सम्म चलिआएको माओबादीको जनथुध्दको अन्त्य हुन्छ । 

नेपालमा नया लहर छाएर आउछ । लामों समयदेखी चलिआएको जनयुध्दको अन्त्यले नेपाल अब त बिकासको दिशातिर उन्मुख हुन्छ की? अब त नेपालीहरु कामगर्नको लागी बिदेश जानु त पर्दैन की ?? नेपालमा रहेका युबा जनशक्तीले नेपालमा नै काम पाउछनकी?? नेपालमा बिदेसी लगानीहरु धेरै भन्दा धेरै भित्रीन्छकी ?? भन्ने जस्ता आशाहरु प्रर्तेक नेपालीहरुको मनमा छाईरहेको हुन्छ । 

कालीदास आफु बिदेशमा भएतापनि आफ्नो देशलाई केही गर्नु पर्छ है भन्दै । जापानमा हुने नेपाली कार्यकर्महरुमा सहभागीता जनाउदै जान्छ । 

दैनिकी त सधै झै बिहान ऊठने - विश्वविद्यालय जाने - आरुबाईतो ( पार्ट टाईम जब ) जाने सरकलमा नै बितीरहेको हुन्छ । 

पहिलो बर्ष सकाएर विश्वविद्यालयको दोस्रो बर्षमा प्रबेश गर्न लागेको बेलामा फेरी नेपालमा राम्रो राजनीतिक परिवर्तन आऊछ । माओवादीहरु नेपालको अंतरिम सरकारमा प्रबेश गरी राजनीतिक मुख्यधारामा आउछन । 
कालीदासको मनमा पनि धेरै हर्सोल्लास छाउछ । अब त  नेपालीहरुले अकालमा ज्यान गुमाउन पर्दैन होला । अब त केही राम्रो हुन्छ होला भन्ने सोचहरु मनमा आउछन  । 

कालीदास पनि आफुले जापानबाट सिक्नेकुराहरु छिटो सिकीसकेसम्म नेपाल फर्कनु पर्छ भन्ने मन बनाऊछ ।राजनितिकरुपमा पनि आगाडीबडीरहेको नेपाल , आफ्नो देशलाई केहीगर्नु पर्छ भन्ने सोचका साथ दिनचर्या बित्दै जान्छन  ।

विश्वविद्यालयमा पनि दोस्रो बर्षमा प्रबेश गरीसकेको हुन्छ । पहिलो बर्षमा चाही जापानी भाषा राम्रो बनाऊने भन्ने लक्क्ष लिई अगाडी बढेको हुन्छ । दोस्रो बर्ष चाही पढ़ाई त भै हाल्यो । आफु जन्मेको देश नेपाललाई पनि चिनाऊने कार्यक्रमहरु शुरु गर्ने , कोकुसाई कोर्यु (बिदेश सम्बन्धी )का कार्यकर्महरु गर्ने , पढ़ाई पनि राम्ररी नै अगाडी बढाउने जस्ता बिषयहरुलाई बढि प्राथमिकता दिने ऊधेश्यका साथ अगाडी बडने अठोट गर्दछ ।  

 नेपालबाट जापान आएका राजदुत त एउटा मात्रै हुने हुनु भयों । हामी सबै नेपालीहरुले आफुलाई एकप्रकारले नेपालको राजदुत नै सम्झनु पर्दछ । नेपाललाई आँच आउने कुरा गर्नु हुदैन बरु एक जना मात्र किननहोस नेपाल मनपराऊने जापानी बनाउनु पर्छ - बडाउनु पर्छ । भन्ने कुरा आफुले पनि गर्दछ र आफ्ना मिल्ने साथीहरुलाई पनि त्यही सल्लाह दिन्दै अगाडी बडीरहेको हुन्छ । 

विश्वविद्यालयमा पनि नेपाल सम्बन्धी जानकारी दिने कार्यक्रम पनि गर्दछ । सुरुमा त त्यती धेरै आशपनि गरेको हुदैन तर घेरै भन्दा धेरै जापानीहरु कार्यकर्ममा आउछन ।

नेपाल भनेर चिन्नेहरुपनि थिए तर कार्यकर्ममा आएर पहिलो पटक नेपालको बारेमा थाहा पाए भन्ने ! एभरेस्ट नेपालमा पर्दों रहेछ है भन्ने ! भगवान गौतम बुद्ध जन्मेको देश नेपाल हो भनेर पहिलो पटक थाहा पाए भन्ने ! पोखरा भन्ने ठाऊ कति राम्रो रहेछ जाउ जाउ लाग्यो भन्ने ! नेपालमा केहीपनि छैनहोला (गरिबहरु बढी छनहोला )भनेको त उल्टो पाए भन्नेहरु धेरै भेटीन्छन । 

कालीदासलाई सारै खुसी लाग्दछ । आफ्नो नेपाललाई , आफु जन्मेको देशलाई केही त गर्न सके जस्तो लाग्छ ।

क्रमस 

Saturday 12 December 2015

कथा अनि व्यथा - १३ ‘अनि आरुबाइतो कमगरि पढाईमा लागियो’



कालीदासको एक्लो जिबन सुरु हुन्छ । एक्लै बस्दाको राम्रो पक्ष र नराम्रो पक्ष दुबै हुन्छन । बल्ल आएर कालीदासलाई यस्ताकुराहरु थाहा हुदै आऊछ। एक्लै बस्दा सम्पुर्ण कामकाज आफैले गर्नुपर्ने हुन्छ ।

शिक्षित हुनु, पढाईलाई जोड़ दिनु भनेको आफ्नो जिबनको दिशानिर्देश गर्नु मात्र नभएर

आफ्नो भबिस्यमा बन्ने परिबारको सफलता र आफु जन्मेको देशको सफलतासंग पनि जोडिन्छ होला जस्तो लाग्छ कालीदासलाई

र आफनो पढाईलाई प्राथमिकता दिने कुरामा जोड़ दिन्छ ।

बेलुका काम गर्ने भएकाले बिहानको ८ बजेसम्म त काम नै हुन्थ्यो। त्यसपछि घर फर्की केही समय आराम गरि फेरी दाईगाकु जानुपर्दथ्यो । करिब दिउसोको ३ बजे सम्म पढ़ाई गरि घर फर्की सुत्ने गर्दथ्यो । बेलुका ६ बजे तिर ऊठेर नुहाई धुबाई गरि फेरी काम गर्न जानेगर्दथ्यो ।



दिन बितेको त थाहा नै पाऊदैन थियो । पढ़ाई-घर-काम-पढ़ाईको साईकलमा प्रत्येक दिन दौडिरहेको हुन्थ्यो । दाईगाकुको फ़ी पनि तिर्नु पर्यो, गरिब बाऊको छोरा भएकाले गर्दा आफ्नो फ़ी आफै तिर्नु बाहेक कुनै ऊपाए थिएन । तर राती काम दिऊसो दाईगाकु जाने अनि फर्केर आएर सुत्ने भएकाले अरु मान्छेहरु भन्दा ठिक बिपरित दिन बिताईराखेको हुन्छ । रातीकाम गर्नु स्वास्थ्यको हिसाबले पनि राम्रो जिबनसैली हुदैन।



दाईगाकु छिर्नेबितिकै पनि सोचेको कुरा हो हुन त, कालीदासलाई आफु जापानी भाषा राम्रो बनाऊनु पर्छ भन्ने कुरा पनि मनमा लागीरहेको हुन्छ। त्यसको लागी किताबी किरो मात्र भएर नहुने । जापानी साथीहरुसंग बढ़ी धुलमुल गर्नु पर्ने पनि, मनमा खेलाईराखेको हुन्छ । एक-दुई हप्ता सोचेर आरुबाइतो(काम)को तालिका परिवर्तन गर्दछ । शुक्रवार , शनिवार र आईतवार मात्र नाईट सिफ्ट (रातीको काम) गर्ने गरी मिलाऊछ। अरु दिन जापानी साथीहरुसंग घुलमिल गर्नको लागी समय छुट्टयाउछ । त्यस पछि अलि समय निकाली जापानी साथीहरुसंग घु म्न जाने, आफुले जानेको सिकाउने र जापानी साथीहरुसंग जापानी भाषा सिक्ने।



दाईगाकुमा पनि सकेसम्म जापानी साथीहरुसंग नै बस्ने, नबुझेका कुरा सोध्ने गर्दछ । साथसाथै राकुरोस भन्ने सरकलमा पनि छिर्दछ । सुरुसुरुमा गारो लाग्ने गरेको पढ़ाई पनि प्रयास गरेमा बुझीदोरहेछ भनेजस्तो लाग्न थाल्छ । दाईगाकु लाईफ़मा बानी परेर हो की जस्तो लाग्छ कालीदासलाई । दिनहरु बित्दै जान्छन । कालीदास पनि आरुबाइतो-घर-दाईगाकुको पढ़ाई-साथीहरुसंग घुम्ने, यहीकुराहरु दिनप्रतीदिन दोहोरीरहन्छन ।



पहिलो बर्ष अलि गारो भएतापनि परीक्षामा रामों नम्बर लिएर आऊछ र भाग्यबस छात्रवृति पनि पाऊछ । आरुबाइतो मात्र धेरै गरेको भए, काम मात्र गरिन्थ्यो होला। पढाईमा समय दिन सकिदैनथ्यो होला। त्यसो भएपछि त छात्रवृति पनि पाईदैन थियो होला । त्यसैले आरुबाइतो घटाएको र जापानी भाषाको पढाईमा जोड दिएको कारणले यस्तो छात्रवृति पाएको हो जस्तो लाग्छ उसलाई । शिक्षित हुनु, पढाईलाई जोड़ दिनु भनेको आफ्नो जिबनको दिशानिर्देश गर्नु मात्र नभएर आफ्नो भबिस्यमा बन्ने परिबारको सफलता र आफु जन्मेको देशको सफलता संग पनि जोडिन्छ होला जस्तो लाग्छ कालीदासलाई र आफनो पढाईलाई प्राथमिकता दिने कुरामा जोड़ दिन्छ ।



अहिले पैसा कमाउने कुरामा मात्र जोड़ दिने, पढाईमा ध्यान नै नदिने हो भने त पैसा त कमाईएला त्यो पनि दाईगाकुको फ़ी तिर्दा नै ठिक्क हुन्छ । अनि यताको न उताको भईन्छ । आफनो बाक़ी ज़िन्दगी अध्यारो हुन्छ त्यसैले पढनुपर्छ । अहिले नै पैसा कमाउने मन छ भने पढ़ाई छोडीदिएर पैसा कमाउदा ठिक हुन्छ, भनेर सल्लाह दिनुभएको एउटा दाईको कुरा सम्झन्छ।

अनि कालीदासले आफु पनि पढाईमा नै जोड़ दिन्छ र आफ्ना मन मिल्ने साथीहरुलाई पनि त्यही सल्लाह दिन्छ ।

क्रमस….

कथा अनि व्यथा - १२: “सहयोगी जापानी पनि भेटिए”



पहिला दिनहरुमा रिस्यु तोरोकु (आफुले पढने बिषय रोज्ने प्रक्रिया) गरिसकेको हुन्छ । कुन दिन कति बजेसम्म कुनकुन कक्षा (लेक्चर ) लिने भन्ने तालिका बनाईसकेको हुनाले आउने दिनहरुमा त्यही तालिका अनुसार पढने, बेलुका आरुबाइतो (पार्टटाईम जब) गर्ने, शनिवार र आईतवार बिदा हुने हुनाले जापानी साथीहरुसंग घुलमिल गर्ने तयारी गर्छ।

केईजाई गाकुबु केईजाई गाक्का(अर्यशास्त्र बिषय)आफ्नो प्रमुख बिषय बनाएको हुन्छ । दाईगाकुको पहिलो बर्ष त जापानी साथीहरु बनाऊने, जापानी भाषा (खान्जी- चाईनिज क्यारेकटर)अलि गहिरो रुपमा सिक्ने कुरालाई धेरै जोड़ दिन्छ ।

पहिलो बर्षको सुरुसुरुमा त सधैजसो दाईगाकु(विश्व विद्यालय) गएतापनि सरले पढाएको पाठ राम्ररी बुझ्न सकिराखेको हुदैन। भाषा स्कुलमा पढेतापनि दाईगाकुका शिक्षकले पढाएका कुराहरु बुझ्न घेरै गारो महसुस गर्छ । सधैजसो कक्षा अगाडीको मेचमा ग़एर नै, लगनशील भएर नै पढेको हुन्छ तर अर्काको भाषा त्यति सजिलै त काहा आऊथ्यो र । जापानी भाषा स्कुलमा पढदै नपढेका, सुन्दै नसुनेका शब्दहरु बढी प्रयोग हुनेहुनाले घेरै परिश्रमको आबस्यकता पर्दछ ।

देन्सी जिज्सो(बिधुतीय शब्दकोष)हेरीहेरी शिक्षकहरुले पढाऊनु भएका पाठहरु बुझ्ने प्रयास गर्दछ । सुरुसुरुमा त गारो हुन्छ तर प्राक्टीस मेक मेन प्रफेक्ट भन्या जस्तै गर्दै जादा बुझ्दै गईदो रहेछ भन्ने कुराको ज्ञान पनि हुन्छ कालिदासलाई । कालीदास दाईगाकु शुरु भएको केही महिनामा डेरा सर्नकोलागी तयारी गर्छ। त्यतिबेलासम्म त जेनतेन गरि नातेदारहरुसंग बस्दै आएको हुन्छ। नातेदारको घरबाट दाईगाकु धेरै टाँडा भएको र कालीदास आफुमा नै निर्भर हुनको लागी दाईगाकु नजिकै कोठा खोज्न शुरु गर्दछ।

त्यों समयमा बिदेशीहरु धेरैकम भएकाले जापानीहरु सितीमिती बिदेशीहरुलाई कोठा दिदैनथिए । त्यसमाथि दाईगाकुको नजिकै कोठा खोज्न गएको, कुनै फुदोसान (रिएलस्टेट कम्पनी)ले गाईकोकुजिन ओकोतोबारी (हामी बिदेशीहरुलाई कोठा दिदैनै)भनेर भन्छन, कुनैले छिर्ने बितिकै डेडा-आखाले हेर्छन, कुनैले कोठा खोज्न त खोजीदिने सारै पुरानो कोठा मात्र देखाऊने त्यों कोठा कालीदासलाई मन पर्नेकुरा पनि आएन।

कोठा खोज्दा सारै दुख पाऊछ । ताकाहाताफुदो (टोकियोको ठाऊको नाम) भन्ने ठाऊ अलिकति गाउ भएकाले फुदोसान र बिदेशीहरुसंग त्यति घुलमिल नहुने हुदो रहेछ । त्यही कारणले बिदेशीलाई बिश्वास नगरेको हो की जस्तो लाग्छ। टोकियोको सेन्टर्ल एरियामा बिदेशीहरु पनि बढि बसोबास गर्ने हुनाले, ताकाहाताफुदो भन्दा अलि सजिलो प्रकारले कोठा पाईन्छ की भनेर त्यता तिर लाग्छ ।

मेदाईमाए (टोकियोको ठाऊको नाम)मा ग़एर त्याहाको फुदोसानसंग कुराकानी गर्छ । कालीदाससंग कुरा गर्ने केटा मान्छे पनि अमेरीका पढेर आएको रहेछ । आफु पनि अमेरीकामा घेरै दुख पाएको त्यसैले जापानमा रहेका बिदेशीहरुको समस्या धेरै बुझेको छु भनेर भन्छ । कालीदासलाई जापानमा नराम्रा मात्र हैन राम्रा, बिदेशीहरुका दुख बुझेका जापानीहरुपनि धेरै रहेछन भन्ने लाग्छ । त्यही फुदोसान मार्फत ताकाहाताफुदो (दाईगाकु नजिकै कोठा) खोज्छ र पाऊछ पनि ।

२००६ को ९ महिनाबाट कालीदासको कोठामा एक्लो जिबन सुरु हुन्छ ।

क्रमस…

कथा अनि व्यथा-११: आरुबाइतोको समय घटाऊ, भाषा राम्रो बनाउ

आजको दिनबाट कालीदासको जापानी दाईगाकुसेई लाईफ़ शुरुहुन गईराखेको हुन्छ। गरीब देशबाद आएको कालीदासलाई सम्पन्न देशका युबाहरुको जिबनसैली नजिकैबाट बुझ्ने देख्ने मौक़ा पनि आएको जस्तो महसूस गर्छ कालीदासले ।


४ महिना २ गतेबाट दाईगाकु सुरु हुन्छ । २ गते ,५ गते ,७ गते नयाँ विद्यार्थीहरुकोलागि गाईडान्स गरीदिने दिनहरु हुन्छन । कालिदाश २ गते एक्लै दाईगाकुतिर जान्छ ।साथी कोहि पनि हुदैनन । जापानी भएको भए त याहानै जन्मेको हुर्र्केको हुनेहुनाले साथीहरुपनि धेरै हुन्थेहोलान । कालीदास एउटा गरिब देशबाद आएको नागरिक पर्यो ।
२००६ तिर त दाईगाकु जाने नेपालीहरु धेरै कम थिए । नेपालीहरुकै सन्ख्या धेरै कम थियो ।


येसैकारणलेगर्दा सुरुको दिनबाट साथीहुने कुरा पनि भएन । एक्लै कलेजजान अली नरमाइलो त लाग्छ ,तर के गर्ने जानु त पर्यो भनेर दाईगाकुपनि अलि टाँडा भएकोले बिहान बिहानै क़रीब ७ बजे तिर उठेर दाईगाकुको (हाचिओजि कलेज परिसर) तिर लाग्छ । बिहान ९ बजेबाट लेक्चरसुरु हुने भएकाले गर्दा आली छिटो जान्छ । ४ महिनाको २ गते देखि ६ गते सम्म नयाँ विद्यार्थीहरुको लागि गाईडान्सदिने दिन र रिस्यु तोरोकु(履修登録/आफुले पढने बिषय दर्ता) गर्न पर्ने पनि मिति तोकिएको हुन्छ ।


कालिदाश पनि पहिला कुन सेन्सेईले कस्तो पढाऊने रहेछन भन्ने क़ुरा बुझ्न गाईडान्स कक्षतिर जान्छ ।


जापानको दाईगाकु पहिलो पटक गएको ,दायाँ-बायाँ केहि पनि थाहा हुदैन कालिदासलाई तर पनि सोध-पुछ गरि गाईडान्स कक्षसम्म पुग्छ । केहीपनि नजानेको भएरहोला कालीदासलाई मनमनै खुलदुल लागीराखेको हुन्छ । सम्योग भन्नेकी के भन्ने गाईडान्स कक्षमा कालिदाशले आफु जस्तै अरुविद्यार्थीहरुलाई पनि भेटने मौक़ा पाऊछ ।


कोरियाको ,चिनको ,साउदीअरेबिया ,टर्की ,ताईवानका विद्यार्थीहरुसंग परिचय पनि गर्दछ । दुबैजना बिदेशी भएको कारणले गर्दा पनि होला घुल-मूल हुन सजिलो हुन्छ कालिदाशलाई । जानेको कुरा सेयर गर्ने अनि नजानेको कुरा नयाँ साथीहरुसंग सोधपुछ गर्दछ । पहिलो दिन दाईगकुको गाईडान्स सुन्नेमात्र काममा सिमीत हुन्छ ।
पहिलो दिन दाईगाकुबाट फर्कने क्रममा रेलभित्र घेरैकुरा हरु सोच्दछ। नेपालको दाईगाकु र जापानको दाईगाकुमा पनि धेरै फरक पाएको महसूस गर्दछ । याहाको(जापानको) दाईगाकु धेरै सिसटम्याटीक (सबैकुरा कम्पुटराईज) गरिएको हुदा रहेछन , सम्पुर्ण कुराहरु स्टेप बाई स्टेप हुदारहेछन भन्नेकुराहरु पहिलो दिनमानै महसूस गर्दछ ।


तर के गर्ने पढाईमात्र गरेर भएन ।
धनिबाउको छोरापनि परेन कालीदास।


घर फर्की बेलुका इन्टरनेटक्याफेमा काम तिर लाग्छ । बेलुका ११ बजेबाट बिहानको ८ बजेसम्म इन्टरनेटक्याफेमा काम मिलाएकोहुन्छ । बेलुकाकाम दिऊसो पढ़ाई गरने तालिका बनाएको हुन्छ कालीदासले ।


कर्मिक रुपमा दोस्रो दिन पनि आउछ। दोस्रो दिनमा हिजो भेटेको टर्कीका साथीहरुसंग संगै समय बिताऊछ । रिस्यु तोरोकु(履修登録/आफुले पढने बिषय दर्ता) गर्दछ । अनिबार्य लिनु पर्ने बिषय र रोज्न पाउने बिषय दर्ता गर्ने प्लान बनाएर सम्बन्धित सेन्सेइको क्लास ट्रायल (बुझ्न) गर्न जान्छ । जाँचबुज गरी प्रमुख बिषय र अन्य सम्बंदित बिषयको पनि दर्ता प्रक्रियापुरा गर्दछ । प्रमुख रुपमा केईजाईगाकु (इकोनोमिक्स) र केइएइगाकु (म्यानेजमेन्ट) बिषय पढने निर्णय गर्दछ ।


कालीदासलाई पहिला जापान कसरि यहाँ सम्म आइपुग्यो त भन्ने कुरा सिक्नु छ , अनि म्यानेजमेन्ट गर्ने तरिका पढने विचार पनि हुन्छ । यसैले गर्दा इकोनोमिक्स र म्यानेजमेन्ट बिषय रोज्दछ ।


दोस्रो दिन पनि गाईडान्स सुन्ने र आफुले पढने बिषय दर्ता गर्दानै सकीन्छ । दोस्रो दिन पनि फर्किने रेलमा आफुले अब बिदेशी साथीहरु भन्दा जापानी साथी हरु धेरै बनाउदा राम्रो हुने हो की भन्ने कुराहरु मनमा खेलाई राख्दछ ।


जापानको दाईगाकुमा पढनको लागि जापानी भाषा राम्रो हुनु पर्छ अनि जापानी राम्रो हुनको लागि किताबी किरो मात्र भएर पुग्दैन । जापानीहरुसंग धेरै घुल-मेल गर्न पर्छ भन्ने ठान्दछ । बिदेसीसाथी बढ़ी भयोभने बिदेसी भाषामात्र बोलिने होकी भनेर भोलिदोखीनै जापानीसाथी धेरै बनाऊने अठोट गर्दछ ।
तेस्रो दिनबाट आफुले दर्ता गरेको बिषय पढन क्लासरुम तिर जान्छ। सबै भन्दा आगाडी गएर बस्दछ । क्लासमा धेरै थरिका विद्यार्थीहरु देख्छ । कुनै हाजिर मात्र गर्न आउने अनी फर्केर जाने ,कुनै क्लास मा नै नाआउने ,कुनै आएर पनि अरु साथी हरुसंग घुल-मेल गर्न नचाहने ,कुनै पछाडी बसेर सुत्ने ,कुनै चाही आफ्नो समुहका साथीहरुसंग कुराकानीमात्र गर्ने
गरेको देख्दछ । १०० जनाको क्लासमा सबैभन्दा अगाडी बसेर पढने विद्यार्थी कालीदास र ४-५ जना मात्र हुन्छन । कालीदासलाई अचम्म लाग्नसुरु हुन्छ ।


पछाडी बसेर सुत्ने साथी हरु त जापानी भाषा स्कूल मा पनि धेरै देखेकोले गर्दा खासै आचाम्म मान्दैन तर पनि कलेज आइसकेपछि पढन पर्छ भन्ने कुरा मन-मनै खेलाई राखेको हुन्छ ।बेलुका चाही आरुबाईतो गर्ने हुनाले ,कलेजमा जाने क्लास लिने मात्र ,जापानी साथी हरु संग घुम-घाम गर्न तेती समय मिल्दैन कालिदाश लाई ।


जापानी भाषा राम्राे बनाउनको लागी आरुबाइतोको समय धटाऊने अनी साथीहरुसंग घुम्ने समय बढाउनेहो की भनेर सोच्दछ ।




क्रमस

कथा अनि व्यथा भाग-१० : जापानमा जो पनि साथी बन्छ



नजिकैको जिदोहानबाइकिबाट कफी झारेर सुकुराको रुखको तल बस्छ । त्यति बेला एउटा अरुको बिदेशी पनि त्यहाँ आउछ ।

फुलेको साकुराको तस्वीर लिन्छ र मेरो छेउमा नै आएर बस्दछ ।

सन २००६ को ४ महिनाबाट दाइगाकु जानु पर्ने । ३ गते न्यूगाकुसिकीमा जानुपर्ने हुन्छ। एउटै दाइगकुमा जाने नेपालीसाथीहरु पनि थिएनन, टोक्यो कुदानसीतामा भएको निहोनबुदोखानमा न्यूगाकुसिकी हुनु गैरहेको हुन्छ । कालिदासलार्इ त केहि पनि थाहा हुदैन (कसरि जाने, कस्तो कपडा लगाउने, कहाँ जाने)। जापानी भाषा स्कूलको सेन्सेइहरुसंग परामर्स गर्दछ । सेन्सेइहरुको सल्लाह सुनी न्यूगाकुसिकीको दिनमा सुट लगेर जाने निर्णय गर्दछ।

निहोनबुदोखान बिहान १० बजेबाट योजना गरिएको हुन्छ । न्यूगाकुसिकीको अघिल्लो दिन कालिदासको मनमा धेरै खुल्दुल भएर होला त्यति निद्रf लाग्दैन । त्यसैले होला बिहान-बिहानै ब्युजीहाल्छ । नातेदारसंग बस्दै आएकोले गर्दा बिहान-बिहान नातेदारको निद् खलबल नहुने गरी नुहाई-धुवाई गरि, लुगा (सुट) लगेर न्यूगाकुसिकीको स्थल तिर जान्छ ।

कुदानसिता एकिमा करिब ९ बजे तिर पुगीसक्दछ । न्यूगाकुसिकी सुरुहुने समय १० बजे बाट भएको र आफु अलि छिटो न्यूगाकुसिकी को स्थानमा पुगेको ले गर्दा, येसो बाहिर, निहोन बुदोखनको छेउ-छउ घुम्ने निर्णय गर्दछ । आफ्नो आगाडी साकुराका रुखहरु देखिन्चन । हारुको समंप्ति र नाचूको सुरुवात हुने समय भएकोले गर्दा साकुराका रुखहरुमा साकुरा फुलेको समय थियो । आफ्नो सुरु हुनालागेको नया जिबन(दैगकु जिबन)को सुरुवातलाइ स्वागत गरेको जस्तो लागेछ कालिदासलार्इ । नजिकैको जिदोहानबाइकिबाट कफी झारेर सुकुराको रुखको तल बस्छ । त्यति बेला एउटा अरुको बिदेशी पनि त्यहाँ आउछ । फुलेको साकुराको तस्वीर लिन्छ र मेरो छेउमा नै आएर बस्दछ ।

हेर्दा केरी त जापानी जस्तो थियो । म जस्तै सुट मा आएको थियो, झोला पनि थियो। जापानी होला भन्ठानेर कालिदाश कहिँ पनि बोल्दैन । तर केहि समाए पछि त्यो मान्छे ले नै ” तपाई रयूगाकुसेइ हो भनेर प्रस्न सोच्छ। कालिदासले पनि ” हजुर हो ” भनेर जबाफ दिन्छ । अनि “तपाई पनि रयूगाकुसेइ हुनुहुन्छ भनेर प्रस्न गर्दछ। त्यो मान्छेले पनि राम्रो जापानी भाषामा हजुर म पनि रयूगाकुसेइ हो भनेर भन्छ। उ पनि कालिदास जाने दाइगाकुको न्यूगाकुसिकीमा सामेल हुन आएको थाहा हुन्छ। एक्लै आएकोले गर्दा साथी पनि भेट्छ । उ चिनबाट आएको रयूगाकुसेइ रहेछ, येही ४ महिनाबाट दाइगकु जाने रहेछ ।

कुरा गर्दै गर्दा ९:५० जति भैसकेको हुन्छ । दुबैजना संगै निहोन बुदोखानमा जन्छन । निहोन बुदोखानमा पुग्दा त बुदोखानको एरिया सबै विद्यार्थीहरुले भरिएका थिए । सबैजनाको आनुहारमा आशा र चिन्ता भएको जस्तो देखीन्थ्यो । कालिदासको अनुहारमा पनि अरु विद्यार्थीहरुजस्तै आफ्नो भबिस्य प्रतिको आशा र चिन्ता देखीन्त्यो । गेस्टहरुमा जापानको राजीनितिक पार्टी (कोकुमिंन सिनतोक खामेइ सिजुकाज्यु)पनि आउनु भएको हुन्छ ।

रात-दिन जापानको टेलीविजन मा आउने मान्छे लै पनि न्यूगाकुसिकीमा देख्दा कालिदाश पनि दंङ्ग पर्दछ । अनि जापानी विद्यार्थीहरु पहिरन हेर्दछ। कोहिको कपाल रातो, कोहिको पहेको, कोहिको त के रंग हो खै थाहानै नहेने जस्तो हुदछ । कालिदास दङ्ग पर्दछ । जापानीहरु येस्तै होलान नि भनेर अगि भर्खर भनेको चीनको साथीलाइ सोद्दछ । उसलाई पनि मा पनि दङ्ग परि रहेछु भनेर भन्दछ । त्यस्तै रुपमा कार्यकर्म आगाडी भद्दै जान्छ । कार्यकर्ममा के भै राखेको छ भन्ने कुरा सबै बुज्न कालिदास सक्दैन ।

येस्तै कर्ममा समय बित्दै जान्छ । कार्यकर्म पनि सकिन्छ । सबैजना फर्किन तिर लाग्दछन । अगिको चीनको साथीसंग बाहिर आउछ, बाहिर जाने कर्ममा पनि जापानी विद्यार्थीहरुको पहिरन, भेस-भूसाको अबलोकन गर्दछ। सबैजना पद्न दाइगाकु जना लागेको जस्तो देखिदैन ।

आफुले अहिले सम्म बोकेको जापान अनि जापानीको इमेज त एस्तो थिएन भनेर कालिदासले चीनको साथी संग कुरा गर्छ । साथीले भन्छ, हाम्रीहरु गरिब देशबाट आएको, हाम्रो आ-आफ्नो लक्ष्च्य हुन्छ त्यो मात्र ध्यान दिम एस्तो कुरा मा मा चाही त्यति ध्यान दिदिना भनेर भन्छ ।

कालिदास अगी भर्खर भेटेको साथीबाट पनि राम्रो सुजfभ पाएजस्तो लाग्दछ । यसपछि दुबैजनाले मोबाइल नम्बर आदान-प्रदान गरि आ-आफ्नो घर तिर फर्किन्छन ।

क्रमस:

जापानी शब्दहरु :
・न्यूगाकुसिकी:प्रवेश समारोह
・दाइगाकु:विश्वविद्यालय
・टोक्यो:सहरको नाम (जापानको राजधानी )
・कुदानसीता: टोक्यो भित्रको सहर को नाम
・सेन्सेइ:शिक्षक
・एकि:रेल स्टेशन
・जिदोहानबाइकि:vending मेसिन
・साकुरा:फुलको प्रकार
・रयूगाकुसेइ:बिदेशी विद्यार्थी
・कोकुमिंन सिनतो:जापानको एक राजनीतिक पार्टीको नाम
・खामेइ सिजुकाज्यु: जापानका एक नेताको नाम
・बुदोखान:कुदानसीतामा भएको पुरानोभवनको नाम

कथा अनि व्यथा भाग- ९, “मेहनतको फल”



दाईगाकुको न्युसी सिकेंनको दिन पनि आउछ । बिहान १० बजे सिकेंन सुरु हुने भएकोले बिहान-बिहानै उठेर दाईगाकुको हाचीओजि क्याम्पस तिर लाग्दछ । गर्नुपर्ने तयारी सबै गरेको भएतापनि कालिदासको मन डराईरहेको हुन्छ । नहिडेको बाटो हिड्दा जति कौतुहालत हुन्छ। त्यस्तै जापानको दाईगाकुको परीक्षा कहिले न-देखेको, न-हेरेको हुदा एकातिर डर एकातिर आशा लिएर क्याम्पस कक्ष्य तिर जान्छ। एक्लै गएको हुदा कसरि-कहाँ जाने भने कुरा पनि थाहा हुदैन । त्यसमाथि हाचीओजि भन्ने ठाउँ पनि पहिलो पटक गएकोले गर्दा, टोक्यो नभई, अरुनै कुनै ठाउँमा गए जस्तो लाग्दछ । तर नजानेको कुरा वरिपरिका जापानी साथीहरुलाई सोधी-गरि क्याम्पस कक्ष्य सम्म पुग्दछ ।

हाचीओजि भन्ने ठाउँ टोक्योमा भएर पनि टोक्यो जस्तो लाग्दैन कालिदासलाई । जापानी भाषा स्कूल पनि टोक्योको केन्द्रमा भएको, आरुबाइतो पनि टोक्योको केन्द्रीय क्षेत्रमानै भएकोले गर्दा हाचीओजि जादा कता-कता अरुकै प्रान्त गरेजस्तो लाग्छ।

न्युसी सिकेंन १० बजेबाट भएकोले गर्दा, केहि समय दाईगाकुको क्याम्पस कक्ष्यमा रहेको जिदोहानबाइकीबाट चिया किनेर, आउने आफूजस्तै अरु विद्यार्थीहरुलाई हेरिराखेको हुन्छ। कसैको अनुहारमा खुशी देख्छ, कसैको अनुहार चिन्ताले भरिएको देख्छ र कसैको अनुहारमा आशाले भरिएको देख्छ । सबैजना आफ्नो नयाँ जिबनको सुरुवाद गर्न क्याम्पस कक्ष्यमा आइरहेको जस्तो देखिन्छ । परीक्षाको समय पनि नजिकिदै जान्छ । कालिदास पनि परीक्षा कक्ष्य तिर लाग्छ । सुरुमा हिक्किसिकेंन अनि स्योरोन्बुन त्यसपछि मेनसेचु दिनु पर्ने हुन्छ।

१० बज्छ, परीक्षा पनि सुरु हुन्छ, सुरुमा हिक्किसिकेंन दिन्छ त्यसपछि स्योरोन्बुन पनि लेख्छ। जापानी भाषामा लेक्नु पर्ने हुनाले आली गारो त हुन्छ, देन्सीजिस्यो हेर्न पाउने नियम भएकाले नजानेको खान्जी शब्द देन्सीजिस्यो हेरी-हेरी लेख्छ।

त्यसपछि मेनसेचु पनि सुरु हुन्छ। मेनसेचुदिनु भन्दा अगाडी “सेन्सेइहरुले आफूमाथि गरेको सहयोग र लिएको आशा”, “नेपालमा हुने आमा-बुवाको आशा र चाहना” अनि आफ्नो लक्ष्यलाई एकपटक सम्झना गर्छ । त्यसपछि मेनसेचुमा भिडछ। ५-१० मिनेटको मेनसेचु हुन्छ । आफु कहाँबाट आएको, किन आएको र भबिस्यमा के गर्न चाहने र किन यो दाइगाकुमा पढन चाहेको सबै कुरा छोटकरीमा बताउछ । करिब १० मिनटसम्म प्रष्न-उत्तर चल्दछ।

त्यसपछि सबै परीक्षा सकिन्छ, कालिदास पनि मन हसिलो पार्दै घर तिर फर्कने तयारी गर्दछ। सबै भन्दा पहिला जापानी भाषा स्कूलको सेन्सेईलाई फोन गर्दछ । कालिदासले हसिलो मुद्रामा फोन गरेर होला सेन्सेई पनि खुशी हुन्छन र आग्रिम बधाई दिन्छन ।

आफु एक्लै गएको हुनाले साथीहरु पनि नभएकोले गर्दा कालिदास केहि समय क्याम्पस कक्ष्य वारी-परि घुमी, क्याम्पस गेटबाट लाग्ने बसबाट ताकाहाताफुदो एकि सम्म जान्छ । अनि घर फर्की, सदैझैँ आरुबाइतो तिर लाग्छ ।

भोलिबाट फेरी जापानी भाषा स्कूल अनि आरुबाइतोको रुटिंग सुरु हुन्छ।

जापानी भाषा स्कूलका साथीहरुसंग बिताउने समय पनि कम हुदै आएकोले, समय मिलाएर सबै जनासंग कुराकानी गर्दछ।

श्री-लंकाको एउटा साथी ले भन्छ “अब जापानी भाषा स्कूल पनि सकिन लग्यो, दाईगाकु तिर पनि सेन्मोङ्गाक्को पनि जना सकिन, जापानी केटिसाथी (गर्ल फ्रेन्ड) संग बिहा गर्छु होला यार “। कालिदासले पनि “तिम्रो ज़िन्दगी हो यार तिम्ले जे राम्रो ठान्छौ तेही गर भनेर भन्छ”।

अनि अर्को चीनको साथी भन्छ ” म त दाईगाकु जान्छु, चिबामा भएको दाईगाकुमा जाच दिएर आएको छु , कस्तो रिज़ल्ट आउछ खै ?”, कालिदासले भन्छ ” राम्रो यार, म पनि हातिऒजिमा भएको दाईगाकु जाने विचार गरेको छु , आस्ति भर्खर जाच पनि दिएर आए, कस्तो रिज़ल्ट आउछ थाहा छैन”।

बंगलादेशको साथीले फेरी एस्तो भन्छ “कालिदास म त आकिहाबारा सेन्मोङ्गाक्कोको प्रबेश परीक्षा पास भए नि, अब म आइटी पढछु अनि भबिस्यमा बंगलादेश फर्केर देशमा केहि गर्छु”। यो साथीको कुराबाट कालिदास पनि आफ्नो देशको लागि केहि त गर्नु पर्छ भन्ने सोच बनाउछ।

अनि फेरी एउटा कोरियाको साथी यस्तो भन्छ ” म त यार, जापानी भाषा पढन मात्र जापान आएको, अब १-२ महिनामा नै कोरिया फर्कन्छु, बुवाको कम्पनीमा काम गर्छु “। कालिदास पनि यो कोरियाको साथीको कुरा सुनेर आफुपनि आफ्नै देशमा बस्न पाए, बुवा-आमा, पहिला देखिको साथीहरुसंग हासी-खेली समय बिताउन पाए भन्ने सोच्दछ अनि यो साथी लै ” अहिले सम्म संगै पढन पाएकोमा रमाइलो भएको र अबका सगै बिताउने समय पनि कम भएको आइने दिनहरुमापनि नकायोकु सियो ने भनेर भन्छ ।

समय बित्दै जान्छ । दाईगाकुको रिज़ल्ट आउने दिनहरु पनि नजिकिदै जान्छ । यता जापानी भाषा स्कूलमा बिताउने बाकि समय पनि कम हुदै गैरकेको हुन्छ । दिनहरु बित्दै जादा, दाईगाकुको रिज़ल्ट पनि आउछ, मनमा ढुक-ढुकी बडदै जान्छ । फेल भए भने के गर्ने होला भन्ने कुरा पनि सोच्दछ । अनि चिठी खोल्छ, चिठी भित्र “तपाई पास हुनु भएको छ” भनेर लेखेको हुन्छ । सबभन्दा पहिले जापानी भाषा स्कूलको सेन्सेईलाइ नै फोन गर्दछ । सेन्सेईले पनि ” मैले भनेको थिए, तपाई पास हुनुहुन्छ भनेर, योक्कात्ताने, ओमेदेतो गोजाईमासु “भनेर भन्छ । त्यसपछि कालिदास खुसिका साथ साथीहरुलाई, जापानमा हुने नातेदारलाई, नेपालमा बुवा-आमालाई फोन गर्दछ।

तेसैगरी जापानी भाषा स्कूल म बिताउने समय पनि १ हप्ता मात्र बाकी हुन्छ, १ हप्तासम्म आरुबाइतो, अनि फुर्सदको समय जापानी भाषाका सेन्सेईहरु, साथीहरुसंग बिताउछ । पहिलाका दिनहरु याद गर्दै सेन्सेइहरुसंग खान पिउने, साथीहरुसंग पिउने गर्दछ।

सेन्सेईले पनि “終わりのない出会いがない/ओवरि नो नाइँ देआइ ग नाई / मिलन र बिछोड भनेको नै जिन्दगि हो” भनेर भन्नु हुन्छ । हेर्दा हेर्दै जापानी भाषा स्कूलको सोचुग्योसिकी पनि आइहाल्छ । त्यो दिनमा सबै जना साथीहरु, सेन्सेईहरु उपस्तित हुन्छन । जापानी भाषा स्कूलमा बिताउने आन्तिम दिन भएको ले गर्दा होला, सबैको आखामा आसु आएको जस्तो देखिन्त्यो, कालिदास पनि आखामा आसु लिएर कुडचीमा बसी राखेको हुन्छ । सबैजनाको नाम बोलाई प्रिन्सिपलले सोचुग्यो स्योस्यो हस्तान्तरण गर्नु हुन्छ । कालिदासका पनि पालो आउछ।

प्रिन्सिपलले बोलाउनु हुन्छ, कालिदास आखा भरि आसु गरि, स्टेज तिर जान्छ, प्रिन्सिपलले “नरोई नरोई भनेर भन्नु हुन्छ”। साढे एक बर्ष संगै बिताएको साथीहरुसंग छुटिनु पर्दा कालिदास मन नरमाईलो गर्छ, तेही समय मf एक जना सेन्सेईले “ओवारी नो नै देआइ ग नै/मिलन र बिछोड भनेको नै जिन्दगि हो” भनेर भन्नुहुन्छ ।

कालिदासले पनि मन मनै “जिन्दगि भनेको नै मिलन र बिछोड हो रहेछ ” भनेर सोच्दछ । नेपालमा हुदा पनि स्कूलबाट कलेज गइ, कलेजबाट जापान आइ गर्दा आफुले पनि धेरै मिलन र बिछोड गरेको महसुस गर्दछ।

सोचुग्योसिकीको सबै कार्य सकिएपछि सबैजना, सेन्सेइहरु, साथीहरु (सेंपाईहरु)मिलेर खाना खाना जfन्छन । जापानी भाषा स्कूलको अन्तिम दिन सारै रमाइलो तबर र बित्छ।

४ महिना १ बाट त दाईगाकु जानुपर्ने हुन्छ । त्यति समयसम्मको लागि जापानी भाषा स्कूल बिदा हुन्छ । कालिदास पनि दाईगाकु जनाको तयारी गर्दै गर्छ।

क्रमस:

(भाग १, , ३, ४, ५, ६, का लिंकहरु पनि तलको पेजमा राखीएको छ)

जापानी शब्दहरु : ・दाईगाकु:विश्वविद्यालय

・न्युसी सिकेन:प्रवेश परीक्षा

・हाचीओजि : टोक्योको ठाउँ को नाम

・खान्जी:चिनियाँ अक्षरहरू

・आरुबाइतो:पार्ट टाईम जब

・जिदोहानबाइकी: स्वचालित मिसिन

・स्योरोंबुन:निबंध

・मेनसेचु: अन्तरबार्ता

・देन्सीजिस्यो:इलेक्ट्रनिक शब्दकोश

・सेन्सेइ:शिक्षक

・तकाहाताफुदो:टोक्योको ठाउँ को नाम

・एकि:स्टेशन

・चिबा:जापानको कन्तो एरियाको ठाउँको नाम

・आकिहाबारा:टोक्योको ठाउँको नाम

・सेन्मोङ्गाक्को:व्यावसायिक स्कूल

・नकायोकु सियो: साथ दिनु (सहयोग गर्नु)

・योक्कात्ता ने ,ओमेदेतो गोजाईमासु: राम्रो भयो, बधाई छ

・सोचुग्योसिकी:स्नातक समारोह

・ओवरि नो नाइँ देआइ ग नाई:जिबन भनेको मिलन र बिछोड को खेल हो

・सोचुग्यो स्योस्यो:डिप्लोमा (प्रमाणपत्र)

・सेंपाईहरु:वरिष्ठ

कथा अनि व्यथा भाग-८: कुन समयमा कस्तो काम गर्ने



दिनहरु बित्दै जान्छ । कालिदास पनि आफूभन्दा सिनिएरहरुलाई भेटघाट गर्ने र आफ्नो आउदा दिनहरु कसरी राम्रो बनाउने भन्ने कुरा सोची राखेको हुन्छ । सुपर मार्केट र सिबुयाको रेस्टुरेन्टको कामलाइ पनि सुचारुपमा नै गरिरहेको हुन्छ ।

जापानमा घरबाट बाहिर गयो कि धेरै मान्छेहरुसंग भेटघाट हुन्छ । कुन मान्छेसंग कस्तो व्यवहार गर्ने भने कुरा आफुलेनै सोच्नु पर्दछ र कालिदासले पनि सोच्दै कुन समयमा कस्तो कुरा गर्नु पर्दछ ,कुन मान्छे लाई कुन स्थान दिनु पर्दछू भन्ने कुरा को विचार पुर्याएर कुराकानी गर्ने गर्दछ ।

जापान आएर सिकेको कुराहरुमा यो कुरा पनि एउटा हो रहेछ कालिदासको । दाईगाकुको न्युसी सिकेनको दिन पनि नजिकिदै आउछ । आफुले जसरी भएपनि दाईगाकु जाने भन्ने अठोट लिएको र यसमा केहिपनि परिबर्तन नआएको र दाईगाकुको न्युसी सिकेनको तयारी पनि राम्रो रुपमा गईराखेको हुन्न्छ ।

दाईगाकुको न्युसी सिकेनको को लागि निहोन्गो न्यूरोकु सिकेन र निहोन्गो रिउगाक्कु सिकेन को रिज़ल्ट सर्टिफिकेट, अनि न्युसी सिकेनको दिनमा स्योरोंबुन (४००- ६०० शब्दसम्मको) यसपछि मेनसेचु दिनु पर्ने हुन्छ ।

कालिदासले अर्थशास्त्र र व्यवसाय सम्बंधी बिषय पढ्ने सोच राखेको हुन्छ ।

यस बिषयमा जापानी भाषा स्कूलको सेन्सेइहरु संग पनि धेरै सोद्पूछ र रोपुरे पनि गर्दछ । न्युसी सिकेनमा जसरी भएपनि पास हुनुछ । सबभन्दा पहिलाको गोल नै त्यहि बनाएको हुन्छ । निहोन्गो न्यूरोकु सिकेन र निहोन्गो रिउगाक्कु सिकेनको रीज़ल्ट पनि राम्रो नै भएको हुनाले यस बिसयमा त्यति पिर गर्दैन त्यसै गरि स्योरोंबुनमा कत्ती पनि चिन्ता गर्दैन तर मेनसेचुमा बोल्न सक्दिन कि भन्ने पिर हुन्छ ।

मेनसेचुमा राम्रो मार्क्स ल्याउनको लागि जापानी भाषाका सेन्सेइ संगधेरै भन्दा धेरै रोपुरे गर्दछ, धेरै भन्दा धेरै तयारी गर्दछ । सेन्सेइले एउटा कुरा सिकाउनु हुन्छ ।

「習うより慣れろ」नाराउ योरी नारेरो ।

यो कुराले पनि कालिदासलाई राम्रो पाठ पढ़ाउछ । जिन्दगीका जुनसुकै पलहरुमा यो कुरा लागु होला जस्तो लाग्छ । यो न्युसी सिकेंनकोलागि मात्र नभएर कुनै कुरा गर्नु छ भने सकेसम्म घेरै अभ्यास गर्नु आबस्यकता हुन्छ । खेलाडीहरुको कुरा गर्दा पनि कुनै खेलमा राम्रो हुनु छ भने, धेरै भन्दा धेरै अभ्यास गर्नु आबस्यक हुन्छ ।

हामीहरु पनि हाम्रो जिन्दगीमा कुनै कुरामा सफल हुनु छ, सफलता हासिल गर्नु छ भने त्यससम्वन्धी धेरै भन्दा धेरै संख्यामा अभ्यास गर्नु राम्रो हुन्छ ।
कालिदासलाई पनि जापानको दाईगाकुको न्युसी सिकेनमा पास हुनुछ । त्यसको लागि मेनसेचुमा राम्रो गर्नुपर्ने हुन्छ । यहि लक्ष्यको लागि पहिला स्कूल को सेन्सेइसंग, त्यसैगरी काम गर्ने ठाउँको जापानी साथीहरु संग, आफ़ुबस्ने ठाउँ नजिकको जापानीसाथीहरु संग मेनसेचुको रोपुरे गर्दछ। दिन बित्दै जादाँ र दाईगाकुको न्युसी सिकेनको दिन आउछ ।

क्रमस:

जापानी शब्दहरु :

दाईगाकु:विश्वविद्यालय

・न्युसी सिकेन:प्रवेश परीक्षा

・स्योरोंबुन:निबंध

・मेनसेचु: अन्तरबार्ता

・सेन्सेइ:शिक्षक

・रोपुरे: Role Playing

・「習うより慣れろ」नाराउ योरी नारेरो Practice make man perfect

・(Nihongo Noryoku Siken)→जापानी भाषाको क्षमता परीक्षण गर्ने परीक्षा ।

・(Nihon Ryugaku Siken)→अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि जापानी विश्वविद्यालय प्रवेशपरीक्षा ।

कथा अनि व्यथा भाग-७: नजानेको थाहा पाउनु सफलताको पहिलो खुडकिलो



कलिदासका दिनहरु बित्दै जान्छन। जापानको दाईगाकु जाने आफ्नो निर्णयमा प्रगड हुन्छ। जापानी आएको पनि करिब साढेएक वर्ष हुनु लागेको हुन्छ। निहोंगो गाक्कोको कोर्स पनि लगभग सकिसकेको हुन्छ। भाषा स्कूलबाट पनि”तपाई दाईगाकु जाने तयारी गर्नुस” भनेर भनेको हुदा, कालिदास दाईगाकु जाने तयारीमा हुन्छ।

एकदिन जापान टोकियोमा रहेको वाकामोनो नी युमेइ (जापानी युवाहरुमा प्रसिद्ध) शहर सिबुयामा घुम्न जान्छ। सिबुयाको स्टारवक्स कफी पसलमा गइ कफीको आनन्द लिरहेको हुन्छ। केहि समयपछि एउटा नेपाली जस्तो मान्छे आफ्नो नजिक आएर बस्दछ। सुरुसुरुमा त इंडियाको मान्छे होला जस्तो लाग्छ, केहि समय त्यहाँ बस्दा त्यो मान्छे त नेपाली रहेछ भन्ने थाहा हुन्छ।

२००४-२००५ तिर त नेपालीहरु पनि धेरै काम भएको कारणले गर्दा, कालिदासले पनि बोल्न मन लाग्छ अनि बोल्ने प्रयास गर्छ।

*कालिदास: हजुर नेपाली हुनुहुन्छ?

*दाजु: हजुर नेपाली हो, कसरी थाहा पाउनुभयो त? हजुर पनि नेपाली हुनुहुन्छ?

*कालिदास: हजुर म पनि नेपाली नै हु, यसो घुम्न आएको थिए, नेपाली जस्तो लगेर, बोल्न मन लगेर ।।।।

*दाजु: धन्यवाद, मलाई पनि बोल्न त मन लागेको थियो, तपाईसंग, बोल्ने प्रयास नै गर्न सकिन

*दाजु: भाइको नेपालमा घर कता पर्यो?

*कालिदास: मेरो त पश्चिम हो दाईरु हजुरको नि?

*दाजु: काठमाडौँ हो, भनेपछि जापान आएको धेरै नै भए जस्तो छ नि, कति भयो र जापान आउनु भएको?

*कालिदास: साढे एक वर्ष हुन लाग्यो दाइ, हजुर नि?

*दाजु: म त भयो ८-१० वर्ष ,

*कालिदास: हो र त्यसो भए त तपाईलै धेरै कुरा सोध्न पर्ला जस्तो छ?

*दाजु : हुन्छ नि भाइ, भैहालछ नि।

*कालिदास: हजुर अहिलेके गर्दै हुनुहुन्छ?

*दाजु : म अहिले जापानको कम्पनीमा काम गर्छु ,

*कालिदास: हो है दाइ, म त अहिले स्कूल पढदै छु, जापानी स्कूल सकेर दाईगाकु जाउ कि भन्ने तरखरमा छु, धेरै दाईहरुमा निबेदन (न्यूसी सिकेन) प्रवेश परीक्षाको निबेदन दिएको छु, धेरै दाईगाकुमा परीक्षा दिदैछु।

*दाजु : हो है, धेरै राम्रो, पद्नु पर्दछ भार्इ। यो देशमा पढने उदेश्यमा आउनेहरु सारै कम छन्, म पनि जापान आएको धेरै भै सक्यो, अहिले जापानी कम्पनीमा काम गरेको छु, यहाँ पढेको भएर होला अहिले सजिलो भएको छ। म जापान आउदा त नेपालीहरु पनि धेरै कम थिए।

म पनि जापानी स्कूलमा जापानी भाषा पढेर, जापानको दाईगाकु गएको हो, दाइगकु सकेर अहिले त काम गर्छु, तपाई जापानको दाईगाकु जना चाहनु हुन्छ भने, पनि आफ्नो घमण्ड त्याग्नुस, हामी नेपालीहरु भादी घमण्डी छौ पहिला घमण्ड त्याग्ने, अनि नजानेको कुरा स्वीकार गर्ने, मलाई लाग्छ नजानेको कुरा जान्नु (थाहा पाउनु नै ठुलो कुरा हो),

मैले यो नजानेको, थाहा नभएको कुरा थाहा भयो भने त, त्यो कुरा जान्नको लागि प्रयास त गर्न सकिन्छ नि होइन त, भनेर भन्दछ।

「आफुले नजानेको नाबुझेको कुरा थाहा पाउनु नै, सफलता तर्फको बाटोको पहिलो सिढी हो」
「知らないことに気付くことこそが、成功への第一歩である」
「सिरानाइँ कोतो नि किज़ुकु कोतो कोसोगा, सेइको ए नो दाइ इप्पो दे आर्य」

यसैगरि सम्बद जारी रहन्छ, कालिदास दाजुले भनेको कुराले धेरै मन छुन्छ, यसै गरि कालिदस का दिनहरु बित्दै जन्छन। यसक्रममा धेरै मान्छेहरु संग कुराकानीहरु गरेको हुन्छ।
क्रमस:

जापानी शब्दहरु:
दाईगाकु ⇒ विश्वविद्यालय
निहोंगो गाक्को ⇒ जापानी भाषा स्कूल
वाकामोनो नी युमेइ ⇒जापानी युवाहरुमा प्रसिद्ध
सिबुया ⇒ टोकियोको सहरको नाम
न्यूसी सिकेन ⇒ प्रवेश परीक्षा

कथा अनि व्यथा ६- ‘आफ्नो अडानमा एकाग्रता जरुरी’



कालिदास जापानी भाषा स्कूल सकेपछि जापानको दाईगाकु (विश्वविद्यालय)जनाको लागि धेरै विश्वविद्यालयको न्यूसी सिकेन(प्रवेश परीक्षा) दिन्छ । भाषा सकाएर सिधै काम गर्ने, पैसा कमाउने मन गर्ने साथीहरु हुदाहुदै पनि आफु चाही यहाँको दाईगाकु नै जाने निर्णय गरेको हुन्छ । भाषा स्कूलमा पनि नेपाल लगाएत अन्य देशका साथीहरु काम मात्र बढी गर्ने, स्कूल आएर पढाईमा पनि ध्यान नदिनेू, हाजिर गर्न मात्र स्कूल आउनेू गर्दथे । तिनै साथीहरुको बीचमा भएर पनि आफुलाइ फरक तरिकाले आगाडी बढाएको हुन्छ ।

जापानी स्कूलका सेन्सेइले सिकेको एउटा कुरा याद गर्छ । करिब एक वर्ष पहिला जापानी भाषाका सेन्सेइ (शिक्षक)बाट सिकेको कुरा रहेछ यो।

心が変われば、態度が変わる。(कोकोरोगा खावारेबा, ताइदोगा खावारु)

→ आफ्नो मन परिबर्तन गर्न सकेमा, मनोवृत्तिमा परिबर्तन आउछ ।

態度が変われば、行動が変わる。(ताइदोगा खावारेबा ,कॊदोगा खावारु)

→ मनोवृत्तिमा परिबर्तन आएमा, आफ्नो काम(दैनिक कार्य)मा परिबर्तन आउछ ।

行動が変われば、習慣が変わる。(कॊदोगा खावारेबा, स्यूकनगा खावारु)

→ आफ्नो काम९दैनिक कार्य०मा परिबर्तन आएमा, आफ्नो बानीमा परिबर्तन आउछ।

習慣が変われば、人格が変わる。(स्यूकनगा खावारेबा, जिन्काकुगा खावारु)

→ आफ्नो बानीमा परिबर्तन आएमा, व्यक्तित्वमा परिबर्तन आउछ ।

人格が変われば、運命が変わる。(जिन्काकुगा खावारेबा, उन्मेइगा खावारु)

→ व्यक्तित्वमा परिबर्तन आएमा, आफ्नो भाग्यमा परिबर्तन आउछ ।

運命が変われば、人生が変わる。(उन्मेइगा खावारेबा, जिन्सेइगा खावारु)

→ आफ्नो भाग्यमा परिबर्तन आएमा, आफ्नो जीवनमा परिबर्तन आउछ।

त्यही कुरा आफुले मनन गर्दै आएको भएर होला, आफुले भने जस्तो गर्न पाएको भन्ने ठान्छ। साथीहरु राम्रो भएपनि, नराम्रो भएपनि, पढेपनि, नपढेपनि, जस्तो सुकै भएपनि, आफुलाई राम्रो लागेको कुरा लिने र आफुलाई नराम्रो लागेको कुरा नलिने गर्दै आएकोले गर्दा होला । आफ़ु आज सम्मको जीवन सफल (भनेको, गर्नचाहेको कुरा पुग्दै आएको) भएको महसुस गर्दछ।

समय बित्दै जान्छ । जापानी भाषा स्कूलमा बिताउने समय पनि केहि महिना मात्र बाकी हुन्छ। भाषा स्कूलको कोर्स पनि लगभग लगभग सकिसकेको कारणले गर्दा स्कूलका सेन्सेइहरुले पनि गाकुसेइ(विद्यार्थी)हरुलाई यामनासीकेन(यामनाशी प्रान्त)को भ्रमणमा लाने प्लान बनाउछन्।

दिनहरु बित्दै जादा यामनासी केन जाने दिन पनि आउछ । बिहान सबैजना स्कूल अगाडी हुन्छन । अनि सेन्सेइबाट आज एता जाने, उता जाने, यो खाने, यति बजे यो गर्ने भन्ने कुरा हुन्छ । सबैकुराहरु प्लानगरिएको कति राम्रो, कति बेबस्तित हुदा रहेछन जापानीहरु भन्ने लाग्छ। यो भ्रमणबाट पनि जापान अनि जापानीको राम्रो पक्षहरुको बारेमा सिक्ने मौका पाउछ।

आफुले जापानको दाईगाकु गएर जापानीहरुसंग संगत गरेर सिक्न खोजेका कुराहरु पनि यिनै हुन्छन पनि । यो भ्रमण गर्दा जापानको दाईगाकु जाने निर्णय बेठिक नभएको जस्तो महसुस गर्दछ ।

भ्रमणमा साथीहरुसंग सेन्सेइहरुसंग फोटो खिच्ने देखि लिएर, संगै खान खाने देखि लिएर, आफ्नोमनमा लागेको कुराहरु गर्ने, सुन्ने………आदि कुरा हरु हुन्छ ।

अन्तिममा एकजना सेन्सेइले तपाई त दाईगाकु नै जानु पर्छ भन्छ । किन भनेर प्रस्न गर्दा, तपाईलार्इ नया(नौलो कुरामा बढी मन गर्नु हुन्छ जस्तो लग्यो त्यसै कारणले गर्दा भन्ने जवाफ आउछ । हुनपनि नया(नौलो कुरा कलिदासले मन पर्छ पनि, मनको कुरा नै सेन्सेइले भनिदिएको जस्तो लाग्छ ।
क्रमस:

जापानी शब्दहरु:

दाईगाकु (विश्वविद्यालय)

न्यूसी सिकेन(प्रवेश परीक्षा)

सेन्सेइ (शिक्षक)

गाकुसेइ (विद्यार्थी)

यामनासीकेन(यामनाशी प्रान्त) ※जापान को ठाउँ को नाम

कथा अनि व्यथा-५: ‘जापानमा सबैसंग सल्लाह लिनु’



कलिदासले खांजीको टेस्टहरुमा चीन, ताइवान, कोरिया जस्ता खांजीकेन (पहिला खांजी प्रयोग गरेका देश अथवा अहिले पनि प्रयोग गर्ने) भनिने ठाउँबाट आएका विद्यार्थीहरुलाई पछाडी पार्दै क्लासमा अघिल्लो स्तरमा हुन्छ । सधै बिहान र बेलुका आरुबाइतॊ गर्ने र दिउसोको समय भाषा स्कूल जाने हुनाले सधै व्यस्त नै हुन्छ । यस्ता दिनहरु (एकै प्रकारका दिनहरु) आउने जानेक्रम चलिरहन्छ ।

जापान आएको ११-१२ महिना जति भएपनि भाषा स्कूल अब मात्र बाँकी ६ महिना हुन्छ। जापानी भाषा स्कूल सकेपछि के गर्ने त भन्ने कुराहरु मनमा खेल्न सुरु हुन्छन।

जापानीहरुको बानी के हुन्छ भने , ‘जस्तो सुकै कुरालाइ पनि पूर्व-तयारी’ । सानै उमेरमा जापान आएकोले गर्दा होला नेपालमा छदा पनि यस्त कुराहरु सुनेको हुदैन, नेपालमा कहिले सुनेको न गरेको कुरा हुन्छ । यसै क्रर्ममा एकजना जापानी सेन्सेईले जापानी भाषामा “準備のための準備が必要だ (जुन्वी नो तामे नो जुन्वी गा हिचुयु दा)” भनेर सल्लाह दिनछन् । भन्नाको मतलब तयारीको लागि पनि राम्रो पूर्व तयारी गर्नु पर्दछ ।

जापान भन्ने देश कसरी संसार कै धनि देशको दर्जामा पुग्यो त?

जापानीहरुसंग वढी घुलमेलगरेमा जापानीहरुको बानी /व्यवहार, दिन बिताउने तरिका,

काम गर्ने तरिकाहरु पनि बुज्न सकिन्छ कि? भन्ने चाहनाका साथ जापानको दाईगाकु जाने निर्णय लिन्छ।

जापानी भाषा स्कूल सकेपछि त कि त नेपाल फर्कन पर्यो, कि त सेनमोनगक्को (व्यवसायिक स्कूल) जानु पर्यो, कि त दाईगाकु(विश्वविद्यालय) जानुपर्यो । कलिदाशले सेन्सेईहरुसंग, नेपाली समुदायका अग्रजहरुसंग सल्लाह, साथ साथै विदेशी साथी, अग्रजहरुसंग पनि सल्लाह लिन्छ ।

जापानी भाषा स्कूलका सेन्सेईहरुबाट तपाई जापानी भाषा पनि राम्रो बोल्नु हुन्छ, तपाईको लेबल हेर्दा दाईगाकु जाने बाटो राम्रो हुन्छ जस्तो लाग्छू भन्ने सल्लाह पाउछ। त्यसैगरी नेपाली समुदायका अग्रजहरु यो देशमा जति पढे पनि त्यस्तै हो भिसाको लागि सेनमोनगक्को जाऊ, अनि केहिले सेन्सेईहरुजस्तै तिम्रो त उमेर पनि छ दाईगाकु जाऊ, अहिले पैसाको कुरा (कमाउने कुरा)भन्दा पढनमा धेरैजोड देउ भन्ने सल्लाह पाउछ । त्यसैगरी विदेशी साथी, अग्रजहरु पनि (जापानी भाषा राम्रो भएकोले गर्दा अनि उमेरपनि सानै भएकोले गर्दा दाईगाकु गाएर पढदा राम्रो हुने) सल्लाह दिन्छन।

सबैजनासंग सल्लाह लिएपछि, आफुलेपनि सोच्छ, धेरै सोचेपछि दाईगाकु जाने निर्णयमा पुग्छ। भर्खर उमेर पनि २१, अहिले पैसाको भन्दापनि शिक्षा ज्ञान गर्दा राम्रो हुन्छ, अहिले सम्मत जापानी भाषा मात्र पढियो, अब आउने दिनहरुमा जापानको दाईगाकु गई, जापानी साथीहरु धेरै बनाई, जापानीहरुको जस्तो जापानी भाषा भनाउने कुरा त छदैछ, जापानी युवाहरु कस्ता हुदा रहेछ बुज्ने मन बनाउछ ।

अनि त्यसै गरि जापान भन्ने देश कसरी संसार कै धनि देशको दर्जामा पुग्यो त? जापानीहरुसंग वढी घुलमेलगरेमा जापानीहरुको बानी /व्यवहार, दिन बिताउने तरिका, काम गर्ने तरिकाहरु पनि बुज्न सकिन्छ कि? भन्ने चाहनाका साथ जापानको दाईगाकु जाने निर्णय लिन्छ।

भबिस्यकोलागि भनेर 日本語能力試験(Nihongo noryoku siken)जापानी भाषाको क्षमता परीक्षण गर्ने परीक्षा、日本留学試験(Nihon ryugaku siken)अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि जापानी विश्वविद्यालय प्रवेश लागि परीक्षा दुईबटा टेष्ट पनि दिन्छ ।

अनि आफु जना चाहेको दाईगाकुको लिस्ट बनाउछ अनि सेन्सेईहरुसंग सल्लाह गर्दै, दाईगाकुका प्रवेश परीक्षा दिनको लागि फर्म पनि भर्दै जान्छ।

क्रमस:……

जापानी शब्दहरु

खांजी → चिनियाँ अक्षरहरू

सेन्सेई → शिक्षक

सेनमोनगक्को →व्यवसायिक स्कूल

दाईगाकु → विश्वविद्यालय

準備のための準備が必要だ(Jyunbi no tame no jyunbi ga hituyou da) → तयारी लागि पनि तयारीको आवश्यकता छ।

日本語能力試験(Nihongo noryoku siken) →जापानी भाषाको क्षमता परीक्षण गर्ने परीक्षा ।

日本留学試験(Nihon ryugaku siken) →अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि जापानी विश्वविद्यालय प्रवेश लागि परीक्षा ।

यो पनि : ‘जापानमा पनि उद्देश्य स्पष्ट हुनुपर्छ’

‘जापानमा पनि परिश्रमको फल मिठो हुन्छ’

‘जापानमा तपाईको लक्ष्य के हो?’

‘जापान धेरै फरक पाए’

कथा अनि व्यथा-चार: ‘जापानमा पनि उद्देश्य स्पष्ट हुनुपर्छ’



कालिदास दुर्इवटा काम गरेता पनि राम्रो पढाईले गर्दा छात्रवृत्ति पाएकोले आफुले गरिआएको प्रयास खेरा नगएको महसुस गर्छ । बिहानै उठ्यो घर नजिकको सुपर मार्केटको काम गयो, दिउसोबाट भाषा स्कूल गयो, फेरी बेलुकाबाट सिबुयाको रेस्टुरेन्टको काममा व्यस्त हुन्छ।


पहिला त फुर्सदको समय पनि हुने गरेकोले गर्दा होला मनमा धेरै कुराहरु खेलाई रहन्थ्यो तर व्यस्तताले गर्दा होला केहि सोच्ने मौका नै पाउदैन। फेरी बिहान बेलुका गर्न काममा सबैजना जापानीहरु थिए । त्यहाँ काम गर्ने पहिलो विदेशी भएको हुनाले भाषाको कारणले गर्दा, जापानीहरुले भनेको कुरा नबुझदाँ द्देरै गार्हो भएको महसुस पनि गर्छ । तर फाइदाको कुरा पनि धेरै थियो, आफुले काम गर्ने ठाउँमा सबै जना जापानीहरु भएको कारणले गर्दा, दैनिक प्रयोग गरिने भाषामा धेरै सुधार आएको थियो, त्यसैगरि जापानी भाषाको उच्चारणमा पनि धेरै सुधार आएको थियो । यसैले गर्दा होला जापानी भाषा स्कूलको सेन्सेई(शिक्षक)हरुले तपार्इले यति चाडो कसरी भाषा सिक्नुभयो? भनेर प्रश्न गर्दथे ।


उनीहरु त खांजी प्रयोग गर्ने देशका हुन्,


जसरी नेपालीहरुलाई हिन्दी भाषा पढ्न सजिलो हुन्छ त्यसरी नै


चीन,कोरिया र ताइवानका विद्यार्थीहरुलै जापानी भाषा पद्न सजिलो हुन्छ।


भाषा स्कूलको क्लासमा आफूबाहेक एक जना नेपाली, अरु सबैजना विदेशी भएको, अनि आफ्नो जापानी भाषाको उच्चारण अरु भन्दा फरक भएको, जापानीहरुसंग धेरै मेल खाने उच्चारण गर्ने हुनाले, सेन्सेईहरुले पनि सधै जसो तपाई अरु भन्दा फरक हुनुहुन्छ भनेर भन्ने गर्नुहुन्थ्यो। सेन्सेईहरुले आफुलाई गर्ने व्यवहारले गर्दा झन् पढाईमा अझै अगाडी जानु पर्छ भन्ने प्रेरणा मिल्छ।


स्कूलमा छदा पढी नै हल्थ्यो, काम गर्दा पनि आफ्नो वरिपरीका जापानीहरुलाई यो भनेको के हो ? अनि यसलाई के भन्छ ? प्रश्न गरि नै रहन्थ्यो।

जापान आएको ६/७ महिनामा नै भाषामा धेरै प्रगति गर्छ कालिदासले। तर जब खांजीको पाठहरु सुरु हुदै जान्छ। खांजीमा त चीन र कोरियाका विद्यार्थीहरु धेरै अगाडी हुन्छन । उनीहरु त खांजी प्रयोग गर्ने देशका हुन्, जसरी नेपालीहरुलाई हिन्दी भाषा पढ्न सजिलो हुन्छ त्यसरी नै, चीन,कोरिया र ताइवानका विद्यार्थीहरुलै जापानी भाषा पद्न सजिलो हुन्छ। हामीले हिन्दी पढे झै ।


अहिलेसम्म त क्लास टेष्टमा पनि अगाडी भएको मान्छे, खांजीको पाठ सुरु हुने बितिकै पछाडी पढाई जान्छ । खांजी पढन प्रयास नगरेको पनि होइन । नेपालमा न कहिले पढेको, न कहिले देखेको खांजी शव्दहरु बढी भएको कारणले गर्दा सम्झीन नसक्दो रहेछ।


धेरै सोच्छ तर कुनै निष्कर्ष नपाएपछि स्कूलको सेन्सेर्इसंग परामर्श गर्छ, के गर्दा खांजी शव्दहरु सकिएला कसरी अरुलाई जितिएला त रु भन्ने प्रशनहरु गर्छ। सेन्सेर्इले पनि सिन्बुन९पत्रिका० पढने बानी गर भनेर सल्लाह दिन्छ ।


भन्ने बितिकै पत्रिका त पढन सक्दैन तर पनि प्रयास नगरेको भन्दा गरेको राम्रो भन्ने विचारले, खांजीहरुको माथि पट्टि हिरागना, काताकाना लेखेको प्रतिकबाट सुरुगर्छ । दिनमा बिहान र बेलुका गरि दुइवटा काम गर्ने भएकोले गर्दा पढाईको समय त त्यति हुदैन, तर काममा जादा, स्कूल जादा रेल चड्ने र रेल चढदाको समय त खेर गईरहेको कुरा महसुस गर्छ, रेलमा छाडेर बिताउने समयलार्इ जापानी भाषाको खांजी शव्दहरु पढने समय भनेर तोक्छ ।


कालिदासले मसंग समय छैन भनेर पढाईको बारेमा नसोच्न पनि सक्थ्यो तर जापानी भाषा राम्रो हुनलाई त खांजी शव्दहरु पनि जान्ने हुनुपर्यो, खांजी नजानिकन त जापानी भाषामा राम्रो हुनु पनि सकिदैन भन्ने कुराहरु मनमा खेलाईरहन्छ । आफ्नो जापानी भाषामा दक्ष हुनु भन्ने उद्देश्य पुरा गर्नको लागि खांजीहरुमा पनि दक्ष हुनुपर्ने कुरा अपरिहार्य भएकोले गर्दा प्रतेक दिन बिहान र बेलुका रेलमा बिताउने समयको सदुपयोग गरि खांजीहरु हेर्ने रपढने गर्छ ।


यही प्रयासले गर्दा होला त्यसपछिका टेस्टहरुमा चीन,कोरिया,ताइवानका साथीहरुको भन्दा आगाडी आउन सफल हुन्छ ।

सेन्सेइले पनि नेपाल लगायत भारत, श्रीलंका, बंगलादेश खांजीसब्दहरु प्रयोग नगर्ने देशको विद्यार्थीहरुको समस्या नै यही भएको, तर तपाईले गजब गर्नु भयो त, क्रमिक रुपमा प्रयास गर्दै जाउ भनेर सल्लाह दिन्छन ।


कलिदास पनि सेन्सेइलाई चीन, कोरिया, ताइवानका साथीहरुलाई मात्र नभएर क्लासको नै टप हुन्छु भनेर भन्छ।


क्रमस:……

Sunday 6 December 2015

कथा अनि व्यथा- तीन, जापानमा पनि परिश्रमको फल मिठो हुन्छ

कालिदास जापान आएको करिब दुई महिनामानै टोकियोको आधुनिक सुपरमार्केटमा काम पनि गर्न सुरु गर्छ अनि जापानी भाषाको पढाई पनि राम्ररी नै लिएर गैराखेको हुन्छ।
छात्रवृत्ति नभई निजी खर्चमा आएकोको कारणले पार्टटाइम जब पनि गर्नुपर्ने, साथसाथै पढाई पनि गर्नुपर्ने हुनाले अलिकति थकित महसुस गर्छ । तर, के गर्ने आफुले रोजेको बाटो अब नेपाल फर्कने पनि कुरा आएन, जे भयो/ भयो भनि आफ्नो मनलाई सकारात्मक बनाउन प्रयत्न गर्छ ।
पैसाले त मान्छे ले कहिले पनि पुग्दैन फेरी एउटा कामले नपुगेर अर्को काम गर्ने विचार मनमा आउछ। जापानी भाषा स्कूलको सिनिएर दाईसंग एक दिन कुरा गर्दा, जापान भनेको पढ्न आउने देश नै होइन, कमाउने अनि नेपाल फर्कने गर्नुपर्छ, एउटा काम मात्र गरेर के गर्छौ मैले जसरी २-३ वटा काम गर्नु पर्छ भन्ने सल्लाह दिन्छन। अनि उसले पनि दुइटा काम गर्ने मन बनाउछ ।

भोलिबाट आतिनै बिजी लाइफ सुरु हुन्छ, बिहान सुपरमार्केट, 
दिउसो स्कूल अनि साझा रेस्टुरेन्ट। तर पनि स्कूल जाने, 
अनि स्कूल गएर मेहेनतका साथ पढ्ने कामचाही छोडदैन

यसपटक पनि आफ्नो नातेदार संग सिबुया भन्ने सहर घुम्नजादा एउटा जापानी रेस्टुरेन्टको बाहिर लेखेको अरुबाइतो बोस्सु (पार्ट टाइम कर्मचारी चाहियो) भन्ने पोस्टर भेट्छ अनि पहिलाको झैँ फोन गर्छ । यसपटक पनि ईन्टरभ्यूमा बोलाऊछ । अनि भोलि पल्ट सदै झैँ बिहान सुपरमार्केट, दिउसो स्कूल अनि साझा इन्टरभिउ को लागि सिबुया जान्छ ।
त्यो बेला बिदेशीहरु धेरै कम भएको, तेसमाथि त्यसरी फोन गरेर ईन्टरभ्यूमा आउने मान्छे पनि धेरै काम थियो भन्ने कुरा रेस्टुरेन्टका म्यानेजरले गर्छन । नौलो भएकोले गर्दा होला ईन्टरभ्यू सकिने बितिकै, कहिलेबाट काममा आउन सक्नुहुन्छ भन्ने प्रश्न गर्छ । उ पनि नसोचेको कुरा हुदा केहि बोल्न नै सक्दैन।  केहि पनि नभनी फर्कन्छ ।
घर फर्किएर आफ्नो नातेदारसंग कुरा गर्दा बल्ल आफुले सिवुयाको रेस्टुरेन्टको म्यानेजरलाई केहि पनि उत्तर नदिइ घर फर्केको थाहा हुन्छ, अनि तुरुन्त नै अघिको रेस्टुरेन्टमा फोन गर्छ अनि भोलिबाट नै काममा आउन सक्ने कुरा बाताउछ।
भोलिबाट आतिनै बिजी लाइफ सुरु हुन्छ, बिहान सुपरमार्केट, दिउसो स्कूल अनि साझा रेस्टुरेन्ट। तर पनि स्कूल जाने, अनि स्कूल गएर मेहेनतका साथ पढ्ने कामचाही छोडदैन । ६ महिना पछि रिजल्ट पनि राम्रो आएको कारणले गर्न छात्रवृत्ति पाउने विद्यार्थीमा परेको खबर पाउछ।
बिहान र साझा आरुबैइतो (पार्टटाइम जब) गरेर पनि भाषा स्कूलको टेस्टमा राम्रो रिजल्ट लिएर छात्रवृत्ति पाउदा आफुले आफुलाई गर्ब गर्छ । मैले त यार दुईवटा आरुबैइतो (पार्टटाइम जब)गर्छु भनेर, स्कूल आउने बितिकै पढाईमा ध्यान नदिए सुत्ने चीनियाँ साथीहरु पनि थिए, कोरियाका साथीहरु पनि थिए, श्रीलंका अनि बंगलादेशका साथीहरु पनि थिए, तर तिनै साथीहरुको जतिनै काम गरि स्कूलको पढाईमा पनि राम्रो गरि छात्रवृत्ति पाएकोमा आफुले आफुलाई गर्ब गर्छ । ठान्छ जापानमा पनि परिश्रमको फल मिठो हुदोरहेछ ।
क्रमस….

Saturday 5 December 2015

कथा अनि व्यथा- २ ‘जापानमा तपाईको लक्ष्य के हो?’

कथाकार बिसु भण्डारीको लेख ।
यो कथा अनि व्यथा को घटना अनि पात्रहरु सबै काल्पनिक हुन् कसै को जिबनसंग मेल खान आएमा संयोग मात्र हुनेछ ।

कथा अनि व्यथा- २ ‘जापानमा तपाईको लक्ष्य के हो?’ 


(भाग २ )


कालिदासले जापानी भाषा पढ्ने अभिलाषालाई आफ्नो पहिलो प्राथमिकता बनाऊछ । अनि सेन्सेइ(जापानी शिक्षक) हरुले भने अनुसारनै आफ्नो दिन बिताउदै जान्छ। बालकमा भारत गएको अलिअलि घटनाहरु याद आएपनि त्यहाँको वारेमा उत्ति जानकार भने छैन । तर भारत बाहेकको देश जापाननै पहिलो भएकोले यहाँको वसाई सुरुमा केही अफठ्यारो महसुस पनि गर्छ तर, आफुनो उदेश्य जापानी भाषामा राम्रो हुने कुरामा सोच मग्न हुन्छ । यसमा कुनै दुइमत नभएकोले गर्दा, सधै जसो दिउसोको एक बजेबाट जापानीभाषाको क्लास सुरु हुन्थ्यो । समय भन्दा ५-१० मिनेट अगाडी स्कूल पुग्नै पर्दथ्यो । सुरुका केही दिन सेन्सेर्इ (शिक्षक)हरुले पनि सारै माया गर्दथे अनि मन पराउथे। यसरीनै दिनहरु बित्दै जान्छ।

जापान आएदेखिनै नातेदारकोमा बस्दै आएको हुनाले, आएको एकमहिना पछि बिस्तारै काम पनि गर्ने हो कि पढ्ने मात्रै हो भन्ने कुरा निस्कन सुरुहुन्छ । त्यसपछि नातेदारको सहायतामा जापानमा अरुबाईतो (पार्ट टाइम जब) खोज्छ। पसल बाहिर मान्छे चाहियो, पार्टटाइम जब गर्ने मान्छे चाहियो भने पोस्टर धेरै भेट्छ पनि, त्यहाँलेखेको नम्बरमा फोन पनि गर्छ तर,फोन गर्ने बितिकै गाइकोकुजिन ओकोतोवारि (बिदेशीलाई काम दिदैनौ) भनेर प्रतिकृया आउछ, मनमा सारै नरमाइलो त मान्छ तर के गर्ने आफ़्नो देश परेन भनेर चित्त बुजाऊछ।


किन जापान आएको? केको लागि जापान आएको? 

धेरै सोचेपछि काम मात्र होइन पढाईपनि गर्नु पर्छ 
भन्ने विचारमा आफुलाई परिबर्तन गराउन सक्छ पनि ।


पहिला पहिला त अहिले जस्तो काम खोज्न सजिलो पनि थिएन । विदेशहरु पनि त्यति थिएनन, जापानीहरु बिदेशीसंग काम गर्नको लागि अलि डराउथेपनि ।

एकदिनसंगै बस्ने नातेदारसंगै घर नजिकको सुपरमार्केटमा किनमेल गई फर्कदा सुपरमार्केटको बाहिर अरुबाईतो बोस्स्यु (पार्टटाइम जब)को सूचना देख्छ। त्यसपछि आफुले जानेको जापानी भाषा प्रयोग गरि सुपरमार्केटमा फोन गर्छ। संयोग बस अन्तरबार्ताको अवसर पाउछ पनि । सधै गाइकोकुजिन ओकोतोवरि (बिदेशीलाई काम दिदैनौ) भन्ने प्रतिकृया मात्र सुन्दै आएकोले गर्दा होला अन्तर्वार्ताको अवसर पाउदा सारै खुसिको महसुस गर्छ । पहिलो पटक आफुले पढेको जापानी भाषाको गर्ब पनि गर्छ ।

भोलिपल्ट जापानी भाषाको स्कूल सकाएर अन्तर्वार्तामा जान्छ अनि आफुले जानेको जापानी भाषाको भरमा जानेको कुरा गर्छ । अन्तिममा जे पनि गर्न तयार छु पनि भन्छ। अनि घर फर्केको केहि घण्टामा नै सुपरमार्केटबाट फोन आउछ अनि, तपाई कहिलेबाट काम गर्न सक्नुहुन्छ भन्ने मेसेज सुन्न पनि पाउछ । उसले भोलिबाट नै काम गर्न सक्छु भन्छ ।

काम खोज्दा धेरै कठिनाई पाएकोले गर्दा होला, सुपरमार्केटको काम पाउदा सारै खुसि महसुस गर्छ । जापानी भाषा पढेकोले गर्दा होला मैले यहाँ काम पाएको भन्ने महसुस गर्छ अनि खुशीका साथ दोस्रो दिनबाट बिहान सुपरमार्केटको काम अनि दिउसो स्कूलको रुटिन सुरु हुन्छ ।

अहिले सम्म त पढाईमात्र भएको कारणले गर्दा होला टेस्टको रिज़ल्टपनि राम्रो ल्याउथ्यो, काम गर्न सुरु हुने बितिकै टेस्टको रिज़ल्ट नराम्रो हुन सुरु हुन्छ।

सदै राम्रो नम्वर लिएर आउने विद्यार्थीको नतिजा अचानक नराम्रो भएकोले शिक्षकले पनि तिमीलाई के भयो भनेर प्रश्न पनि गर्छन । काम गर्न सुरु गरेकोले भन्न त भएन, आजकल पढाईमा रुचिनै छैन किन होला सर भनेर शिक्षकको कुरालाइ टार्छ।

तर घर गएपछि धेरै सोच्छ । किन जापान आएको? केको लागि जापान आएको? धेरै सोचेपछि काम मात्र होइन पढाईपनि गर्नु पर्छ भन्ने विचारमा आफुलाई परिबर्तन गराउन सक्छ पनि । विदेशमा आएपछि काम त गर्नु पर्छ नै । हाम्रो जस्तो विकासोन्मुख देशबाट आउने विद्यार्थीहरु त सबैको कथा एउटै नै हुन्छ, कसैले पनि नेपालबाट पैसा लिएर आएर पढेको त थाहा पाएको पनि छैन। अनि यो जापान भन्ने देशनै पढाईको लागि आउने देश पनि होइन । भन्ने जस्ता कुराहरु मनमा खेलाई रहन्छ।

अनि जति काम गरेपनि टाइममा स्कूल जाने अनि ध्यान दिएर जापानी भाषा पढ्ने विचारमा औलाई ढाल्छ । आफ्नो भबिस्य उज्जल पार्नको लागि अहिलेबाट परिश्रम गर्नु पर्छ भन्ने मन बनाउछ अनि काम(अरुबाईतो) पनि गर्ने तर पढाईलाई बढी प्राथमिकता दिने सोच बनाउछ।

घरबाट ऋण खोजेर आएको भए त कामलाई नै प्राथमिकता दिनु पर्त्यो होला तर भाग्यबस जापानमा नातेदार भएको र नातेदारको सहयोगमा जापान आउन पाएको कारणले गर्दा पैसा कमाएर नेपाल पठाउनु पर्ने बाध्यता थिएन।

तर केहि पाउनु छ भने केहि गुमाउनु पनि पर्छ जस्तो लाग्छ । पढाईमा राम्रो गर्नु छ भने त पढ़नु नै पर्छ भन्ने सोच मनमा बनाउछ अनि जति सुकै थाकेर आएपनि स्कूलमा मेहेनतका साथ पढ्ने सोच बनाउछ।
जवान हुदा अलि अलि गारो भएपनि सहन (गाम्बारु गर्नु) सकिन्छ भन्ने सोचका साथ दिन बिताउदै जान्छ ।

क्रमस….